बैंक संचालकको संस्था भन्छः बाफिया संशोधन विधेयकले बैंकिङ क्षेत्र नै धरायसी हुन सक्छ
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकका केही प्रावधानप्रति असहमति जनाएको छ । विधेयकमा राखिएका केही व्यवस्थाले बैंकिङ क्षेत्रको विकास र आधुनिकीकरण गर्न समस्या उत्पन्न हुने परिसंघको भनाइ छ । परिसंघले संसदमा पेश भएको विधेयकका केही प्रावधान सच्याउन सुझाव दिएको हो । सो सुझावमा सच्याउनु पर्ने दफा र सोको कारण पनि खुलाईएको छ । बिधेयकको दफा १५ (क) मा सञ्चालकको कार्यकाल नियमावलीमा उल्लेख भए बमोजिम बढीमा चार वर्षको हुनेछ र निज पुनः एक कार्यकालको लागि नियुक्ति वा मनोनित भई लगातार दुई कार्यकालसम्म मात्र कायम रहन सक्नेछ । तर लगातार दुई कार्यकाल पूरा गरेको सञ्चालक चार वर्ष पछि पुनः सोही संस्थाको सञ्चालकमा मनोनित वा निर्वाचित हुन बाधा पर्ने छैन भन्ने व्यवस्था थप गरिएको छ । यस्तै, दफा १६ (क) मा बैंक तथा वित्तीय संस्थाको संचालक पदमा नियुक्ति हुने व्यक्तिको योग्यता देहाय बमोजिम हुनेछ भनि सम्बन्धित बिषयमा स्नातक उपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृतस्तरमा कम्तीमा पाँच बर्ष काम गरेको हुनु पर्ने भन्ने व्यवस्था थप गरिएको छ । विधेयककको दफा १८ (१) (क) मा बैंक वा वित्तीय संस्थाको संचालक हुन देहायको व्यक्ति योग्य हुने छैन भनी (क) मा पच्चीस बर्ष उमेर पुरा नभएको र पैसठ्ठी वर्ष उमेर नाघेको व्यक्ति संचालक हुन योग्य हुने छैन भन्ने प्रावधान राखिएको छ । थप गरिएका यी प्रावधानप्रति परिसंघले असहमति जनाएको हो । यस्ता प्रावधानहरुले आफूहरुले बैंकिङ क्षेत्रमा रही बिगत ३० बर्षभन्दा बढी अवधिदेखि निरन्तर रुपमा हासिल गरेको बैंकिङ क्षेत्रको ज्ञान, शीप र कार्यअनुभव भएको व्यक्ति संचालक हुन नपाउने र सर्वसाधारण जनताको निक्षेप तथा लगानी भएको संस्थामा बैंकिङ्ग क्षेत्र नै नबुझेको व्यक्ति आउने परिस्थिति सृजना भई बैंकिङ्ग क्षेत्र नै धराशायी हुने परिसंघको तर्क छ । बैंकको हालको संचालक समितिको संरचनामा नै गम्भीर असर पर्ने यस विधेयकबाट लगानीकर्ताको लगाव, मेहनत र संस्थाप्रतिको अपनत्वमा ह्रास भएर जाने परिसंघले उल्लेख गरेको छ । दुई कार्यकालसम्म मात्र संचालक पदमा कायम रहन सक्ने र दुई कार्यकालपछि ४ बर्ष पश्चात मात्र संचालक पदमा रहन सक्ने कुनै युक्तिसँगत कारण नदेखिएको परिसंघको भनाइ छ । बैंक तथा वित्तीय संस्थाका संचालक गैरकार्यकारी हुने र बैंक तथा वित्तीय संस्था संचालन गर्न अनुभवी व्यक्तिको आवश्यकता पर्ने भएकाले संचालकको उमेरको हद पैसठ्ठी बर्ष राख्न उपयुक्त देखिदैन भन्ने परिसंघको ठहर छ । संचालकको योग्यता सम्बन्धमा नेपाल सरकारको अधिकृतस्तरका कर्मचारी वा संगठित संस्थाका व्यक्ति मात्र संचालक हुन पाउने तर निजी क्षेत्रका योग्य लगानीकर्ताहरु संचालक हुन नसक्ने अवस्था सृजना भई भेदभावपूर्ण र असमान कानूनी व्यवस्था हुने परिसंघको भनाइ छ । अहिले कार्यान्वयनमा रहेको बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन बमोजिमकै संचालकको