साधना लघुवित्तले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले मकवानपुरको मनहरी गाउँपालिका हाडिँखोला शाखामा वित्तीय साक्षरता कार्यक्रम संम्पन्न गरेको छ । नेपाल राष्ट्र बैकका निर्देशक राजन विक्रम थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै थापाले ग्रामिण भेगमा आर्थिक रुपान्तरणसँगै महिला सशक्तिकरणमा लघुवित्त कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताए । ग्रामिण क्षेत्रमा वित्तीय साक्षरताको ज्ञान भए मात्रै लघुवित्त कार्यक्रमले सदस्यहरुमा उद्यमशिलताको विकास भई उनीहरुको जिवनस्तरमा समेत सुधार हुने जानकारी गराए । त्यसैगरी, राक्सिराङ्ग गाउँपालिका उपाअध्क्षय निर्मला हिम्डुङ्गले ग्रामिण विकासका लागि वित्तीय संस्थाहरुले महत्बर्पुण भुमिका निर्वाह गरेको हुदा वित्तीय सेवाको सही उपयोग गर्न सबैलाइ आबहान गर्नु भएको थियो साथै राक्सिराङ्ग गाउँपालिकाका अध्क्षय राम कृष्ण प्रजा, सुर्योदय मा.वि का प्रधानाध्यापक दिपक कार्कीले उक्त कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए । यसरी, वित्तीय संस्थाका प्रमुख कार्याकारी अधिकृत रेशम न्यौपानेले ग्रामिण भेगमा वित्तीय सैवासँगै वित्तीय साक्षरता आजको आवश्यकता रहेको हँदा वित्तीय साक्षरता कार्यक्रमलाई जोड दिई राज्यको दुर दराजमा सहज, सरल र उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउने वित्तीय संस्थाको उद्देश्य रहेको बताए । कार्यक्रममा वित्तीय संस्थाको प्रबन्धक सरिता ढकालले वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्घिका लागि वित्तीय सेवाको महत्वका साथै वित्तीय संस्थाको बचत तथा कर्जा योजनाको बारेमा जानकारी गराई उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी गर्न प्रोत्साहन गरेकी थिइन । उक्त कार्यक्रम वित्तीय संस्थाका संचालक समितिका अध्क्षय कृष्ण बहादुर थापाको अध्क्षयतामा संम्पन्न भएको थियो भने हाडिखोला शाखाका शाखा प्रमुख मोहन कुमार धमलाले सहजिकरण गरेका थिए ।
चीनबाट ल्याइएका नेपालीमा देखिएन कोरोना भाइरस संक्रमण, आजै रिपोर्ट सार्वजनिक गरिँदै
काठमाडौं । चीनबाट उद्धार गरी नेपाल ल्याइएका नेपालीमा कोरोना भाइरस(कोभिड १९) संक्रमण नदेखिएको पुष्टि भएको छ । परीक्षण गरिएका सबैको रिर्पोटको नतिजा नेगेटिभ देखिएसँगै उनीहरुमा उक्त भाइरसको संक्रमण नभएको परिक्षणकर्मीले बताएका हुन् । उनीहरुको नमुना संकलन गरी रिपोर्ट परीक्षण गरिएको थियो । जसमा मंगलबार(हिजाे) बेलुकासम्म परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएकाले उनीहरुमा उक्त संक्रमण नभएको पुष्टि भएको हो । साथै, परिक्षण गरिएका सबै रिपोर्टको नतिजा बुधबार(आज) सार्वजनिक गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । जनस्वास्थ्य प्रयोगशालाका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक पत्रकार सम्मेलन मार्फत उक्त नतिजा सार्वजनिक गर्नेछ । चीनबाट मंगलबार उद्धार गरी ल्याइएका १ सय ७५ जनालाई भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएको थियो । जसमध्ये १ सय ३५ जना पुरुष र ४० जना महिला छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका रञ्जित शाहको नेतृत्वमा गएको टोलीले गत आइतबार नमुना संकलन गरेको थियो ।
