विकासन्युज

मिसेस एण्ड मिस गुरुङ २०२० बन्न सफल भए चिनीमाया र सुस्मिता

काठमाडौं । मिसेस एण्ड मिस गुरुङ २०२० को ताज मिसेस चिनीमाया गुरुङ र मिस सुस्मिता गुरुङले पहिरहन सफल भएका छन् । यसरी, मिसेस गुरुङ तर्फ फर्स्ट रनरअप र मस्ट पपुलर पुजा गुरुङ, सेकेन्ड रनरअप लिला देबी गुरुङ, थर्ड रनरअप प्रेम कुमारी गुरुङ, अर्गनाइजर च्वाईस बिमाया गुरुङ र होममाया गुरुङ भिउर्स च्वाइस मनमाया गुरुङ र फेसबुक चवाइस रोशनी गुरुङले जित्न सफल भएका छन् । त्यसैगरी, मिस गुरुङ तर्फ फर्स्ट रनरअप निशानी गुरुङ सेकेन्ड रनरअप र फेसबुक च्वाइस जोनिशा गुरुङ, मस्ट पपुलर धन माया गुरुङ, अर्गनाइजर च्वाइस सरिता गुरुङ र चाहना गुरुङ, भिउर्स च्वाइस सुस्मिता गुरुङ भएका छन् । विजेताहरुले नगद पुरस्कार सहित ट्रफी, क्राउन लगायत अन्य गिफ्टहरु समेत पाउन सफल भएका थिए । प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघर जमल काठमाडौँमा सम्पन्न भएको उक्त प्रतियोगिता विगत २ वर्ष देखि एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको निर्णायकमा गायक आनन्द कार्की, केशव थापा, पाल्साङ तामाङ, सुमना गुरुङ र कृष्ण गुरुङ रहेका थिए । गुरुङ जातिको कला संस्कृति भेषभूषा, रितिरिवाज एवम रहनसहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी र व्यावसायिक महिला दिदी बहिनी मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । मिसेस एण्ड मिस गुरुङ २०२० समग्र जनजातिहरुको पहिचान बनाउने उद्देश्य हो । उक्त प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागिता हुन पाउनेछन । प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्य मार्फत एक महिना सम्म विशेष प्रशिक्षण पाएका थिए । प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको जानकारी आयोजक संस्थाकी अधक्ष्य शान्त तामाङले बताइन । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराईएको थियो । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मा विश्वास बढाएर भोलिको दिनमा ट्रेनीङ बाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन । यस सौन्दर्य प्रतियोगीताले विवाहित गुरुङ नारी, युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफुसँग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि विश्वस्त छिन । प्रतियोगिताको संचालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।

सुनको मूल्यमा वृद्धि, प्रतितोला ७६ हजारमा कारोबार

काठमाडौं । फागुन लागेसँगै सुनको मूल्यमा वृद्धि भएको छ । बुधबार प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ३ सय रुपैयाँमा वृद्धि भएको छ । त्यस्तै तेजावी सुन फागुनको पहिलो दिन ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने बुधबार अर्थात माघ महिनाको अन्तिम दिन तेजावी सुन प्रतितोला ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबारको ८ सय ७५ रूपैयाँ प्रतितोला काराेबार भएकाे चाँदी ५ रुपैयाँ बढेर ८ सय ८० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महिला सहयात्रा लघुवित्तको कर्मचारी पुनर्ताजगी तालिम आजबाट शुरु

