युवतीहरुलाई लोभ्याउँदै कोड रश, टार्गेट स्नातक पढ्ने विद्यार्थी

<p>काठमाडौं । युवतीहरुलाई सफ्टवेयर डेभलपमेन्ट तथा अन्य प्राविधिक सीपमा लोभ्याउने गरी कोड रशले नयाँ योजना ल्याएको छ । स्नातक तहमा आईटी तथा इन्जिनियरिङ्ग विषय अध्ययनरत तथा भर्खरै स्नातक उत्तीर्ण गरेका युवतीहरुले आकर्षित गर्ने गरी सफ्टवेयर डेभलपमेन्ट स्टार्टअप ‘कोड रश’ ले ‘कोड लाईक हर’ फेलोशिप संचालन गर्ने भएको छ । फेलोशिप छ महिना अवधिको हुनेछ । फेलोशिपका [&hellip;]</p>

काठमाडौं । युवतीहरुलाई सफ्टवेयर डेभलपमेन्ट तथा अन्य प्राविधिक सीपमा लोभ्याउने गरी कोड रशले नयाँ योजना ल्याएको छ । स्नातक तहमा आईटी तथा इन्जिनियरिङ्ग विषय अध्ययनरत तथा भर्खरै स्नातक उत्तीर्ण गरेका युवतीहरुले आकर्षित गर्ने गरी सफ्टवेयर डेभलपमेन्ट स्टार्टअप ‘कोड रश’ ले ‘कोड लाईक हर’ फेलोशिप संचालन गर्ने भएको छ ।

फेलोशिप छ महिना अवधिको हुनेछ । फेलोशिपका लागि आवेदन दिने मध्ये १२ जना उपयुक्त आवेदकलाई ’कोड लाईक हर फेलो’ का रुपमा छनोट गरिनेछ । आवेदन फेब्रुअरी २० सम्म गरिसक्नुपर्नेछ ।

अहिले नेपालमा सूचनाप्रविधि क्षेत्रमा काम गर्ने नेपाली महिलाको सख्या ज्यादै न्यून छ । आइटी उद्योगमा काम गर्न आवश्यक पर्ने उपयुक्त सीपको अभाव नै महिलाहरुको करिअर अगाडि नबढ्नुको एउटा मुख्य अड्चनको रुपमा देखिएकोले निःशुल्क रुपमा संचालन गरिने यस फेलोशिपले उनीहरुलाई सफ्टवेयर डेभलपमेन्ट तथा नेतृत्व विकास सम्बन्धि विभिन्न सीप प्रदान गरी क्षमताअभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।

यस फेलोशिपमा सहभागीहरुले मुख्य गरी अहिले उद्योगमा अति नै माग गरिएको फुल स्ट्याक डेभलपमेन्ट, फ्रन्टएन्ड (रियाक्ट जेएस), ब्याकएन्ड (नोड डट जेएस, एक्सप्रेस जेएस), डाटाबेस आदि सीप सिक्नेछन् । फेलोहरुलाई यस्ता विभिन्न सीपका साथै नेपालका सूचना प्रविधी क्षेत्रका विशेषज्ञहरूबाट उचित मार्गदर्शन र सल्लाह पनि प्रदान गरिनेछ ।

Share News