काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनाली सिकिस्तै भएका छन् । बिहीबार बिहान महोत्तरीको बर्दिबासमा दुर्घटनामा परेका उनको अवस्था गम्भीर रहेको एक स्रोतले जनाएको छ ।
हाल काठमाडौंको ग्राण्डी अस्पतालमा उनकाे उपचार हुँदै छ । उनी अहिले ग्राण्डीकाे आईसीयूमा छन् ।
उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।
बिहान भएको कार दुर्घटनामा सिपी मैनालि सहित उनका छोरा, बुहारी र नाति सख्त घाइते भएका छन् । बुहारीको दुइटै खुट्टा भाचिएको छ । छोरा सामान्य घाइते भएकी छिन् भने नातिको मुखमा चोट र खुट्टा फ्याक्चर भएको एक स्रोतले जानकारी दिएको छ ।