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय  मकवानपुरले २ दिने पुनर्ताजगी तालिम हेटौडामा सुरु गरेको छ । तालिम प्रदेश २ र ३ अन्तर्गतका ४० जना कर्मचारीलाई  दिने भएकाे छ । उक्त तालिमको उद्घाटन भिडियो कलमार्फत संस्थाको प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले गरेकी हुन् । फागुन १ र २ गते चल्ने यस कार्यक्रममा तालिमले कर्मचारीहरुको कार्य दक्षता, सीप अभिवृद्घि गर्ने उदेश्यको साथै संस्थाको सदस्यहरुलाई उद्यमशील तालिम मार्फत उद्यमी बनाई कार्य गर्न सल्लाह, सुझाव दिएका छन् । यस २ दिने तालिममा शाखा व्यवस्थापन, केन्द्र बैठक व्यवस्थापन, कर्मचारी व्यवहार, कर्जा व्यवस्थापन तथा असुली, लेखा व्यवस्थापन, उद्यमशील विकास र ट्याबलेट बैकिंङ सिस्टमबारे कर्मचाारीहरुलाई सिकाउने उद्देश्य रहेको छ । तालिममा केन्द्रीय कार्यालयका कर्मचारीहरु वित्त विभाग प्रमुख सरिता श्रेष्ठ , कर्जा विभाग प्रमुख निराजन श्रेष्ठ, अनुगमन विभाग प्रमुख सुजीत खतिवडा, जोखिम व्यवस्थापन तथा असुली विभागका शंकर थापा र आइटी विभागका संजीव मानन्धरको उपस्थिति रहेको छ । रु १२ करोड १० लाख चुक्ता पुंजी रहेको यस महिला सहयात्राले दुर्गम तथा विकट बैकिंङ पहुंच नपुगेको स्थानहरुमा ३४ वटा शाखा कार्यालयहरु मार्फत ३५,००० सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत वचत, कर्जा, रेमिटान्स, लघुबिमा र उद्यमशील विकास तालिम सेवा प्रदान गर्दै आइरहेको छ भने यस संस्थाले हाल सम्म ३७ करोड बचत सकंलन गरि १ अर्व ३६ करोड कर्जा लगानीमा रहिरहेको छ ।

१६ कराेड लागतमा निर्मित नेपालगञ्ज बसपार्क सञ्चालनकाे जिम्मा निजी क्षेत्रलाई

राँझा । नवनिर्मित अत्याधुनिक नेपालगञ्ज बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रले प्राप्त गरेको छ । बसपार्क व्यवस्थापन तथा नेपालगञ्ज उपमहानगरद्वारा सञ्चालनमा ल्याइएका सात नगरबस सञ्चालनको जिम्मा बोलपत्र आह्वान प्रक्रिया मार्फत् शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्स नेपालगञ्जलाई दिइएको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले आज जानकारी दिए । पाँच वर्षको लागि सञ्चालनको जिम्मेवारी प्राप्त गरेको सप्लायर्सका सञ्चालक सन्तोष केसीले जानकारी दिए । बसपार्कलाई व्यवस्थित सुन्दर र सफा आकर्षक बनाउन आफूहरुले पहिलो ध्यान दिने सप्लायर्सका अर्का सञ्चालक राकेश रानाले जानकारी दिए । ‘नेपालगञ्जको आधुनिक बसपार्कको व्यवस्थापन जिम्मेवारी पाउनु हाम्रो लागि ठूलो अवसर हो ।’ उनले भन, ‘यो जिम्मेवारी पाउँदा हामी उत्साहित छौँ, उपमहानगरपालिकासँग गरिएको शर्तभन्दा अझ बढी राम्रो काम गरेर देखाउने छाैं ।’ चार बिघा १० कट्ठा जग्गामा रु १६ करोड १६ लाखको लागतमा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ । बसपार्कमा १२३ ठूला र ५६ साना बस राख्न सकिने क्षमता छ।उपमहानगरपालिकाले सम्पूर्ण बस बसपार्कभित्र प्रवेश अनिवार्य गराउने निर्णय गरेपछि बसपार्कमा चहलपहल बढेको छ ।

