विन्ध्यवासिनी हाइड्रोपावरले साधारण शेयर बिक्री गर्दै
काठमाडौँ । लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्ने भएको छ । ती आयोजनाको प्रवद्र्धक विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । कम्पनीले लमजुङ र कास्की जिल्लाको सिमानामा बग्ने रुदी खोलामा निर्माण गरेको ८.८ मेगावाट क्षमताको रुदी खोला ए र ६.६ मेगावाट क्षमताको रुदी खोला बी गरी कूल १५.४ मेगावाट क्षमताका दुई आयोजना सञ्चालनमा छन् । प्रवद्र्धक कम्पनीका अनुसार रुदी खोला ए जलविद्युत् आयोजनाले २०७५ साल चैत र रुदी खोला बी जलविद्युत् आयोजनाले यही फागुन ४ गतेदेखि व्यापारिकरुपमा विद्युत् उत्पादन शुरु गरिसकेको छ । दुवै आयोजनाको औसत प्रतिमेगावाट लागत रु १७ करोड ५० लाख छ । कम्पनीले निष्काशन गर्न लागेको साधारण शेयरमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई र बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गरिनेछ । सो कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड र शेयर प्रत्याभूतिकर्ता ग्लोबल आइएमई क्यापिटल लिमिटेड छन् । कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले ग्रेड चार दिएको छ । कम्पनीले शेयर बिक्रीका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीका महाप्रबन्धक जनार्दन अर्यालले जानकारी दिएका छन् । रासस
सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । उनले राजीनामा दिएकाे सभामुख अग्नी सापकाेटाले बिहिबारकाे सदनमार्फत जानकारी दिएका हुन् । बाँस्कोटाकाे ७० करोड घूसको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री पद बाट राजीनामा दिएका हुन ।
ऋण नतिरेपछि भैरवकुण्ड हाइड्रोपावर लिलामीमा, २३ सञ्चालकलाई कालोसूचीमा राखिने
काठमाडाैं । सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको एक जलविद्युत् आयोजना लिलामीमा पर्ने भएको छ । आयोजनाका लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैंकले लिलामीको सूचना निकालेको हो । आयोजनामा कूल रु ४० करोड लगानी गरेका बैंकले आज एक सार्वजनिक सूचना प्रकाशित गरी आयोजना लिलामी गर्ने जानकारी दिएका छन् । सञ्चालकको विवादका कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि भैरवकुण्ड हाइड्रोपावर लिमिटेड लिलामी हुने भएको जनाइएको छ । सो आयोजनालाई सानिमा बैंकको नेतृत्वमा बैंक अफ कमाठमाडौँ, एनएमबी बैंक, एनआइसी एशिया बैंक, मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमई बैंकले ऋण लगानी गरेका छन् । पटकपटक ऋण तिर्न ताकेता गर्दा आयोजनाका कुनै पनि प्रवद्र्धक सम्पर्कमा नआएपछि लिलामी गर्न लागिएको सूचनामा उल्लेख छ । यसअघि गत पुस १६ गते ती बैंकले सूचना प्रकाशित गरी ३५ दिनभित्र ऋण तिर्न आउन आग्रह गरेका थिए । सो आग्रहलाई अस्वीकार गरेको भन्दै बैंकले आज पुनःसूचनामार्फत आगामी १५ दिनभित्र आयोजना लिलामी गर्ने बताएका हुन् । सिन्धुपाल्चोकको लार्चामा सञ्चालनमा रहेको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । जुरेको पहिरो, भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोशीको बाढीले क्षति पुगेको परियोजना पुनःनिर्माण सम्पन्न गरेर पुनःसञ्चालनमा आएको थियो । कर्जाको सुरक्षणका लागि बैंकमा धितो रहेको परियोजनालगायत चलअचल सम्पत्ति लिलामी हुने सूचनामा उल्लेख छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कम्पनी रजिष्ट्रारको कार्यालयमा सो कम्पनी २०५९/६० मा दर्ता भएको देखिन्छ । बैंकबाट ऋण लिँदा कम्पनीले सिन्धुपाल्चोकको साविक तातोपानी गाविसका विभिन्न कित्ता जग्गा र सो जग्गाको तीन मेगावाट क्षमताको आयोजना, सम्पूर्ण घर तथा टहरा, उपकरण, मेशिनरी तथा चलअचल सम्पत्ति धितो राखेको छ । बैंकले सो आयोजनाका २३ जना सञ्चालकलाई कालोसूचीमा राखिने जनाएको छ । प्राकृतिक विपदका कारण समस्यामा परेको सो आयोजनाबाट उत्पादित विद्युत् ३४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको लामोसाँघु सबस्टेसनमा जोडिएको छ । रासस
कोरोना भाइरसको धक्का नेपाली फलाम खानीमा, नमुना परीक्षणका लागि पठाइएको प्रतिवेदन चीनमै रोकियो
काठमाडौं । सरकारले धौवादीको फलाम खानी उत्खनन् गर्न असोजमा कम्पनी दर्ता गर्याे । नेपालमा फलाम खानी सञ्चालनमा ल्याउन सरकार र निजी क्षेत्रको लगानीमा धौवादी फलाम कम्पनी दर्ता पनि गरेकाे थियाे । फलाम उत्खनन् गर्ने कम्पनीले असोजदेखि निरन्तर काम गरिरहेको थियो । तर, पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा ठूलो समस्या परेको छ । उक्त भाइरसले नेपामा भैइरहेको फलाम उत्खनन्मा समस्या भएको छ । खानी तथा भूगर्भ विभागका निवर्तमान महानिर्देशक डा. सोमनाथ सापकोटालाई धौवादीको फलाम खानी उत्खनन् गर्न समस्या भएकाे बताए । उनले काेराेना भाइरसकाे कारण फलाम उत्खनन् गर्नमा समस्या भएको बताएका हुन् । सरकारले फलाम उत्खनन् गर्न सापकोटालाई जिम्बा दिएकाे छ । सरकारले खानी तथा भूगर्भ विभागबाट अवकास हुनुभन्दा केही दिन अगाडि अर्काे व्यवस्था नहुने बेलासम्मका लागि सापकोटालाई जिम्बा दिएकाे हाे । ‘चीनियाँ नागरिकले फलाम उत्खनन्को काम गरिरहेका थिए, हामीले फलामकाे नमूना परिक्षणको लागि चीनमा पठाईएका थियाै, चीनमा फैलिएको कोरोना भाइरले नमूनाको प्रतिवेदी आउन समय लाग्ने भएको छ,’ सापकोटाले भने । सरकारको २ अर्ब २० करोड र निजी क्षेत्रको १८ करोड लगानी रहने गरी कम्पनी दर्ता भएकोे थियो । फलामको धाउ (कच्चा फलाम) उत्खनन् गर्ने उद्देश्यसहित सरकारले कम्पनी दर्ता हो । तीन मन्त्रालय संस्थापक र खानी तथा भूगर्भ विभाग, निजी क्षेत्रका स्थापित कम्पनी र महालेखाको लगानीमा कम्पनी दर्ता भएको हो । कम्पनीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको १ अर्ब अर्थ मन्त्रालयको ५० करोड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २५ करोडको लगानी गर्ने छन् । त्यस्तै, निजी क्षेत्रको स्थापित कम्पनीहरुको १८ करोड लगानी रहने छ । खानी तथा भूगर्भ विभागको २० करोड र महालेखाको २५ करोड लगानी रहेको कम्पनी दर्ता भएको कम्पनी रजिष्ट्रारको कार्यालयले उल्लेख छ । संस्थापक सदस्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेका छन् । कम्पनीको कार्यालय काठमाडौं महानगरपालिका वडानम्बर ३ मा हुने उल्लेख छ । पब्लिक सरकारी कम्पनीको रुपमा सो कम्पनी दर्ता भएको हो । व्यवसायीक सम्भाव्यताको अध्ययन छैन् धौवादीमा फलाम रहेको र त्यसको उत्खनन गरेर प्रयोग गर्न सकिने तथ्य