विकासन्युज

एनसेलले ल्यायो नयाँ अफर, फागुन १५ गतेदेखि लागू हुने, कसरी लिने सुविधा ?

काठमाडौं । एनसेलले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ ।  कम्पनीले यही बिहीबार (फागुन १५) देखि लागु हुने गरी उक्त अफर ल्याएकाे हाे । यो अफर अन्तर्गत ग्राहकले १०० रूपैयाँ र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदा लिन सक्नेछन् । भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याईएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रति मिनेट (कर सहित रु १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् । भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागु हुनेछ । यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एष्ट्रिक१७१०६ह्यास् डायल गरी आफुलाई अफरमा निःशुल्क रुपमा सहभागि गराउन सक्छन् । यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसिमा रहेका छुटबाट लाभ लिन सक्नेछन् । ग्राहकहरुले १०० रूपैयाँ रिचार्ज गर्दछन् भने ९९ पैसा प्रतिमिनेट छुटको लाभ ७ दिनका लागि पाउनेछन् । रु २००, रु ३०० र रु ५०० रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् । यसैगरी ग्राहकहरुले १ हजार रूपैयाँ रिचार्ज गर्दछन् भने यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन् । यो अफर ९० दिन सम्म संचालनमा रहनेछ । ग्राहकले एष्ट्रिक१७१०६एष्ट्रिक१ह्यास् डायल गरी आफुले सुचारु गरेको अफरको समयसिमा सजिलै थाहा पाउन सक्नेछन् ।

ललितपुर उद्योग वाणिज्य संघले चैत २६ गतेदेखि अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघले आगामी चैत २६ गतेदेखि ललित अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दै छ । संघले सो दिनदेखि ३० गतेसम्म ललितपुरको पुल्चोक स्थित मदन स्मारक स्कुलको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागेको हो । संघले ललितपुरमा उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय स्तरमा बजार विस्तार गर्न र विभिन्न देशमा उत्पादित सामग्रीको बजारको रुपमा ललितपुरलाई विकसित गर्न सो मेला गर्न लागेको हो । राजधानीसंगै जोडिएको जिल्ला भएपनि ललितपुर जिल्लाको विकासमा राज्यको ध्यान अपेक्षाकृत रुपले परेको छैन । ललितपुर जिल्लाको आफ्नै सामथ्र्य र सम्भावनालाई मूर्त रुप दिने सम्बन्धमा ध्यानाकर्षण गर्न पनि यस मेला आयोजना गरिएको संघले जनाएको छ । यो मेला ललितपुर महानगरपालिकासंगको सहकार्य र इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रा.लि.को बजार व्यवस्थापन तथा मेला व्यवस्थापनमा आयोजनामा गर्न लागिएको हो । जसमा करिब १२० सय वटा स्टलहरु रहने छ । भारत, पाकिस्तान, बंगलादेश, भुटान लगायत विभिन्न देशको ४० वटा स्टल रहने छ । उक्त मेलामा नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्रीहरुको स्टल रहने छ । मेलाबाट स्वेदशी व्यवसायी, बिक्रेताहरुलाई आफ्नो उत्पादन अन्तर्राष्ट्रिय रुपमा विस्तार गर्ने अवसर प्राप्त हुने छ । विभिन्न देशका व्यवसायीहरुबीच आपसी अध्ययन तथा ज्ञान, सीप आदानप्रदान हुनुका साथै पर्यटन र व्यवसायिक विकासमा पनि मेलाले टेवा पुर्याउने संघ विश्वास रहेको छ ।  साथै, यस मेलाले नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई सफल पार्न केहि हदसम्म भए पनि टेवा पुग्ने संघको विश्वास रहेको छ ।

