विकासन्युज

म्याग्दी खोलामा मलेशियाली कम्पनीले लगानी गर्ने, अनुमान लागत १० कराेड अमेरिकी डलर

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकामा निर्माण हुन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनामा मलेशियाको सेर्वा दिनामिक कम्पनीले लगानी गर्ने भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी हाइड्रोभिलज प्रालि र सेर्वा दिनामिकबीच शेयर खरिद, इञ्जिनीयरिङ, निर्माण र उत्पादन (इपिसिसी) मा सहभागी हुने सम्झौता भएको हो । मलेशियाको सेर्वा दिनामिक होल्डिङ्स बर्हाडको सहायक कम्पनी सेर्वा दिनामिकले परियोजनाको सञ्चालन तथा मर्मत पनि गर्ने सम्झौतामा उल्लेख छ । सम्झौतामा सेर्वा दिनामिकका तर्फबाट डा इर मोहम्मद अब्दुल करिम बिन अब्दुल्लाह तथा हाइड्रोभिलेजका प्रबन्ध निर्देशक सुशील पोखरेलले हस्ताक्षर गरेका छन् । सेर्वा दिनामिकअन्तर्गतका कम्पनीको समूहमा अन्तर्राष्ट्रिय ऊर्जा सेवा प्रदायक पनि छ जसले विश्वका विभिन्न पाँच क्षेत्रमा इञ्जिनीयरिङ सेवादेखि सञ्चालन तथा मर्मत, खरिद, निर्माण र उत्पादन गर्दै आएको छ । दश करोड अमेरिकी डलर लागत अनुमान गरिएको म्याग्दी खोलाको २०७५ असोज पहिलो हप्ता नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो । च वर्षमा विद्युत् उत्पादन गर्ने सम्झौतामा उल्लेख छ । आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदमा आठ रुपैयाँ ४० पैसा र वर्षात्मा चार रुपैयाँ ८० पैसाका दरले खरिद गर्नेछ । म्याग्दी खोलामा नदी प्रवाही (आरओआर) आयोजनाको बाँध धौलागिरि गाउँपालिका–४ मुदीको दोभान र विद्युत्गृह बगरको जेल्तलुङमा प्रस्ताव गरिएको छ । बाँधसम्म पुग्न कल्लेनीदेखि २४ किलोमिटर पहुँचमार्ग खन्नुपर्छ । अपर म्याग्दीखोला जलविद्युत् आयोजनाले नाउराको भिरसम्म पहुँचमार्ग खन्न शुरु गरेको छ । आयोजनाबाट उत्पादित विद्युत् मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा निर्माण हुन लागेको सवस्टेशनबाट १३२ केभी प्रसारण लाइनमा जोडिने छ । प्राधिकरणले डाँडाखेतमा सवस्टेशनसँगै त्यहाँदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटसम्म प्रसारण लाइन र राहुघाटमा अर्को सवस्टेशन निर्माणको प्रक्रिया अघि बढाएको छ । आयोजनाले पहुँचमार्ग विस्तारपछि साढे तीन वर्षमा आयोजना बनाउन सकिन्छ । आयोजनाले ३३ करोड ५९ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ । रासस