योग्यता कायम हुने गरी संचालकको उमेरको माथिल्लो हद ६५ बर्ष हटाई स्नातक उपाधि हासिल गरेको वा विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृतस्तरमा कम्तिमा ५ वर्ष काम गरेको हुनु पर्ने र सेयरधनीहरुबाट निर्वाचित भएसम्म संचालक पदमा कायम रहन सक्ने गरी संशोधित विधेयकमा परिमार्जन गरिनुपर्ने परिसंघले बताएको छ । यस्तै, विधेयकको दफा १८ (च१) मा बैंक तथा वित्तीय संस्थाहरुबाट निज वा निजको परिवारले लिएको कूल व्यावसायिक ऋण सम्बन्धित बैंङ्क वा वित्तीय संस्थाको चुक्ता पूँजीको तोकिएको प्रतिशतभन्दा बढी भएको व्यक्ति संचालक हुन योग्य हुने छैन भन्ने व्यवस्था गरिएको छ । यस्तो प्रावधानले बैंक वा वित्तीय संस्थाहरुबाट निज वा निजको परिवारले लिएको कूल व्यावसायिक ऋण सम्बन्धित बैंङ्क वा वित्तीय संस्थाको चुक्ता पूँजीको तोकिएको प्रतिशतभन्दा बढी भएको व्यक्ति संचालक हुन योग्य हुने छैन भन्ने प्रस्तावित विधेयकको प्रावधानले लगानीकर्ताहरुले अप्ठेरो पर्ने परिसंघको भनाइ छ । बैंक वित्तीय संस्थालगायत व्यापार व्यवसायको अन्य क्षेत्रहरु पर्यटन, होटल, उद्योग, हाईड्रोलगायतका क्षेत्रहरुमा समेत लगानी गरी व्यवसाय विस्तार गरी रोजगारीका थप अवसरहरु सृजना गर्नुका साथै देशको अर्थतन्त्रलाई चलायमान बनाई राजश्वमा समेत ठूलो योगदान गर्दै आएका भन्दै यस्तो प्रावधानले असर पर्ने परिसंघको भनाइ छ । व्यापार र व्यवसाय विस्तारको क्रममा स्वपूँजीले मात्र नपुग्ने भएकोले आफ्नो सेयर लगानी नभएको र आफू संचालक नरहेको अन्य बैंंक तथा वित्तीय संस्थाहरुबाट ऋण कर्जा लिई विभिन्न उद्योगहरुमा लगानी गर्दै आएकोमा प्रस्तावित विधेयकको उक्त प्रावधानले उद्योग, व्यवसाय संचालनमा गंभीर असर पर्न गई देशको समग्र अर्थतन्त्रमा असर पर्ने परिसंघले बताएको छ । यसैकारण हाल प्रचलित बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन बमोजिमकै व्यवस्थालाई निरन्तरता प्रदान गरी विधेयकमा परिमार्जन गरिनुपर्ने परिसंघको माग छ । विधेयकको दफा २९ (क) मा भएको सञ्चालक समितिले यस ऐन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैंक वा वित्तीय संस्थाको व्यवस्थापन गर्न राष्ट्र बैंकको पूर्व सहमतिमा एक कार्यकारी प्रमुखको नियुक्ति गर्नु पर्नेछ भन्ने व्यवस्था छ । यस्तै, विधेयकको दफा २९ (४) मा सञ्चालक समितिले कार्यकारी प्रमुखको कार्यसम्पादन सन्तोषजनक नभएमा राष्ट्र बैंकको सहमतिमा जुनसुकै बखत पदबाट हटाउन सकिने भन्ने व्यवस्था छ । यी प्रावधानप्रति पनि परिसंघले असहमति जनाएको छ । कार्यकारी प्रमुखको नियुक्ती तथा हटाउने व्यवस्था विशुद्व रुपमा संचालक समितिको सार्वभौमिकतासँग जोडिएको विषय भएको परिसंघको भनाइ छ । संस्थाले गरेको कार्यको अन्तिम जवाफदेहिता संचालक समितिले लिनुपर्ने र संचालक समितिको अख्तियारीमा असर पर्ने गरी कार्यकारी प्रमुख नियुक्ती गर्दा तथा हटाउनु पर्दा राष्ट्र बैंकको पूर्व सहमति लिएर मात्र गर्न सकिने व्यवस्थाले समस्त सेयरधनीहरुको प्रतिनिधित्व हुने गरी साधारणसभाबाट निर्वाचित संचालक समितिको