माथिल्लो दोर्दीमा चैत्रभित्र विजुली बल्ने, ३७ करोड ५० लाखको सेयर छिट्टै
काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले निर्माण गरिरेहको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना को ९६ प्रतिशत काम सकिएको छ । २५ मेगावाट क्षमताको यो आयोजनाको बाँकी काम आगामी चैत मसान्तसम्म सक्ने लक्ष्य रहेको सञ्चालक राम पाण्डेले बताए । जलविद्युत योजनाको पावर हाउस बनाउने, पाइप राख्ने, सुरुङ बनाउने, बाँध बनाउने लगायत भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणका लागि आवश्यक सबै मेसिनरी सामान परियोजनास्थलमा लगेर धमाधम फिटिङको काम भईरहेको छ । परियोजनाको पावर हाउससँग नेपाल विद्युत प्राधिकरणले सवस्टेशन बनाईरहेकोले विद्युत उत्पादन लगत्तै १३२ केभी प्रसारणलाईनमा जोडिने छ । ‘चैत ३० सम्म हामी विजुली उत्पादन थाल्छौं । त्यतिबेलासम्म विद्युत प्राधिकरणले पनि विद्युत् प्रसारण लाइन निर्माण कार्य सक्ने देखिन्छ’ पाण्डेले भने । आयोजना निर्माणको कुल लागत ४ अर्ब ६३ करोड ६१ लाख रुपैयाँ पुग्ने भएको छ । शुरुमा यस आयोजनाको लागत ४ अर्ब रुपैयाँ भन्दा कम हुने अनुमान गरिएको थियो । आयोजनाको लागत प्रति मेगावाट १८ करोड ५४ लाख रुपैयाँ पुग्ने भएको छ । ‘शुरुमा लागत प्रति मेगावट करिव १६ करोड हुने अनुमान गरिएको थियो । भूकम्प र नाकाबन्दीको असर परियोजनालाई पर्यो । श्रमिकको ज्याला, निर्माण सामाग्रीको उच्च मूल्यवृद्धिले लागत बढायो । गत साउनमा आएको बाढीले पनि परियोनामा क्षति पुगेकोले खर्च बढ्यो’ पाण्डेले परियोजनास्थलमा पत्रकारहरुलाई जानकारी दिए । परियोजनाले वार्षिक १३ करोड ६७ लाख ८४ हजार किलोवाट विद्युत उत्पादन गर्छ । वर्षात यामको ८ महिनामा प्रति किलोवाट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसाको दरले विद्यतु खरिद बिक्री सम्झौता पीपीए भएको छ । व्यवसायिक उत्पादन शुरु भएको मितिले पहिलो ५ वर्षसम्म प्रत्येक वर्ष ३ प्रतिशतका दरले महसुल वृद्धि हुने छ । उत्पादन शुरु भएको ६१ औं महिनामा प्रति किलो वाट सुख्खायाममा ९ रुपैयाँ ६६ पैसा र वर्षायाममा ५ रुपैयाँ ५२ पैसामा खरिद बिक्री हुनेछ । ३७ करोड ५० लाखको साधारण सेयर कम्पनीको जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । प्रर्वद्धकको तर्फबाट ७५ प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपैयाँ चुक्ता भएको कम्पनीले जनाएको छ । यस कम्पनीमा ५५६ जना प्रवद्र्धक रहेका छन् । कम्पनीले ३७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने योजना बनाएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत अर्थात १५ लाख कित्ता स्थानीय वासीलाई दिनेछ भने १५ प्रतिशत सेयर सर्बसाधारणमा बिक्री गरिने छ । स्थानीय र सर्ब साधारणको लागि सेयर निष्काशनको प्रक्रिया शुरु भएको सञ्चालक पाण्डेले बताए । आयोजनाको कुल लागत ४ अर्ब ६३ करोड ६१ लाख रुपैयाँ हुने लिबर्टीले जनाएको छ । यस परियोजनाको लागि नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा प्रभु लगायतका बैंकले कर्जा लगानी गरेका छन् । उर्जा उत्पादन शुरु भएको ८ वर्ष ३ महिनामा लगानीकर्ताले आफ्नो लगानी उठाउने कम्पनीको विश्लेषण छ । उर्जा मन्त्रालयले २०७१ सालमा उक्त परियोजना निर्माणको लागि अनुमति दिएको थियो । विद्युत उत्पादनको लागि २१०६ बैशाख १४ गतेसम्मको लागि सरकारबाट अनुमति पाएको छ ।