उजागर त भएको छ । तर, त्यसको व्यवसायीक सम्भाव्यताका बिषयमा भने अझै अध्ययन भएकाे छैन् । अघिल्लो कार्यकाल केपी ओली प्रधानमन्त्री बनेका बेला काठमाडौंका घर घरमा पाइपबाट ग्याँस वितरण गर्ने भाषण गरेका थिए । तर, इमाडोलमा रहेको प्राकृतिक ग्यासको परिक्षण गर्दा उत्पादन लागत न्युन देखियो । अध्ययन नै नगरी प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दाको परिणाम स्वरुप प्रधानमन्त्री पाइपबाट ग्यास वितरण गर्ने भाषणमा चिप्लिएका थिए ।
४० लाख रुपैयाँ लगानी गर्दै विमानस्थलमा ‘पर्यटक परी’ राखियो
काठमाडौं । सरकारले ४० लाख रुपैयाँ लागनी गर्दै त्रिभुवन विमानस्थलमा दुई ‘पर्यटक परी’ राखेको छ । पर्यटकहरुको स्वागतका लागि विमानस्थलमा दुई पर्यटक परी नाम गरेका रोबर्ट राखिएको हो । बिहिबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले पर्यटक परी नाम गरेका दुई रोबर्टको उद्घाटन गरेका छन् । रोबर्ट पाइला टेक्नोलोजीले निर्माण गरेको जनाइएकाे छ। रोबर्टले बिहिबार राष्ट्रिय गान बजाउँदै सबैलाई आसन ग्रहण गराएको थियो । झन्डै २ महिना समय लगाएर निर्माण गरिएको रोबर्टले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा पर्यटक लाइ स्वागत गर्ने बताइकाे छ । मन्त्री भट्टराईले नयाँ तथा आधुनिक प्रविधिको प्रयोग गरी विमानस्थलमा रोबर्ट राखिएको बताए ।
गायक भुवन प्यासीको ‘तिमी आऊ न बुद्ध’ गीत सार्वजनिक
चितवन । गायक भुवन प्यासीको स्वरमा ‘तिमी आऊ न बुद्ध’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । समय अनुकूलका गीत बजारमा ल्याउँदै दर्शक र श्रोता दुवैको मन जितेका उनले यो पटक देशभक्ति गीत लिएर आएका हुन् । आफ्नै अफिसियल युटुबमार्फत उनले सुशीलराज रेग्मीको शब्द तथा अर्जुन पोखरेलको एरेन्ज र राजेन्द्र बजगाईको संगीतमा गीत बजारमा ल्याएका हुन् । धुम्सीको गुम्बा परिसरमा जीवन शाहीको निर्देशन तथा आफ्नो अभियानसँग उनलाई अवि खनाल र समृद्धि पौडेलले साथ दिएका छन् । नवीन निरौलाले सम्पादन गरेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । गीतमा गौतम बुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने सन्देश फैलाइएको छ। यसअघि फरक शैलीको गीत ‘हे बरै’ को भिडियो सार्वजनिक भएको थियो । विशेष गरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक प्यासीले लोक, आधुनिक र याप मिसाउँदै ‘हे बरै’ को गीत बजारमा लिएर आएका थिए । केही समय अघि ‘माइली’ गीत लिएर आएका गायक भुवन प्यासीको ‘हल्का हल्का ट्राफिक जाम’ जस्ता सफल गीतहरू बजारमा लिएर आइसकेका छन्।
नौ पक्की पुलको निर्माणमा रोक, योजना अलपत्र हुने अवस्थामा
खाँदबारी । जोगवनी–किमाथाङ्का सडकखण्डको खाँदबारी–किमाथाङ्काअन्तर्गत नौ पक्की पुलको निर्माण रोकिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) नगरी आयोजनाको निर्माण प्रक्रिया शुरु गर्दा निर्माण अवरुद्ध भएको हो । सो सडकअन्तर्गत नौ पुल निर्माणको ठेक्का लागेर निर्माण भइरहेको उत्तरदक्षिण कोशी सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए । सङ्खुवासभामा पुल निर्माणका लागि आवश्यक कच्चा पदार्थ गिट्टी उत्पादनमा सो क्षेत्रमा क्रसर राख्न इआईए नगर्दा योजना अलपत्र हुने