तपाईंको शरीरको आकार कस्तो छ ? यस्तो कपडा लगाउनुस्, साच्चै राम्रो देखिन्छ

काठमाडौं । धेरै मानिसहरु लुगा लगाउन शौेखिन हुन्छन् । आफ्नो शरीरमा चिटिक्क र सुहाउने लुगा सबैलाई मनपर्छ । आफूलाई के लगाउँदा सुहाउँछ वा सुहाउँदैन भन्ने हरेक मानिसको लागि एउटा महत्वपूर्ण विषय हो । किनभने हरेक मानिसहरु सुन्दर देखिने चाहना राख्छन् । विभिन्न कारण तपाईले लगाएको कपडा तपाईलाई निकै नै खुलेको हुन्छ र यसको एक प्रमुख कारण हो तपाईको शरीरको आकार र तपाईको छालाको रंग । पुरुषको दाँजोमा महिलाहरुको भिन्नभिन्न आकारको शरीर र धेरै मात्रामा कपडाको विकल्प हुने भएकोले पनि उनीहरु के लगाउने भन्ने तनावमा हुन्छन् । यद्यपि पुरुषहरुलाई यो समस्या छैन भनेर भन्न मिल्दैन । तपाईंकाके शरीरको आकार अनुसार यस्तो पहिरन गर्नुभयो भने तपाईं वास्तवमै आकर्षक र राम्रो देखिनु हुनेछ । १. त्रिकोण शरीर आकार यदि तपाईको शरीरको आकार त्रिकोण हो कि होईन भन्ने दुविधामा हुनुहुन्छ भने सबैभन्दा पहिला ईजिप्टको पिरामिडको आकार सम्झनुहोस् । त्यस आकारलाई उल्टोबाट सोच्नुहोस् । यदि तपाईको काँध फराकिलो छ, कम्मर सानो छ र तपाईको शरीरको तल्लो भागतर्फ बढ्दै गर्दा खुट्टाहरु पातलो छन् भने तपाईको शरीर त्रिकोण आकारको हो । यदि तपाई यो आकारको हुनुहुन्छ भने खुशी हुनुहोस् किनभने ५ प्रतिशत महिलाहरु मात्र यो आकारको हुने गरेको बताईन्छ । तर यसको मतलब तपाईसँग फेसनका विकल्प कम छन् भन्ने पक्कै पनि होइन । यस्ता धेरै उपायहरु छन्, जसको मद्दतले तपाईले आफ्नो शरीरको माथिल्लो भाग र तल्लो भागलाई ब्यालेन्स गर्न सक्नुहुन्छ । तपाईको शरीरको माथिल्लो भागलाई सानो र राम्रो देखाउन जहिले पनि फिटिंग र गाढा रंगको कपडा लाउनुहोस् । भि–नेक, काउल नेक वा स्क्वायर नेक सर्ट कपडाहरुले तपाईलाई बढी राम्रो देखाउँछ । तपाईको खुट्टाको भागलाई हाई वेस्ट पाईन्ट र स्कर्टहरुले राम्रो देखाउन मद्धत गर्दछ । यस्ता आकार भएका महिलाहरुले टिर्सट, स्कर्टहरुको तल्लो भाग धेरै खुलेको छ भने नलगाउनुहोस् र साथै घुडामा खुला भएको पाईन्टहरु पनि नलगाउनुहोस् । २. आवर ग्लास सेप यो आकारको शरीर भएको महिलाहरुको काँध र हिप उत्तिकै फराकिलो हुन्छ भने कम्मर सानो हुन्छ । धेरै मानिसहरुले यो आकारको शरीरलाई आर्दश आकारको रुपमा लिने गर्छन् । यो आकार भएको महिलालाई राम्रो देखिन कम्मरमा विशेष फोकस गर्न जरुरी छ । यसो गर्नको लागि तपाईले छोटो टिर्सट, कम्मरमा बेल्ट भएको लुगा (र्याप डे्रस), पेन्सिल स्र्कट र यस्ता कुनै पनि लुगा प्रयोग गर्नुपर्छ, जसले तपाईको कम्मर र हिपको भागलाई बढी आकर्षक देखाउँछ । स्टाईल विशेषज्ञहरु यस्ता शरीर भएको मानिसहरुलाई खुला, ठुलो लुगा नलगाउन सुझाव दिन्छन् । यो शरीरको आकार भएको चर्चित हलिउड सेलिबे्रटीमा किम कार्डसियन पर्दछिन् । ३. बनाना आकार यो आकार भएको महिलाहरुको काँध, हिप र कम्मर सबैको एउटै चौडाई हुन्छ । यो आकारको शरीर भएको चर्चित व्यक्तिमा हलिउड नायिका जेनिफर गार्नर र एन्ने ह्याथवे पर्दछन् । यो आकार भएको महिलाहरुको छोटो कम्मर र हिप सानो हुने गर्दछ । यस्ता आकार भएका महिलाहरुलाई स्टाईल विशेषज्ञहरु सर्टलाई पाईन्ट भित्र नहाल्न सुझाव दिन्छन् । यो आकारको महिलाहरुले डे्रस लगाउँदा बेल्टहरुको प्रयोग गर्नुपर्छ । मिनीस्कर्टहरु यो आकारको मानिसहरुलाई निकै राम्रो देखिन्छ । यसका साथै स्किनी जिन्स पनि यो आकारलाई निकै नै खुल्दछ । ४. नाशपाति आकार यो आकार भएका महिलाहरु धेरै नै हुने बताइन्छ । हलिउड सेलिबे्रटी जेनिफर लोपेज यसको एक गतिलो उदाहरण हुन् । यदि तपाईको काँधको चौढाई तपाईको हिपको भन्दा सानो छ भने तपाई नासपति आकारको हुनुहुन्छ । यो आकार भएको महिलाहरुले काँध फराकिलो देखाउने कपडा लगाउनु पर्छ । यो आकार भएका महिलाहरुले टाईट जिन्स पाईन्टहरु लगाउन हुँदैन । किनभने यसले तलको भागमा मात्र ध्यान केन्द्रित गराउँदछ । यस आकारका महिलाहरुले माथिल्लो भागलाई केही ठुलो देखाउन भित्री वस्त्रहरु राम्रो रोज्नपर्छ । यस्तै सिधा आकारका पाईन्टहरु हिलसँग लगाउँदा यो आकारको महिलालाई निकै नै खुल्छ ।

