विकासन्युज

लक्ष्मी लघुवित्तले व्यवसायीलाई दियो बेमौसमी तरकारी खेती तालिम

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले मकवानपुरको हर्नामाडी शाखामा आबद्ध ३१ जना व्यवसाय उन्मुख ग्राहकहरुलाई बेमौसमी तरकारी खेती तालिम प्रदान गरेको छ । फागुन १ र २ गते सञ्चालन भएको उक्त तालिम मौसमी तरकारी खेती सम्बन्धी परम्परागत सीपलाई व्यवसायीकरणतर्फ रुपान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको थियो । तालिममा बेमौसमी तरकारी खेतीको महत्व तथा फाइदाहरु, बेमौसमी तरकारी खेती प्रविधि, खेतीको लागि उपयुक्त स्थल, समय र तरकारी बालीका जातहरुको छनोट, खेती प्रविधिमा परिवर्तन, विभिन्न रसायनको प्रयोग विधि, भण्डारण गर्ने तरीका, पोष्टहार्भेष्ट प्रविधि, व्यवसायका समस्या र समधानका उपायहरु एवम् सफल उद्यमीमा हुनुपर्ने गुणहरुको बिषय बस्तुहरुमा चर्चा गरिएको थियो । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) श्री ओम प्रकाश भुसालले गरेका थिए । साथै, लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंकसँगको सहकार्यमा शाखा रहित बैंकिङ्ग सुविधा सँगै ग्राहकहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको छ ।

स्पर्श लघुवित्तको फिल्ड व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेको २० वटा शाखा कार्यालयमा कार्यरत सहायक स्तरका कर्मचारीहरुलाई लघुवित्त फिल्ड व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न गरेको छ । बिहीबार पोखरामा भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्घाटन गरेका हुन् । कार्यक्रममा वित्तीय संस्थाका सहायक प्रबन्धक सुदिप आचार्य, विभागीय प्रमुख विनोद पराजुली, लेखा अधिकृत ऋषभ सुवेदी तथा अनुगमन अधिकृत शम्सेर बहादुर नेपालीले कर्मचारीहरुलाई आफु कसरी फिल्डमा प्रस्तुत हुने ? सदस्यहरुलाई संस्था प्रति कसरी उत्प्रेरित गराई राख्ने ? भन्ने विषयमा कक्षाहरु संचालन हुनुका साथै कार्यालयको दैनिक कृयाकलाप सरल,छिटो छरितो र त्रुटि रहित गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए । यस क्रममा कर्मचारीहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावि रणनीतिहरु तथा शाखाको योजना प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले दक्ष कर्मचारीहरुको लघुवित्तमा भएको अवसरहरुको बारेमा जानकारी गराउँदै आफनो क्षमता,दक्षता अभिवृद्घि हुने गरि कार्य गर्न उत्प्रेरित गरेका थिए । त्यस्तै, उनले वित्तीय संस्थाको दोस्रो त्रैमास सम्मको लक्ष्य र प्रगति तथा आउदो त्रैमासको लक्ष्य प्राप्तिका रणनीतिसँगै सफलताको शुभकामना दिएका थिए । मानव संसाधन विभाग प्रमुख विनोद पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु सहित २० वटा शाखाका ४२ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

सुविसुको क्यान इन्फोटेक अफरः २६५४ मै इन्टरनेट र फूल एचडी प्याकेज

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ । यस अफरअन्र्तगत सेवा ग्राहीले २५ एमबीपिएस इन्टरनेट र फूल एचडी प्याकेज( २७५ च्यानल, ९५ प्लस एचडी) मात्र २ हजार ६ सय ५४ मै प्राप्त गर्नेछन् । यसको साथमा जडान शुल्कदेखि डिभाइस एक्टिभेसनको शुल्क समेत समावेश गरिएको छ । यसका साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको छ । ६ दिन सम्म सञ्चालन हुने क्यानमा सुविसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक साहयता कक्ष समेत समावेश गरेको छ । यसका साथसाथै विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरmबाट अवलोकनकर्ताले मनोरञ्न लिन सक्नेछन् ।

