प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त
काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आईजीपी)मा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । मंगलबार(माघ २८ गते) अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।
तीन दिने बिल्डकन एक्स्पो सम्पन्न, बुकिङ्ग गर्ने ग्राहकलाई दुई वर्षसम्म विशेष छुट
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित तीन दिने छैटौं ‘बिल्डकन इन्टरनेशनल एक्स्पो २०२०’ सम्पन्न भएको छ । भारतको कम्पनी महिन्द्रा एण्ड महिन्द्राद्वारा उत्पादित निर्माण उपकरणहरुको अधिकृत बिक्रेता दुगड ब्रदर्स एण्ड सन्सले “आम्दानी जती तपाईको, खर्च जती हाम्रो” नाराका साथ उक्त प्रर्दशनी आयोजना गरी सम्पन्न गरेको हो । महिन्द्राले आफ्ना उत्पादनहरु मोटर ग्रेडर(जी-९०), ब्याकहोई लोडर(भीएक्स-९०) र ब्लाजो-२५ ट्रिपर प्रर्दशनीमा राखेको थियो । साथै, उक्त उत्पादनहरुमा विभिन्न स्किमहरु ल्याएको कम्पनीले ग्राहकहरुलाई जानकारी गराएको छ । प्रर्दशनीमा राखिएका विभिन्न मोडलका निर्माण उपकरणहरु ब्याक हो लोडर, ग्रेडर आदी सामाग्रीहरु कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च, सरल तथा अत्याधुनिक प्रबिधि, उच्च माईलेज र बेजोड कार्य क्षमताको विषेशता रहेको कम्पनीका निमार्ण उपकरणका प्रमुख तारा थापाले जानकारी दिए । साथै, कम्पनीले एसी क्याबिन तथा नन एसी क्याबिनमा ग्राहकहरुको छनौटको आधारमा ब्याकहोई लोडर उपलब्ध गराउँदै आएको छ । जसले बजारमा रहेका अन्य मेसिनभन्दा कम ईन्धन खपत गर्दै शीघ्र तथा उच्च कार्य संपादन गर्न सक्ने ई मेसिनहरु २ वर्ष अनलिमिटेड हायोर वारेन्टीको सुविधा रहेको उनले बताए । आफ्ना उत्पादनहरु ग्राहकहरुमा बिक्री वितरणकाे लागि कम्पनीले स्पोर्ट फाईनान्सको व्यवस्था गर्दै आएको छ । साथै, उक्त एक्स्पोमा बुकिङ्/डेलिभरी लिएका ग्राहकलाई एक लाख रुपैयाँ नगद छुट, दुई वर्षसम्म सम्पूर्ण सर्भिस म्याटेरियल फ्रि अफ कष्टमा उपलब्ध गराउने कम्पनीले जानकारी गराएको छ ।
सीआइपीबाट सम्मानित हुने २५ व्यवसायी तस्विरमा (फोटोफिचर)
काठमाडौं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) लाई सम्मान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित हुने व्यक्तिलाई सम्मानपत्र र राष्ट्रको महत्वपूर्ण परिचय पत्र प्रदान गरेका छन् । मुलुकको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संघ संस्थालाई सीआईपी प्रदान गरिएको हो। सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले निर्यात क्षेत्र, लगानी क्षेत्र, रोजगारी सिर्जना, पर्यटन क्षेत्र, कर दाखिला र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका ३ गरी कूल २५ जना व्यक्ति तथा संस्थालाई सम्मानित गरेकाे हो ।
फिलिपिन्सको निर्यात ७० अर्ब डलर, अघिल्लो वर्षको तुलनामा ४.४ प्रतिशत बढी
मनिला । फिलिपिन्सको निर्यात गत वर्ष सन् २०१९ मा ७० अर्ब ३० करोड अमेरिकी डलर पुगेको फिलिपिन्सको व्यापार मन्त्रालयले जनाएको छ । व्यापार मन्त्रालयका सचिव रामोन लोपेजले अघिल्लो वर्ष फिलिपिन्सको निर्यात व्यापार ६९ अर्ब ३० करोड डलर रहेको बताए । विश्वव्यापी रुपमा व्यापारमा आएको अनिश्चितताका बीच पनि मुलुकको अर्थतन्त्र सही मार्गमा रहेको लोपेजले बताए । अनिश्चितताका बाबजूद निर्यात व्यापारमा १.५ प्रतिशतले वृद्धि हुनु निकै सकारात्मक रहेको बताउँदै सचिव लोपेजले पूर्वी एसियाली मुलुकहरुमध्ये भियतनाम पछि फिलिपिन्सले सर्वोत्कृष्ट प्रदर्शन गरेको जानकारी दिए । हाम्रो लक्ष्य नै उत्पादन क्षमता र निर्यातजन्य वस्तुको उत्पादन बढाउनु तथा साझेदार मुलुकहरुसँगको व्यापार सम्बन्धलाई अझ परिस्कृत गर्नु हो, लोपेजले भने । पहिलो पटक, फिलिपिन्सको विद्युतीय सामग्रीको निर्यात ४० अर्ब डलर पुगेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०१९ मा यो ४.४ प्रतिशतले बढी हो । यस क्षेत्रले कूल निर्यातको करिब ५७ प्रतिशत हिस्सा ओगटेको सचिव लोपेजले जानकारी दिएका छन् । गैर विद्युतीय सामग्रीको निर्यात भने करिब ३० अर्ब ३० करोड अमेरिकी डलर बराबरको भएको छ । फिलिपिन्सको आयात भने सन् २०१९ मा ४.८ प्रतिशतले घटेर १ खर्ब ७ अर्ब ४० करोड डलर भएको छ । रासस/सिन्ह्वा