प्रभावकारी भयो ट्राफिक उज्यालो अभियानः १ लाख ३० हजार जनाले लिए सचेतना कक्षा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सचेतना अभिवृद्धि गर्न थालेको ३ महिने विशेष ट्राफिक उज्यालो अभियान सफल भएको छ । ‘समुदाय(प्रहरी साझेदारी’ अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालकरसहचालक, स्कुलरकलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडकमार्फत १ लाख २९ हजार ५ सय १३ जनालाई सचेतना प्रदान गरेको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले सडक प्रयोगकर्तालाई सडकमै गएर मात्र नभई घर घरमा, स्कुल कलेजमा, खेल मैदान आदिमा गएर विभिन्न लक्षित वर्गलाई पायक पर्ने स्थानमा ट्राफिक नियम र सडक अनुशासनबारे छर्लङ्गै हुने गरि ुकोर्सु नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरिएको बताए । उनले भने यस ३ महिने अभियानमा लक्ष्यभन्दा बढी १ लाख २९ हजार ५१३ जनालाई प्रशिक्षित तुल्याएको छ जुनकि अभियानले १ लाख जनालाई प्रशिक्षण दिने लक्ष्य राखेको थियो । प्रवक्ता श्रेष्ठका अनुसार यस ३ महिने अभियानमा सार्वजनिक भाडाका सवारी चालक र सहचालक १९ हजार ५६९ जना, नीजि सवारी चालक १ हजार ९५६ जना, मोटरसाइकल चालक २६ हजार ९२० जना, सिहदरवार स्थित विभिन्न मन्त्रालयका सरकारी चालक ६१२ प्रशिक्षित बनायो । साथै, नेपाली सेनाका चालकहरू ५७, पैदलयात्रीरसर्वसाधरण ६२ हजार ८०१ जना, संघसंस्था १ हजार ८१७ जना र विद्यार्थी १५ हजार ७८१ जनालाई ट्राफिक नियम र सडक अनुशासनबारे प्रशिक्षित तुल्याएको छ । ठाउँको ठाउँ कक्षा यस अभियानमार्फत दैनिक रूपमा महाशाखा र मातहतका ४० ईकाइबाट ट्राफिक नियम सम्बन्धि पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना दिएको, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा र स्कूलरकलेजका विद्यार्थीलाई विद्यालयमै गएर सचेतना कक्षा दिएको श्रेष्ठले जानकारी दिए । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दिनुभयो । साथै, सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाउनुका साथै लक्षित वर्गको माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेटसमेत वितरण गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताए । सडकमै कक्षा सडकमै कक्षा अन्तर्गत पैदलयात्री सुरक्षा अभियान मार्फत रहेर १९ हजार ९९८ जना जथाभावी बाटो काट्ने पैदलयात्रीलाई सोही स्थानमै २० मिनेटको सचेतना कक्षा प्रदान गरिएको छ । महाशाखाले पैदलयात्रीलाई आकाशेपुल र जेब्राक्रसिङको प्रयोग गर्न उपत्यकाको ३ स्थानमा नियमित रूपमा घोडा समेत परिचालन गर्ने गरेको छ । ट्राफिक नियम सचेतनाको लागि सारङ्गी टोली ट्राफिक उज्यालो अभियान अन्तर्गत रहेर गीतसंगीतको माध्यमबाट जेब्राक्रसिङ्ग र आकाशेपुलको प्रयोग, सडक संकेतको पालना, मापसे गरी सवारी नहाक्न, तिब्र गति र लापरबाहीका साथ सवारी नचलाउन अनुरोध गरेको थियो । यसैगरी, ट्राफिक नियमको पालना र प्रवृत्तिको विकासको लागि उपत्यकाको मुख्य मुख्य चोकमा सारङ्गी टोली परिचालन गरी ७ हजार ७ सय व्यक्तिलाई सचेतना प्रदान गरिएको महाशाखाले जनाएको छ । ट्राफिक नियम लेखिएको प्लेकार्ड देखाईयो उपत्यकाको व्यस्त ४७ वटा चोकहरूमा ट्राफिक पालोमा बसेका चालकहरू तथा जेब्राक्रसिङ्गलाई लक्षित गरि ट्राफिक नियम लेखिएको व्यानर देखाउने काम समेत गरिएको छ । यस्तैगरी, दैनिक रूपमा मापसे गरी सवारी चलाउने ९ हजार ५६९, लेन अनुशासन पालना नगर्ने चालकहरू ८ हजार २६९ र सवारी दुर्घटना गर्ने १०० जना गरी जम्मा १७ हजार ९३८ लाई पनि दैनिक रूपमा महाशाखाले सचेतना कक्षा समेत दिएको छ । थप उत्साहका साथ निरन्तरता ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पुर्‍याउन, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्न, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउन, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन यो अभियान सफल भएको छ । यही थप उत्साहित हुदै फेरि पनि चैत्र १ गतेदेखि विशिष्टीकृत रूपमा यस अभियानलाई निरन्तरता दिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस ३ महिने विशेष ट्राफिक उज्यालो अभियान यही पुस १ गते विशेष कार्यक्रम गरी शूरू भएको थियो ।

सुनकाे मूल्यमा निरन्तर गिरावट, ७५ हजार ५ सयमा काराेबार

काठमाडौं । मंगलबार सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साताको दाेस्राे दिन साेमबार ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार  तोलामा २ हजार रुपैयाँले घढेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, साेमबार ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ७५ हजार २ सय रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै,  चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा बिक्री भएकाे चाँदी मंगलबार ८० रूपैयाँले घटेर ७१० रूपैयाँमा काराेबार भइरहेकाे  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

