सिभिल बैंकको १०७ औं शाखा जितपुरमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापा तथा जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा कृष्ण प्रसाद पौडेलले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको जीतपुर शाखाको समुद्घघाटन गरेका छन् । देशकै विकासोन्मुख शहरहरु मध्येको एक प्रमुख शहर जीतपुर सिमरामा शाखा उद्घघाटन गर्दै थापाले देशको आर्थिक बिकास बैंकहरुको सहभागिता बिना हुन नसकिने भएकोले सिभिल बैंकले जीतपुरमा शाखा बिस्तार हुँदा यस क्षेत्रको बित्तीय गतिबिधिमा टेवा पुग्ने कुरा बताए । यस्तै मेयर डा. कृष्ण प्रसाद पौडेलले जीतपुरमा सिभिल बैंकले शाखा खोलेकोमा खुसी व्यक्त गर्दै बैंक प्रति कृतज्ञता ज्ञापन गर्दै साथै सिभिल बैंकले यस क्षेत्रको जनताको घरदैलोसम्म पुगी वित्तीय सेवा उपलब्ध गराई त्यहाँको जनताको जीवनस्तर उकास्न सघाउ पुर्याउने कुरामा विश्वास व्यक्त गरेका छन् । उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले देशको औद्योगीक नगरी विरगंजसंग नजिक जीतपुरमा प्रशस्त औद्योगिक अवसरहरु रहेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सान्दर्भिक सेवा तथा सुविधाहरु प्रदान गर्ने कुरा बताए । साथै सोही कार्यक्रमबीच सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु कुमार सिंहलाई विद्यालयको इ–लाईब्रेरीको लागि एक थान कम्प्युटर हस्तानतरण गरे ।
आइएमई जनरलको आय ९ करोडले बढ्यो
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ करोड रुपैयाँले बढ्न पुगेको छ । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको आय ७१ करोड ६५ लाख ८३ हजारु रुपैयाँ छ भने अघिल्लो आवमा कम्पनीको आय ६२ करोड ५६ लाख ३३ हजार रुपैयाँ रहेको थियो । खुद बीमा शुल्कः कम्पनीको चालु आवको दोस्रो त्रैमासमा खुद बीमा शुल्क ३० करोड ६२ लाख ६६ हजार रुपैयाँ छ भने अघिल्लो आवमा २६ करोड ४५ लाख ८५ हजार रुपैयाँ रहेको छ । उक्त कम्पनीको ४ करोड रुपैयाँले बीमा शुल्क वृद्धि हुन पुगेको छ । पुर्नबीमा कमिशन आयः पुर्नबीमा कमिशन आय चालु आवको दोस्रो त्रैमासमा ८ करोड ९ लाख ७३ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको पुर्नबीमा कमिशन आय ७ करोड ५ लाख रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य आयः लगानी, कर्जा तथा अन्य आयमा आइएमई जनरल इन्स्योरेन्सको १ करोड ९३ लाख ३८ हजार रुपैयाँ छ भने गत आवको दोस्रो त्रैमासमा १ करोड ६५ लाख रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ६ लाख रुपैयाँ रहेको छ ।
शिखर इन्स्योरेन्सको बीमाशुल्क साढे ९० करोड नाघ्याे
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क गत आर्थिक वर्षको तुलनामा ७ लाख रुपैयाँले वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क ९० करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा ९० करोड ४९ लाख ५० हजार रुपैयाँ रहेको थियो । आय: शिखर इन्स्योरेन्सको आय चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ छ भने २ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ रहेको थियो । पूनर्बीमा कमिशन आय: कम्पनीको पूनर्बीमा कमिशन आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड २६ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा २० करोड ४६ लाख ५८ हजार रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य आयः शिखर इन्स्योरेन्सको लगानी, कर्जा तथा अन्य आयमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आवमा ९ करोड ३३ लाख ७९ हजार रहेको थियो । हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
सिद्धार्थ ईन्स्योरेन्स र सिप्रद्धिबीच सम्झौता
काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स तथा सिप्रदि ट्रेडिङ बिचमा बीमितहरुलाई नगद रहित सवारी साधन मर्मत सम्भार गर्ने सम्वन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार सिप्रदि ट्रेडिङले विक्रि गरेको र सिद्धार्थ ईन्स्योरेन्समा बीमा भएका सवारी साधनहरु क्षति भई मर्मत गर्नु परेमा सिप्रदि ट्रेडिङ प्रा.लि.को नेपालभरीका कुनै पनि आधिकारीक वर्कशपमा मर्मत सम्भार गर्दा बीमितहरुले बीमालेखको रक्षावरण सम्मको रकम वर्कशपलाई सिद्धार्थ ईन्स्योरेन्सवाट भुक्तानी हुनेछ । सम्झौता पत्रमा ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा र सिप्रद्धि ट्रेडिङ प्रा.लि.का तर्फवाट भाईस प्रेसिडेण्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका थिए । यस सम्झौताबाट बीमितले झन्झट रहित र प्रभावकारी बीमा दाबीको सेवा प्राप्त गर्न सक्ने कम्पनीले विश्वास गरेको बताएको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीको आय २९ करोडले बढ्यो
