विकासन्युज

भक्तपुरमा प्रहरी हवल्दामाथि चक्कु प्रहार

काठमाडाैं । भक्तपुरको सूर्यविनायकमा कखटिएका एक प्रहरी हवल्दारमाथि मानसिक समस्या भएका व्यक्तिले चक्कु प्रहार गरेका छन् । रामेछापको दोरम्बा–५ घर भई सूर्यविनायकमा बस्दै आएका २८ वर्षीय नवीन तामाङले चक्कु प्रहार गरेका हुन् । महानगरीय प्रहरी वृत्त, जगातीका प्रमुख डीएसपी चक्रराज जोशीका अनुसार मंगलबार बिहान साढे ६ बजे तामाङ चक्कु बोकेर चोकमा निस्किएका थिए । त्यसक्रममा नियन्त्रणमा लिन खोज्दा उनले प्रहरी हवल्दार केशरसिंह रावतलाई चक्कु हानेका हुन् । दुवैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

WHO भन्छः फेस माक्स प्रयोग नगर्नुस्

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसलाई रोक्नको लागि फेस मास्क प्रयोग उचित नभएको बताएको छ । संगठनले फेस माक्सले अन्य माक्स जस्तै काम नगर्ने हुनाले त्यो प्रयोग गर्नु उचित नभएको बताएको हो । डब्ल्यूएचओका स्वास्थ्य आपतकालिन कार्यकारी निर्देशक माइक रायनले फेस माक्स प्रयोग गर्नुुको कुनै फाइदा नभएको बताएका छन् । उनले फेस माक्सले मान्छेलाई फाइदा गरेको कूनै प्रमाण तथा उदाहरण नभएको बताएका हुन् । उनले उल्टै त्यो माक्स बढी दुरुपयोग भएको उनको भनाइ छ । संयुक्त राज्य अमेरिका रोग नियन्त्रण र रोकथाम केन्द्रहरूले त्यो माक्सले हावाबाट आउने साना कणहरू फिल्टर गर्न नसक्ने बताएका छन् । संक्रमित व्यक्तिले नजिकै हाच्छ्यु वा खोक्यो भने त्यसले सहयोग नगर्ने उनीहरुको तर्क छ ।

पाटन र वीर अस्पतालमा मृत्यु भएका एक पुरुष र महिलाकाे कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । पाटन र वीर अस्पतालमा हिजो मृत्यु भएका एक पुरुष र महिलाकाे कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । आईतबार पाटनमा एक पुरुष र वीरमा एक पुरुष र महिलाको मृत्यु भएको थियो । वीरको पुरुषको भने नतिजा आउन बाँकी रहेको अस्पताल श्रोतले जनाएको छ । उनीहरुलाई कोरोना लागेको शंकाको आधारमा उनीहरुको नमुना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको थियो । पाटन अस्पतालका निर्देशक प्राडा विष्णु शर्माले पाटनमा मृत्यु भएको पुरुषको नतिजा नेगेटिभ आएको बताए । उनको मृत्यु मल्टी अर्गान फेलरको कारणले भएको उनले जानकारी दिए ।

रातभरी हिडेर घर जान थाले काठमाडौंका मानिसहरु

काठमाडौं । सरकारले लकडाउनको समयावधि लम्ब्याएसँगै काठमाडौं नजिकै घर भएकाहरु हिडेर नै घर जान थालेका छन् । सरकारले लकडाउन थप गरे पछि पनि काठमाडौंसँग सिमाना जोडिएका जिल्लामा घर भएका मानिसहरु हिडेरै घर जान थालेका हुन् । उपत्यकामा बसोबास गर्दै आएका मकवानपुर, ललितपुर, नुवाकोट, काभ्रे, धादिङ र सिन्धुपाल्चोक घर भएकाहरु हिडेरै घर आफ्नो जान थालेका हुन् । आइतबार राति ११ बजे मकवानपुर हिडेर जान लागि ५ जनाको समूह तयार भयो । उनीहरुले भने ’दिउँसो हिड्न पाइदैन त्यसैले रातिको सयममा हिडेर घर जानलेका हौं । हामी ५ घन्टामा हाम्रो घर कुलेखानि पुग्छौं ।’ त्यस्तै, मकवानपुरको पालुग घर भएका दिदीभाई पनि गत शुक्रबार बिहान ३ बजे हिडेर घर गए । उनीहरु शनिबार बिहान ८ बजे घर पुग्ने लक्ष्य बोकेर काठमाडौंको मैत्रिनगरबाट आफ्ना घर हिडेका गएका हुन । उनीहरुसगैँ हिडेर घर जानेको यात्रुहरुको लर्को थियो । बिहानै ३ बजे हिडेका उनीहरु ८ बजेको समयमा भीमफेदी पुगिसकेका थिए । हिडेर हेटौंडा पुगेका विक्रम दाहाले विकासन्यूसगँ भने हाम्रो बाजेहरुले हिडेर काठमाडौं लगायतका ठाउँमा आवतजावत गर्ने गरेका थिए भन्ने सुनेको थिए । तर पहिलो पटक म पनि काठमाडौंबाट हिडेर हेटौंडा आँए ।’ काठमाडौंबाट आउँदा छोटा बाटोहरु प्रयोग गरेर घर गएको दाहाले बताए । काठमाडौबाट बुधबार हिडेर सिमारा घर जाने तयारीमा छन् मनोज दाहाल । उनीसगैँ काठमाडौंको कोठामा बस्ने धादिङका मिलन बजगाई गत मंगलबार हिडेर घर गएका उनले बताए । सर्वासाधारण रातभरी हिडेर घर जानु आफैमा जोखिम छ । उद्योगमा काम गर्दा गर्दै विभिन्न सहरमा मानिसहरु घर जान नपाएर काठमाडौंमा नै बसेका थिए । काठमाडौंमा काम गर्ने मानिसहरु हिडेरै घर जान थालेका हुन । सरकारले गत १० गते साझ लकडाउनको घोषणा गरेपछि सर्वसाधारणहरु विभिन्न सहरमा बस्न बाध्य भएका हुन् । सरकारले पुनः लकडाउनलाई बढाएर २५ गतेसम्म पुर्याको छ । काम गर्दागदै विभिन्न सहरमा रहेका कामदाहरु हिडेरै घर जानुभन्दा सरकारले घर जान चाहेका सर्वासधरणहरुलाई केही व्यवस्था गर्नसके राम्रो हुन्छ की ?