सिटिजन्स बैंकका ग्राहकलाई एल्लो प्यागोडा होटेलमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले एल्लो प्यागोडा होटेलमा विशेष छुट पाउने भएका छन् । मंगलबार दुई संस्थाबीच सम्झौता भएसँगै बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहकहरुले होटेलको काठमाडौं तथा पोखरा स्थित शाखाहरुमा सेवा लिँदा उक्त सुविधा पाउने भएका हुन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
मालपोत कार्यालय लहानमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं । नेपाल बैंकले मालपोत कार्यालय लहानमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । शुक्रबार बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत(सीईओ) होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीलेले संयुक्त रुपमा सेवाको औपचारिक शुभारम्भ गरेका हुन् । एक्सटेन्स काउन्टरको सेवा शुभारम्भ गर्दै कामु सहायक प्रमुख कार्यकारी अधिृकत खड्काले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र मालपोत कार्यालयको एक्सटेन्स त्यस्तै एउटा उदाहरण रहेको बताए । खड्काले प्रतिस्पर्धी बैंकको रूपमा ग्राहकलाई सेवा दिईरहेको बताउँदै आगामी दिनमा अझ उच्चस्तरको सेवा र सुविधा दिँदै जाने बताए । उनले बैंकको काउन्टरले मालपोत कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई राहत मिल्ने विश्वास व्यक्त गरे । शुभारम्भ कार्यक्रममा मालपोत प्रमुख चौधरीले सेवाग्राहीको हित हुने गरी काउन्टर खोलि दिएको भन्दै बैंकको व्यवस्थापनलाई धन्यवाद दिए । सो अवसरमा नेपाल बैंकका प्रदेश नम्बर २ का प्रमुखप्रतिभा डंगोलले बैंकले अघि सारेका विभिन्न योजनाका बारेमा जानकारी गराएकी थिइन् । हाल नेपाल बैंकले १ सय ७६ शाखा, २५ वटा एक्सटेन्स काउन्टर र १ सय १६ एटिएम मेसिनबाट ग्राहकालाई सेवा प्रदान गरिरहेको छ । बैंकले चाँडै नै एटीएमको संख्या १४९ पुर्याउन लागेको र २०७७ सालको असार मसान्तसम्ममा २ सय शाखाबाट सेवा प्रदान गर्ने अधिकारीले बताए ।
एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको माग बढ्दो, के छ त्यस्तो विशेषता ?
काठमाडौं । एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको मागमा वृद्धि भएको छ । एलजी ब्राण्डको आधिकारीक विक्रेता सि.जी. इलेक्ट्रोनिक्सले हाल बजारमा उक्त टिभीको माग बढेको जनाएको हो । साथै, ४९ र ४३ इन्चको युएचडी टिभीहरुको माग पनि बढिरहेको कम्पनीले जानकारी गराएको छ । के छ त त्यस्तो विशेषता ? १) ४के पक्चर डिस्प्लेः फुल एचडी भन्दा ४ गुणा स्तरीय पिक्चर, म्याजिकमोसन रिमोट कन्ट्रोल, एल.जी. थिन्क्यु ए.आई: आवाजले नियन्त्रण गर्न सकिने, गुगल असिस्टेन्ट, एलेक्सा विल्ट इन, एप्पल एयरप्ल्येः आईफोन बाट सिधै स्क्रीन सेयर गर्न मिल्ने जस्ता विशेषता रहेकाे कम्पनीले जनाएकाे छ ।
दोहोरो अंकले बढ्यो नेप्से, साढे एक अर्बको कारोबार, शिवम् र एनआईसी एशियाको सबैभन्दा बढी
काठमाडौं । मंगलबारको नेप्से १७.११ अंकले उकालो लागेको छ । सोमबार सामान्य अंकले बढेको बजार मंगलबार दोहोरो अंकले बढेर १३४१.३८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२९ प्रतिशत बढी हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.७५ अंकले उकालो लागेर २८५.३७ अंकमा पुगेको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबारको बजारमा कूल एक अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ६० करोड रुपैयाँ बढी हो । सोमबारको बजारमा कूल ९३ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । १७५ कम्पनीको कारोबार भएको बजारमा शिवम् सिमेन्ट र एनआईसी एशिया बैंकको ११ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिवमको १५ करोड २ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ भने एनआईसी एशियाको ११ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समूहतर्फ हेर्दा ट्रेडिङ् समूह बाहेक कारोबारमा आएका बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ९३ अंकले उकालो लागेको छ । ओरालो लागेको ट्रेडिङ् समूह भने १०.६७ अंकले घटेको छ । दोहोरो अंकले बढेको बजारमा कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सो कम्पनीका लगानीकर्ताले एकैदिन १० प्रतिशत कमाएका छन् । त्यस्तै, नेपाल सेवा लघुवित्तका लगानीकर्ताले ९.८३ प्रतिशत कमाएका छन् । संस्थाको सेयर मूल्य प्रतिकित्ता ७९३ रुपैयाँ रहेको छ ।