विकासन्युज

उत्पादनमा आत्मनिर्भर बनाउन ठूला कृषियन्त्र वितरण गर्ने तयारी प्रदेश सरकार

काठमाडौं । ठूलो परिमाणमा कृषिउपजको उत्पादन गर्ने गरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौंडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो । कृषकको ५० प्रतिशत लगानी हुने गरी ढुवानी ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गरिने जनाइएको छ । त्यसरी अनुदान प्राप्त गर्ने प्रदेशभरका १३ कृषकको नाम छनोट कार्यसमेत सम्पन्न गरिएको बताइएको छ । कृषि निर्देशनालयका अनुसार त्यसरी छनोट गरिएका प्रदेशका १३ किसानमध्ये आठले पिकअप गाडी, दुईले ट्र्याक्टर र तीनले ढुवानी ट्रक प्राप्त गर्नेछन् । प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन कृषकलाई प्रोत्साहन गर्नका लागि उनीहरुलाई कृषिमा प्रयोग हुने उपकरण वितरण गर्न लागिएको कृषि विकास निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले जानकारी दिए। उनका अनुसार त्यस्ता कृषि उपकरण प्राप्त गर्न ती किसानले कम्तीमा ४ सय रोपनी जग्गामा तरकारी, फलफूल तथा अन्नबाली लगाएको हुनुपर्ने छ । वाग्मती प्रदेश सरकारले कृषिउपजको वृद्धिका लागि साना किसानलाई पनि अलग्गै कार्यक्रममार्फत प्रोत्साहन गरिरहेको मन्त्रालयले जनाएको छ । आधुनिक कृषि प्रणाली अपनाई पशुपालन तथा कृषि उत्पादन गर्ने व्यावसायिक कृषकलाई सरकारले सहयोग गर्ने प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले बताए । यसैगरी जैविक कृषि प्रणाली अपनाउने कृषकलाई पनि प्रदेश सरकारको प्राथमिकतामा रहेको जानकारी दिए । रासस

सिटिजन्स बैंकले गर्याे जाजरकोटको विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले गर्याे जाजरकोटको विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेकाे छ । सिटिजन्स बैंकले नलगाड न. पा.७, जाजरकोट अवस्थित त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एक लाख रूपैयाँ प्रदान गरेकाे हो । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरियो । यस विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव ११५० जनालाई शुद्ध खानेपानीको व्यवस्थागर्न उक्त सहयोग रकम प्रदान गरिएको हाे । उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भईरहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका ८९ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ५ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

महिन्द्रा एक्स यूभी ३००ले पायो ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड

काठमाडौं । महिन्द्रा एक्स यूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । उक्त अवार्ड भारतमा बिक्री हुने कारहरुमध्ये उच्चतम स्तरको सुरक्षाप्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गर्छ । महिन्द्रा एक्स यूभी ३०० ले जनवरी महिनामा मात्र वयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन सफल भएको थियो । जुन यो अभियानअन्तर्गतको उच्चतम स्कोर हो । ग्लोबल एनसीएपीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डेभिड वार्डले भने, ‘महिन्द्रा र भारतीय अटो उद्योगका लागि ऐतिहासिक क्षण हो, जुन मुलुककै लागि सवारी साधन सुरक्षा प्रदर्शनका लागि महत्वपूर्ण विन्दु बनेको छ । सन् २०१८ मा हामीले ‘सेफर च्वाइस’ अवार्ड च्यालेन्ज स्थापना गरेपछि एक भारतीय सवारी साधन निर्माताले यस ढंगबाट सुरक्षाका नेतृत्व लिइरहेको देख्दा उच्चतम सन्तुष्टि मिलेको छ ।’ यो एक्स यूभी ३००, चित्ताकर्षक (हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा उत्कृष्ट आन्तरिक सजावट/बनावटले यसलाई रोमान्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारी साधनमा एक मानकका रूपमा स्थापित भएको छ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ । एक्य यूभी ३००को मूल्य पेट्रोल डब्लूफोर मोडल ३९ लाख ७५ हजार र डिलेज डब्लूफोर मोडल ४१ लख २५ हजार तोकिएको छ भने यो नेपालभरका सबै अग्नि इन्कर्पोरेटेडका डिलरहरूमा उपलब्ध छ । ग्लोबल एनसीएपीले सन् २०१८ मा सम्पन्न भएको दिल्ली अटो एक्स्पोका क्रममा ‘सेफर च्वाइस’ अवार्डको स्पष्र्धा शुरु गरेको हो । यो प्रतिष्ठित पुरस्कारका लागि योग्य हुनका लागि कार मोडल एनसीएपीको बजार परीक्षण प्रोटोकलको नवीनतम संस्करणअनुसारको मोडलले सवारीसाधनमा वयस्कका सुरक्षामाफाइभ स्टार स्कोर प्राप्त गर्नु अनिवार्य छ । मोडलमा विद्युतीय स्थिरता नियन्त्रण (इएससी) हुनुपर्छ र संयुक्त राष्ट्र संघको नियमयूएन १३ एच, यूएन १४० वा जीटीआर ९ अनुसारका प्रदर्शन आवश्यकताहरू पूरा गरेकै हुनु पर्नेछ । मोडलले संयुक्त राष्ट्र संघीय नियमयूएन १२१ वा जीटीआर ९ अनुसारको पैदल यात्रु सुरक्षा आवश्यकताहरू पूरा गरेको हुनु पर्नेछ । जसलाई ग्लोबल एनसीएपीद्वारा चयन गरिएको प्रयोगशालामाबजार इकाईमा मान्यताप्रदान गरिसकेको छ ।