अवस्थामा रहेको छ । पुल निर्माणका लागि सडक योजना कार्यालयले निर्माण कम्पनीलाई गत असोज दोस्रो साता जिम्मेवारी दिएको थियो । आवश्यक कच्च पदार्थ गिट्टी, बालुवा सोही क्षेत्रको ठाडो खोलाबाट उत्खनन गरी अयोजनाको काम सञ्चालन गर्नेगरी डिजाइन उल्लेख गरिएको रौताह–एसएएस जेभीका निर्देशक सन्तोष राईले बताए । सडक अयोजनाले इआईए नै नगरी सडक बोलपत्र आह्वान गरी ठेक्का लगाएको निर्देशक राईले जानकारी दिएका छन् । पुल निर्माणको पूर्वाधार तयार भइसकेको छ । आयोजनाको लापरवाहीका कारण काम गर्न अवरोध सिर्जना भएको राईको भनाइ छ । पक्की पुल निर्माण गर्न आवश्यक कच्चा पदार्थ उत्खनन गर्न नपाउँदा आयोजनाको काम प्रभावित भएको उनको भनाइ छ । सो सडकअन्तर्गत फ्याक्रेखोला, नाङ्खोला, चाङ्खोला, जोरखोलामा पुल निर्माणका जिम्मेवारी स्काइ–कार्की बन्धु जेभीले संयुक्तरूपमा काम गरिरहेको छ । रु १५ करोड लागतमा यी चार पुल निर्माणको जिम्मेवारी दिइएको छ । त्यसैगरी उवा, उहाङ् र एकुवाखोला रौताह–एसएएस जेभीले रु १२ करोड लागतमा निर्माणको जिम्मा पाएको छ । सोही खण्डको ठाडोखोला र उवाङ्खोलामा पक्की पुल निर्माणको जिम्मेवारी रौताह कन्ट्रक्शन प्रालिले पाएको छ । सो दुई पुल रु १५ करोड ७० लाखमा निर्माण गर्नुपर्ने छ । उक्त नौ पुल खाँदबारीबाट ४८ किलोमिटरदेखि ७५ किलोमिटर क्षेत्रमा पुल निर्माणको काम भइरहेको छ । साथै यस सडकखण्डमा १८ पक्की पुल निर्माण गर्नुपर्ने छ । हाल नुमको फ्क्सीन्दा अरुण नदीमा मात्र पक्की पुल निर्माण सम्पन्न भएको छ भने नौ पुलको सर्भे सम्पन्न गरी निर्माण क्रममा रहेका छन् । मध्यवर्ती क्षेत्र व्यवस्थापन नियामावली २०५२, नियम १७ वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्नसक्ने गरी ढुङ्गा, माटो बालुवा वा खानी खन्न तथा कुनै खनिज पदार्थ माटो वा अन्य यस्तै पदार्थ हटाउन, मध्यवर्ती क्षेत्रभित्र बग्ने नदी वा पानीको स्रोतमा कुनै हानिकारक विषादी वा विष्फोटक पदार्थ पयोग गर्न निषेधित कार्यका रूपमा रहेको उल्लेख गरिएको छ । राष्ट्रिय निकुञ्ज नियमावली २०३६, नियम ३० बमोजिम निकुञ्ज क्षेत्रमा कुनै पनि निर्माणकार्य गर्न नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ । रासस
३ मेगावाट क्षमताको भैरवकुण्ड हाइड्रो पावर लिलामीको प्रक्रियामा
काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको ३ मेगावाट क्षमताको भैरवकुण्ड हाइड्रोपावरलाई बैंकहरुले लिलामी गर्ने भएका छन् । हाइड्रोपावरलले बैंकबाट लिएको ऋण तिर्न नसकेपछि लिलामीको प्रक्रिया अघि बढाएको हो । हाइड्रो पावरलाई ३५ दिनभित्र ऋण तिर्न भनि सूचना जारी गरेपनि हाल सम्म हाइड्रो पावरले ऋण नतिरेपछि लिलामीको प्रक्रिया अघि बढाएको जनाइएको छ । लगानी बैंकहरुले अबको १५ भित्र आयोजना लिलामी हुने उल्लेख गरिएको छ । सो आयोजनालाई सानिमा बैंकको अगुवाईमा बैंक अफ कमाठमाडौं, एनएमबी बैंक, एनआइसिएशिया बैंक र मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमईले करिब ४० करोड रुपैयाँ ऋण लगानी गरेका छन । पटक पटक सूचना जारी गर्दा पनि ऋण नतिरे पछि सललामी गर्नु परेको बैंकहरुले जनाएका छन् । आयोजनाले ऋण नतिर्नुको कारण आयोजना सञ्चालकहरुको आन्तरिक कारण भएको बुझिएको छ ।