विकासन्युज

अब त्रिविकाे सर्टिफिकेटमा सेक्युरिटी फिचर, नक्कली र सक्कली सजिलै छुटिने

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो । ट्रान्सक्रिप्ट लिन विद्यार्थीले अब ५ गुणासम्म बढी शुल्क तिर्नु पर्ने भएको छ। प्रवीणता प्रमाणपत्र तहको लागि २ हजार, स्नातकका लागि २ हजार २ सय, स्नातकोत्तर तह र एमफिलका लागि २ हजार ५ सय र विद्यावारिधिका लागि ३ हजार तोकिएको जानकारी परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। अहिले त्रिविले स्नातक तहलाई ४ सय ५० र स्नातकोत्तर तहका लागि ५ सय शुल्क लिँइदै आएको छ। बाक्लो गाता (फोल्डर)मा प्रोभिजनल सटिर्फिकेटसहित दिइने नयाँ ट्रान्सक्रिप्ट अहिलेको भन्दा पाँच गुणा बढी शुल्क लाग्ने परीक्षा नियन्त्रक जोशीले बताए। नक्कली ट्रानस्क्रिप्ट लिने क्रम बढेकाले त्यसलाई रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने जानकारी दिएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)का नियन्त्रक जोशीले त्रिवि प्राज्ञिक परिषद्बाट निर्णय गरी सोसम्बन्धी प्रक्रिया सुरु गरिएको जानकारी दिए। उनका अनुसार उक्त ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ। त्यसको  बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहनेछ जसलाई ‘गुलुची’ भनिन्छ। त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाइन्छ। ‘अहिले बजारमा त्रिविकै नक्कली ट्रान्सक्रिप्ट बनाउने गरिएको छ,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘त्यसलाई रोक्न सेक्युरिटी फिचर भएको ल्याउन लागिएको हो।’ पानीमा नभिज्ने र नच्यातिने विशेषता नयाँ ट्रान्सक्रिप्टमा हुने जनाइएको छ। सबैलाई एउटै किसिमको दिइने ती ट्रान्सक्रिप्टको बाहिरी गाता भने पाँच किसिमका हुनेछन्। अहिले वितरण हुने ट्रान्सक्रिप्ट समान छैनन्। अन्य सङ्कायभन्दा चिकित्सा र इञ्जिनियरिङ विषयका भने फरक–फरक ट्रान्सक्रिप्ट छन्। सबैलाई समान खालको दिन सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिन लागिएको हो। नियन्त्रक जोशीले विसं २०७७ बाट परीक्षा दिने विद्यार्थीलाई उक्त ट्रान्सक्रिप्ट वितरण गरिने जानकारी दिए। ‘त्यसको ढाँचा तयारी गरिएको छ,’उनले भने, ‘अब केही दिनमा बोलपत्र आह्वान गर्ने तयारीमा छौं।’ ट्रान्सक्रिप्टमा सम्बन्धित विद्यार्थीको फोटोसमेत राखिनेछ। विसं २०१६ मा स्थापित त्रिविले विसं २०५४ बाट मात्र छापेर ट्रान्सक्रिप्ट दिन थालेको हो। पनिकाले तह अनुसारका रातो, हरियो, निलो, खैरो र बैजनी रङ्गका पाँच प्रकारका फोल्डरभित्र ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट राखेर दिनेछ। यसैगरी त्रिविले चैत १५ गतेदेखि अब सबै सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले अब सबै सङ्कायको फाराम भरेको २४ घण्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको परीक्षा नियन्त्रक जोशीको भनाइ छ। त्रिविले विसं २०७५ बाट त्रिवि परीक्षा व्यवस्थापन सूचना प्रणाली लागू गरेर मानविकी र शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिँदै आएको छ।

पर्वतकाे दृष्टीबिहिन विद्यार्थीलाई ग्लोबल आईएमई बैंकको सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले पर्वत जिल्लाको दृष्टीविहिन विद्यार्थीहरुलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरेको हो । उक्त सामाग्रीहरु सांसद गिरी र ग्लोबल आइएमई बैंक कुश्मा शाखाका शाखा प्रमुख प्रकाश शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडी, विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाँई लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । ग्लोबल आइएमई बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ ।