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २९ करोड रुपैयाँले बढेको छ । इन्स्योरेन्स कम्पनीको आय १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । खुद बीमा शुल्कः सगरमाथा इन्स्योेरेन्स कम्पनीको बीमा शुल्क ५६ करोड ८३ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा ५१ करोड ९९ लाख रुपैयाँ रहेको थियो । पुनर्बीमा कमिशन आयः सगरमाथा इन्स्योरेन्स कम्पनीको पुनर्बीमा कमिशन आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ४० लाख रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा १५ करोड ७ लाख रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्यबाट आयः चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सगरमाथा इन्स्योरेन्स कम्पनीको लगानी, कर्जा तथा अन्यबाट आय ४ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ भने गत आवमा ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ रहेको थियो । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको छ ।
राष्ट्रिय बीमा संस्थानको आय २ अर्बले बढ्यो
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ अर्ब रुपैयाँले आय वृद्धि गरेको छ । बीमा संस्थानको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ अर्ब ५ करोड ९५ लाख रुपैयाँ रहेको छ । गत अर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थानको आय ५ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ रहेको थियो । खुद बीमा शुल्क: चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बीमा संस्थानको खुद बीमा शुल्क ५ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा संस्थानको बीमा शुल्क ४ अर्ब ४० करोड ५६ लाख रुपैयाँ रहेको थियो । संस्थानले गत आवको दोस्रो त्रैमासबाट चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा १ अर्ब बीमा शुल्क वृद्धि गरेको छ । लगानी, कर्जा तथा अन्य आयः बीमा संस्थानको चालु आवको दोस्रो त्रैमासमा लगानी , कर्जा तथा अन्य आयमा १ अर्ब १० करोड ६२ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा ७२ करोड ४९ लाख ८० हजार रुपैयाँ रहेको छ । बीमालेखको धितोमा कर्जाबाट आयः बीमालेखको धितोमा कर्जाबाट चालु आवमा आय ५ करोड ६६ लाख ५२ हजार रुपैयाँ छ भने गत आवमा बीमालेखको धितोमा कर्जाबाट आय ४ करोड ६९ लाख ३२ हजार रुपैयाँ रहेको थियो । हाल बीमा संस्थानको जगेडा कोषमा २६ करोड २१ लाख २९ हजार रुपैयाँ छ भने जीवन बीमा कोषमा २५ अर्ब ९६ करोड १२ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
बजेटको आकार १० प्रतिशत घटाए अर्थमन्त्रीले
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको आकार १० प्रतिशतले घटाएका छन् । सरकारले चालु आर्थिक वर्ष (आव) को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट ल्याएको थियो । अर्थमन्त्री डा. खतिवडाले आफैले ल्याएको बजेटको मध्यावधी समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएका हुन् । अर्थमन्त्री डा. खतिवडाले चालु आर्थिक वर्षमा १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान सार्वजनिक गरे । यो रकम विनियोजित बजेटको ९०.४ प्रतिशत मात्रै हो । विनियोजित बजेटमा चालु तर्फ ९ खर्ब ४ अर्ब ४६ कारेड ८ लाख (विनियोजित बजेटको ९४.५ प्रतिशत), पुँजीगतफर्त ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख (विनियोजित बजेटको ८०.१ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख (विनियोजित बजेटको ९२.२ प्रतिशत) मात्रै खर्च हुने अनुमान सरकारको छ । यस्तै, राजस्व संकलनको लक्ष्य पनि घटाइएको छ । राजस्व संकलनको संशोधित अनुमान शुरू अनुमानको ९५.६ प्रतिशत रहेको छ। चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोत (राजस्व र आन्तरिक ऋण) बाट ११ खर्व ३२ अर्व ५० करोड रूपैयाँ, वैदेशिक अनुदान तर्फ ४३ अर्ब ५५ करोड ४६ लाख र वैदेशिक ऋण तर्फ २ खर्ब ९ अर्व ९० करोड ९० लाख रूपैयाँ परिचालन हुने संशोधित अनुमान रहेको छ।
राष्ट्रिय गौरवका आयोजनाको ६ महिनामा १९ प्रतिशत खर्च
काठमाडौं । सरकारले उच्च महत्व दिएको राष्ट्रिय गौरबका आयोजनाको बजेट खर्चको अवस्था दयनीय देखिएको छ । सरकारले दिएको बजेट कम भयो भनेर गुनासो गर्ने विकास आयोजनाहरुले विनियोजित बटेज खर्च गर्न नै नसक्ने अवस्था देखिएको हो । अर्थमन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरबका आयोजनाहरुले १९ प्रतिशत बजेट खर्च गरेका छन् । सरकारले विभिन्न २३ आयोजनालाई राष्ट्रिय गौरबका आयोजना बनाएको छ । सरकारले चालु आर्थिक वर्षमा राष्ट्रिय गौरबका आयोजनाहरुको १ खर्ब २ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस्तो रकममध्ये गत पुस मसान्तसम्ममा २० अर्ब ४१ करोड अर्थात विनियोजित बजेटको १९ प्रतिशत मात्रै खर्च भएको मन्त्रालयको भनाइ छ ।