मोम्स मन्टेश्वरीद्वारा पोषणसम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । ‘स्वस्थ जीवनको आधार , सन्तुलित आहार’ को मूल नारालाई अँगाल्दै बानेश्वरस्थित  अब्स्त्तित मोम्स मन्टेश्वरीले पोषणसम्बन्धी कक्षा संचालन गरेको छ । उक्त कार्यक्रममा कीर्तिपुर बर्न अस्पतालमा कार्यरत पोषणविज्ञ मिरा शाहले पोषणको महत्व र आवश्यकताका बारेमा प्रशिक्षण दिएकी हुन् । अहिलेको व्यस्त जीवनमा उचित खानपानको तथा सन्तुलित पोषिलो खानेकुराको बारेमा सबैलाई जानकारी हुनु यो एउटा सरल मार्ग हो। आफ्ना बालबालिकाको पोषण स्तर कस्तो छ , के कस्ता खानेकुराहरु स्कुलमा खाइरहेका छन , त्यो सबैको बारेमा सहजै जानकारी पाउनु आफ्नो दायित्व मात्रै होइन अधिकार पनि भएकाे उपस्थित सबै अभिभावकले बताए । बाहिरका जन्क फुड , कुरकुरे , चाउचाउ, मःमः चाउमिन, रियल जुस, हर्लिक्स, मैदाको प्रयोगले स्वास्थमा नराम्रो असर पारिरहेको पोषण विज्ञले जानकारी दिइन् । आफ्नो घरमा पकाएको पोषिलो खाना नै स्वस्थको लागि राम्रो हो, साथै लिटो,जौ, कोदो, फापर , मकै आदिको प्रयोग गर्नुपर्ने र मौसमी फलफूल , सागपात, तरकारी , आदिको प्रयोग दिनहुँ आफ्नो गक्ष अनुसार खानामा समावेश गर्नुपर्ने डा. शाहले बताइन् । स्कुलका प्रिन्सिपलले अब हरेक स्कुलमा पोषणको कार्यकर्म संचालन हुनु पर्नेमा जोड दिए । अभिभावकहरु पनि अब आफ्नो नानी बाबुहरु अब ढुक्कसँग स्कुलमा शिक्षा मात्र नभई पोषिलो खानेकुरामा पनि विश्वस्त रहेको बताए । पोषण विशेषज्ञ शाहले अब हरेक क्षेत्रमा पोषणको एउटा अभियान थाल्नुपार्ने समेत जानकारी दिएकी छन् । यस स्कुल विगत ६ वर्षअघिदेखि शिक्षण क्षेत्रमा आफ्नो योगदान दिदै आएको छ । स्कुलमा डे केयरको पनि सुविधा भएको यस स्कुलमा ४५ जनाको संख्यामा विद्यार्थीहरु रहेका छन् ।