अमेरिकाका २ विश्वविद्यालयले विदेशी अनुदानको विवरण नदेखाएको भन्दै अनुसन्धान

काठमाडौं । संयुक्त राज्य अमेरिकाको शिक्षा विभागले हाभर्ड विश्वविद्यालय र येल विश्वविद्यालय माथि अनुसन्धान सुरु गरेको छ । यी विश्वविद्यालयले लाखौं डलरको अन्तराष्ट्रिय अनुदान नदेखाएको भन्दै अनुसन्धान सुरु गरिएको हो । न्यु हेभन, कनेक्टिकटस्थित येल विश्वविद्यालय ४२ अर्ब भन्दा बढी रकम बाहिर नदेखाएको अनुमान गरिएको छ, विभागले एक विज्ञप्तिमा भनेको छ । ‘यो पारर्दशिताको बारेमा हो’, संयुक्त राज्य अमेरिकाको शिक्षा विभागका सचिव बेट्सी डेभोसले भनिन् । ‘यदि कलेज र विश्वविद्यालयहरुले विदेशी अनुदानहरु ग्रहण गर्छ भने उसको आफ्नो विद्यार्थी, दाता र करदाताहरुले कसबाट कति रकम पाईरहेको छ भने थाहा पाउन हक बन्छ’, उनले थपिन् । ‘दुर्भाग्यवश हामीले जति खोतल्ने प्रयास गर्यौं, त्यति नै धेरै मात्रामा पेश नगरेका विवरणहरु पायौं । हामी विश्वविद्यालयहरुसँग मिलेर उनीहरुको सही विवरण पेश गराउन र कानुन अनुरुप पारर्दशिता कायम गराउन पहल गरिरहेका छौं,’ उनले थपिन् । अमेरिकाको संघीय कानुनले धेरै कलेज र विश्वविद्यालयहरुले वर्षको दुई पटक प्राप्त गरेको २ करोड ८० लाख माथिको विदेशी अनुदान र विदेशी स्रोतसँगको सम्झौताको विवरण सरकारलाई पेश गर्नुपर्ने व्यवस्था गरेको छ । शिक्षा विभागको पछिल्लो ३ दशकको रेर्कडअनुसार अमेरिकी विश्वविद्यालय र कलेजहरुले चीन, कतार, भारत, साउदी अरबिया र दुबईबाट ७ खर्ब ५४ अर्ब रुपैयाँभन्दा बढि अनुदान प्राप्त गरेको विवरण पेश गरेको छ । ‘येलले विभागबाट मंगलबार उच्च शिक्षाको सन् १९६५ को कानुनको दफा ११७ अनुरुप विदेशी स्रोतहरुबाट प्राप्त भएको अनुदान र सम्झौताहरु पेश गर्न अनुरोध पत्र प्राप्त गरेका छ, विश्वविद्यालयका प्रवक्ता करिन पिर्यटले भनिन् । ‘हामी अनुरोध पत्रको समीक्षा गरेर उनीहरुलाई प्रतिकृया दिने तयारीमा छौं,’ उनले भनिन् । शिक्षा विभागले आफुहरु क्याब्रिजको मासुचुसेट्स स्थित हार्भड विश्वविद्यालयले पनि अमेरिका बाहिरबाट आएको अनुदान पूर्ण रुपमा पेश नगरेको प्रति ध्यानआर्कषण भएको बताएको छ । हाभर्डका प्रवक्ता जोनाथान स्वेनले उनीहरुले विभागको सुचनालाई समीक्षा गरेर प्रतिकृया दिने तयारी गरेको बताएका छन् । शिक्षा विभागले हाभर्डले पेश नगरेको रकमको यकिन खुलासा भने गरेको छैन । दुई हप्ता अघि, हाभर्डका रसायन विज्ञान र रसायनिक जिवविज्ञानका निर्देशक चार्लस लिबर रबोस्टन विश्वविद्यालयका र हस्पिटलका अनुसन्धानकर्ता रहेका दुई चिनिया नागरिकलाई अमेरिकी न्याय विभागले उनीहरुको चीन सरकारसँगको सम्बन्धको बारेमा ढाँटेको भन्दै जरिवाना तिराएको थियो । हाभर्डमा ठुलो मात्रामा आउने विदेशी अनुदानहरु हेर्नको लागि पर्याप्त रुपमा संस्थागत नियन्त्रणको अभाव भएको लिबरले बताएको शिक्षा विभागले जानकारी दिएको छ । अमेरिकाको शिक्षामा चीनको प्रभावको बारेमा तयार पारिएको रिपोर्टलाई हेदै सिनेट कमिटीले अमेरिकी स्कुलहरुमा भएको विदेशी खर्चहरु राम्रोसँग रिर्पोट नहँदा चुहावटको रुपमा रहेको विश्लेशण गरेको छ । शिक्षा विभागको प्रयासपछि जुलाई देखि ७ खर्ब ८२ अर्ब विदेशी अनुदानका पहिला बाहिर नआएका विवरणहरु आएको बताएका छन् । एजेन्सीको सहयोगमा

