गाउँगाउँमा गएर कोरोनाका बारेमा सचेत गराउदै अर्थ समितिका सभापति
काठमाडौं । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले गाउँगाउँमा गएर कोरोना भाइसरका बरेमा बुझाउन सुरु गरेका छन् । विदेशबाट भरखरै गाउँमा आएका नगरिकहरुको स्वास्थ्य अवस्था बुझदै सर्वसाधारलाई कोरोनाको बारेमा सचेत गराउन सुरु गरेका हुन । दाहालले मकवानपुरको ठिंगनमा स्वास्थ्यकर्मी, सुरक्षाकार्मी र वडाका अध्यक्ष सहितको टोलि लिएर कोरोना भाइरसको बारेमा जनचेतनाको कार्यक्रम सुरु गरेका हुन । ‘गाउँका नगरिकलाई कोरोना भाइरस कसरी सर्छ, कोरोना भाइरसबाट कसरी बाच्ने भनेर जानकारी दिन आजबाट सुरुका छौं, विदेशबाट आएकाहरुको घरमा गएर कस्तो छ स्वास्थ्य अवस्था भनेर बुझने काम भइरहेको’ दाहालले भने । दाहाल प्रतिनिधिसभा संसदको अर्थ समितिका सभापति पनि हुन् । शिक्षण पेसाबाट राजनीतिमा आएका दाहाल मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वचित भएका हुन् । उनी यसअघि पनि २ कार्यकालसम्म सांसदमा निर्वचित भइसकेका थिए ।
अब कोरोना जाँचको रिपोट एक घण्टामा नै
काठमाडौं । राष्ट्रियज नस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोग गरेर १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । प्रदेशमा पनि जडान गरेपछि कोरोना परीक्षण सहज हुने छ । सरकारले चीनबाट पाँचवटा पिसिआर मेसिन ल्याएकोमा चार प्रदेशमा वितरण गरिने छ । प्रयोगशालाका निर्देशक डा. रुना झाले जो कोहीको पनि कोरोना परिक्षण गराउन सक्ने र एक दिनमा धेरै व्यक्तिहरुको स्वास्थ्य परिक्षण गराउन सकिने बताए । सरकारले पीसीआर मसिन ३० हजार रिएजेन्ट ल्याएको छ । एउटा रिएजेन्टले एक जनाको नमुना परिक्षण गराउन सकिने छ । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतवार देखी परिक्षण सुरु गरिएको छ भने पोखरा , जनकपुर , हेटौडामा समेत परिक्षण सुरु गराउने तयारी भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले काेराेना राेकथाम गर्न एक अर्ब डलर सहयाेग गर्ने
काठमाडौं । विश्वको अग्रणी बैंक स्ट्यान्डर्ड चार्टर्डले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्नको लागि एक अर्ब अमेरिकी डलर सहयाेग दिने घोषणा गरेको छ । काेराेना भाइरसको सामना गर्नको लागि अत्यावश्यक सामाग्री उपलब्ध गराउने र सेवाहरु प्रदान गर्ने कम्पनीलाई बैंकले सो रकम दिने घोषणा गरेको हो । भाइरसको सामना गर्न र त्यसका लागि आवश्यक पर्ने मेडिकलजन्य सामग्रीको उत्पादन र वितरण गर्ने जुनसुकै उद्योग र स्वास्थ्य सेवा प्रदायक कम्पनीहरुले यसमा काम गर्न सक्ने जनाइएको छ । त्यसका लागि मास्क, भेन्टिलेटर, स्यानिटाइजर, सुरक्षात्मक उपकरणहरु र उपभोग्य सामानहरु आवश्यक पर्ने बताइएको छ । स्ट्याण्डर्ड चार्टर्डका प्रमुख कार्यकारी अधिकृत सिमन कपुरले कोरोना भाइरसको जोखिम न्युनिकरण तथा रोकथामका लागि आवश्यक पर्ने सामग्री उत्पादन र वितरण गर्ने संस्थाहरुलाई आफूहरुले सहयोग गर्ने बताए । ‘मेडिकलजन्य सामग्रीहरुको माग आपूर्ति गर्ने सेवा प्रदायक कम्पनीहरु हामीलाई चाहिएको हो, तिनीहरुको सहयोगले कोरोनाको जोखिम कम गर्न मद्दत पुग्छ, हामी विश्वस्त गर्छौं कि उनीहरु हामीलाई विश्वास गर्छन्,’ उनले भने । बैंकले प्राथमिकताका आधारमा ती कम्पनीहरूलाई कम्तिमा एक अर्ब अमेरिकी डलर आयात र निर्यात वित्त वा कामकाजी पूँजी सुविधाहरू प्रदान गर्ने बताइएको छ । जुन उनीहरूले दैनिक कामका लागि प्रयोग गर्ने उपकरणका लागि सहयोग र्पुयाउँछन् । स्ट्यान्डर्ड चार्टडले सहयोग गर्ने त्यस्ता कम्पनीहरूको पहिचान गर्ने प्रयास गरिरहेको बताइएको छ ।
