चार उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः सबैलाई समान नजरले हेर्ने नेतृत्व आवश्यक छ
काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न हामीले दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, तुल्सीपुर उद्योग वाणिज्य संघका अद्यक्ष विर बहादुर राउत, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने र रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बिश्व कुमार चन्दलाई सोधेका छौं । उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले व्यवसायिक समस्या समाधानको लागि सबै व्यवसायीलाई समान नजरले हेर्ने नेतृत्व आवश्य रहेकाे प्रतिक्रिया दिएका छन् । काठमाडौंमात्र नभइ जिल्ला नगरका व्यवसायीलाई पनि व्यवसायी हुन् भन्ने सोचोस् नारायण भुसाल, अध्यक्ष, दाङ उद्योग वाणिज्य संघ अहिले सम्मका नेतृत्वहरुले हामी साना उद्यागी व्यवसायीहरुका खासै कूरा उठाउने प्रयास गरेका छैनन् । महासंघले आफुलाई परेको समयमा मात्र जिल्ला नगरका व्यवसमयीसँग सहकार्य गर्ने अरु बेला कुनै वास्ता नगर्ने परिपाटी छ । अबको नेतृत्वले काठमाडौं मात्र नभई जिल्लाका व्यवसायीहरुलाई पनि व्यवसायी हुन् भन्ने नजरले हेरोस् भन्ने हो । अबको नेतृत्वले आफ्नो व्यक्तिगत लाभ भन्दा पनि सबै व्यवसायीको हक हितको लागि काम गरोस् । जिल्ला नगरमा पनि लगानीमैत्री वातावरण सिर्जना गर्ने नेतृत्व हुनु पर्छ । नयाँ राजश्जको नीति परिवर्तन भइरहन्छ । यसको लागि जिल्ला नगरका व्यवसायीलाई पनि तालिम प्रदान गर्न सक्ने नेतृत्व हामीलाई चाहिन्छ । लगानीमैत्री वातावरणको सिर्जना गरोस् विर बहादुर राउत, अध्यक्ष तुल्सीपुर उद्योग वाणिज्य संघ, दाङ तुल्सिपुर उद्योग वाणिज्य संघ महासंघको एउटा अभिन्न अंग हो । आगामी चैतमा हुने चुनावमार्फत सक्षम नेतृत्व आओस् भन्ने हो । निजी क्षेत्रबिना देशको सम्वृृद्धि परिकल्पना गर्न सकिँदैन । निजी क्षेत्रका व्यवसायीहरुले आगामी नेतृत्वबाट एउटा मञ्चमा मात्र सम्वृद्धिका कुरा नभई व्यवहारिक रुपमा काम गर्ने नेतृत्व चाहेका छन् । उद्योगी व्यवसायी सम्वृृद्ध हुनु पर्छ । त्यसका लागि लगानीमैत्री वातावरणको सिर्जना गरोस् । भयरहित वातावरणमा काम गर्ने वातावरण सिर्जना गरोस् भन्ने अपेक्षा छ । परिवर्तनको दिशातर्फ दोर्याउने नेतृत्व हामीलाई चाहन्छ । विदेशी लगानी भित्र्याउने नेतृत्व चाहिन्छ कुल प्रसाद न्यौपाने, अध्यक्ष, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही हाम्रा थुप्रै समस्या छन् । सरकारसँग विश्वास जोगाउने खालको नेतृत्व हामीलाई आवश्यक छ । सबैलाई हातेमालो गरी अगाडि बढ्ने नेतृत्व आजको आवश्यकता हो । विदेशी लगानी नेपाल भित्र्याउने सक्षम नेतृत्व हामीले खोजेका छौं । देशभर छरिएर बसेका व्यवसायी उद्योगीहरुको मन बुझ्न खाज्ने चाहिन्छ । नेपालमा ठूला उद्योगी मात्र हेरेको अवस्था छ । नेपाल साना व्यवसायीलले धानेको देश हो । त्यसैले सबैलाई समान व्यवहार गर्न सक्ने नेतृत्व हामीलाई चाहिएको हो । पहाडी भेगका व्यवसायीसँग पनि सहकार्य गरोस् बिश्व कुमार चन्द, अध्यक्ष रोल्पा उद्योग वाणिज्य संघ पहाडी भेगका व्यवसायीसँग सहकार्य गरी अगाडि बढ्ने नेतृत्व हामीलाई आवशयक छ । व्यवस्थित रुपले सबै व्यवसायीहरुलाई समान व्यवहार गरोस् भन्ने हाम्रो चाहना छ । नेपाल उद्योग वाणिज्य महासंघको अबको नेतृत्व व्यवसायीका पिरमर्का र समस्या बुझ्ने खालको हुनुपर्छ । महासंघको अबको नेतृत्वले व्यवसायीको हकहितको लागि सक्षम हुनु पर्छ । आजसम्मका नेतृत्वहरुले त्यति काम गर्न सकेको अवस्था छैन । उनीहरुले व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ ध्यान दिएका छैनन् । सम्बन्धित समाचार: कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्
बीमा समितिको प्रष्टिकरणः दम्पती बीमा बन्द गरिएको होइन