नविल बैंकका सिईओ शाह भन्छन्: मिहेनत गर्नुस्, बैंक जति पनि लगानी गर्न तयार छन्
काठमाडौं । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले मिहेनत गर्नेहरुका लागि बैंकहरु जति पनि लगानी गर्न तयार भएको बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघले मंगलबार उद्योग वाणिज्यको विकासमा बैंकको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । विभिन्न उत्पादनमुलक र नाफामुल काममा बैंक लगानी गर्न तयार भएको उनको भनाइ छ । ‘हामीसँंग पुँंजी छ, तपाईहरुले बुद्धी र मेहेनत गरेर काम गर्नुपर्यो, त्यसो भयो भने मात्रै वास्तविक रुपमा सुखी नेपाली समृद्ध नेपालको नारा पूरा हुन्छ,’उनले भने । दुई तिहाईको स्थिर सरकार भएकाले यो लगानी गर्ने उपयुक्त समय भएको उनको छ । स्थानिय उत्पादनहरुको प्रचार प्रसार गरी तिनीहरुको व्यापार गर्न उनलाई व्यापारीहरुलाई आग्रह गरे । तरकारीमा प्रख्यात भक्तपुरको तरकारी किन संसारको कुनाकाप्चामा पुग्न सकेनन् ? सवैले गम्भीर भएर सोच्नु पर्ने अवस्था आएको उनको भनाइ छ । कार्यक्रमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाीच वैंक र संघका सदस्यहरुलाई व्यवसाय प्रवद्र्धन तथा बैकिंग सेवा सुलभ तवरबाट उपलव्ध गराउने समवन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा डा. प्रधान नियुक्त
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले स्वतन्त्र बैंकको स्वतन्त्र संचालकमा प्रा.डा. गीता प्रधानलाई नियुक्त गरेको छ । मंगलबार बैंकको ३०५औं सञ्चालक समितिको बैठकले उनलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय ३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं
काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न हामीले मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढा, कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य बहादुर शाही,जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण बहादुर खत्री र जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जब अली मनिहरलाई सोधेका छौं । उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले व्यवसायिक समस्या समाधानको लागि राजनीतिक नेतृत्वकोमा धाउनु पर्ने अवस्था अन्त्य गरेर एफएनसीसीआईकै नेतृत्वले समाधान दिन सक्ने प्रकारको हुनुपर्ने बताए । साथै, अबको नेतृत्वले आफुहरुका समस्याहरु भन्दा पनि फोन उठाइ दिएपनि हुने थियो भन्ने प्रतिक्रिया दिएका छन् । महासंघको प्रतिष्ठा कायम गरोस् कमल बहादुर बुढा, अध्यक्ष, मुगु उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो प्रतिष्ठा जोगाउन आवश्यक छ । अहिले सम्म महासंघमा व्यक्तिगत सोच हावी छ । कुनै पनि व्यक्तिलाई चित्त नबुझे उद्योग वाणिज्य संघ जस्तै संस्था खोल्ने प्रवृति पनि हावी छ । यस्तो खालको प्रवृतिको अन्त्य हुनु पर्छ । अहिले महासंघ महासंघ ठूला व्यापारीमा मात्र केन्द्रित भएको छ । यो अवस्थ अबको नेतृत्वले अन्त्य गर्नु पर्छ भन्ने हाम्रो माग पनि छ । अबको नेतृत्वले समग्र व्यवसायीको हक हितमा काम गर्नु पर्छ । महासंघ हिजो जुन हिसावमा चलि रहेको थियो । त्यही अवस्थामा आज चल्नु हुँदैन । आफ्नो पहुँच कायम गर्ने प्रवितिको अन्त्य हुनु