विकासन्युज

ज्योति लाईफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा पुनः राजेश हमाल

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले व्यवसायिक सद्भावनादुत(ब्राण्ड एम्बेसडर)मा पुनः नेपालका महानायकका रुपमा परिचित राजेश हमाल नियुक्त भएका छन् । कम्पनीले बिहीबार मात्रै महानायक हमाललाई आगामी दुई २ वर्षको लागि पुनः नियुक्त गर्ने सम्झौता गरेको हो । उक्त कार्यक्रममा ज्योति लाईफ इन्स्योरेन्सका कार्यकारी उप-प्रमुख प्रकाश विक्रम खत्री र राजेश हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली चलचित्र क्षेत्रका महानायक तथा देशकै गौरवशाली व्यक्तित्व राजेश हमाललाई कम्पनीमा पुनःआवद्ध गराउन पाउनु कम्पनीको हकमा लाभदायी रहने र कम्पनीको व्यवसाय प्रबर्धन सम्बन्धी विभिन्न कार्यक्रमहरुमा राजेश हमालको सहभागिता रहने भएकोले नेपाली बीमा क्षेत्रकै प्रबद्र्धनमा टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ । छोटो समयमा नै कम्पनीको बीमा शुल्क आर्जन, प्रविधिक विकास र खुद नाफामा उल्लेख्य प्रगति देख्दा आफुले व्यवसायिक सद्भावनादुतमा पुनः आवद्ध हुन पाउनु आफैलाई पनि खुसी लागेको राजेश हमालले बताए ।

विभिन्न आकर्षक बन्डल प्याकेजहरुको साथ भायानेटले ल्यायो क्यान २०२० अफर

काठमाडौं । क्यान २०२० मा प्रदर्शनीको डायमण्ड प्रायोजक भायानेटले क्यान २०२० अफर ल्याएको छ । यस अफर अन्तर्गत भायानेटले अफर अवधिभरि इन्टरनेट टिभीको विशेष अफर दिनेछ । यसै गरी ग्राहकहरुको लागि जीवन अपग्रेड गर्न विभिन्न आकर्षक बन्डल प्याकेज पनि भायानेटले प्रदर्शन तथा बिक्री गर्ने भएकाे छ । यस अवधिमा स्टलमा आउने ग्राहकहरु मध्ये लक्की ड्र मा दैनिक पुरस्कारका साथ विशेष बम्पर पुरस्कार पाउने मौका ग्राहकहरुलाई दिईनेछ।

मेलम्चीको पानी आगामी असारभित्रै सुन्दरीजलमा

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले असारभित्रै मेलम्चीकाे पानी काठमाडौं आइपुग्ने बताएकी छन् । बिहिबार मन्त्रालयले स्वेतपत्र जारी गर्दै असारभित्रै मेलम्चीकाे पानी सुन्दरीजलमा आइपुग्ने बताइएकाे छ । चालू आर्थिक वर्ष २०७६/०७७ असार मसान्त भित्रै सुरुङ परीक्षण र सञ्चालनको काम सम्पन्न हुने उनको जिकिर छ । मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले पनि मुख्य र सहायक ड्याम निर्माण तथा सुरुङको फिनिसिङ लगायतको काम निर्धारितभन्दा २/३ महिना पहिल्यै सकिने विश्वास व्यक्त गरे । इटालीयन कम्पनी सीएमसी बीचैमा काम छाडेर भागेपछि आयोजनाको बाँकी काम आगामी असोजभित्र सक्न चीनको सिनो हाइड्रोसँग गत वर्ष ठेक्का सम्झौता भएको थियो । आयोजनाको भौतिक प्रगति ९४ प्रतिशत भइसकेको कार्यकारी निर्देशक खत्रीको दाबी छ । यस्ताे छ सरकारले जारी गरेकाे स्वेतपत्र: [pdf id=195770]  