धनुषा धाममा एनआईसी एशिया बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषा धाममा शाखा विस्तार गरेको छ । धनुषा धाम नगरपालिका वडा नं. ३ स्थितमा नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग कारोबारको शुरुवात गरेको हो । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा कार्यालयको औपचारिक रुपमा नगरपालिकाका मेयर बालेश्वर मण्डलले शाखाको उद्घाटन गरेका हुन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ । बैंकले मुलुकभर ३ सय १९ शाखा कार्यालयहरु, ४ सय ४४ एटिएम, १ सय ३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब २१ लाख ग्राहक रहेका छन् । बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रूपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको थियो । पछिल्लो समय वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका छ । वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

वाइड बडी जहाजले आजदेखि नियमित उडान भर्दै

काठमाडाैं । चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ । वुहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहाजले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८ घण्टा क्वारेन्टाइनको समय पार गरेपछि नियमित उडानमा फर्किएको हो । उक्त जहाजबाट कोरोना भाइरस फैलिएको वुहानबाट यही फागुन ४ गते बिहान नेपालीलाई स्वदेश ल्याइएको थियो । जहाजको क्वारेन्टाइनको अवधि आज बिहान सकिएपछि दिउँसो सरसफाइ गरेर उडानयोग्य बनाइनेछ । चीनबाट नेपाली ल्याएको वाइड बडी जहाजले आजदेखि नियमित उडान शुरु गर्ने तयारी गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । ‘जहाजको सबै प्रक्रिया पूरा गरेर आज रातिदेखि नियमित उडानमा राखेका छौँ, जहाजको आवश्यक सरसफाइलगायत सबै मापदण्ड पूरा गरेपछि पुनः उडान शुरु गरिनेछ’, उनले भने । निगमको निर्धारित तालिकाअनुरुप वाइड बडी जहाजले आज राति १०ः३० बजे दोहाका लागि उडान भर्नेछ । जहाजलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सबै प्रक्रिया पूरा गरिन नियमित उडानमा ल्याउन लागिएको निगमले जनाएको छ । जहाजलाई विमानस्थलको उत्तरपूर्वतर्फको ‘रिमोर्ट पार्किङ वे’ मा राखिएको छ । वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इन्जिनीयर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ जना सहितको टोली शनिबार चीनको वुहान गएको थियो । सो स्थानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर जहाज आइतबार बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । वुहानबाट फर्किएका सबैलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ भने जहाजका विमानचालक (पाइलट) सहित सबै सदस्यलाई पनि क्वारेन्टाइनका लागि नगरकोटमा राखिएको छ । रासस