काठमाडौं । फागनु ७ गते बीमा समितिले एक परिपत्र जारी गर्यो । जहाँ लेखिएको छ- ‘बीमा समितिबाट पूर्व स्वीकृति लिएको तथा स्वीकृतिका लागि पेश हुने जीवन बीमा लेखहरुमा पति/पत्नी (स्पउज कभर) को सुरक्षण लाभ समावेश नगर्नु हुन यो परिपत्र जारी गरिएको छ ।’ परिपत्रका आधारमा समाचारहरु छापिए । श्रीमान् वा श्रीमती एकको बीमा गर्दा अर्कोले पनि लाभ लिन सक्ने गरी बीमा कम्पनीहरुले जारी गर्दै आएका बीमालेखहरु बिक्री गर्न अब बन्द भयो । जीवन बीमा कम्पनीहरुले फागुन ८ गते दम्पत्ति बीमालेख बिक्री गर्न नमिल्ने गरी सिस्टम पनि बन्द गरे । राष्ट्रिय बीमा संस्थान, नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, एलआईसी, एशियन लाइफ इन्स्योरेन्स लगायत नेपालका पुराना र अगुवा बीमा कम्पनीहरु समेत आश्चर्यमा परे कि बीमा समितिले किन दम्पती बीमा (ज्वाइट लाइफ कभर) लेख बन्द गर्यो ? ज्वाइट लाइफ कभर अर्थात दम्पती बीमालेख बिक्री बन्द किन गरियो ? विकासन्युजको प्रश्नमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने- ‘ज्वाइट लाइफ कभर’ रोकिएको होइन । ‘स्पउज कभर’ मात्र रोकिएको हो । परिपत्रमा प्रयोग भएको भाषा अलि प्रष्ट पार्नु पर्ने देखिएको उनले बताए । ‘स्पउज कभर भने पछि बीमा क्षेत्रका अनुभवी व्यक्तिहरुले बुझ्नु पर्ने हो । तर बजारमा दुविधा सिर्जना भएको हामीले पनि महसुश गरेका छौं’ उनले भने- ‘हामी यसलाई प्रष्ट पार्छौ । ‘ज्वाइट लाइफ कभर’ र ‘स्पउज कभर’ फरक ‘ज्वाइट लाइफ कभर’ र ‘स्पउज कभर’ मा फरक रहेको छ । स्पउज कभरमा एक जना मात्र बीमित हुन्छ । दोस्रो व्यक्ति बीमित हुँदैन । बीमितको पोलिसीमा बीमा कम्पनीले अतिरिक्त सुविधा दिन्छन् । त्यस्तो सुविधाले निम्त्याउने जोखिमको विश्लेषण गरिएको हुँदैन । त्यसले बीमा कम्पनीको लागि अतिरिक्त आर्थिक सिर्जना गर्छ । यस्तो पोलिसी मेटलाइफ इन्स्योरेन्स कम्पनीले बढी मात्रमा बिक्री गरेको पाइएको छ । पछिल्लो समय लघु बीमालेखमा स्पउज कभर हुने गरेको जानकारहरु बताउँछन् । तर ‘ज्वाइट लाइफ कभर’ मा भने बीमा लेखमा उल्लेखित दुबै जना बीमित हुन्छन् । दुबैको जोखिम भार गणना गरी प्रिमियम निर्धारण गरिएको हुन्छ । यस्तो बीमा पोलिसी बजारमा लैजानुपूर्व त्यसको बीमाङ्कीय मूल्याङकन पनि गरिएको हुन्छ ।
दाङबाट १ सय ७५ जनाले लिए अङ्गीकृत नागरिकता
तुलसीपुर । नयाँ संविधान विस २०७२ मा जारी भएपछि दाङ जिल्लाबाट १७५ ले अङ्गीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा भूपेन्द्र सिंह थापाका अनुसार आर्थिक वर्ष २०७२/७३ मा २६, २०७३/७४ मा २१, २०७४/७५ मा ३३, २०७५/७६ मा ३७ र चालु वर्षको हालसम्म ५८ ले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । अङ्गीकृत नागरिकता लिने अधिकांशमा नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको उनले जानकारी दिए । संविधानमा वंशज, अङ्गीकृत र आवासीय गरी तीन प्रकारले नागरिकता पाउन सकिने व्यवस्था छ । यसैगरी अङ्गीकृत नागरिकता वैवाहिक र जन्मको आधारमा दिइने प्रावधान रहेको जनाइएको छ । रासस
सञ्चारमन्त्रीको ७० करोडको अडियो सार्वजनिक भए पछि ओली-प्रचण्ड छलफलमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा भेटवार्ता भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसको डिल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो । स्रोतका अनुसार दुई नेतावीचको छलफलमा सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड घूसको डिल गरिरहेको अडियो विषयमा छलफल भएको छ । मन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउने या के गर्ने भन्ने विषयमा छलफल भएको स्रोतले बताएको छ । बिहीबार बिहान ११ बजे अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित एजेन्टसँग ७० करोड घुसका लागि डिल गरेको अडियो बुधबार राति सार्वजनिक भएको थियो ।