विदेशबाट आएकामा सबैभन्दा धेरै काठमाडाैं, जनप्रतिनिधिलाई समेत अटेर गर्नेहरू प्रहरी खाेरमा
कोरोना भाईरसको जोखिम न्यूनिकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अबस्थाका बारेमा जानकारी गराउदै काठमाडौं । कोरोनाबाट बढी सङ्क्रमित भएको देशबाट आएका मानिस क्वारेन्टाइनमा नबसी निस्फिक्री हिँडिरहँदा सङ्क्रमण फैलने डरमा स्थानीयवासी त्रसित बनेका छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि एक साताअघि विदेशबाट आएका १० जना छन् । तीमध्ये बढी प्रभावितमध्येको फ्रान्सबाट आएका मानिस क्वारेन्टाइनमा नबसी बिना रोकतोक हिँडिरहँदा स्थानीयवासी त्रसित भएको वडाध्यक्ष कृष्णबहादुर पण्डितले बताए । “यसरी हिँड्नेका विषयमा महानगरीय वृत्त बौद्ध, नगरपालिका, जनस्वास्थ्य कार्यालय सबैतिर खबर गरेँ, तर क्वारेन्टाइनमा राख्ने व्यवस्था भएन, बढी सङ्क्रमित देशबाट आएकालाई समाजमै घुलमिल भएर बस्न दिए रोग फैलनेमा स्थानीयवासीको चिन्ता छ, मैले जोखिम मोलेर पटकपटक गएर भन्दा पनि डुल्न छाडेका छैनन्”, उनले भने । खबर गरिएका कार्यालयका प्रमुखले लक्षण देखिए मात्र लैजाने भनेकाले पनि त्यस बेलासम्म सङ्क्रमित भएको भए अरुलाई सर्ने चिन्ता बढेको वडाध्यक्ष पण्डितको गुनासो छ । सञ्चारमाध्यममा विदेशबाट फर्किएका जति क्वारेन्टाइनमा राखिएको भनी प्रसारण गरिए पनि आफ्नो वडामा भने त्यस्तो हुन नसकेको उनको भनाइ छ । अध्ययन गर्न भारत, दुबई गई फर्किएका विद्यार्थी भने घरमै क्वारेन्टाइनमा बसेका छन् । बाहिर निस्की रहने कहाँ वडाध्यक्ष पण्डित दिनमा एकपटक पुगेर सम्झाउने गरे पनि घरमै क्वारेन्टाइनमा बस्न मानेका छैनन् । वडाको गतिविधि हेर्दा सञ्चारमाध्यममा कोरोनाको तयारीका सन्दर्भमा आउने गरेका समाचार सबै गफ रहेछन् भनी मान्नुपर्ने निष्कर्षमा आफू पुगेको स्थानीयवासी श्रीकृष्ण ज्योतिको दुःखेसो छ । “वडामा विदेशबाट आएर घुमिरहनेलाई जिम्मेवार निकायले नियन्त्रणमा लिन नसक्दा सङ्क्रमण फैलन सक्ने देखियो, कसैले कसैलाई जोगाउने देखिएन, भगवान् पशुपतिनाथको कृपाले बाँचियो भने मात्र हो, हिँड्नेलाई लकडाउनले पनि रोक्न सकेन”, उनले भने । विदेशबाट आई वडा नं २ को कार्यालय नजिकैको टहरामा बस्ने दुई जना मानिस बेलगाम हिँडिदिँदा वरपरका स्थानीयवासी भयमा बाँच्न बाध्य छन् । विश्वमा फैलिएको हेरेर पनि पाठ नसिके भयावह अवस्था आउनेतिर बेलैमा सचेत हुनुपर्ने स्थानीयवासीको माग छ । सङ्क्रामक रोग ऐनअनुसार यसरी निस्कनेलाई जेलसम्म हाल्न सकिने व्यवस्था भए पनि प्रहरीले समेत गम्भीररूपमा नलिएको जनप्रतिनिधि र स्थानीयवासीको भनाइ छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्की गोकर्णेश्वर–२ को विषयमा प्रहरीमा सूचना आएपछि स्थलगतरूपमै पुगेर घरमै क्वारेन्टाइनमा बसिदिनुस्, परिवारमा पनि घुलमिल नहुनुस् भनी सम्झाएको बताए । “बौद्ध वृत्तले हेर्ने क्षेत्रमै अहिलेसम्म ५८ मानिस विदेशबाट आएका रहेको तथ्याङ्क सङ्कलन गरेका छौँ, छ जना त कतारबाट आएको उडानकै मानिस छन्, यहाँका हरेक वडामा विदेशबाट आएका मानिस छन्, सबैलाई क्वारेन्टाइनका लागि टेकुमा लगे त्यहाँ रोग देखिएर उपचार गरिरहेकाका लागि पनि अप्ठ्यारो हुन्छ भन्ने निर्देशन आएको छ”, उनले भने । नगरपालिकाले तयारी गरेको क्वारेन्टाइन एवं एकान्तवास (आइसोलेसन) मा लैजानसमेत कसैले पहल नगरेकामा नयाँपाटीका स्थानीयवासी रुष्ट छन् । नगरपालिकाले यसअघि नै २७ शय्याको क्वारेन्टाइन र एकान्तवासका लागि तयार राखेको समाचार सार्वजनिक भएको थियो । नगरपालिकाले क्वारेन्टाइन र एकान्तवासमा राखिने सङ्क्रमण हुनसक्नेको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सुवास प्याकुरेलको नेतृत्वमा नौ सदस्यीय चिकित्सक समूहसमेत गठन गरेको छ । समूह संयोजक प्याकुरेल विदेशबाट आएकाको विषयमा सूचना लिएर फोनबाट के भइरहेको छ, लक्षण केही छ कि भनी दैनिक सम्पर्क गरिरहेको बताउँछन् । “विदेशबाट आई नगर क्षेत्रमा बसिरहेका १७ जना कोरोनाको उच्च जोखिममा रहेकाले निरन्तर सम्पर्क गरी आवश्यक परे क्वारेन्टाइन र एकान्तवासमा लैजाने गरी तयारी गरिरहेका छौँ”, उनले भने । नगर क्षेत्रमा चार वटा अस्पताल रहेकाले आवश्यक देखिएमा लगेर राख्न सकिने नगरपालिकाको चिकित्सक समूहले जनाएको छ । कतार एयरवेजबाट आएका नगरपालिकाको वडा नं ६ का एक जना घरकै क्वारेन्टाइन नबसी हिँडिरहेपछि प्रहरीले लगी एकान्तवासमा राखेको छ । अहिलेसम्म विदेशबाट आउनेमा मात्र कोरोना भाइरस देखिएकाले शङ्कास्पद मानिसलाई समयमै अलग्गै राख्ने व्यवस्था नगरेपछि पश्चात्तापबाहेक अरु गर्न नसकिने भएकाले सावधानी अपनाउनुपर्ने स्थानीयवासी नारायणभक्त श्रेष्ठ बताए । विदेशबाट आई नयाँपाटीमा हिँडिरहेकाप्रति प्रहरी पनि चिन्तित भएको आफूले पाएको उनले बताए । वडासदस्यसमेत रहेका स्थानीयवासी कृष्णहरि श्रेष्ठ छुट्टै कोठामा बसेर एउटै भान्सामा खाना खाँदा पनि सङ्क्रमण फैलन सक्ने भएकाले अलग्गै खानपिन गर्नसमेत सल्लाह दिएको बताए । रासस
वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रण काेषमा थप्याे रकम, अब ५० करोड दिने
काठमाडाैं । वाग्मती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले कोषमा ५० करोड रूपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । प्रदेश सरकारको १० करोड रूपैयाँ रकममा शुरु भएको कोषलाई बढाएर ५० करोड रूपैयाँ पुर्याउन लागिएको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको बैठकले कोरोना नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । बैठकले प्रदेशमा कोरोनाविरुद्धको गतिविधिलाई सशक्त बनाउन प्रदेशमा भएका सबै ६६ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको संयोजकत्व तथा समानुपातिक सदस्य एवं स्थानीय तहका प्रतिनिधि, राजनीतिक दललगायतलाई समेत समेटेर अनुगमन समिति बनाउने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताए । बैठकले कोरोना नियन्त्रण अभियानका क्रममा भए गरेका गतिविधिका बारेमा जानकारी आदान प्रदान गराउन संयन्त्र बनाउने निर्णयसमेत गरेको उनले जानकारी दिए । रासस