नेपाल चेम्बर अफ कमर्सलाई टर्कीस एयरलाइन्सको हवाई यात्रामा छुट

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सलाई टर्कीस एयरलाइन्सको हवाई यात्रामा छुट हुने भएको छ । टर्कीस एयरलाइन्सले नेपाल चेम्बर अफ कमर्सलाई इकोनमी क्लासमा ७ प्रतिशतसम्म र बिजनेस क्लासमा १० प्रतिशतसम्म छुट दिने भएकाे हाे । सो सम्बन्धि दुई संस्थाबीच आपसी समर्थन, लाभ र सहयोगको पहिचान स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्सबीच संस्थागत स्तरबाट र व्यक्तिगत स्तरमा सम्बन्ध विस्तार गर्ने कार्यक्षेत्रको सराहना भएको छ । यस समझदारीले दुई पक्ष दुवैका बीचमा राम्रो समन्वयको भावना जगाउँछ । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीचमा हस्ताक्षर समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्ससँग आवद्ध सदस्यहरूलाई उड्डयन सुविधाको क्षेत्रमा सहयोग गर्ने सहुलियत प्रदान गर्ने सहमति भएको छ । तर यो छुट प्रवद्र्धनात्मक प्रस्ताव र कोडशेयर उडानमा लागू नहुने टर्कीस एयरलाइन्सले जानकारी दिएको छ । यस समझदारी पत्रले कुनै कुरा थप, परिवर्तन र संशोधन सुझाव दिन अधिकार सुरक्षित राख्छ । यस कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्सबीच बिद्ययमान सम्बन्धलाई मध्यनजर गर्दै नेपाल टर्कीसबीच आर्थिक तथा पर्यटन प्रवद्र्धनको लागि कोसेढुङ्गाको काम गर्ने बताए । उनले नेपाल चेम्बर अफ कमर्स र टर्कीस चेम्बर अफ कमर्सबीच व्यवसायिक लगानी, पर्यटन र व्यापार गर्ने सहकार्य भएको बताए ।

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णुकुमार अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनित भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ्ग काउन्सिल र पदाधिकारी समितिको हालै सम्पन्न बैठकले परिसंघको विधानको व्यवस्था अनुसार उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो । वरिष्ठ उपाध्यक्षमा मनोनित विष्णु कुमार अग्रवाल परिसंघको उपाध्यक्षमा कार्यरत छन् । परिसंघमा विगत डेढ दशकदेखि राष्ट्रिय परिषदको सदस्यका साथै विभिन्न समितिको संयोजकको रुपमा सेवा गर्दै आएका छन् । परिसंघको विगत १३औँ वार्षिक साधारण सभापछि उपाध्यक्ष पदमा निर्वाचित उनी नेपालको विभिन्न उद्योग, बैँक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायसँग आवद्ध छन् । परिसंघसँग आवद्ध सीएनआई-वाईईएफको संस्थापक समेत रहेका अग्रवाल परिसंघबाट विगत वर्षहरुमा आयोजित तीन वटा पूर्वाधार सम्मेलनहरुको सफल आयोजना गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन् । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा परिसंघको स्वतः अध्यक्ष हुने प्रावधान छ ।

उच्च शिक्षाका ठगहरुबाट बच्न एनओसीलाई अनलाईन प्रणालीमा लैजानुपर्छ: ईक्यान

काठमाडौं । उच्च शिक्षा अध्यनको लागि शिक्षा मन्त्रालयले प्रदान गर्न नो अब्जेक्सन लेटर (एनओसी) अनलाईन प्रणालीमा लैजान नेपाल शैक्षिक परामर्श स‌घ ईक्यानले माग गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै ईक्यान्ले एनओसी अनलाईन प्रणालीमा लैजान ईक्यानले माग गरेको हो । शिक्षा मन्त्रालयले प्रदान गर्न एनओसी अनलाईन प्रणालीमा नहुुँदा बिचौलियहरुले फाइदा उठाउँदै नक्कली कागजात बनाएर सोझासाझा विद्यार्थीलाई फसाएको ईक्यानको आरोप छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट एनओसी नक्क्ली भएको भन्दै ५८ विद्यार्थी फर्काईएका थिए । ईक्यानले सो घटनालाई उदाहरण दिदैँ एनओसीलाई अनलाईन प्रणालीमा लैजान माग गरेको छ । यस्तैे सरकारी निकायको समन्वयात्मक व्यवस्थापन कमजोरीका कारण यात्रा गर्न नपाई मर्कामा परेका विद्यार्थीलाई पर्न गएको आर्थिक तथा मानसिक क्षतिपूर्ती दिन पनि माग गरेको छ । साथसाथै उक्त घटनाका दोषी र निजले सेवा लिएको परामर्शदाताको संलग्नता देखिएमा परामर्शदाता समेतलाई कडाभन्दा कडा कारबाही गर्न तथा निर्दोष विद्यार्थीको क्षति भएको हवाई टिकट वापतको रकम निज वा निजले तोकेको परिवारको सदस्यमार्फत् क्षतिपुर्ति दिलाउन ईकयानले माग गरेको छ । आपलुहरुले नेपाल सरकार शिक्षा मन्त्रालय समक्ष बारम्बार यस सम्बन्धि आग्रह गर्दै आए पनि कतैबाट सुनुवाई नहुँदा निर्दोष विद्यार्थीले समस्या भोग्नु परेको विज्ञप्तीमा उल्लेख छ ।