काभ्रेकाे पनौती बजारमा अनिश्चितकालीन कर्फ्यु

बनेपा । काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको छ । पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कर्फ्युआदेश जारी भएको कार्यालयले जनाएको छ । सोमबारको घटनालाई लिएर आज पनि परिस्थिति असहज बन्दै गएपछि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । “परिस्थिति हिजोका घटनाले आज पनि भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु आदेश जारी गरेका छौँ”, उनले भने । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो । रासस

असिना पानीले १० करोडभन्दा बढीकाे तरकारी क्षति

सल्यान । बेमौसमी तरकारी खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको कपुरकोट गाउँपालिकामा परेको असिनाले तरकारी तथा खाद्यबालीलाई पूर्णरूपमा क्षति पुर्याएको छ । गाउँपालिकाका सबै क्षेत्रमा असिना परेर बेमौसमी तरकारी नष्ट पारेको कपुरकोट गाउँपालिका–१ बाँजबोटका बमबहादुर कुँवरले जानकारी दिए । “असिनाले १४ रोपनीमा लगाएको बेमौसमी तरकारी पूर्णरूपमा क्षति भएको छ, असिनाले वर्षभरिको आम्दानीको बाटो बन्द भएको छ ।” उनले भने । कुँवरका अनुसार बाँजबोटमा रहेका २० घरपरिवारको करिब २०० रोपनीमा लगाएको तरकारी बाली नष्ट भएको छ । खुर्सानी, टमाटर, भेडेखुर्सानी, लसुन, काँक्रा, तितेकरेलालगायतका तरकारीमा पूर्णरुपमा क्षति पु¥याएको कृषक ओजबहादुर खड्काले जानकारी दिए । “मैले १३ रोपनीमा तरकारी खेती गरेको थिएँ, अहिले असिनाले पूरै सखाप पारेको छ, बारीबाट एक केजी तरकारी आउने अवस्था छैन, परिवारको गर्जो कसरी टार्ने आम्दानीको बाटो बन्द भयो”, उनले भने । कपुरकोट–३ पाखापानीका किसान भीमबहादुर बुढाले आफ्नो रु एक लाख ५० हजार बढीको तरकारी खेतीमा क्षति पुगेको जानकारी दिएका छन् । “हाम्रो मुख्य पेशा भनेको यही तरकारी खेती थियो, छ रोपनीमा लगाएको काउली, टमाटर र केराउबाली सबै खत्तम भयो”, उनले भने । कपुरकोट–५ का किसान पूर्भान पुनको फलफूल खेतीमा पनि क्षति पुगेको छ । असिनापानीले तरकारीको नर्सरी, प्लास्टिक घरको प्लास्टिकमा समेत क्षति पुर्याएपछि कृषक चिन्तित बनेका छन् । गाउँपालिकाका रिम, सिनवाङ, लेकसल्लामा, सारपानी गर्पा, धनबाङ, मूलपानीलगायतका क्षेत्रमा क्षति पुर्याएको कपुरकोट गाउँपालिाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए । “तरकारीको बेर्ना बारीमा भर्खर सार्ने बेला भएको थियो, ठूलो असिना परेर सबै बालीनालीमा ठूलो क्षति पुर्याएको छ, यसबारेमा कसरी अगाडि बढ्ने भन्ने छलफल गरेर अगाडि बढ्छाैं”,  सेनले भने । करिब रु १० करोडभन्दा बढीको क्षति भएको अनुमान छ, अब सबै तथ्याङ्क सङ्कलन गरेपछि यथार्थ विवरण आउँछ अनि गाउँपालिाकाले रणनीति तयार गर्ने छ”, अध्यक्ष सेनले भने । बेमौसमी तरकारीका लागि प्रसिद्ध कपुरकोट क्षेत्रमा क्षति पुर्याएपछि उत्पादन घट्ने निश्चित भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै कपुरकोट क्षेत्रबाट करिब रु ३४ करोड बराबरको बेमौसमी तरकारी निर्यात भएको थियो । रासस

विश्वभर फैलिएको कोरोना भाइरस विरुद्ध खोपको परीक्षण अमेरिकाबाट सुरु, गर्ला त काम ?