विद्युत् महसुल बक्यौता साढे १३ करोडभन्दा बढी

सर्लाही । विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको महसुल बक्यौता रु १३ करोड भन्दा बढी नाघेको छ । चालू आर्थिक वर्षको आठ महिनासम्म प्राधिकरणले ग्राहकबाट असुल गर्नुपर्ने महसुल बक्यौता रु १३ करोड ८५ लाख २० हजार २ सय पुगेको छ । केन्द्रका प्रमुख सुधिरकुमार रायले कूल ग्राहकमध्ये उद्योग, कलकारखाना र गार्हस्थ्यका ग्राहकबाट सो रकम महसुल बक्यौता रहेको जानकारी दिए । केन्द्रको त्रिचालिस हजार ९ सय ग्राहक मध्ये ५० प्रतिशतले मात्र नियमित महसुल बुझाउने गरेका र लाइन नकाटेसम्म बाँकी ग्राहकले महसुल नबुझाउने गरेको उनले बताए । ती ग्राहकमध्ये ९४ प्रतिशत गार्हस्थ्य र बाँकी ६ प्रतिशत उद्योगधन्दा सेवाग्राही रहेकाे जनाइएको छ । बक्यौता सबैभन्दा धेरै ओम शान्ति फ्रुट प्रोडक्सन प्रालिको रु २७ लाख ५० हजार ८ सय १२ रहेको जनाइएको छ । तर सो प्रालिले मासिक रु १० लाखभन्दा बढी महसुल नियमित तिर्ने गरेको कार्यालयले जनाएको छ । त्यसैगरी, केही ग्राहकले समयसमयमा मात्र नभई लाइन काटिंदासमेत विद्युत् महसुल बक्यौता नतिरेका कारण कालो सूचीमा राखिएको छ । सामान्यतय दुई महिना अर्थात ६० दिनसम्म बक्यौता महसुल बुझाउने ग्राहकको लाइन नकाटिएको र सो समयभन्दा बढी समयसम्म पनि महसुल बुझाउन नआउने ग्राहकको लाइन काटिएको छ । ‘आफूहरुले महसुल बुझाउने समय नाघेका ग्राहकहरुलाई एक पटक विद्युत् महसुल बुझाउन आउन आग्रह गर्ने गरेको र सो समयमा महसुल बुझाउन नआउने वा कार्यालयको आग्रहलाई बेवास्ता गर्ने ग्राहकहरुको लाइन काट्ने गरेको छौ, ‘उनले भने । कतिपय ग्राहकहरु लाइन काटिएपछि मात्र महसुल बुझाउन आउने गरेका कार्यालयले जनाएको छ । गार्हस्थ्य तथा औद्योगिक क्षेत्रका ग्राहकहरु मात्र नभई सरकारी तथा गैरसरकारी कार्यालयहरु पनि विद्युत् महसुल समयमै नतिर्ने सूचीमा परेका छन् । मिटर जडान नगरी विद्युत् तारमा हुक लगाएर तथा मिटरबाट नै चोरी गरी बत्ती बाल्नेहरुको सङ्ख्यामा केही सुधार आएको कार्यालयले जनाएको छ । ७२ जना ग्राहकलाई चोरी चुवाहटमा संग्लग्न भएको भन्दै कारवाही गरिएको छ । लालबन्दी, ईश्वरपुर, हरिवन नगरपालिका सबै वडा, वाग्मती नगरपालिकाका ६ वडा, कविलासी नगरपालिकाका वडा नम्बर १ र २ का साथै हरिपुर नगरपालिकाका सबै वडाहरु विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको सेवाक्षेत्र रहेको छ । चालू आर्थिक वर्षको श्रावणदेखि माघ २७ गतेसम्म रु १७ करोड ४६ लाख ५९ हजार ८ सय महसुल सङ्कलन र साही अवधिमा रु १३ करोड ११ लाख ३६ हजार २१२ महसुल बक्यौता बाँकी रहेको कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको माघ महिनासम्ममा २८२ जना ग्राहकको महसुल नतिरेका कारण लाइन काटिएको उनीहरुबाट रु एक करोड १८ लाख ९५ हजार १२१ बराबर बक्यौता रहेको थियो । २०६ ले विद्युत् महसुलबापतको रकम रु ७३ लाख ८१ हजार २१८ तिरेर लाइन पुनःसुचारु गरेको कार्यलयले जनाएको छ ।रासस