दुई लाख घुससहित इन्जिनियर सुरेशराज भट्ट प्रहरीको नियन्त्रणमा
काठमाडौं । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बैतडीका प्रमुख इन्जिनियर सुरेश राज भट्ट दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय प्रमुख भट्टलाई एक लाख रुपैयाँ घुसवापतको रकम लिएको अवस्थामा थप एक लाख स्रोत नखुलेको रकमसहित बुधबार साँझ पक्राउ गरेको हो। इन्जिनियर भट्टले चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी सम्झौता गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ। उनलाई कार्यालयस्थित निवासबाट रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, प्रतितोला ७७ हजार ६ सयमा कारोबार
काठमाडौं । बिहीबार सुन प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन एकै दिन ५ सय रुपैयाँ बढेको छ । पछिल्लाे समय सुनकाे मूल्य क्रमश बढ्दै गएकाे छ । बुधबार प्रतितोला ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन प्रतितोलामा ५ सय रुपैयाँ बढेर ७७ हजार ३ सय रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
पर्यटक भित्र्याउन नयाँ योजना बनाउँदै बाँके राष्ट्रिय निकुञ्ज
नेपालगञ्ज । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा बाँके राष्ट्रिय निकुञ्ज लागे पनि सोचेअनुसारको नतिजा ल्याउन सकेको छैन । गत आर्थिक वर्ष २०७५/०७६ मा निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक घुम्न आएको तथ्याङ्कले देखाउँछ । ती मध्ये बाह्य विदेशी पर्यटकको सङ्ख्या आठ मात्र रहेको छ । अन्य निकुञ्जका तुलनामा यस निकुञ्जमा पर्यटक कम आउने कारणको खोजी गरी नयाँ रणनीतिक योजना बनाउन लागिएको निकुञ्ज प्रमुख प्रमोद भट्टराईले जानकारी दिए । पर्यटक भित्र्याउने योजनाअन्तर्गत निकुञ्जले यहाँका जनप्रतिनिधि, होटल तथा यातायात व्यवसायी, पत्रकार, उद्योगी, व्यापारी र अन्य सरोकारवाला पक्षसँग छलफल कार्यक्रमको आयोजना गरी राय सुझाव लिने काम पनि गरिरहेको उनले बताए । बाँके जिल्लामा नेपाल भ्रमण वर्षको गतिविधि कम भएकाले निकुञ्जमा पर्यटकको उपस्थिति बढ्न नसकेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीमलाल कँडेलको जानकारी दिए । उनका अनुसार, भ्रमण वर्षलाई दृष्टिगत गरी सङ्घले नेपालगञ्जमा प्रथम सडक खाना महोत्सव (फुड फेस्टिबल) गर्न लागेको छ । यही फागुन २३ देखि २४ गतेसम्म हुने खाना महोत्सवमा भारतीय पर्यटक समेत भित्र्याउने सङ्घको योजना छ । करिब ५० हजारले अवलोकन गर्ने र रु दुई करोड बढीको कारोबार हुने लक्ष्य लिइएको महोत्सवमा आउने पर्यटकलाई बाँके निकुञ्ज पुर्याउने सकिने अध्यक्ष कँडेलले बताए । सो निकुञ्ज नेपालगञ्जदेखि २० किलोमिटर टाँढा पूर्व–पश्चिम राजमार्गको छेउमै अवस्थित छ । राजमार्गको चौबाटो कोहलपुर चोकवाट पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा अवस्थित यो पाटेबाघको मुख्य क्रिडास्थलका रुपमा समेत परिचित छ । निकुञ्जको मनमोहक प्राकृतिक छँटा, विभिन्न थरीका वन्यजन्तु, नदीनाला र विभिन्न जातिका परम्परागत आवास घर (होमस्टे) ले निकुञ्जको शोभा बढाएको छ । आठ वर्षअघि स्थापना भएको यो निकुञ्जमा पाटेबाघको सङ्ख्या २१ पुगेको निकुञ्जका प्रमुख भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार, पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएपछि पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुने क्रम बढेको छ । गाभर भ्याली सामुदायिक होमस्टे र चुरिया रेन्जले पनि निकुञ्जको शोभा बढाएको छ । होमस्टेका प्रमुख कृष्ण चौधरीका अनुसार, चुरे क्षेत्रमा हाइकिङको व्यवस्था भएकाले पनि यो निकुञ्ज पर्यटकको रोजाइँमा पर्ने विश्वास गरिएको छ । बाँकेमा भ्रमण वर्षको गतिविधि शून्यजस्तै भएरै अहिले होटल व्यवसायी मात्र होइन, स्थानीय निकाय पनि पर्यटक भित्र्याउने दौड र योजनामा लागिपरेका छन् । भ्रमण वर्षलाई दृष्टिगत गरी नेपालगञ्ज उपमहानगरपालिका–२२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीय स्थलका रुपमा निर्माण गर्नका लागि धमाधम काम अगाडि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट तालको पुनःनिर्माण भइरहेको नगर प्रमुख डा धवलशम्शेर राणाले बताए । विगतमा यो ताल पुरैना, पुरैनी तालको नामले चिनिन्थ्यो । नेपालगञ्जदेखि साढे दुई किलोमिटर पूर्व राप्ती सडकको किनारमा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको छ । कान्तिताल एउटा प्राकृतिक ताल हो । यो तालको पानी पहिला खेती सिँचाइका लागि प्रयोग गरिन्थ्यो । २०३९ देखि २०७२ सम्म ताललाई माछापालन गर्न ठेक्कामा दिने गरिएको थियो । अहिले आएर नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना अगाडि बढाएको हो । यसैगरी, नेपालगञ्जको ऐतिहासिक रानीतलाउ अहिले आएर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । डेढ दशक अघिसम्म जीर्ण अवस्थामा रहेको नेपालगञ्ज वडा नं ८ स्थित प्रसिद्ध ऐतिहासिक रानी तलाउको नेपालगञ्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेको सङ्ख्या बढ्दै गएको छ । नगर प्रमुख डा धवलशम्शेर राणाले स्थानीय तहको गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीयरुपमा विकसित गर्दै लगिएको बताएका छन् । पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन् । नेपालगञ्जकै अर्को ऐतिहासिक महेन्द्र पार्क पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । यो पार्कलाई ‘मिनी जू’ को पनि नाम दिइएको छ । पार्कमा मयुर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्न थरीका चरा रहेका छन् । सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाइने निर्णय गरेअनुरुप सोहीअनुसार नेपालगञ्ज उपमहानगरपालिकाले पनि यहाका पर्यटकीयस्थललाई आकर्षक बनाउने अभियान नै सञ्चालन गरेको नगर प्रमुख राणाले बताए । उनका अनुसार, नेपालगञ्जको यी दुई पार्कका साथै ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिरको विस्तार, नेपालगञ्जकै कान्तिताल र वाटरपार्कको निर्माण धमाधम भइरहेको छ । यसका साथै नेपालगञ्ज फोहरमुक्त बनाउन प्लाष्टिकजन्य वस्तुको व्यवस्थापनलाई पनि नगरपालिकाले आफ्नो कार्यक्रममा समेटेको छ । नेपालगञ्ज उपमहानगरपालिका जस्तै यहाका आठवटै पालिकाले पनि भ्रमण वर्षमा आआफ्नो क्षेत्रमा पर्यटक भित्र्याउन योजनाअनुसार कार्यक्रम तय गरेका छन् । “हामीले राप्तीसोनारी गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल भुँवरभवानीमा पर्यटकको पहुँच बढाउन सबैखाले संयन्त्र प्रयोग गरेका छौँ”, सो गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले भने । रासस
फागुन १४ र १५ गते पहिलो लगानी सम्मेलन हुँदै
रोल्पा । रोल्पा नगरपालिकाले यही फागुन १४ र १५ गते लिवाङमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा उद्योग, व्यापार पर्यटन तथा जलविद्युत्को क्षेत्रमा व्यक्ति एवं विज्ञको सहभागिता रहने छ । जलविद्युत्, पर्यटन, कृषि तथा उद्यमका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ सम्मेलन गर्न लागेको नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए । उनले जिल्लामा लगानीको राम्रो सम्भावना रहेकोे र सम्मेलनपश्चात् ऊर्जा, कृषि तथा पर्यटनको क्षेत्रमा प्रगति हुने बताए । जिल्ला समन्वय समिति तथा उद्योग वाणिज्य सङ्घ सम्मेलनको सहआयोजनक रहेका छन् । सम्मेलनले ऊर्जा तथा पर्यटन क्षेत्रको लगानीको ढोका खुल्ने विश्वास लिएको आयोजक समितिका सहसंयोजक विश्वकुमार चन्दले बताए । रासस