ललितपुरका सुरजले जिते रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको निवन्ध प्रतियोगिता

पोखरा । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको स्मृतिमा स्थापित रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको राष्ट्र व्यापी अन्तर कलेज निवन्ध प्रतियोगितामा ललितपुरका सुरज परियार प्रथम भएका छन् । उनी रिट्ज कलेजमा इन्जिनियरिङ्ग विषय तर्फ प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । त्यस्तै द्वितीय त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ्ग क्याम्पस विराटनगरमा स्नातक तह दोस्रो बर्षमा अध्ययनरत मनिता योङहाङ र तृतीय सुष्मा गोदावरी कलेज, इटहरी सुनसरीमा स्नातक तहमा अध्ययनरत ओखल ढुंगाका रामचन्द्र अधिकारी भएका छन् । ‘विकास, राजनीति र रविन्द्र अधिकारी’ विषयमा आयोजित निवन्ध प्रतियोगितामा नेपाल भरीका स्नातक तह र सो भन्दा माथी अध्ययनरत ५२ जना विद्यार्थीहरूका निवन्धहरू समावेस गरिएको थियो । सो निवन्धमा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ नगद र प्रमाण-पत्र प्राप्त गरिने छ । विजयी प्रतियोगीहरूलाई अधिकारीको प्रथम स्मृति दिवसका अवसरमा पोखराको सभागृहमा फागुन १५ गते बिहान ११ बजे आयोजना हुने स्मृति सभामा पुरस्कृत गरिने प्रतियोगिताका संयोजक डोलराज पाण्डेले जानकारी दिए ।

एभरेष्ट बैंकका ग्राहकले सोल्टी होटलमा १० प्रतिशत छुट पाउने

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकले काठमाडौं र नेपालगञ्जको सोल्टी होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । यस सम्बन्धि एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज् प्रा.लि.बीच एमओयूमा हस्ताक्षर भएको छ । सम्झौता भएसँगै एभरेष्ट बैंकका ग्राहकहरुले काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जमा अवस्थीत सोल्टी वेस्टइन्डमा सो मात्राको छुट पाउने छन् । यी दुबै पाँच तारे होटल हुन् । यससँगै एभरेष्ट बैंकका ग्राहकले निर्धारित मुल्यमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । उक्त सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन् । एभरेष्ट बैंक सदैव ‘सभिर्स वीथ स्माइल’ नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको छ ।

डिशहोमले ल्यायो नेपालकै पहिलो भोजपुरी च्यानल

काठमाडाैं । डिशहोमले भरपुर मनोरञ्जनले भरिएको भोजपुरी च्यानल संचालनमा ल्याएको छ । बिगत लामो समय देखी नेपाली दर्शकको मनोरञ्जनको चाहाना लाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु संचालन गर्दै आएको छ । डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, वालवालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै वसेर नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल संचालन गरिरहेको मा भोजपुरी भाषाको मनोरञ्जनात्मक ‘भोजपुरी म्याजिक’ नामक च्यानल पनि शुरु गरेको छ । भोजपुरी चलचित्र र गीतहरु प्रशारण हुने यस च्यानलले नेपाली दर्शक लाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने छ । साथमा भोजपुरी भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रशारण गरिने छ जस वाट क्षेत्रिय भाषाको गीत गाउने स्थानिय कलाकारको प्रतिभा लाई समेत नेपाल भर पु¥याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ । आगामी दिनहरुमा पनि डिशहोमको ग्राहकहरुको मनोरञ्जनका लागी भिन्न खालका सामाग्री प्रशारण हुने विभिन्न च्यानलहरु थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको छ ।