नाडाको भिसिटिएस तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम विराटनगरमा

काठमाडौं । नाडा अटोमोबाइल्सले भिसिटिएस तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रम होटेल विग रोडसिस विराटनगरमा सम्पन्न भएको हो । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाको संस्थागत एशोसिएशन मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनसंगको संयुक्त पहलमा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भिसिटिएस तथा कर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नाडाले जानकारी दिएको छ । नाडाका अनुसार यस्तो किसिमको प्रशिक्षण कार्यक्रम नाडाले विगतमा पनि गर्दे आएकोे र यही २०७६ साल माघ ९ गते पनि यस्तो कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको थियो । यस्ता प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशमा सम्पन्न गरिने छ । मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष सुभाष आचार्यको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनमा आवद्ध विभिन्न फर्म कम्पनीहरुकोतर्फबाट कूल ४२ जना प्रशिक्षार्थिले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा राजश्व अनुसन्धान कार्यालय मोरङ्गका अधिकृत हितेस बस्नेत, आन्तरिक राजश्व कार्यालय मोरङ्गका अधिकृत पशुपति घिमिरे, जोगवनी भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडयाल, सि.ए तथा कार्यक्रमका प्रमुख प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । सरकारको प्रतिनिधित्व सहित यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरेको यो चौथौं भएको नाडाले जनाएको छ । खासगरी अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्टिगत गरी यस किसिमको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ । उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका महासचिव सुनिल रिजालले गरेका थिए । त्यसैगरी सो कार्यक्रममा नाडाका पदाधिकारी र सदस्यहरु लगायत मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनका पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।

नाफामा दोस्रो स्थानमा रहेको नविलको सेयरमा कति लाभ ? (प्राविधिक विश्लेषण)

चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको नविल बैंक समग्र बैंकहरुमा नै नाफाको आधारमा दोस्रो स्थानमा छ । बैंकले ६ महिनामा कमाएको नाफाले नै सेयरधनीलाई १४ प्रतिशतभन्दा धेरै प्रतिफल दिन सक्ने देखिएको छ । नविलले विगत ५ वर्षयता सेयरधनीलाई औसतमा ४० प्रतिशतको हाराहारीमा प्रतिफल प्रदान गरिरहेको छ । यस वर्ष नविलको अवस्था कस्तो होला ? लगानीकर्ताले नविलको सेयरलाई कुन रुपमा लिएर लगानी गरिरहेका छन् ? शाख मूल्यांकनमा नविल कस्तो देखिएको छ भन्नेलगायतका विषयमा हामीले नविल बैंकको सेयरको समग्र विश्लेषण गरेका छौं । परिचय साउन २०४१ मा नेपाल अरब बैंकको नाममा देशकै पहिलो निजी क्षेत्रको बैंकको रुपमा सञ्चालनमा आएको हो, नबिल बैंक । अन्तराष्ट्रियस्तरको आद्युनिक बैंकिङ सेवा दिने सोच साथ स्थापना भएको नविल बैंक सम्पूर्ण वित्तीय सेवा प्रदायकको रुपमा ग्राहकहरुको पहिलो छनौंटमा पर्ने उदेश्य साथ अगाडी बढिरहेको छ । –प्रवृत्ति वियरिशपछि सेयर किन्ने बढ्दै –पहिलोभन्दा दोस्रो त्रैमाशको नाफा कम बैंकले ७९ शाखा र १ सय ३६ एटिएम मार्फत् ग्राहकहरुलाई सेवा दिइरहेको छ । निक्षेपष्मा ३.७५ देखि ९.२५ प्रतिशत व्याज दिइरहेको बैंकले बीमासमेत हुने निक्षेप खातासहित प्रिमियम नारी बचत खातालगायतका निक्षेप योजना सञ्चालन गरिरहेको छ । हाल बेस रेट ८.१० प्रतिशत रहेको बैंकले अनुदानमा सञ्चालित बाहेकका कर्जामा बेस रेट जोडिने गरि २.५० देखि ६.५० सम्ममा कर्जा दिइरहेको छ । बैंकले ३५ कार्यदिनभित्र कर्जा स्वीकृत गरिसक्ने गरि नबिल सजिलो एक्सप्रेस कर्जा योजना सञ्चालन गरिरहेको छ । बैंकमा १ हजार ८० जना स्थायी कर्मचारी छन् । उपाधी असोज २०७४ मा बैंक आइएसओ सर्टिफाइड भएको थियो । गुणस्तर व्यवस्थापन प्रणालीको लागि बैंकले यस्तो प्रमाणिकरण पाएको हो । सन् २०१७ मा बैंकले न्युबिज विजनेश एण्ड कन्क्लेभमा बेस्ट म्यानेज्ड कमर्सियल बैंकको अवार्ड पाएको थियो । लगानी बैंकमा अर्बपति व्यवसायी विनोद चौधरी समूहको ५३ प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ । बैंकमा राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेपाल ट्रस्टको समेत लगानी छ । बैंकमा नेपाल स्टक एक्सचेन्जको समेत ३ लाख कित्ता सेयरमा लगानी छ । बैंकको अध्यक्षमा शम्भुप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृतमा अनिल केशरी शाह छन् । बैंकको सहायक कम्पनीको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र २५ प्रतिशत लगानीसहित एशोसिएट कम्पनीको रुपमा नाडेप लघुवित्त वित्तीय संस्था सञ्चालनमा छ । औसत ४० प्रतिशत प्रतिफल बैंकले गत वर्षको नाफापछि हालै लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयरसहित ३४ प्रतिशत लाभांश दिएको छ । विगत पाँच वर्षमा बैंकबाट लगानीकर्ताले औसत ३९.५६ प्रतिशत लाभांश पाएका छन् । बैंकले दोस्रो त्रैमाशमै लाभांशको रुपमा १४.४५ प्रतिशत लाभांश बड्न सक्ने क्षमता देखाएको छ । आव अन्त्यसम्ममा यसमा वृद्धि हुने नै छ । नाफामा दोस्रो चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकको नाफा सिमान्तदरले घटेको छ । २ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको बैंकको यसमा ६.२० प्रतिशतले घटेको हो । व्याज आम्दानी बढेपनि खुद व्याज आम्दानी घट्दा बैंकको नाफामा प्रभाव परेको हो । तैपनि बैंक नाफा रकमको आधारमा निजी क्षेत्रको बैंकहरुमा सबैभन्दा अग्रस्थानमा छ । समग्रमा भने बैंक दोस्रो स्थानमा छ । पहिलो त्रैमाशमा १ अर्ब १२ करोड नाफा कमाएको बैंकले दोस्रो त्रैमाश मात्रैमा भने ९१ करोड नाफा कमाएको हो । लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी १२ प्रतिशतले बढेर १० अर्ब ९ करोड पुगेको छ । ८ अर्ब १४ करोड व्याज आम्दानी गरेको बैंकको व्याज खर्च नै ४ अर्ब ६८ करोड छ । शुल्क, कमिशनबाट करीब ७३ करोड कमाएको बैंकले विदेशी विनिमय र अन्य आम्दानी गरि थप करीब ४७ करोड रुपैयाँ कमाएको छ । बैंकले निक्षेप संकलन बढाउन नसकेपनि कर्जा लगानीमा भने १० प्रतिशतको वृद्धि गरेको छ । निक्षेप र कर्जा दुवै आधारमा बैंक चौथोे स्थानमा छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात नियामकीय मापदण्ड ११ प्रतिशतकै हाराहारीमा छ । यो ११.