६० वर्षमा कान्ति लोकपथकाे निर्माण ६० प्रतिशत सम्पन्न

काठमाडाैं । सरकारले पहिलो प्राथमिकता (पि वान) मा राखेको आयोजना कान्ति लोकपथको निर्माण झण्डै ६० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको अवधि एक वर्ष बाँकी रहँदा झण्डै ४० प्रतिशत काम बाँकी रहेको हो । आगामी वर्षसम्म सम्पन्न गर्ने गरी सबै खण्डको ठेक्का सम्झौता भइसकेको कान्ति लोकपथ आयोजनाले जनाएको छ । मकवानपुर जिल्लाभन्दा ललितपुर जिल्लामा भौगोलिक बनावट कठिन भएकाले काम गर्न सहज नभएको उनको भनाइ छ । आयोजनाअन्तर्गत झण्डै ४६ किमी सडक कालोपत्र भइसकेको छ । अहिले सहज ठाउँमा मात्रै कालोपत्र अघि बढेको उनले बताए । उनले भने, ‘विगतका वर्षहरुमा पहिरो गइरहेका ठाउँमा अहिले पहिरो व्यवस्थापनकै काम भइरहेको छ ।’ ललितपुरको सातदोबाटोदेखि मकवानपुरको हेटौँडासम्मको सडकको लम्बाइ झण्डै ९० किलोमिटर रहेकामा झण्डै ७९ किमी मात्रै आयोजनाले निर्माण गरिरहेको छ । एघार किमी सहरी सडक भएकाले काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण गरिरहेको छ । टिकाभैरवदेखि आयोजनाले हेर्ने अधिकांश स्थानमा ठूलाठूला पहिरो र चट्टान रहेको छ । यी ठाउँमा चट्टान काट्ने, मोड सुधारलगायत काम भइरहेको प्रमुख झाले बताए । उनले भने, ‘यी काम सकिएपछि नै ती ठाउँमा कालोपत्र हुनेछ ।’ यस सडकमा ठाउँठाउँमा गएको पहिरोका कारण गत वर्षाको समयमा झण्डै रु ३० करोड क्षति भएको सडक विभागले जनाएको छ । असार र साउन महिनाको वर्षा र त्यसका कारण भएको पहिरोले क्षति पुर्याएको सडकमा अहिलेसम्म पनि मर्मतका काम भइरहेको छ । विभिन्न स्थानमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो भने कतिपय स्थानमा पहिरोले ट्राक नै बगाएको थियो । ललितपूरतर्फ भालुखोला नजिकका स्थानमा र मकवानपूरतर्फ ठिङ्गनमा गरी झण्डै चार सय मिटर सडकमा पहिरोले ट्राक बगाएको थियो । सडकमा दुईतीन घर परेकामा तीनको मुआब्जा दिने प्रक्रियाअघि बढेको प्रमुख झाले जानकारी दिए । त्यसबाहेक यस सडकमा सडकको अधिकार क्षेत्र (राइट अफ वो) मा ठूलो समस्या रहेको छैन । सडकको उपलब्धता र त्यहाँको आवश्यकतानुसार सातदेखि ११ मिटर चौडाइको सडक निर्माण भइरहेको हो । उनले भने, ‘कम्तीमा दुई लेन चौडाइ हुने गरी निर्माण भइरहेको छ ।’ सडकमा तीन पुल निर्माण सम्पन्न भइसकेको छ । विसं २०१६ मा नेपाली सेनाले सो सडकको निर्माण शुरु गरेकामा लामो समयसम्म यो सडक सरकारको प्राथमिकतामा परेको थिएन । निर्माण शुरु भएको छ दशकपछि लोकपथ अन्तिम चरणमा पुगेको छ । विसं २०७२/७३ पछि सडक सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ । सरकारले यो सडकलाई पहिलो प्राथमिकता (पि वान) मा राखेसँगै योजना कार्यालयको स्थापना भएको हो । सरकारले एक दशकयता वर्षेनी सडकका लागि बजेट विनियोजन गर्दै आएको छ । यो सडकमा निर्माण शुरु हुँदा लम्बाइ ९२ किलोमिटर रहेको थियो । चौडाइ कम हुँदा लम्बाइ बढी देखिएको र अहिले ९० किलोमिटर पुगेको छ । नब्बे किमीमध्ये ७९ किलोमिटर ललितपुरमा र २८ किलोमिटर मकवानपुर जिल्लामा पर्छ । मकवानपुरतर्फ डेढ किलोमिटर र ललितपुरतर्फको चार किलोमिटर सडकलाई फराकिलो बनाउन ढुङ्गा विस्फोटन गर्न आवश्यक रहेको बताइएको छ । यो सडकमा गत वर्षदेखि नै अहिले सवारीसाधन आवतजावत गर्न थालिसकेका छन् । सडक चौडा र नाली बनाउने तथा कालोपत्रको काम भइरहेको छ । निर्माणाधीन यो सडकलाई हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँसम्मको २२६ किलोमिटर लम्बाइको हेटौँडाबाट पालुङ हुँदै काठमाडौँ आउने १३६ किमी सडकको विकल्पका रुपमा समेत हेरिएको छ । यो सडक निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब रु ८५ करोड र ललितपुरमा रु एक अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको थियो । प्रदेश नं ३ को राजधानी हेटाैंडा तोकिएपछि पनि यो सडकको महत्व अझै बढेको छ । सङ्घीय राजधानीलाई तराई/मधेससँग जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा काठमाडौँ–तराई/मधेस द्रुतमार्गलाई लिइन्छ । यो सडकको विकल्पका रुपमा समेत कान्ति लोकपथलाई लिइन्छ । रासस