एफवान सफ्टद्वारा ‘क्वीक भुक्तानी’ प्लाटफर्मको शुरुवात, मेगा बैंकसहित तीन कम्पनी सम्मानित

काठमाडौं । एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्मको कार्य सुरुवात भएको गरेकाे छ । उक्त प्लाटफर्मको काम सुरु भएकाे अधिकारिक घोषणा गर्दै कम्पनीले यसका प्रथम प्रयोगकर्ताहरुलाई सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा प्रथम बैंकको रुपमा मेगा बैंक, प्रथम क्रेता कम्पनीको रुपमा हामा कन्सट्रक्सन प्रा. लि. र प्रथम बिक्रेता कम्पनीको रुपमा बि एल स्टील प्रा. लि. रहेका छन् । ‘क्वीक भुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रम सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । आवद्ध बैंकहरुले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराँदछन् भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्दछ । ‘क्वीक भुक्तानी’ यस्तो अनलाईन प्लाटफर्म हो जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर), ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ । सप्लायरले, यो प्लाटफर्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ ।

बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना सङ्क्रमण, हालसम्म ६ जनाको मृत्यु

काठमाडौं । बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको सङ्क्रम भएको छ । बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । हालसम्म बेलायतमा ३ सय ८२ जनामा सङ्क्रमण भएको र ६ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संघले जनाएको छ । उनलाई के कसरी कोरोना भाइरसको सङ्क्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ । बेलायतमा अहिलेसम्म ३ सय ८२ जनामा सङ्क्रमण भएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अष्ट्रेलियामा भने सङ्क्रमितको सङ्ख्या ११२ पुगेको छ । स्वास्थ्य विभागले बुधबारसम्म थप १२ जना थपिएर सङ्क्रमितको सङ्ख्या ११२ पुगेको बताएको छ । मृत्यु हुनेको सङ्ख्या भने तीन मात्रै रहेको पनि विभागले उल्लेख गरेको छ । यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका लागि १.५५ अर्व अमेरिकी डलर छुट्याइएको घोषणा गरे । उनले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिए । यसैगरी दक्षिण कोरियामा थप २ सय ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै देशभरी कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७ हजार ७ सय ७५ पुगेको छ । अष्ट्रेलियामा भने बुधबारमात्र १२ जना थपिएर सङ्क्रमितको सङ्ख्या १ सय १२ पुगेको बताएको छ । मृत्यु हुनेको सङ्ख्या भने ३ मात्रै रहेको रहेका छन् । त्यसैगरी थप ६ जनाको मृत्यु भएको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ६१ पुगेको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट सङ्क्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन् । जापानमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणका अनुसार सङ्क्रमितको सङ्ख्या बढेर ५ सय ६८ पुगेको छ । उनीहरुले कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जनाइएका छन् । कोरोनाको सुरुवात भएको देश मानिने चीनमा भने अहिले नयाँ बिरामी थपिनेक्रम घटेको छ । केही दिनअगाडिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा बुधबार थप २४ जना नयाँ बिरामी भेटिएका छन् । त्यसैगरी थप २२ जनाको मृत्यु भएको जनाइएको छ । उता अमेरिकामा सङ्क्रमितको सङ्ख्या १ हजार नाघेको छ । स्वास्थ्य अधिकारीका अनुसार कूल संक्रमितको सङख्या १ हजार १ पुगेको हो भने मृत्युहुनेको सङ्ख्या २८ पुगेको छ । त्यस्तै वासिङट्नमा २ सय ६०, न्यूयोर्कमा १ सय ७३, क्यालिफोर्नियामा १ सय ४४ जनामा कोरोना भाइरस सङ्क्रम भएको पुष्टी भएको जनाएको छन् । रासस/सिन्ह्वा