पर्छ । हाम्रा समस्या त परै जाओस् जिल्लाको उद्योग वाणिज्य संघ सञ्चालन गर्न पनि समस्या भइरहेको छ । भनेको जस्तो कहिल्यै हुँदैन, अपेक्षा छ भनेर के गरौं सुर्य बहादुर शाही, अध्यक्ष, कालिकोट उद्योग वाणिज्य संघ भनेको जस्तो कहिल्यै हुँदैन, अपेक्षा छ भनेर के गरौं । हाम्रा समस्याहरु धेरै छन् । जिल्ला नगरका व्यवसायीहरुलाई हेरेको छैन । चुनावमा हामी छौं भनेर आश्वासन दिने तर जिती सकेपछि कता हराउँछन् थाहा हुन्न । हामीलाई पनि व्यवसायी हुन् भन्ने मानसिकताले हेरिदिनु पर्छ । नेपाल उद्योग वाणिज्य महासंघको अबको नेतृत्व व्यवसायीका पिरमर्का र समस्या बुझ्ने खालको हुनुपर्छ । महासंघको अबको नेतृत्वले व्यवसायीको हकहितको लागि सक्षम हुनु पर्छ । आजसम्मका नेतृत्वहरुले त्यति काम गर्न सकेको अवस्था छैन । उनीहरुले व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ ध्यान दिएका छैनन् । हामीलाई पनि ठूला व्यवसायी सरह व्यवहार गर्ने नेतृत्व हामीलाई आवश्यक छ । कर्ण बहादुर खत्री, अध्यक्ष, जाजरकोट उद्योग वाणिज्य संघ महासंघको गरिमा दैनिक रुपमा घट्दो क्रममा छ । यो अवस्थाबाट जोगाउने नेतृत्वको आवश्यक छ । हाम्रो ठूलो अपेक्षा केही छैन । सबै ठाउँका उद्योग वाणिज्य संघका आ–आफ्नै समस्या छन् । तर, सरकार र निजी क्षेत्रलाई समन्वय गरेर अगाडि बढ्ने नेतृत्व हामीलाई आवश्यक छ । साना तथा मझौला व्यवसायीलाई पनि ठूला उद्योगीहरु सरह व्यवहार गर्ने नेतृत्व हामीलाई आवश्यक छ । हामीलाई व्यवसायीक मुद्धा र समस्यालाई समाधान गर्ने खालको नेतृव चाहिन्छ । माथिल्लो तह अर्थात सरकारसँग छलफल गर्दा उहाँहरु आफ्नै कुराहरु गर्ने खालको प्रवृति हावी छ । उनीहरु हामीसँग छलफल नगरी एकल ढंगले जानुहुन्छ । हाम्रा आवाज सुन्न सकेका छैनन् । आउने नेतृत्वले हाम्रो फोन उठाइदिए पुग्छ रज्जब अली मनिहर, अध्यक्ष, जुम्ला उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघमा जो आए पनि हामी जिल्ला नगरका व्यवसयीलाई हेरि दिनु पर्छ । आउने नेतृत्वले फोन उठाइदिए पनि धेरै समस्या समाधान हुन्छ । तिनीहरु हाम्रो फोन नै उठाई दिदैनन् । निजी क्षेत्रमा भएका विविध समस्याहरुलाई समाधान गर्न सक्ने नेतृत्व आओस् भन्ने हाम्रो भनाई छ । कर्णाली प्रदेश जहिले पनि राज्यको नजरबाट टाढा रह्यो । निजी क्षेत्रको नजरबाट पनि टाढा रह्यौं । कर्णालीमा भएका उद्योग व्यवसायलाई बाहिर ल्याउने कुरामा हामी पछाडि परेका छौं । अबको नेतृत्वले कर्णालीको यिनै समस्यालाई बुझ्ने र समाधान गर्नेछ भन्ने अपेक्षा छ । सबैभन्दा बढी सम्भावना भएको र पछाडि परेको प्रदेश कर्णाली हो । अबको नेतृत्वले यहाँको औद्योगिक सम्भावनालाई बाहिर ल्याउने, यहाँका समस्याहरुलाई समाधान गर्न सक्नेछ भन्ने आशा छ । सम्बन्धित समाचार: सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्
गोदावरीमा मात्र १ सय २८ सहकारी संस्थामध्ये २७ झोलामा
