प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बिराटनगरमा

<p>काठमाडौं । प्रभु बैंकले मोरङ जिल्लाको बिराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन बिराटनगरका यातायात व्यवस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले माघ २२ गते एक समारोहकाबीच उद्घाट्न गरेका हुन् । बैंकले यातायात व्यवस्थापन कार्यलयामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले मोरङ जिल्लाको बिराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन बिराटनगरका यातायात व्यवस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले माघ २२ गते एक समारोहकाबीच उद्घाट्न गरेका हुन् ।

बैंकले यातायात व्यवस्थापन कार्यलयामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित यातायात व्यवस्थापन कार्यलयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र यातायात ब्यबस्थापन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने कम्पनीको विश्वास छ ।

बैंकले हाल २०८ वटा शाखा कार्यालय, १५७ वटा एटीए, ४४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।

Share News