काठमाडौं । अमेरिकाले कोरोनाको भारइरस विरुद्धको खोपको परीक्षण अमेरिकाबाट सरु गरेको छ । अमेरिकाले कोरोनाभाइरसको खोप पहिलो पटक परीक्षण शुरु गरेको हो । यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन भनेर निश्चित हुन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो । खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको हो । यो खोप पहिलोपटक सोमबार सियाटलकी ४३ वर्षीया महिलाले लिएकी थिइन् । विश्वभरका वैज्ञानिकहरु चाँडोभन्दा चाँडो कोरोनाभाइरसको खोप तयार गर्न लागि रहेका छन् ।

कैलालीमा ३ कराेड लगानीमा भ्यूटावरसहितको घण्टाघर बन्दै

लम्की । कैलालीको टीकापुरमा भ्यूटावरसहितको घण्टाघर निर्माण भइरहेको छ । निर्माण कम्पनीका अनुसार अहिलेसम्म ७० प्रतिशत काम भइसकेको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट रु तीन करोड २६ लाख ४२ हजार २६६ लागतमा सो निर्माण जारी रहेको टीकापुर नगरपालिकाले जनाएको छ । घण्टाघरको उचाइ २८ मिटर हुने र हालसम्म १८ मिटर सम्पन्न भइसकेको छ । योसँगै प्रवेशद्वार, सुरक्षागार्ड चौकी, शौचालय, टिकट काउण्टर निर्माण भइरहेका रोयल प्रशंसा जेभीका प्रमुख दीर्घराज जोशीले जानकारी दिए । अठार महिनाभित्र काम सक्ने गरी विसं २०७५ फागुन १९ गते सो ठेक्का सम्झौता भइ काम शुरु भएको थियो । २०७७ भदौ २५ भित्र सक्ने गरी काम भइरहेको उनले बताए । “कैलालीमा यस वर्ष हिउँदमा पानी परेका कारण इँटाको समस्या छ । समयमै इँटा नपाएका कारण काममा केही ढिलाइ भयो, तर हामी समयमै सक्ने गरी काम गरिरहेका छौँ”, प्रमुख जोशीले भने । भ्यूटावरसहितको घण्टाघरले टीकापुरलाई नियाल्न सजिलो हुने स्थानीय बलबहादुर विष्ट बताउँछन् । “घण्टाघर निर्माणपछि यहाँ पर्यटकीय गतिविधि बढ्नेछन्, यस्ता ठूला संरचना बनेमा टीकापुरको विकाससँगसँगै पर्यटक भित्रिने आधार बन्छ ।” यहाँ छ लेनको सडक कालोपत्र, ब्लक ‘ए’ का सबै सडक कालोपत्र र व्यवस्थित बसपार्क निर्माण भइरहेका छन् । “भौतिक संरचना बनाउँदा ती संरचनाको दिगोपनामा ध्यान दिनुपर्छ”, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल भन्छन्, “यसका लागि त्यसमा प्रयोेग गरिने सामग्रीको गुणस्तर र प्राविधिक पक्षमा निगरानी गरिरहेका छौँ । सहज वातारणमा संरचना निर्माणका लागि सहयोग गरेका छौँ ।” रासस