हक अधिकारमा नै आघात पुग्न गएको र यस्तो व्यवस्थाबाट कार्यकारी प्रमुख संचालक समितिप्रति उत्तरदायी नै नहुनसक्ने परिसंघको भनाइ छ । त्यसैकारण यस्तो प्रावधान पनि अहिलेको ऐन अनुसार नै बनाउन सुझाव दिइएको छ । स्वतन्त्र संचालक नियुक्तिको प्रस्तावित व्यवस्थाप्रति पनि परिसंघको विमति छ । विधेयकको दाफा १४ (६) मा तोकिएको योग्यता तथा अनुभव भएका व्यक्तिमध्येबाट कम्तिमा एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्नुपर्ने भन्ने व्यवस्था छ । तर बंैैक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा शून्य दशमलव एक प्रतिशत भन्दा बढी शेयर लिएको सेयरधनी तथा निजको परिवार स्वतन्त्र सञ्चालक हुन पाउने छैन भनिएको छ । स्वतन्त्र संचालक प्रचलित कानून बमोजिम सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुमध्येबाट नियुक्त गर्ने विषय रहेको हुँदा कुनै स्वतन्त्र संचालकको पदावधि समाप्त भई अर्को स्वतन्त्र संचालक नियुक्त गर्नुपर्दा अर्को साधारणसभासम्म कुर्नुपर्ने अवस्था सिर्जना हुने परिसंघको भनाइ छ । यस्तो व्यवस्थाले स्वतन्त्र संचालकको विज्ञता तथा राय सल्लाहबाट सेवा लिन संचालक समिति बन्चित हुने अवस्थालाई समेत मध्यनजर गरी स्वतन्त्र संचालक संचालक समितिले नियुक्त गर्ने हाल प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिमकै व्यवस्था सुनिश्चित गरिनुपर्ने परिसंघको धारणा छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बिराटनगरमा
काठमाडौं । प्रभु बैंकले मोरङ जिल्लाको बिराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन बिराटनगरका यातायात व्यवस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले माघ २२ गते एक समारोहकाबीच उद्घाट्न गरेका हुन् । बैंकले यातायात व्यवस्थापन कार्यलयामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित यातायात व्यवस्थापन कार्यलयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र यातायात ब्यबस्थापन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने कम्पनीको विश्वास छ । बैंकले हाल २०८ वटा शाखा कार्यालय, १५७ वटा एटीए, ४४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।
भारतीय सेनापतिलाई नेपाल भ्रमणको निम्तो दिन स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का २३ निर्णय
काठमाडौं । सरकारले भारतीय स्थल सेनाका सेनाध्यष जनरल एम एम नरभानेलाई नेपाल भ्रमण्को औपचारिक निमन्त्रण पठाउन नेपाली सेनालाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्का २३ वटा निर्णयहरु आज सिंहदरबारमा सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उक्त जानकारी दिएका हुन् । अब नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई औपचारिक निम्तो पठाउनेछन् । भारतीय सेनापति नेपाली सेनाका मानार्थ प्रधानसेनापति रहने व्यवस्था भएकाले नरभाने पदवी लिन नेपाल आउनेछन् । यसका लागि सेनाले तयारी गरेर निम्तो पठाउन स्वीकृति लिएको हो । यसैगरी, इजरायली डिफेन्स फोर्सका प्रमुख जनरल अभिभ कोचाभी पनि नेपाल आउने भएका छन् । उनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रण पठाउन सरकार स्वीकृति दिएको छ ।