प्रधानमन्त्रीकी मृगौला दाता समिक्षा भइन् डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्रीकी मृगौला दाता समिक्षा  संग्रौला डिस्चार्ज भएकी छिन् । संग्रौला बुधबार डिस्चार्ज भएकी हुन् । प्रधानमन्त्री सल्लाहकार विष्णु रिमालले ट्वीटर मार्फत उनी डिस्चार्ज भएको जानकारी दिएका हुन् । गत बुधबार समीक्षाले प्रधानमन्त्रीलाई मृगौला दान गरेकी हुन् । उनले आफ्नो बायाँतर्फको म्रगौला ओलीलाई दिएकी हुन् ।

काठमाडौं भ्यु टावर: भेटवालको आत्मसमर्पणले निर्माण कार्य सुस्ताएकाे हाे ?

काठमाडौं भ्यु टावरका ठेकेदार मनोज भेटवाल प्रहरीको नियन्त्रणमा रहेसँगै निर्माणाधीन भ्यु टावरको काममा सुस्तता देखिएको छ । केही दिन अघि मात्र दुई सय पचासभन्दा बढी कामदार लगाएर निर्माण भइरहेको भ्यु टावरमा आजभने कामदारको उपस्थिति पनि न्युन देखिएको छ । यसले पनि भ्यु टावर निर्माणमा असर पारेको बुझ्न सकिन्छ । निर्माण कम्पनी भने राति ११ बजेसम्म काम गरिहेहको बताउँछ । काठमाडौं महानगरिपालिका २८ पूरानो बसपार्कमा निर्माधीन रहेको भ्यु टावर निर्माण थालिएको तीन वर्ष बिते पनि प्रगति भने निराशाजनक छ । निर्माण कार्य शुरु भएको तीन वषए बितिसक्दा पनि हालसम्म भ्यु टावरको जगसमेत तयार भएको छैन । विगतका दिनहरुमा त्यति राम्रो कार्य नगरेपनि केही महिनादेखि भ्यु टावरको निर्माण कार्य उत्साहजनक रुपमा भइरहेको थियो । तर, अहिले ठेकेदार भेटवाल प्रहरीको नियन्त्रणमा रहेसँगै त्यसको असर निर्माण कार्यमा परेको बुझ्न सकिन्छ । काठमाडौं महानगरिपालिकाले २०६८ सालमा पूरानो बसपार्क हटाएर सार्वजनिक– निजी साझेदारी मोडलमा बहुपयोेगी व्यावसायिक कम्प्लेक्स बनाउने योजना अघि सारेको थियो । सोही अनुसार टावर निर्माण र सञ्चालनको ठेक्का जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पाएको थियो । सो कम्पनीले भाडामा लिएको जग्गामा व्यापसयिक कम्प्लेक्स निर्माण गरी ३० वर्षसम्म प्रयोग गर्ने र त्यसपछि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । सम्झौतामा २९ तले भ्यु टावर निर्माण गरिने उल्लेख गरिएको छ । भने भ्यु टावर निर्माणको सम्पूर्ण निर्माणको लागत साढे सात अर्ब लाग्ने बताइएको छ । काठमाडौं महानगरिपालिकाका अनुसार भ्यु टावरको निर्माण कार्य सुस्त हुनु भनेको कम्पनीलाई नोक्सान हुनु बुझ्नु पर्ने बताउँछ । कम्पनीले निर्माण भइरहेको जमिनको भाडार सम्झौता बमोजिमको प्रिमियम रकम बुझाउनु पर्ने भएकोले यसमा महानगरपालिकाले कूनै प्रतिक्रिया दिँदैन । महानगरपालिकाले खुलामञ्चको २३ रोपनी अर्थात ११ हजार ८ सय ९० वर्गकिलोमिटर जग्गा वार्षिक ७० लाख रुपैयाँ भाडा बुझाउने गरी सम्झौता भएको छ । बनेपछि भने वार्षिक २ करोड ७० लाख महानगरलाई दिने उल्लेख छ । भ्यु टावरमा सपिङ मल, पार्किङ स्थल, कार्यालय भवन, चमेनम गृहलगायतका संरचना बनाउन सम्झौता पत्रमा उल्लेख गरिएको छ । यो परियोजनामा जलेश्वर हाउजिङ प्रालिको ५१ प्रतिशत सेयर, स्वच्छन्द निर्माण सेवाको २५ प्रतिशत र बिकोई बिल्र्डसको २४ प्रतिशत सेयर रहेको छ । २९ तले भ्यु टावर भनिए पनि सुरुमा १२ तले बनाई पछि थप्दै जाने निर्माण कम्पनीको योजना रहेको भेटवाल नजिक एक स्रोतको भनाइ छ । उनका अनुसार दुई तले भूमिगत पार्किङ रहने छन् । जसमा ३ सयभन्दा बढी गाडी अटाउ सक्ने छन् । पहिलो तलामा बसपार्कका काउन्टर, दोस्रो तलामा सूचना डेक्स,तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहने उनको भनाइ छ । त्यस्तै, बैंक तथा वित्तीय कारोबार गर्ने स्थान, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेष्टुरेण्ट तथा पुस्तकालय पनि रहनेछन् । काममा सुस्तता रहेपनि निर्माण कम्पनी भने अबको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने दाबी गर्छ ।

अर्थतन्त्रमा कोरोना असरः राष्ट्र बैंकको नजरमा ५ क्षेत्र बढी जोखिममा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) ले सबैभन्दा असर पार्ने नेपाली अर्थतन्त्रको ५ क्षेत्र पहिचान गरेको छ । नेपालको पर्यटन, रेमिटान्स, प्रत्येक्ष विदेशी लगानी, शोधनान्तर अवस्था र वित्तीय स्थायित्वमा धेरै असर पार्ने राष्ट्र बैंकको भनाइ छ । नेपालको व्यापारिक सम्बन्ध भएका देश, रोजगारी प्रदान गर्ने प्रमुख राष्ट्र तथा पर्यटकीय सम्भावना उच्च भएका देशको अर्थतन्त्रमा पनि असर परेको र नेपालको आन्तरिक अर्थ व्यवस्था पनि कमजोर हुने भएकोले यी ५ क्षेत्रमा सबैभन्दा बढी असर देखिने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । ‘पर्यटन क्षेत्रमा अहिले नै गम्भीर असर देखिइसकेको छ, रेमिटान्स आयमा पनि असर देखिने संकेत मिलेको छ, वाह्य क्षेत्रको चुनौति बढ्ने तथा नेपालको वित्तीय स्थीरतामा प्रतिकूल असर पर्ने देखिन्छ,’ राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुखसमेत रहेका प्रवक्ता डा. भट्टले विकासन्युजसँग भने । विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरसको असर सबैभन्दा पहिला नेपालको पर्यटन क्षेत्रमा देखिएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको थियो । सरकारको यस्तो घोषणा र तयारीलाई केन्द्रीत गरेको निजी क्षेत्रले पनि पर्यटन क्षेत्रमा लगानी बढाएको थियो । सरकारले नेपाल भ्रमण वर्ष मनाउने भएपछि निजी क्षेत्रले एयरलाइन्स, होटल, रेष्टुरेन्ट तथा लज, ट्राभल, ट्रेकिङ जस्ता पर्यटकीय व्यवसायसँग सम्बन्धित क्षेत्रमा लगानी बढाएका थिए । तर, विश्वभर कोरोना संक्रमण बढेसँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको प्रचार प्रसार लगायतका प्रायः सबै गतिविधि अनौपचारिक रुपमा रोकिएका छन् । कोरोना प्रभावको कारण विश्वका अधिकांश देशले अन्तराष्ट्रिय हवाई उडान रद्द गरेका छन् । कतिपय देशहरुमा त अन्य देशसँगको हवाई सम्पर्क नै टुटेको छ । आफूहरुको व्यवसाय चौपट भएको भन्दै हवाई सेवा संचालक संघले बैंकबाट लिएको ऋणको नियमित किस्ता, बीमा शुल्क जस्ता भुक्तानीमा समेत समस्या भएको बताएको छ । कोरोना संक्रमण बढेसँगै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको छ । यद्यपि नेपालमा कोरोना संक्रमण पुष्टी भने अझै भएको छैन । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको उच्च जोखिममा राख्नु र नेपाल भ्रमणमा आउने पर्यटकको देशमा पनि कोरोना संक्रमण बढ्नु जस्ता कारणले होटल बुकिङ रद्द भएका छन् । नेपाल आउने पर्यटकको कमी हुने तथा पहिला बुकिङ भइसकेको पनि रद्द भएकोले होटल क्षेत्र कोरोनाबाट अधिक प्रभावित भएको छ । कोरोना भाइरस सन्त्रासको कारण पर्यटक आगमन कम भएर नेपालमा प्राप्त हुने ट्राभल आय घट्ने डा. भट्टले बताए । यद्यपि कोरोना संक्रमण देखिनु अघि नै पनि नेपालमा आउने पर्यटक गत वर्षको तुलनामा कम थियो । यस्तै, कोरोना सन्त्रासको कारण आन्तरिक पर्यटनमा पनि कमी आएको छ । आन्तरिक पर्यटनमा कमी आउँदा बन्द व्यापार, उद्योग, यातायात जस्ता क्षेत्रका आर्थिक गतिविधि कम भएका छन् । कोरोना भाइरस संक्रमणको कारण नेपाली अर्थतन्त्रको मेरुदण्ड जस्तै बनेको रेमिटान्स आयमा कमी देखिने भएको छ । नेपालीलाई सबैभन्दा धेरै रोजगारी दिइरहेका खाडी देशमा कोरोना संक्रमण फैलिएको, पेट्रोलियम पदार्थको मूल्य घटेका कारण ती देशको अर्थतन्त्रमा अर्काे प्रकारको समस्या देखिएकोले रेमिटान्स घट्न सक्ने अनुमान राष्ट्र बैंकको छ । आर्थिक गतिविधिमा शिथिलता आउँदा बैंकिङ क्षेत्रबाट प्रवाह भएको ऋणको नियमित किस्ता भुक्तानीमा समस्या उत्पन्न हुने र त्यसले वित्तीय स्थीरतामै समस्या पार्न सक्ने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ । कोरोना संक्रमणको विस्तारकै कारण नेपालमा आउने प्रत्येक्ष विदेशी लगानी पनि घट्ने देखिएको छ । रेमिटान्स र प्रत्येक्ष विदेशी लगानीमा कमी आउँदा नेपालको शोधनान्तर अवस्थामा समस्या आउन सक्ने आकलन राष्ट्र बैंकको छ । तर, नेपालमा उत्पन्न भएको असहज अवस्थालाई दृष्टिगत गरी विदेशी अनुदान र ऋण धेरै आयो भने शोधनान्तर अवस्थामा खासै समस्या देखिने छैन । सम्बन्धित सामग्री कोरोनाले नेपाली अर्थतन्त्रको खम्बा हल्लायो, आधा रेमिटान्स आउने देशमा नेपालीलाई ‘नो इन्ट्री’

एकै दिन २७४ मोटरसाइकल प्रहरी नियन्त्रणमा

लहान । ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ । होलीपर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लहान, इलाका प्रहरी कार्यालय मिर्चैया, इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका सबै सवारी साधनलाई जरिवाना तिराएर छाडिने प्रहरीको भनाइ छ । यस्तै, होलीमा विभिन्न विषयलाई लिएर मादक पदार्थ झैझगडा गर्ने, जबर्जस्ती रङ दल्ने, महिलामाथि दुव्र्यवहार गर्ने छ जनालाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् । लागुऔषधसहित एक युवक पक्राउ प्रहरीको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहा नगरपालिका–१२ राधाकृष्ण मन्दिर छेउबाट एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले लागुऔषधसहित सिरहाको कल्याणपुर नगरपालिका–६ निवासी २७ वर्षीय मोहमद मुम्ताजलाई पक्राउ गरेको हो । पक्राउ परेका मुम्ताजको साथबाट नाइट्राजेपान आठ थान, नाइट्राभेट ४५ थान बरामद भएको प्रहरीले जनाएको छ । रासस