प्रसुुति गृहमा जागेश्वरको जागरणः ३० लाख खर्चेर व्यवस्थापन गरिने फोहोर बेचेर लाखौं कमाई

काठमाडौं । कुनै पनि वस्तु आफैमा फोहोर हुँदैन । जुन वस्तुलाई जहाँ राख्नु पर्ने हो त्यहाँ नराखेर अन्यत्र राखेमा त्यो वस्तु फोहोरमा परिणत हुने हो । पुनः प्रयोग गर्न सकिने वस्तु तथा सामानलाई व्यवस्थित र मिलाएर राखियोे भने त्यो फोहोर हुन सक्दैन । फोहोरलाई व्यवस्थित गरियो भने त्यसलाई कुनै विधी वा पद्धतीबाट पुनः प्रयोग गर्न सकिन्छ । तर, हामी भने फोहोरलाई फोहोरकै रुपमा लिएर जथाभावी रुपमा फ्याँक्छौं । जसको असर व्यक्ति आफै र समाजलाई पर्छ । फोहोर व्यवस्थापन गर्न नत धेरै समय चाहिँन्छ नत कुनै ठूलो खर्च नै । त्यसको लागि चाहिँन्छ त केवल आइडिया । कुरा चार वर्ष अगाडिको मात्र हो । काठमाडौंको प्रसुति गृह तथा स्त्री रोग अस्पताललाई आफ्नो अस्पताल परिसरमा भएको फोहोर व्यवस्थापन गर्न हम्मेहम्मे पर्थ्याे । अस्पतालमा भएको फोहोर र दुर्गन्धले अस्पताल मात्र होइन, अस्पतालका कर्मचारीलेसमेत बदनामी हुनु र पटक–पटक वाक्क–दिक्कका कुरा सुन्नु पर्ने अवस्था थियो । त्यति मात्र होइन, अस्पतालले अस्पतालमा भएको फोहोर व्यवस्थापन गर्नका लागि वार्षिक ३० लाख रुपैयाँ खर्चिनु पर्ने बाध्यता थियो । त्यसपछि प्रसुति गृहको प्रमुख भएर आए जागेश्वर गौतम । उनले अस्पतालको दुर्गन्ध र वार्षिक ३० लाख रुपैयाँ तिर्नु परेको परिस्थितीलाई अन्त्य गर्ने सोच बनाए । अस्पताल परिसर सफा सुग्घर मात्र होइन चार वर्ष अगाडि खर्चनु परेको ३० लाख रुपैयाँ घटाएर अहिले वार्षिक ३७ लाख रुपैयाँ नाफामा छ । अस्पतालको फोहोर व्यवस्थापन गर्ने उनकै आइडियाले अहिले परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल सफा सुग्घर र चिटिक्क छ । अस्पताल परिसर सफा सुग्घर मात्र होइन चार वर्ष अगाडि खर्चनु परेको ३० लाख रुपैयाँ घटाएर अस्पताल अहिले वार्षिक ३७ लाख रुपैयाँ नाफामा छ । हाल अस्पतालले अस्पतालबाट निस्केको फोहोरलाई व्यवस्थापन तथा विक्री गरेर ७ लाख रुपैयाँ कमाउने गरेको प्रमुख गौतमले बताए । अस्पतालले महिनाभरि गरेको जोखिमरहित र जोखिमयुक्त फोहोर व्यवस्थापन गरेर बेच्ने गौतमको भनाइ छ । ‘महिनाको अन्तिमतिर फोहोर विक्रीको लागि टेण्डर गर्छौं, फोहोरलाई पुनः प्रयोग गर्ने कम्पनीका मानिस आएर लैजाने गरेका छन्,’ उनले भने । फोहोर बेचेरै मासिक ६० हजार रुपैयाँ आम्दानी हुने गौतमले बताए । ‘अस्पतालको फोहोर व्यवस्थापन संसारभरमै चुनौतीको विषय रहेको उनको भनाइ छ । ‘अस्पतालले फोहोरहरु छुटाईसकेपछि त्यसलाई फोहोर व्यवस्थापन कक्षमा पठाउँछ, फोहोर व्यवस्थापनकै लागि हामीले पूर्णकालिन रुपमा ६ जना कर्मचारी खटाएका छौं, उनले भने । जोखिमरहितलाई स्टोर गरेर राखिन्छ र जोखिम युक्त फोहोरलाई अस्पतालले अटोकेल्भले आफै निर्मलीकरण गर्दछ। उपचारका लागि अस्पतालमा आउने मानिसहरु अस्पतालकै फोहोरले झन बढी समस्यामा पर्ने गरेका उदाहरण धेरै छन् । विशेष गरेर फोहोरले सरुवा रोग फैलिने गर्छ । यसरी फोहोर व्यवस्थापन गरेर विक्रि गर्नु आफुहरुको कला भएको गौतम बताउँछन् । अप्रेसन गर्दा एक पटक प्रयोग भएको सामाग्री दोस्रो पटक प्रयोग गर्नुहुँदैन । यसलाई पुन: प्रयोग गर्नको लागि उक्त जोखिमयुक्त सामाग्रीलाई सफा गरेर, सुख्खा पारेर, १ सय २१ डिग्रि सेन्टीग्रेड तापक्रम आधा घण्टा पकाएर त्यसलाई जोखिमरहित सामाग्री बनाएर पुनः गर्न सकिने उनको भनाइ छ । हाल परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालसँग दुई अटोक्लेभ (सरसफाई गर्ने मेसिन) छन् । अस्पतालले अटोक्लेभ प्रयोग गरेर मात्र जोखिमयुक्त सामानलाई डिस्पोज गर्दै आएको छ । कागज पुनः प्रयोगमा आउँदा हजारौं रुखहरु काटिनबाट बच्ने उनले बताए । यसले हरियाली पनि कायम राख्ने र वातवरणलाई पनि प्रभाव कम पर्दछ । त्यसैले पनि फोहोर व्यवस्थापन सबैका लागि आवश्यक रहेको गौतमको भनाइ छ । हिक्याप, विश्व स्वास्थ्य संगठन र कर्मचारीलाई १ वर्षको तालिम पछि मात्र अस्पतालले आफै फोहोर व्यवस्थापन गर्न सकेको गौतमले बताए । जोखिमरहित फोहोर भन्नाले कागज, पाल्स्टिक, सलाईनका बोटलहरु हुन् । यस्तै, जोखिमयुक्त फोहोर भन्नाले रगत, रगत लागेका कपडा, शरीरबाट बग्ने पानी, मासु, दिसा–पिसाब हुन् ।

महाशिवरात्रिलाई लक्षित गर्दै सानिमा बैंकले ल्यायाे विशेष योजना

काठमाडौं । सानिमा बैंकले महाशिवरात्रिको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । यस योजना अन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउने छन् । साथै, यो योजनामा महिला ग्राहकले रु. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनेछन् । यस योजना फागुन ७ देखि ११ सम्मका लागि लागु गरिएको छ ।