ट्राफिक सचेतना अब सारङ्गी धुनले

काठमाडाैं । सचेतनाका आ आफ्नै तरिका हुन्छन् । ट्राफिक प्रहरीले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न सारङ्गी धुनलाई साहारा बनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मनमोहक सारङ्गी धुनले जनचेतना फैलाउन शुरुआत गरेको छ । यस क्रममा महाशाखाले बुधबार नयाँ बानेश्वरमा ट्राफिक नियम सचेतनाको लागि ‘सारङ्गी धुन’ प्रयोग गरेको थियो । कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले गीत सङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुलाई व्यवहारमा लागू गर्न सजिलो हुने बताए । साङ्गीतिक कार्यक्रममा ट्राफिक प्रहरी र कलाकार हेमराज गन्धर्व, बालाराम गन्धर्व र दिलबहादुर गन्धर्वलगायतले ‘मान्नै पर्ने ट्राफिक नियम, नमानेमा जान्छ है जीवन’ बोलको सचेतनामुलक गीत गाएका थिए । गीतको माध्यमबाट जेब्राक्रसिङ र आकाशेपुलको प्रयोग, सडक सङ्केतको पालना, मापसे गरी सवारी नहाक्न, तीव्र गति र लापरवाहीका साथ सवारी नचलाउन अनुरोधसमेत गरिएको थियो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले आगामी दिनमा अभियानलाई उपत्यकाका सबै चोकमा सञ्चालन गर्ने जानकारी दिए । सडक प्रयोगकर्ताले समेत ट्राफिक नियम पालना र सडक अनुशासनलाई जीवन पद्धतिका रुपमा लिने विश्वास महाशाखाले लिएको छ ।

युवतीहरुलाई लोभ्याउँदै कोड रश, टार्गेट स्नातक पढ्ने विद्यार्थी

काठमाडौं । युवतीहरुलाई सफ्टवेयर डेभलपमेन्ट तथा अन्य प्राविधिक सीपमा लोभ्याउने गरी कोड रशले नयाँ योजना ल्याएको छ । स्नातक तहमा आईटी तथा इन्जिनियरिङ्ग विषय अध्ययनरत तथा भर्खरै स्नातक उत्तीर्ण गरेका युवतीहरुले आकर्षित गर्ने गरी सफ्टवेयर डेभलपमेन्ट स्टार्टअप ‘कोड रश’ ले ‘कोड लाईक हर’ फेलोशिप संचालन गर्ने भएको छ । फेलोशिप छ महिना अवधिको हुनेछ । फेलोशिपका लागि आवेदन दिने मध्ये १२ जना उपयुक्त आवेदकलाई ’कोड लाईक हर फेलो’ का रुपमा छनोट गरिनेछ । आवेदन फेब्रुअरी २० सम्म गरिसक्नुपर्नेछ । अहिले नेपालमा सूचनाप्रविधि क्षेत्रमा काम गर्ने नेपाली महिलाको सख्या ज्यादै न्यून छ । आइटी उद्योगमा काम गर्न आवश्यक पर्ने उपयुक्त सीपको अभाव नै महिलाहरुको करिअर अगाडि नबढ्नुको एउटा मुख्य अड्चनको रुपमा देखिएकोले निःशुल्क रुपमा संचालन गरिने यस फेलोशिपले उनीहरुलाई सफ्टवेयर डेभलपमेन्ट तथा नेतृत्व विकास सम्बन्धि विभिन्न सीप प्रदान गरी क्षमताअभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ । यस फेलोशिपमा सहभागीहरुले मुख्य गरी अहिले उद्योगमा अति नै माग गरिएको फुल स्ट्याक डेभलपमेन्ट, फ्रन्टएन्ड (रियाक्ट जेएस), ब्याकएन्ड (नोड डट जेएस, एक्सप्रेस जेएस), डाटाबेस आदि सीप सिक्नेछन् । फेलोहरुलाई यस्ता विभिन्न सीपका साथै नेपालका सूचना प्रविधी क्षेत्रका विशेषज्ञहरूबाट उचित मार्गदर्शन र सल्लाह पनि प्रदान गरिनेछ ।