५३ प्रतिशत छ । बैंकले निष्काशन तयारी गरिरहेको २ अर्ब ऋणपत्र हालै धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । यसले बैंकलाई केही सहजता हुने छ । बैंकको सञ्चित तथा जगेडा कोषमा १३ अर्ब ८० करोड रुपैयाँ छ । बैंकलाई तुलनात्मक रुपमा पुँजी महंगो परिरहेको कोष लागतले देखाउछ । कोष लागत ५.९२ प्रतिशत रहेकोमा बढेर ६.०२ भएको छ । खराब कर्जाको दर १ प्रतिशत मुनि रहेको बैंकले खराब कर्जाको आधारमा सम्रग बैंकहरुमा २१औं स्थानमा छ । खराब कर्जाको २ सय १३ प्रतिशत रकम राखेको छ । निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात ७७.२८ छ । बैंकको प्रतिसेयर आम्दानी केही घटेको छ । यद्यपि यो सूचकमा बैंक तेस्रो स्थानमा छ । ५४.२८ प्रतिशतबाट घटेर ४५.३२ प्रतिशत छ । हालको मूल्यको आधारमा मूल्य आम्दानी अनुपात १५.९५ गुणा छ । रेटिङ करीब १ वर्षअघि बैंकले इक्रा नेपालबाट ऋणपत्रको लागि रेटिङ गरेको छ । इक्रा नेपालका अनुसार बैंकका केही पक्षहरु यी हुन्: – उच्च केन्द्रीकरण (प्रमुख २० ग्राहकको निक्षेप हिस्सा ३३ प्रतिशत, कर्जा २७ प्रतिशत) –५५ प्रतिशत संस्थागत कर्जा, मध्यम वर्ग कर्जा ४०, विपन्न बर्ग कर्जा ५ प्रतिशत –सुविधाजनक अवस्थामा सल्भेन्सी अनुपात –स्वस्थ कर्जा –कर्जा वृद्धिमा अघिल्ला वर्षमा सुस्त भएपनि पछिल्लो वर्ष वृद्धि, ४.८ प्रतिशत बजार हिस्सा –कम लागतको निक्षेप हिस्सा घट्दै, ४५ प्रतिशत तर समग्र क्षेत्रको औसत(४१ ५) भन्दा उच्च –स्वस्थकर खुद व्याज मार्जिन (४.२ प्रतिशत) –दोस्रो बजारमा पूँजीकरणको आधारमा दोस्रो ठूलो संस्था उच्च उतार चढाव एक वर्षको बैंकको सेयर मूल्यको परिवर्तन अंकको आधारमा बैंकको स्ट्याण्डर्ड डेभिएशन १२.०९ छ भने समग्र बैंकिङ समूहको परिवर्तित अंकको आधारमा ९.९५ छ । नेप्से परिसूचकको यही अवधिको परिवर्तित अंकको आधारमा स्ट्याण्डर्ड डेभिएशन १०.२३ छ । प्रवृत्ति वियरिश एक वर्षको अवधिमा शुरुवाति समयमै एक वर्षको उच्च मूल्य (८८१ रुपैयाँ) कायम गरेको थियो । त्यसयता ६ सय ६९ सम्म पुगेर फर्किएको सेयर मूल्यले त्यही विन्दुमा टेवा पाइरहेको छ । केही दिनअघि मात्रै सिम्पल मुभिङ एभरेज रेखा क्रसओभर भएको छ । २१ दिन रेखाले ७ दिने रेखालाई काटेर माथि लागेको छ । मूल्य वियरिश प्रवृत्ति रहेको यसले संकेत गर्छ । छोटो समयको लागि ७ दिने रेखा माथि जाने गरिरहेपनि धेरै समय २१ दिने रेखा नै माथि बस्ने गरेको एक वर्षको प्रवृत्तिले देखाउँछ । बैंकको सेयरमा आकर्षण बढ्न थालेको छ । मूल्य सन्तुलित क्षेत्रभित्र वृद्धि भइरहेको छ । १४ दिने आरएसआई सुचकको स्केल ५६.७९ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा नै रहे एक महिनामा ७ सय ५४ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ७ सय २ मा पहिलो टेवा पाउने देखाउँछ । बैंकको सेयर मूल्यले अन्तिम दुई दिनमा करीब करीब मिटिङ लाइन वियरिश आकृति बनाएको छ । यसमा पहिलो दिनको सेतो मैनवत्ति र दोस्रो दिनको मैनवत्तिको अन्तिम मूल्य लगभग बराबर छ । तेस्रो दिन भने दुवै धागो भएको सानो कालो मैनवत्ति बनेकोले मूल्य घट्ने सम्भावना यथावत देखिएको छ । बैंकको सेयर खरिद बिक्री सन्तुलित क्षेत्रमा आएकोले आकर्षण बढिरहेको छ । त्यसैले यो सेयर किनबेच गर्नुअघि ध्यान दिनुपर्ने देखिन्छ ।