करिब ३० अर्ब रूपैयाँ बराबरकाे सिमेन्ट उधाराेमा फस्याे, उठाउन सरकार कानुन बनाउँदै

काठमाडौं । उधाराे व्यापारले बजारमा सकस पैसा भएपछि सरकारले उधाराे उठाउने कानुन नै बनाउने तयारीमा जुटेकाे छ । व्यापारीहरूले उद्याेगिसँग उधाराेमा माल लिने तर भुक्तानी गर्ने बेलामा अनेक वहाना गरेर पन्छने प्रवृतिले बजारमा गम्भिर समस्या  सिर्जना गरेकाेले उधाराे उठाउने कानुन बनाउन लागिएकाे उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष तराप्रसाद पोखरेलका अनुसार सिमेन्ट उद्योगको झण्डै ३० अर्ब रूपैयाँ फसेकाे छ । प्रत्येक सिमेन्ट उद्योगको ४० देखि ५० करोडसम्म बजारबाट पैंसा उठन बाँकी रहेको उनले बताए । उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् भने अहिले ६१ उद्योग मात्रै संचालनमा छन् । उद्याेगिकाे पैसा  बजारमा फसेको र सिमेन्टको माग काम पनि कम भएको कारणले सिमेन्ट उद्योगहरु पूर्णरुपमा सञ्चालन हुन नसकेकाे उनले बताए । सिमेन्ट उत्पादकहरुले सिमेन्ट उत्पादन गरेर  बिक्रेताहरुलाई निश्चित समयका लागि उधाराे दिने अभ्यास छ । उद्योगीसँग व्यापारीले उधाराेमा माल चलाए झै  उखु किसानको पैंसा पनि उद्योगीले दिन बाँकी छ । बस्तु व्यापारकाे साथै सेवा व्यापारमा पनि उधाराे अभ्यास व्यापक छ । खासगरी पर्यटन, शिक्षा, स्वास्थ्य र सञ्चार जस्ता सेवा क्षेत्रमा पनि उधाराेले संकट बढाएकाे व्यवसायीहरू बताउँछन्र । नयाँ कानुन बनेपछि सबै क्षेत्रमा रहेकाे उधाराे काराेबार समस्या सम्बाेधन हुने राज्य मन्त्री दुगडले बताए ।  उद्योगलाई राहात दिने सरकार सरकारी साेच सरकारले सिमेन्ट प्रयोग गरेर सडक निर्माण गर्ने योजना अगाडी सारेको छ । विटुमिन प्रयोग भएको सडक चाँडै भत्किन थालेपछि कंक्रिट सडक बनाउने योजना अघिसार्ने भएको छ । धेरै लोड बोकेका गाडी गुड्दा र कालोपत्रे सडक एक झर पानीले नै क्षतविक्षत बनाउन थालेपछि सिमेन्ट प्रयोग गरेर कंक्रिट सडक बनाउने योजना सरकारले अघि सारेको हो । विटुमिन प्रयोग गरेर निर्माण गरिएको सडक कति समय टिक्छ भन्न सकिदैन तर कंक्रिट सडक थोरैमा पनि ३० वर्ष टिक्ने विज्ञहरु बताउछन् । नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् । सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्ष पछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेका हुन । नेपालमा स्वदेशी र विदेशी गरि ४ सय अर्ब लगानी रहेको छ ।

नेशनल माइक्रोफाइनान्सकाे समिक्षा तथा अन्तरकृया गोष्ठि कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले शाखा प्रमुख र शाखाको अन्य कर्मचारीहरुको १ दिने समिक्षा तथा अन्तरकृया गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको प्रदेश नं ६ र ७ अन्तर्गत रहेको शाखा कार्यालयहरुको शाखा प्रमुख र अन्य कर्मचारीहरुको सहभागिता रहेको समिक्षा तथा गोष्ठि कार्यक्रम नेपालगंज स्थित होटल स्नेहामा संचालन भएको थियो । अन्तरकृया कार्यक्रमको औपचारिक उदघाटन संस्थाको प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले पानसमा दिप प्रजवल्लन गरि औपचारिक रुपमा उदघाटन गर्नु भएको थियो । समिक्षा तथा अन्तरकृया कार्यक्रममा संस्थाको शाखा प्रमुखहरु, सहायक कर्मचारीहरु विभागीय प्रमुखहरु बिजय घिमिरे र सिताराम पंडित सहित ५६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । समिक्षा कार्यक्रममा शाखा कार्यालयहरुको चालु आ.व.को अर्धबार्षिक कार्यक्रम तथा बजेट अनुसार लक्ष्यको तुल्नामा प्रगतीको समिक्षा साथै शाखा कार्यालयहरुको समस्या तथा चुनौति र भावी रणनीतिको बारेमा छलफल गरिएको थियो । कार्यक्रमको संचालन विभागीय प्रमुख सिताराम पंडितले गरेका थिए । कार्यक्रमको अन्त्यमा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले उत्कृष्ठ कार्यसम्पादन गरेको शाखाको टिमलाई धन्यवाद ज्ञापन गर्दै अगामी दिनमा सबै शाखा कार्यालयहरुलाई लक्ष्य अनुसारको प्रगती हासिल गर्न शुभकामना दिदै १ दिने कार्यक्रमको औपचारिक रुपमा समापन गरे ।

रुग्ण आयोजनामा अख्तियारको चासो, विकासे कामलार्ई प्रभावकारी बनाउन २७ बुँदे सुझाव

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुग्ण अवस्थामा रहेका विभिन्न आयोजनाहरुमा चासो देखाएको छ । समयमै बन्न नसकेका तथा रुग्ण भएर अलपत्र परेका आयोजनाको अध्ययन गरेपछि आयोगले सरकारी निकायलाई २७ बुँदे सुझाव दिएको छ । आयोगले बिहिबार रुग्ण आयोजनाको व्यवस्थापन अध्ययन तथा विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सरकारी निकायलाई निर्देशनसहितकाे सुझाव दिएको हो । आयोगबाट सार्वजनिक खरिद तथा ठेक्का व्यवस्थापनका क्षेत्रमा अध्ययन तथा विश्लेषण गरेपछि १ वर्षको अवधिमा सम्बन्धित मन्त्रालय विभागहरूसँग समस्या समाधानका लागि पटक–पटक अन्तर्क्रिया गरेकाे आयोगले जनाएकाे छ । आयोगले रुग्ण ठेक्का सम्झौताहरूको कार्यान्वयनमा भए गरेको प्रगति समेतबारे अध्ययन विश्लेषण गरी ‘रुग्ण ठेक्काको व्यवस्थापन अध्ययन तथा विश्लेषण प्रतिवेदन सार्वजनिक गरेके छ । अख्तियारको अध्ययन अनुसार गत आर्थिक वर्षको माघसम्म रुग्ण अवस्थामा रहेका १ हजार ८ सय ४८ ठेक्कामध्ये १ वर्षको अवधिमा ६ सय १८ वटा ठेक्का सम्झौता अन्तर्गतका कार्यहरूको निर्माण सम्पन्न भएको आयोगले जनाएकाे छ । २८ वटा ठेक्काको ठेक्का सम्झौता अन्त्य गरिएको र ८६ अर्ब ४४ करोड बराबरका १ हजार २०२ वटा ठेक्का सम्झौताहरू हालसम्म पनि क्रमागत अवस्थामा रहेकाे प्रतिवेदना उल्लेख गरिएकाे छ ।

कामना सेवाको कल सेन्टर सञ्चालनमा

काठमाडौं ।  कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै कल सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस मार्फत गुनासो सुनुवाईका साथै बैंकको सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले यो सुविधा लिनका लागि टोल फ्रि नम्बर १६६००-११-३०००  मा सिधै सम्पर्क गर्न सक्नेछन् ।  

नेशनल लाईफको नाफा २३ करोड माथि

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ४७ लाख रुपैयाँले नाफा वृद्धि गरेको छ । कम्पनीको चालु आवको दोस्रो त्रैमासमा नाफा २३ करोड ५८ लाखरुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १७ करोड ११ लाख रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषमा भने ३० अर्ब १५ करोड रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ६९ करोड रुपैयाँ रहेको छ ।