कोरोना कोषमा नागरिक लगानी कोषले सवा करोड दिने
काठमाडौं । नागरिक लगानी कोषले सरकारद्वारा स्थापना गरेको कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । चैत १७ गते बसेको कोषको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्य उक्त कोष स्थापना गरेको छ । साथै, संचालक समितिका अध्यक्ष एबं सदस्यहरुले उक्त बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलब र कर्मचारीहरुबाट निजामति कर्मचारीहरुले योगदान गरे सरह दशौं तहसम्मका अधिकृतहरुले ७ दिन, अन्य अधिकृतहरुले ५ दिन र सहायक स्तरका कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम समेत सहयोग प्रदान गरेको कोषले जनाएको छ ।
लकडाउनमा पनि युनाईटेड इन्स्योरेन्सको बीमा पोलिसी जारी, घरबाटै गर्न सकिने
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुको सूविधालाई लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ । कोरोना (कोभिड १९)ले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ माहामारीबाट सुरक्षित रहनको लागि नेपाल सरकारले लकडाउनको आदेश जारी गर्दै आम जनमानसलाई घर भित्रै रहनको लागि अनुरोध गरिरहेको सम्वेदनसिलतालाई मध्यनजर गर्दै उक्त व्यवस्था मिलाएको हो । हालको परिस्थितीमा ईमेल ईन्टरनेट अनलाईनबाट सुविधा उपभोग गर्न सकिने भएपनि ईन्टरनेटमा अत्याधिक चाप बढ्न गएको अवस्थामा समेत आफ्नो सेवालाई चुस्त बनाई राख्न बिमालेख तर्फ टोपेन्द्र कटेल मोवाईल नं. ९८५६०६०३७४ तथा बीमा दावी तर्फ रविन्द्र राज श्रेष्ठ मोवाईल नं. ९८५१२१७९४९ मा सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरुका लागि सबै शाखा कार्यालय ईन्चार्जहरु तथा केन्द्रिय कार्यालयका निम्न व्यक्तिहरुलाई सम्पर्क गरि घरबाटै कम्पनीका सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराएको छ । कम्पनीले हालको विषम परिस्थितीमा आफ्नो उत्कृष्ठ सेवा दिन तथा चुस्त दुरुस्त बनाउनको लागि आवश्यक प्रविधिको प्रयोग गर्दै अनलाईन सेवा मार्फत अझ परिस्कृत गर्दै आफ्ना बीमितहरुको काम कारवाही सरल र सहज रुपमा विना रोकटोक प्रभावकारी ढंगबाट अघि बढाउने र आगामी दिनहरुमा समय सापेक्ष सुदृढ रुपमा अघि बढाउदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेकोछ । यस समवेदनसिल परिस्थितीमा आईपरेका कठिनाईमा कम्पनी बीमितहरुको साथमा रहेको जनाउदै बीमितहरुले बीमालेख जारी गर्न तथा बीमालेख नविकरण गर्न कम्पनीको ईसेवा तथा बैंक खाता रहेको एनआईसी एसिया बैंक मार्फत अनलाईन भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । यस विषम परिस्थिीतिमा बिमित, अभिकर्ता कर्मचारीहरु लगायत सबै एकजुट भई सकेसम्म घरमै बसी कोरोना भाईरस संक्रमणबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं साथै आफु सजग बनौं तर त्रसित नबनौं भन्ने अपिल गरेको छ ।
उद्योगपतिलाई रोडपति बनिएला भन्ने चिन्ता, बन्द उद्योगले कसरी तलब खुवाउने ?