काठमाडौं । गोदावरी नगरपालिकाभित्र सञ्चालन भएका १ सय २८ सहकारीमध्ये २७ सहकारी हाल झोलामा रहेका छन् । त्यस्ता सहकारीले महिनाको एकपटक कार्यालय खोल्ने तथा साधारणसभा गरे पनि जानकारी नदिने र सम्पर्कमा नरहने गरेका छन् । नगरपालिकाभित्र सञ्चालित १ सय २८ मध्ये एउटा सहकारीको कार्यक्षेत्रमा पुगेको सहकारी शाखाप्रमुख श्रीकष्ठ घिमिरेले बताए । उनले भने, “गत आर्थिक वर्ष २०७५/७६ भित्र गोदावरीमा रहेका कूल सहकारीमध्ये ६१ बचत तथा ऋण, ४५ कृषि, १७ बहुउद्देश्यीय, एक/एकवटा दुग्ध, पर्यटन र साझा सहकारी रहेका छन् ।” गोदावरीमा सञ्चालित यी सहकारीका सञ्चालकलाई सहकारी ऐन, सहकारी विनियमावली, सम्पत्ति शुद्धीकरण र लेखा परीक्षणका बारे कमै जानकारी भएको उनले बताए । गोदावरीमा सहकारी शिक्षाको तालिम गोदावरी नगरपालिका–१ गोदामचौर र २ विशङ्खुमा सहकारी शिक्षासम्बन्धी तालिम शुरु भएको छ । शाखाले सहकारी साक्षरतासम्बन्धी जानकारी दिने उद्देश्यका साथ उक्त एकदिने तालिम शुरु गरेको हो । तालिममा शाखा प्रमुख र सहकारी विज्ञले सम्पत्ति शुद्धीकरण, सहकारी एकीकरण, कोपोमिक्स र सहकारी नेतृत्व तथा व्यवस्थापनबारे शिक्षा दिने घिमिरेले बताए। उनले भने, ‘यस तालिममा हामीले यी दुई वडाका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई अनिवार्य रुपमा उपस्थित भनेका छौं।’ शाखाले बाँकी रहेका अन्य वडाका सहकारी सञ्चालक र प्रतिनिधिलाई समय मिलाएर तालिम दिने घिमिरेले भने । रासस
छोराछोरीको बीमा गर्ने हो ? यस्ता छन् १७ कम्पनीका योजनाहरु
काठमाडौं । आफ्ना सन्तानको उज्वल भविष्यको कामना सबै बाबुआमाले गर्छन् । छोराछोरीको सफलतामा हरेक बाबुआमाको खुसी झल्कन्छ । आफ्ना सन्तानको उज्वल भविष्यको लागि जोखिम न्यूनिकरण गर्दै जानु हरेक बाबुआमाको कर्तव्य पनि हो । जोखिम कम गर्ने एउटा भरपर्दाे र उपयुक्त विकल्प बीमा नै हो । अहिले संचालनमा रहेका १७ वटा जीवन बीमा कम्पनीले जन्मेदेखि १५ वर्ष उमेर समुहको बालबालिका लक्ष्यित बीमा कार्यक्रम संचालन गरिरहेका छन् । बीमाले जोखिमको रक्षावरण गर्ने भएकाले बालबालिकालाई बर्थ डे गिफ्ट स्वरुप बीमा गराइदिन सकिन्छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति पनि सबै बाबुआमालाई आफ्नो सन्तान जन्मने वित्तिकै बीमा गराउन सुझाव दिन्छ । भविष्यमा आइपर्न सक्ने जोखिमको रक्षावरण तथा आर्थिक व्यवस्थापनको लागि बीमा उयुक्त विकल्प हुने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । ‘आफ्ना सन्तानको बीमा गराउनु त सबै बाबुआमाको कर्तव्य जस्तै हो, हामीले जन्मदिनमा अरुका बालबच्चालाई बर्थ डे गिफ्ट दिदा पनि बीमा गराएको पोलिसी दिन सक्छौं, जुन हरेक बालबालिकाका लागि भविष्यमा धेरै उपयोगी हुन्छ,’ कार्यकारी निर्देशक पौडेलले भने । विभिन्न जीबन बीमा कम्पनीहरुले बालबालिका लक्ष्यित बीमा पोलिसी संचालनमा ल्याएका छन् । यी कम्पनीहरुले ल्याएका बीमा पोलिसी, त्यसको फाइदा र विशेषता यस्ता छन्ः नेपाल लाइफ इन्स्योरेन्स नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिकाको बीमा गर्न मिल्ने ‘केटाकेटी सावधिक जीवन बीमा’ पोलिसी संचालन गरेको छ । यस्तो बीमा योजनामा १ वर्षदेखि ११ वर्षसम्म उमेर समुहका बालबालिका सहभागी हुन सक्छन् । उक्त बीमा योजनाको बीमाङ्क रकम ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म छ । नेशनल लाइफ इन्योरेन्स कम्पनी ‘चिल्ड्रेन प्लान’ शिर्षकमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा योजना संचालन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा जन्मेदेखि १५ वर्षसम्मका बालबालिकाले बीमा गराउँन सकिन्छ । यो योजनामा कम्तिमा २५ हजार रुपैयाँदेखि बीमा गराउन सकिन्छ । यो बीमा योजनामा बिमितले