विलासी वस्तुकाे आयात बन्द हुँदै, महामारीको बेलामा ऋणिप्रति राष्ट्र बैंक लचिलो

काठमाडौं । रेमिट्यान्स आम्दानी घट्दा विलासीताका बस्तु आयात बन्द गर्ने तयारीमा सरकार जुटेको छ । रोजगारीको लागि विदेश जाने नेपालीको संख्या विगत दुई वर्षमा आधा घटेको, कोरोना भाइरसले विश्वव्यापी महामारिको रुप दिएपछि खाडी मुलुकहरुले विदेशी कामदार लिन बन्द गरेपछि रेमिट्यान्स आम्दानी उच्च दरले घट्ने सरकारको आकलन छ । गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स आम्दानी भएको थियो । रेमिट्यान्सले जीडीपीमा २५.४ प्रतिशत योगदान गरेको थियो । आर्थिक वर्ष २०७१/७२ मा ५ लाख २७ हजार नेपाली रोजगारीको लागि विदेश गएका थिए । गत वर्ष यो संख्या घटेर २ लाख ४३ हजारमा सीमित भएको छ । विदेश जाने नेपालीको संख्यामा आएको गिरावटसँगै जीडीपीमा रेमिट्यान्सको योगदान हिस्सा पनि घट्दै गएको छ । ५ लाख २७ हजार नेपाली विदेश गएपछिको वर्ष २०७२/७३ मा जीडीपीमा रेमिट्यान्सको हिस्सा २९.६ प्रतिशत थियो । गत आर्थिक वर्षमा घटेर २५.४ प्रतिशतमा सीमित भएको हो । कुल रेमिट्यान्सको ५०.३ प्रतिशत खाडी मुलुकमा यूएई, साउदी अरेबिया, कतार, कुवेत, वहराइन र ओमनबाट आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङक छ । कोरोना संक्रमणसँगै उल्लेखित सबै देशहरुले नेपाली कामदार लिन तत्कालका लागि बन्द गरेको छ । रेमिट्यान्स आम्दानी घट्ने जोखिम बढेकोले विलासीताका बस्तु आयात बन्द गर्न दवाव परेको नेपाल राष्ट्र बैंकका प्रबक्ता तथा अनुसन्धान विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले बताए । रेमिट्यान्स आय घट्दा विदेशी मुद्रा संचिति घट्दै जाने, शोधनान्तर स्थिति घाटामा जाने उनले बताए । विलासीताका बस्तु आयात बन्द गर्दा उपभोग प्रभावित हुने र त्यसले आर्थिक वृद्धिलाई पनि प्रभावित गर्ने उनले बताए । अर्थमन्त्री डा युवराज खतिवडाले पनि बैदेशिक व्यापार घाटा बढ्दै गर्दा आयात नियन्त्रण गर्ने खालका नीति लिनु पर्ने बताउँदै आएका छन् । सँगै अवसर पनि संकटका बीच नेपालको अर्थतन्त्रमा केही अवसर सिर्जना भएको डा भट्टले बताए । ‘पेट्रोलिम पदार्थको मूल्य अन्तराष्ट्रिय बजारमा प्रति व्यारेल ७३ डलरबाट ३० डलरमा झरेको छ । यहि बेलामा नेपालमा निर्माणधिन आयोजना दुर्त गतिमा निर्माण गर्न सके आर्थिक वृद्धिमा सहयोग पुग्छ’ डा. भट्टले भने–‘विदेशमा रोजगारीको सम्भावना न्युन भएको बेलामा नेपालभित्रै रोजगारी सिर्जना गरेर आन्तरिक उत्पादन वृद्धि गर्न सके बैदेशिक व्यापारलाई सन्तुलित बनाउन पनि मद्दत गर्छ ।’ गत आर्थिक वर्ष तरकारी, फलफूल, खाद्यन्यको आयात १०० अर्बभन्दा बढी भएको जानकारी दिदै विदेशमा जान खोज्ने वर्कफोर्सलाई कृषि क्षेत्रमा परिचालन गर्न सके देशको हितमा हुने उनले बताए । यतिबेला नेपाली बजारमा रोजगारी सिर्जना गर्न नसके बेरोजगारीको ठूलो समस्या सिर्जना हुने उनले बताए । निजी क्षेत्रलाई राहात कोरोनाको प्रभावबारे राष्ट्र बैंकले अध्ययन गरिरहेको र निजी क्षेत्रलाई सहयोग पुग्ने नीति लिइने उनले बताए । बैंकको कर्जा पुर्नसंरचना गर्न राष्ट्र बैंकले सहयोग गर्ने तर व्याज मिनाह गर्न नसकिने उनले बताए । कोरोना महामारीको बेलामा बैंक तथा वित्तीय संस्थाले ऋणिको घर जग्गा लिलामी गर्ने अवस्था आउछ कि आउँदैन भन्ने प्रश्नमा विकासन्युजको प्रश्नमा उनले भने–‘यस्तो बेलामा राष्ट्र बैंकले ऋणिप्रति लचिलो नीति लिन्छ । तर मोरल हजार्डलाई प्रसय दिने कार्य राष्ट्र बैंकबाट हुँदैन । हेर्नुहोस् डा भट्टसँग गरिएको विकास वहस भिडियो ।