सेञ्चुरी बैंकले पौने ७ प्रतिशत लाभांश दिने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई पौने ७ अर्थात ६.७५ प्रतिशत लाभांश दिने घोषणा छ । माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । बैठकले असार मसान्तमा कायम चुक्ता पुँजीको २ प्रतिशत बोनस र कर सहित ४.७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । २ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ नाघ्ने छ ।
नेपाल भ्रमण वर्ष सचिवालयले संसारकै अग्लो स्थान गोक्योे तालमा स्केटिङ खेल गर्दै
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवमलयले संसारकै अग्लो हिमाल सगरमाथाको गोक्यो तालमा स्केटिङ खेलको आयोजना गर्ने भएको छ । सभिवालयले बिहिबार पत्रकार सम्मेलन गर्दै १४ फेब्रअरी अर्थात फागुन २ गते पत्रकारस सम्मेलन गर्दै स्केटिङ खेलको आयोजना गर्ने बताएको हो । खेल खेल्नका लागि अमेरिका, क्यानडा, रसिया र भारतबाट खेलाडि आइसकेका छन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा अनुसार पर्यटकहरु आकर्षित गर्नका लागि विभिन्न कार्यक्रम आयोजना गरिरहेके सचिवालयले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुसार पर्यटकका लागि नयाँ उत्पादन उपलब्ध गराउने र नयाँ पर्यटकीय गन्तव्य स्थापित गर्ने उद्देश्यले उच्च हिमाली भेगमा नयाँ खेल गर्न लागिएकाे बताए । उनले सगरमाथा क्षेत्रको गोक्यो तालमा मैत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता आयोजना हुने बताए । हिमाली क्षेत्रमा धेरै खर्च गरेर जाने पर्यटकलाई आकर्षित गर्न र अफ सिजनमा समेत नेपालमा पर्यटकहरुलाई भित्र्याउनका लागि यो खेल महत्वपूर्ण हुने विश्वास गरिएको छ। विश्वभरी खुला तालमा हुने यस्ता प्रतियोगिताहरु प्रसिद्ध भइरहेका बेला नेपालको हिमाली क्षेत्रमा रहेको ठूलो संभावनालाई नेपाल भ्रमण वर्षले एउटा नयाँ उत्पादनका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने लक्ष्य अनसार यो खेल आयोजना गरेको हो। । गोक्यो ताल सोलखम्ब जिल्लाको ४ हजार ७ सय ९० मिटर उचाईमा अवस्थित छ । यो प्रतियोगिता संसारकै अग्लो स्थानमा आयोजना हुने पहिलो आइस हक्की र आइस स्केटिङ प्रतियोगिता पनि हो। रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक मानिन्छ । यस ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकको मुख्य रोजाइको क्षेत्र पनि हो। सगरमाथा राष्ट्रिय निकुन्ज भित्र रहेको यो तालमा पानी जमेर अहिले आइस हक्की र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रुपमा रुपान्तरण भएको छ । यो खेल हुनुपूर्व अमेरिकी विशेषज्ञहरुले तीन सातासम्म स्थलगत अध्ययन गरी सो क्षेत्र खेलका उपयुक्त भएको निश्कर्ष निकालिएको हो । गोक्यो क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन ।
बोर्डका अध्यक्षद्धारा माछापुच्छ्रे क्यापिटलको उद्घाटन, भन्छन्- पुँजीबजार क्षेत्रकाे विकासमा सहयाेग पुग्छ