चीनबाट ल्याइयाे १७५ जना नेपाली, राखियाे खरिपाटी क्वारेन्टाइनमा

भक्तपुर  । चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आज विहान उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हुँदै खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो । साथमा एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेका थिए । चार वटा बसमा १७५ जनालाई खरिपाटीको क्वारेन्टाइन र लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपर सहित १७ जनालाई एउटा बसमा प्रहरीको स्कटिङसहित बिहान चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको थियो । खरिपाटीको क्वारेन्टाइनमा नेपाली सेनाका डा. नवीन फुयाँलको नेतृत्वमा नर्ससमेत रहने स्वास्थ्य टोली प्रवेश गरेको छ । सो टोलीले क्वारेन्टाइनमा आज बिहान उनीहरुको शरीरको तामक्रम नापेको बताइएको छ । आज नै फर्काइएका ती १७५ को रगत सङ्कलन गरी परीक्षणका लागि पठाइने बताइएको छ । नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इञ्जिनीयर, एक प्राविधिक, एक डिस्पास्चर गरी १७ जनासहितको टोली शनिबार चीनको वुहान गएको थियो । सो स्थानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर विमान आज बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो । नेपाल आउन तयारी अवस्थानमा चीनको वुहान एयरपोर्टमा आएकामध्ये ६ जनाको शरीरमा ३७.३ डिग्री सेल्सियसभन्दा माथि तापक्रम देखिएपछि चीन सरकारले नै नेपाल फिर्ता नपठाएको र चारजनाले त्यही बस्ने इच्छा देखाएर नेपाल नआएको जनाइएको छ । वुहान ५५ , झिङझाओ ४८, सियन २९ , इन्सी २६ , जिङमेन ९ र यिचाङबाट ८ जना गरी १३४ पुरुष र ४१ महिलासहित १७५ लाई नेपाल ल्याइएको हो । चीनबाट विमान चढ्नु अघि र काठमाडौँको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अवतरण भएपछि पुनः स्वास्थ्य जाँच गर्दा स्वास्थ्यमा समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेकोे क्वारेन्टाइनमा पुर्याइएको हो । कोरोना भाइरस सङ्क्रमति क्षेत्रबाट ल्याउन लागिएका नेपालीलाई खरिपाटी र नगरकोटमा राख्नु हुँदैन भन्दै दैनिक आन्दोलन भए पनि आज कसैले अवरोध गरेनन् । सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा ब्लक, ए, बी र सी गरी विभाजन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीलाई राखिएको छ । क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसी क्यामरा, आठ वटा टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गर्नुका साथै तीनवटा वासिङ मेशिन, ओछ्यान, तावेल, चप्पल, साबुन, मन्जन, ब्रश, माक्स, औषधिलगायत दैनिक रुपमा आवश्यक सबै सामग्री प्रत्येक बेडमा पुर्याइएको छ । एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ । मनोरञ्जनका लागि दुईवटा ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने, क्यारेमबोर्ड, लूडो, बच्चाका लागि बललगायतको खेल खेल्ने व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभई कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ । क्वारेन्टाइनमा १४ दिनमा पनि स्वास्थ्य जाँच एवं रगत सङ्कलन गरिनेछ भने अरू दिन व्यक्ति स्वयम्ले स्व–जाँच गर्न मिल्ने थर्मामिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुई पटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ । कुनै कुराको आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ । जाँचमा शङ्कास्पद देखिए क्वारेन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ । सरकारले विभिन्न अस्पतालमा १४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ । क्वारेन्टाइनमा रहँदा अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन भने क्वारेनटाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ । प्रत्येक दिन बिहान बिहानी खाजा, ११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ । पत्रकारका लागि क्वारेन्टाइन बाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्याङ्कीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ । चौबिसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ । क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिनेछ । स्थानीय बासिन्दामा त्रास नहोस् भनेर नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधान, सशस्त्र प्रहरीको संयुक्त नेतृत्वमा सुरक्षा व्यवस्था एवं टोली जनचेतना अभिवृद्धि गर्ने कार्य गरिएको छ । स्थानीय बासिन्दाका लागि संयुक्त सुरक्षा निकायका चिकित्सकसहितको स्वास्थकर्मी टोलीले प्रत्येक दिन खरिपाटी घुमाउनेस्थित सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरणसमेत गर्ने भएको छ । रासस