काठमाडौं । खानेपानी मन्त्री बीना मगरले असारभित्रै मेलम्चीकाे पानी काठमाडौं आइपुग्ने बताएकी छन् । बिहिबार मन्त्रालयले स्वेतपत्र जारी गर्दै असारभित्रै मेलम्चीकाे पानी सुन्दरीजलमा आइपुग्ने बताइएकाे छ ।
चालू आर्थिक वर्ष २०७६/०७७ असार मसान्त भित्रै सुरुङ परीक्षण र सञ्चालनको काम सम्पन्न हुने उनको जिकिर छ ।
मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले पनि मुख्य र सहायक ड्याम निर्माण तथा सुरुङको फिनिसिङ लगायतको काम निर्धारितभन्दा २/३ महिना पहिल्यै सकिने विश्वास व्यक्त गरे ।
इटालीयन कम्पनी सीएमसी बीचैमा काम छाडेर भागेपछि आयोजनाको बाँकी काम आगामी असोजभित्र सक्न चीनको सिनो हाइड्रोसँग गत वर्ष ठेक्का सम्झौता भएको थियो ।
आयोजनाको भौतिक प्रगति ९४ प्रतिशत भइसकेको कार्यकारी निर्देशक खत्रीको दाबी छ ।
यस्ताे छ सरकारले जारी गरेकाे स्वेतपत्र:
[pdf id=195770]