काठमाडौं । माछापुच्छ्रे बैंकको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटलको उद्घाटन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले बिहीबार एक औपचारिक कार्यक्रमबीच क्यापिटलको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त समारोहमा बोर्डका अध्यक्ष ढुङ्गानाले माछापुच्छ्रे क्यापिटलले देशको खुम्चिएको पुँजीबजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रहरुको पहिचान गरी नयाँ कार्यक्रमहरु बजारमा ल्याउन सफल बन्न शुभकामना दिएका छन् । साथै, पुँजीबजार क्षेत्रमा नविनता ल्याउन जरुरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यवसायिकता र नयाँ कार्यशैली सहित मर्चेन्ट बैकिंग क्षेत्रमा प्रवेश गर्नेछ भन्ने विश्वास लिएको उनले बताए । त्यस्तै, माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले माछापुच्छ्रे क्यापिटललाई बधाई दिँदै यस क्यापिटलले आफ्नो व्यवसाय विस्तारको क्रममा राजधानी भित्र मात्र नभै देशभरी रहेका लगानीकर्ताहरुलाई सेवा पुर्याउनु पर्नेमा जोड दिँदै अन्य सेवाको रुपमा क्यापिटललाई विस्तार गर्ने प्रतिवद्घता व्यक्त गरेका छन् ।
झुक्किएर बीमा क्षेत्रमा पसेका महालक्ष्मी लाइफका डीसीओ श्रेष्ठ भन्छन्ः मलाई धकेल्नेलाई धन्यवाद
काठमाडौं । २०५८ साल जेठ १ गतेबाट रामेश्वर श्रेष्ठ बीमा क्षेत्रमा प्रवेश गरे । उनले सो अवधिदेखि २०७४ सालसम्म नेपाल लाईफ इन्स्योरेन्समा काम गरे । सुरुका २ वर्ष नेपाल लाइफको शाखामा काम गरेका उनले त्यसपश्चात सोही कम्पनीको फाइनास्स चिफ भएर काम गर्ने अवसर पाए । हाल महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको डेपुटी सिइओ पद सम्हालेका श्रेष्ठ मास्टर्स गरेपछि झुक्किएर बीमा क्षेत्रमा प्रवेश गरेको बताउछन् । हाल भने उनी सो पेशामा सन्तुष्ट रहेका छन् । र, युवा पुस्ताको लागि बीमा क्षेत्र असाध्यै सम्भावनाको क्षेत्र हो भन्ने उनको बुझाई छ । आफूले जानेर गरेको कुरा मात्र भन्दापनि कहिलेकाँही नबुझेको कामले समेत आफूलाई राम्रो गर्ने उनको अनुभव छ । विदेशमा गएर पसिना बगाएका दाजुभाइले नेपालमा राम्रोसँग काम गरे प्रसस्त सम्भावना र अवसर रहेको उनले देखेका छन् । बीमा क्षेत्रलाई दुःखको बेलामा अर्काको आखाँको आशु पुछ्ने व्यवसायको रुपमा उनले बुझेका छन् । र, सबैले बीमा गर्नै पर्ने उनको सुझाव पनि छ । ‘बीमा गर्दा आफ्नै जीवनकालमा पनि फाइदा हुन्छ, र अर्काे कुरा, कुनै न कुनै दिन त हामी सबैजना पर्छाैं नै, बीमा भनेको यस्तो क्षेत्र हो, जसले बाँच्दा पनि फाइदा दिन्छ र मर्दा पनि आश्रित परिवारलाई आर्थिक क्षतिपूर्ति दिन्छ,’ श्रेष्ठले भने । बीमा क्षेत्रमा काम गर्दा आम्दानी पनि धेरै हुने उनले बताए । ‘विगत २/४ वर्षयता बीमा क्षेत्रमा लागेका मान्छेहरुले नसोचेको सम्पत्ति कमाएका छन्, इमान्दारीपूर्वक काम गर्ने हो भने यो क्षेत्रबाट कमाई धेरै हुन्छ,’ श्रेष्ठ अनुभव सुनाउँछन् । बीमा क्षेत्रको बारेमा जानकारी लिन यही क्षेत्रमा पस्नुपर्ने उनको तर्क छ । बाहिरबाट हेर्दा देखिने सम्भावना र भित्र पसेर अनुभव र उपयोग गर्न सकिने अवसरमा फरक हुन सक्ने श्रेष्ठले बताए । उनको प्राथमिकतामा महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीको बजार तथा व्यवसाय विस्तार छ । पछिल्लो चरणमा संचालनमा आएका १० वटा जीवन बीमा कम्पनीमध्ये पनि महालक्ष्मी सबैभन्दा कान्छो कम्पनी हो । तर, यो कम्पनीको व्यवसाय विस्तार अन्यको तुलनामा राम्रो रहेको श्रेष्ठको दाबी छ । गत वर्ष महालक्ष्मी लाइफले ४ महिनामा नै ११ करोड रुपैयाँ नाफा गर्यो । महालक्ष्मीलाई नयाँ १० वटा कम्पनीसँग प्रतिस्पर्धा मात्रै गर्ने छुट छैन । अहिले संचालनमा रहेका १९ वटा कम्पनीसँग नै प्रतिस्पर्धा गर्नुपर्नेछ । धेरै परिसूचक तुलना गर्दा पनि महालक्ष्मी इन्स्योरेन्स कम्पनी समग्रतामा १०औं स्थानमा रहेको श्रेष्ठले बताए । महालक्ष्मीको लक्ष्य नै बीमा बजारमा सबैभन्दा धेरै बोनस दिने कम्पनीको रुपमा पहिचान बनाउने । यसका लागि कम्पनीको सम्पूर्ण टीम दिनरात मेहेनत गरिरहेको उनले सुनाए । नियामक निकायले तोकेको मापदण्ड तथा बीमा बजारका मानकलाई आत्मसाथ गर्दै अगाडि बढेमा कम्पनीले राम्रो प्रगति गर्ने उनको बुझाइ छ । महालक्ष्मी लाइफका २ चुनौति महालक्ष्मी इन्स्योरेन्सको चुनौतिमा कान्छो कम्पनी भएकाले विश्वास दिलाउन गाह्रो एउटा चुनौति हो । आफूभन्दा अगाडि नै १८ वटा कम्पनीले बजारमा प्रतिस्पर्धा सुरु गरेकोले ढिलो आएको कम्पनीलाई स्थापित हुन संघर्ष गर्नुपर्ने देखिन्छ । कम्पनीको अर्को चुनौति भनेको प्रतिस्पर्धा हो । बीमा बजारमा केही हदसम्म अस्वस्थ्य प्रतिस्पर्धा पनि हुन थालेकोले त्यसको सामना गरेर अगाडि बढ्ने कम्पनी नै भविष्यमा अब्बल ठहरिन्छ । यसको लागि महालक्ष्मीले आफूलाई अब्बल स्थापित गर्नुपर्छ । अबको ५ वर्षभित्रमा सबैभन्दा राम्रो कम्पनी बनाउने अभियानमा महालक्ष्मी इन्स्यारेन्स छ । कम्पनीको व्यवसाय नयाँ बीमा कम्पनी आउँदा प्रतिस्पर्धा बढ्छ नै । भएको बजारलाई भागबण्डा गर्ने हो भने सबै कम्पनीको आम्दानी घट्छ भने बिमितले फाइदा पनि कम पाउँछन् । तर, बजार विस्तार गर्न सकेमा बीमा क्षेत्रलाई नै फाइदा हुन्छ । बिमितलाई पनि बढी लाभ प्राप्त हुन्छ । यसै कुरालाई केन्द्रमा राखेर महालक्ष्मीले बजारको दायरा नै बढाउने अभियान थालेको छ । अधिकांश परिसूचकको तुलना गर्दा महालक्ष्मी लाइफ इन्स्योरेन्स १०औं स्थानमा पर्नुले आफ्नो व्यवसाय बृद्धि राम्रो रहेको पुष्टी हुने श्रेष्ठ बताउँछन् । सोसल ड्रिङ्कर मदिराजन्य पदार्थको सेवनमा डेपुटी सीईओ श्रेष्ठको त्यति लगाव छैन । तर, साथीभाइ र अफिसकै केही जमघटमा भने कहिले काँही मदिराजन्य पदार्थको सेवन गर्नुपर्ने उनी बताउँछन् । ‘कहिले काँही पिउने गरेको छु, अफिसका सहकर्मी तथा साथीभाइहरुका बीचमा कहिले काँही पिउने भएकोले मलाई सोसल ड्रिङ्कर भन्दा उपयुक्त होला,’ उनले हास्दै भने । राम्रो बानी श्रेष्ठको स्वभाव सबैसँग मिल्नसक्ने खालको छ । नयाँ मान्छेहरुसँग पनि उनी सजिलै घुलमिल हुन्छन् । र, उनले काम गरेर छोडेका संस्थाका हाकिमदेखि तल्लो तहका