बीमा गरेको पहिलो ५ वर्षमा २५ प्रतिशत सर्भायवल बेनिफीट पाउँछन् भने दोस्रो ५ वर्षमा अर्को २५ प्रतिशत थप रकम पाउँछन् । बीमाको अवधि समाप्त हुँदा बिमितले ५० प्रतिशत सर्भायबल बेनिफीट तथा बोनस दुवै प्राप्त गर्न सक्छन् । एशियन लाइफ इन्स्योरेन्स कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘एशियन चाइल्ड इन्डोमेन्ट’ नामक बीमा योजना संचालन गरिरहेको छ । यो योजनमा जन्मेदेखि १० वर्ष उमेरसम्मका बालबालिकाको बीमा गर्न सकिन्छ । यो बीमा योजनाको अधिकतम बीमा अवधि १८ वर्ष छ । बीमाङ्क रकम भने ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म छ । सिटिजन लाइफ इन्स्योरेन्स सिटिजन लाइफ इन्स्योरेन्सले ‘बाल भविष्य जीवन बीमा योजना’ शिर्षकमा बीमा योजना संचालन गरिरहेको छ । यो योजनामा ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको बीमा गराउन पाइन्छ । यो योजनाको अवधी १० वर्षदेखि बढीमा २५ वर्षसम्मको छ । गुराँस लाइफ इन्स्योरेन्स गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ‘गुराँस नौलो बाल सुरक्षा बीमा योजना’ शिर्षकको योजना संचालन गरिरहेको छ । यो योजनामा जन्मेदेखि १५ वर्षसम्मका बालबालिकाको बीमा गराउन सकिन्छ । बीमाको अवधि ५ वर्षदेखि ३० वर्षसम्मको छ । ज्योति लाइफ ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘ज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजना’ शिर्षकको योजना संचालन गरिरहेको छ । यो योजना अनुसार १ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको बीमा गराउन सकिन्छ । यस्तो बीमाको अवधि १० वर्षदेखि २५ वर्षसम्मको छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीबन किरण’ शिर्षकमा बीमा योजना संचालन गरिहेको छ । यो योजनमा जन्मेको १ महिनादेखि १५ वर्षसम्मका बालबालिकाको बीमा गराउन सकिन्छ । यस्तो बीमा योजनाको बिमांक रकम ५० हजार रुपैयाँदेखि ७५ लाख रुपैयाँसम्म छ । बीमा अवधि पूरा हुने समयभने १० वर्षदेखि ३० वर्षसम्म छ । राष्ट्रिय बीमा संस्थान राष्ट्रिय बीमा संस्थानले ‘चिल्ड्रेन म्यारिज एण्ड एजुकेशन इन्डोमेन्ट’ शिर्षकको बीमा योजना संचालन गरिरहेको छ । सो योजनामा बीमा अवधि सकिए लगत्तै अभिभावक वा संरक्षकले आफ्नो बालबच्चाको विवाह वा शिक्षाको लागि तोकिएको अवधिमा एकमुष्ट रकम पाउँन सक्छन् । बीमा संस्थानले सो बीमा योजनामा अन्य बीमा योजनामा जस्तै ६५ प्रतिशत बोनश दिने जनाएको छ । रिलायबल लाइफ इन्स्योरेन्स रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले ‘रिलायबल हाइयर एजुकेशन लाइफ इन्स्योरेन्स’ शिर्षकको बीमा योजना संचालन गरिरहेको छ । सो बीमा योजनाको बिमांक रकम ५० हजार रुपैयाँ छ । यस्तो योजनामा जन्मेदेखि १५ वर्षसम्मका बालबालिकाको बीमा गराउन सकिन्छ । बीमा अवधि पूरा हुने समय भने १० वर्षदेखि २५ वर्षसम्म छ । रिलायन्स लाइफ इन्स्योरेन्स रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ‘रिलायन्स चाइल्ड एसुअरेन्स प्लान’ शिर्षकको बीमा योजना संचालन गरेको छ । सो योजनामा जन्मेको १ महिनादेखि बीमा गराउन सकिन्छ । सो योजनामा एउटै बीमा लेखबाट बच्चा तथा अभिभावकको बीमासमेत गर्न सकिन्छ । यो योजनमा सहभागी हुनको लागि बच्चाको उमेर २१ वर्ष ननाघेको र अभिभावकको उमेर ५५ वर्ष ननाघेको हुनुपर्छ । सानिमा लाइफ इन्स्योरेन्स सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘सानिमा बाल सौगात जीवन बीमा’ शिर्षकको योजना संचालन गरिरहेको छ । यो योजनमा ३ महिनादेखि ११ वर्षसम्मका बालबालिकाको बीमा गराउन सकिन्छ । बीमा अवधि २१ वर्षसम्म छ । बीमाङ्क रकम ५० हजार रुपैयाँदेखि माथिको छ । यो योजनामा बीमा गरेको पहिलो ५ वर्ष प्रतिहजार रुपैयाँमा ६५ रुपैयाँका दरले बोनस दिने कम्पनीले जनाएको छ । बीमाको अवधि सकिएपछि बिमितको थप ५ वर्षसम्म जोखिमको रक्षावरण हुन्छ । वार्षिक रुपमा बीमा शुल्क बुझाउँदा १.५ प्रतिशत डिस्काउट पाइन्छ भने अर्ध वार्षिक रुपमा बीमा शुल्क बुझाउँदा ०.७५ प्रतिशत डिस्काउण्ट पाइने व्यवस्था छ । सन नेपाल लाइफ इन्स्योरेन्स सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘बाल समृद्ध जीवन बीमा’ शिर्षकको योजना संचालन गरिरहेको छ । यो योजनामा जन्मेदेखि १५ वर्षका बालबालिकाको बीमा गराउन सकिन्छ । बीमाको अवधि १० वर्षदेखि ३० वर्षसम्म रहेको छ । बीमा शुल्क वार्षिक एकमुष्ठ बुझाउँदा २ प्रतिशत छुट छ भने बर्षको २ पटक गरेर बुझाउँदा १ प्रतिशत छुट पाइन्छ । सूर्या लाइफ इन्स्योरेन्स सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चाइल्ड इन्डोमेन्ट प्लान’ शिर्षकको योजना संचालन गरिरहेको छ । सो योजनमा १५ वर्ष उमेरसम्मका बालबालिकाको बीमा गर्न सकिन्छ । बीमा अवधि कम्तिमा १० वर्षसम्मको छ भने बढीमा ३० वर्षसम्मको छ । बीमाङ्क रकम ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म रहेको छ । यो योजनामा पनि वार्षिक रुपमा बीमा शुल्क बुझाउँदा २ प्रतिशत तथा अर्धवार्षिक रुपमा बीमा शुल्क बुझाउँदा १ प्रतिशत डिस्काउन्ट पाइन्छ । यूनियन लाइफ इन्स्योरेन्स यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘चाइल्ड इन्डोमेन्ट प्लान’ शिर्षकको बीमा योजना संचालन गरिहेको छ । सो योजनाको बिमांक रकम ५० हजार रुपैयाँदेखि माथि छ । यस्तो बीमा योजनामा सहभागी हुन भर्खर जन्मिएकादेखि १३ वर्षसम्मको उमेर समूहका बालबालिका सहभागी हुन पाइन्छ । बीमा अवधि भने ५ वर्षदेखि १८ वर्षसम्मको छ । बीमा शूल्क मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रुपमा बुझाउँन सकिने व्यवस्था छ । यो योजनमा दुर्घटना लाभ स्वरुप ७५ लाख रुपैयाँ छ । बीमा शुल्क बुझाएको २ वर्षपछि बिमितले ऋण लिन सक्ने व्यवस्था छ । आईएमई लाइफ इन्स्योरेन्स आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘आईएमई बाल उमंग’ शिर्षकको बीमा योजना संचालन गरिरहेको छ । प्राइम लाइफ इन्स्योरेन्स प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्राइम लाइफ स्वर्णीम जीवन बीमा योजना संचालनमा ल्याएको छ । सो योजनामा बीमांक ५० हजार देखी १० लाख रुपैयाँसम्म रहेको छ । जन्मेदेखी १५ वर्षसम्मका बालकालिको उक्त योजना अनुसार बीमा गर्न सकिन्छ । कम्पनीले १० वर्ष देखी ३० वर्षसम्मको बीमा योजना संचालन गरि रहेको छ । एलआईसी नेपाल एलआइसी नेपालले ‘चिल्ड्रेन इन्डोमेन्ट’ प्लान शिर्षकमा बालबालिकाको जीवन बीमा पोलिसी संचालन गरिरहेको छ । यो पोलिसी अनुसार एलआइसी नेपालमा १० वर्ष र सोभन्दा कम उमेरका बालबालिकाको बीमा गर्न सकिन्छ । उक्त कम्पनीको बिमांक रकम न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्मको छ ।