अन्जन श्रेष्ठ, उद्याेग समिति सभापति, नेपाल उद्याेग वाणिज्य महासंघ काठमाडौं । उदाउँदा उद्यमी हुन् अञ्जन श्रेष्ठ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत उद्योग समितिका सभापति तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ सरकारले लकडाउन गरेपछि विहानीको खाजा (ब्रेकफास्ट) छोडेका छन् । ‘काम केही छैन । दिनभर घरमा बस्छु । काम नभएपछि खान पनि रुचि कम हुँदो रहेछ’ उनले भने–’सामान्य अवस्थामा विहान ब्रेक फाष्ट, दिउँसो लञ्च, बेलुका डिनर खान्थे । अचेल विहानको ब्रेकफाष्ट खाइन्न । डिनर र लञ्च खायो, पुग्छ ।’ अचेल उनकाे दैनिकी फेरिएकाे छ । सामान्य बेरोजगार व्यक्तिको जस्तै छअचेल उनको दैनिकी । ‘विहान घरमै सामान्य एक्सरसाइज गर्छु । घरमै पुजा गर्छु । त्यसपछि केही बेर किताव पढ्छु’ उनले भने–‘नेपालमा के भइरहेको छ ? विश्वमा के भईरहेको छ ? नयाँ समाचारबारे जानकारी लिन कहिले टिभी हेर्छु, कहिले ल्याप टप खोलेर न्युज हेर्छु । कहिले परिवारसँग बसेर कुरा गर्यो । यसरी नै बित्छ दिन ।’ अफिसको काम ठप्प छ । लक्ष्मी ग्रुप अन्तरगत कन्फेक्स्नरी, डेरी, प्लास्टिक, स्टील उद्योगहरु छन् । अटोमोवाइल, इलेक्ट्रिक सामान लगायतको व्यापारमा पनि यो ग्रुपको उपस्थिति उल्लेखनीय छ । ‘डेरी उद्योग चलाईरहेका छौं । अरु सबै उद्योग, व्यापारमा ताला लगाएका छौं’ अञ्जनले भने–‘उत्पादन, व्यापार सबै बन्द छ । सरकार सबै कर्मचारीलाई तलब दिनुपर्छ भन्छ । हाम्रो ग्रुपमा सबैभन्दा कान्छो उद्योग सिद्धिलक्ष्मी स्टीलले मात्र कर्मचारीलाई मासिक १ करोड भन्दा बढी तलब भुक्तानी गर्नुपर्छ । चैतमा एक हप्ता भन्दा बढीको काम भएन । महिनाभरीको तलब कहाँबाट ल्याएर दिने ?’ उनले भने । लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा गत साता मात्र एक करोड रुपैयाँ सहयोग गरेको थियो । कोरोना संक्रमण रोगथाम, नियन्त्रण र उपचारमा दिलदार भई सहयोग गरेको यहि ग्रुपलाई आफ्ना कम्पनीहरु कसरी चलाउने भन्ने चिन्ता रहेछ । ‘विश्वभर कोरोना महामारीको फैलावट त्रासादीपूर्ण छ । नेपालमा लगडाउनको अवधि पनि अनिश्चत छ । चैत महिनाको तलव जसोतसो खुवाइएला’ त्यसपछिको अनिश्चिताबारे चिन्ता व्यक्त गर्दै उनले भने–बैशाखदेखि के गर्ने ? बैंकबाट ऋण लिएर तलब दिने हो भने सबै उद्योगपति केहि महिनाभित्रै रोडपति बन्छन् ।’ समास्याको समाधान कसरी गर्ने ? उनी पनि अन्यौलतामा नै छन् । महासंघको उद्योग समितिको सभापतिको हैसियतले व्यवसायीहरुसँगको छलफल र परामर्शमा सक्रिय रहेका छन् । ‘हिजो आइतबार नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत सदस्यका सभापतिहरुलाई एउटा पत्र पठाएको छु, ह्वाट्एप मार्फत’ पत्रमा लेखिएको विषय खुलाउँदै उनले भने–‘कोरोना महामारी र लकडाउनले के कस्तो समस्या परेको छ ? समस्याका समाधान कसरी गर्न सकिन्छ ? सरकारसँग कसरी मिलेर काम गर्न सकिन्छ ? साथीहरुको सुझाव आएपछि सरकारसँग छलफल गर्न सजिलो हुन्छ ।’ आइतबार अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको तर्फबाट तत्काल गर्न सक्ने विषयहरुबारे मन्त्रिपरिषदको निर्णय सुनाए । ‘सरकारी निर्णय आधारभूत रुपमा राम्रो छ । तर उद्योग क्षेत्रलाई सहयोग गर्ने कार्यक्रम आएको छैन । उद्यमीका अपेक्षा पूरा भएको छैन’ उनले भने–‘सरकारले संकटको बेलामा उद्योग प्रतिष्ठानहरुलाई अगाडि बढ्न मद्दत पुग्ने प्याकेज प्रोग्राम ल्याउनुपर्छ । कर तिर्ने समय एक महिना पछि सारेर वा ऋणको सावाँव्याज तिर्ने समय तीन महिना पछि सारेर मात्र पुग्दैन । कोरोना महामारीसँग विश्वका सरकारहरुले अर्थतन्त्र बर्बाद हुन नदिन ल्याएको प्याकेजहरु जस्तै नेपालमा पनि निजी क्षेत्रले कर्मचारी कटौति नगरोस्, सरकारी राजश्वमा कमि नहोस्, आर्थिक गतिविधि बढाउन मद्दत होस् भन्ने किसिमले सरकारले काम गर्नु पर्ने उनको विचार छ । ‘हिजोको सरकारी निर्णयले श्रमजीविलाई केही राहात मिलेको छ तर उद्योगीलाई सम्बोधन भएन’ उनले भने–‘उद्योग प्रतिष्ठानमा संकट आउँदा त्यसको साङ्लो असर धेरै तिर पर्छ ।’ सरकारी बजेटमा आन्तरिक राजश्वको हिस्सा दुई तिहाई भन्दा बढी भएकोले राजश्व वृद्धि गर्न पनि सरकारले करदातालाई सक्रिय बनाउने विधि रोज्नुपर्ने उनको भनाई छ । लकडाउन खुलेपछि बजारमा क्यास फ्लो (नगद प्रवाह)मा समस्या आउने र उद्योगहरुलाई कच्चा पदार्थ किन्न समेत पैसाको अभाव हुने उनले बताए । ‘बजारका सबै स्टेकहोल्डर संकटमा भएकोले भुक्तानी चक्र चल्दैन । यस्तो बेलामा सरकारको खर्च वृद्धि भए मात्र अर्थतन्त्र गतिशिल हुनेछ ।’ यस्तो बेलामा उद्योगीहरुलाई बैंकहरुले वर्किङ क्यापिटल बढाएर सहयोग गर्नुपर्ने बताए । विदेशका सरकारले ऋणको व्याजदर घटाएको उदाहरण दिदै आर्थिक संकटकाल लगाएर सरकारले बैंकको निक्षेप व्याजदर र कर्जाको व्याजदर दुबै घटाउनु पर्ने उनको धारणा छ । कोरोना महामारीले विश्वभर सिर्जना गरेको मेडिकल च्यालेन्ज, फाइनान्सियल च्यालेन्ज र साइकोलोजिकल इफेक्ट जस्ता समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीच साझेदारी जरुरी भएको उनले बताए ।