कर्मचारी पनि उनलाई सम्झन्छन् । ‘प्रतिस्पर्धी कम्पनीका सीईओदेखि पियनसम्म केक बोकेर भेट्न आउँछन्, साथी सर्कल ठूलो छ, मेरो सबैभन्दा ठूलो सम्पत्ति नै यही हो,’ श्रेष्ठले भने । नराम्रो बानी उनी अलि हक्की स्वभावका छन् । त्यसैले कुनै बेला उनी अलि कडा रुपमा पनि प्रस्तुत हुने गर्छन् । यो बानी उनी आफैलाई पनि ठीक लाग्दैन । ‘कसैले नचाहिने काम गर्यो भने मलाई झनक्क रिस उठ्छ, रिस उठेको बेलामा त्यस्तै रुपमा प्रस्तुत हुन्छु, यो मेरो बानी ठीक होइन, त्यसरी रिसाएँ भने तत्काल पश्चाताप गर्ने गर्छु,’ श्रेष्ठले भने । बीमा व्यवसाय धर्म, बिमित भगवान बीमा प्रोफेसनलको रुपमा उनी बिमितलाई भगवान ठान्छन् । बिमितको कारणले नै बीमा कम्पनीको व्यवसाय बढेको, राज्यलाई ठूला परियोजना संचालन गर्ने स्रोत उपलब्ध भएको, सरकारले कर प्राप्त गरेको, सर्वसाधारणले रोजगारी पाएको जस्ता व्याख्या उनी सुनाउँछन् । र, बीमाकर्म उनको धर्म बनेको छ । बीमा धर्मबाट आफू कहिल्यै बिचलित नहुने उनले सुनाए । कुराकानीको बिट मार्ने बेलातिर उनले एउटा कथा सुनाए । त्यो कथाको सार यस्तो थियो– कुनै ठाउँमा स्वीमिङ प्रतिस्पर्धा चलिरहेको रहेछ । त्यहाँ एक जना स्वीमिङ गर्न जान्ने व्यक्ति पनि रहेछ । तर, उसलाई पोखरीमा हामफाल्ने आँट आइरहेको रहेनछ । यस्तैमा कसैले सो व्यक्तिलाई पोखरीमा धकेलिदिएछ । पोखरीमा परेपछि ऊ मज्जाले पौडन थालेछ र प्रतिस्पर्धामा सबैलाई जितेर प्रथम भएछ । र भनेछ– मलाई धकेलेर जसले पोखरीमा हालिदिनुभयो, उहाँलाई धेरै धेरै धन्यवाद छ । यो कथाको प्रसंग उनले आफूलाई बीमा क्षेत्रमा धकेल्ने व्यक्तिका लागि सुनाएका थिए । बीमा क्षेत्रमा आउने उनको तीब्र इच्छा नभए पनि जागिरको खोजीकै क्रममा यो क्षेत्रमा आएका थिए ।
श्रम मन्त्रालय भन्छः ६ महिनामा लक्ष्यकाे ७० प्रतिशत काम गर्याैं
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यकाे ७०.५ प्रतिशत प्रगति भएको दाबी गरेकाे छ । ६ महिनायताकाे समयमा २८.८ प्रतिशत प्रगतिको क्रममा रहेको तथा ०.७ प्रतिशत कार्यक्रम शुरुवात हुन नसकेको जानकारी दिएको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयमा भएको चालु आर्थिक वर्षको बजेट तथा कार्यहरुको समीक्षा गर्दै मन्त्री रामेश्वर रायले हालसम्म ७० प्रतिशत भन्दा बढी काम भइसकेको दाबी गरेका छन् । मन्त्री रायको अध्यक्षतामा बसेको बैंठकले वार्षिक नीति, कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनाकाे समीक्षा गरेको हो । रोजगारीको क्षेत्र र सम्भावनाको खोजी भइरहेको जानकारी दिँदै सीपमुलक तालिमलाई थप प्रभावकारी बनाउन अन्तरिक रोजगारी, स्वरोजगारी तथा वैदेशिक रोजगारीलाई उपलब्धीमूलक बनाउने कार्य भइरहेको मन्त्री रायले जानकारी दिए । सचिव विनोद केसीले आगामी दिनमा कार्यक्रम कार्यान्वयन प्रभावकारिता देखाउन बाँकी खरिदको सूचना शीघ्र प्रकाशन गर्ने निर्देशक दिनुका साथै श्रम सम्बन्ध असल राख्ने, वैदेशिक रोजगारीमा ठगी अनियमितता घट्ने, सामाजिक सुरक्षा कोष तथा आन्तरिक रोजगारीलाई प्रोत्साहन दिने बताएका छन् ।