रामेछापमा बोलेरो जिप दुर्घटना, २ को मृत्यु, ३० जना घाइते

काठमाडौं । रामेछापको खाडाँदेवी गाउँपालिकामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु र ३० जना घाइते भएका छन् । बा १४ च ९४९८ पिकअप बोलेरो जिप भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गर्दा दुर्घटना भएको छ । जिप सडकदेखि करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो । घाइते भएकामध्ये दोरम्बा गाउँपालिका ३ का ४० वर्षीय गोपीलाल पहारी र सोही गाउँपालिका २ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।

घुम्ती सेवाबाट ग्यास वितरण गर्दै निगम, चाहिएमा यी नम्बरमा फोन गर्न सकिने

काठमाडाैं । नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्ने भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास बिक्रीवितरणको शुरुआत गरिएको जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार साधारण उपभोक्तालाई विभिन्न १२ वटा वर्गमा विभाजन गरी ग्यास वितरण गर्न लागिएको हो । ‘अति आवश्यक पर्ने उपभोक्ताले हामीले तोकेको सम्पर्क नम्बरमा सम्पर्क गरेर ग्यास लिन सक्नुहुनेछ, साधारण उपभोक्तालाई लक्षित गर्दै हामीले रिङरोड क्षेत्रमा मात्र ग्यास वितरण गर्ने निर्णय गरेका हौँ, उनले भने, ‘सकेसम्म माग भएका ग्यास सिलिण्डर नै दिनेछौँ, हामीले ग्यास उद्योगहरुसँग ग्यास खरीद गरेर उहाँहरुको आवश्यकता र सहजताका लागि सोही ग्यास वितरण गर्नैछौँ।’ लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरेर आज टेकुमा रहेको आयल निगमको कार्यालयवाट ग्यास वितरणको तयारी थालिएको प्रवक्ता उपाध्यायले जानकारी दिए। उनका अनुसार निगमले अस्पताल, वृद्धाश्रम, बिरामी/असहाय, अनाथालय, फरक क्षमता भएकालाई ग्यास वितरण शुरु गरेको छ । त्यस्तै किरिया(आशौच) बसेको घर, बालाश्रम/बालगृह, पुनर्उत्थान केन्द्र/सुधारगृह, कारागार, निःशुल्क भोज गराउने निकाय/संस्था वा व्यक्ति, सरकारले तोकेको क्यारेन्टाइन तथा अत्यावश्यक काममा खटिएका मजदूर र कर्मचारीलाई घुम्ती सेवामार्फत ग्यास वितरण गरिने छ । ग्यास नभएको गुनासो राख्न निमगले पाँच सम्पर्क नम्बर तोकेको छः कार्यालयका सम्पर्क नम्बर ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३ ।

धनुषा, बाग्लुङ्ग र गोरखाका चेम्बर अफ कमर्सद्धारा नगद सहित विभिन्न सामाग्री हस्तान्तरण

काठमाडौं । धनुषा, बाग्लुङ्ग र गोरखा जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड १९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेका छन् । जसमध्ये धनुषा चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं मास्क व्यवस्थापनका संयोजक सलामत राइन, प्रदेश नम्बर २ का अध्यक्ष पवन ठाकुर र धनुषा चेम्बरको अध्यक्ष विजय शाहले सुरक्षा निकाय अन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई १ हजार पिस मास्क र सशस्त्र प्रहरी बललाई १५ सय पिस मास्क वितरण गरेको छ । यसका साथै स्वास्थ्य क्षेत्रका विभिन्न अस्पताल र स्वास्थ्य चौकीको डाटा आए पछि मास्क, मेडिकल किट, ग्लोब्स हस्तान्तरण गर्ने चेम्बरको योजना रहेको छ । बागलुङ्ग चेम्वर अफ कमर्सले कोरोना भाइरसबाट सुरक्षित हुन संचेतना सम्वन्धी कार्यक्रम संचालन र मास्क बितरण कार्य शुभारम्भ गरेको छ । त्यस्तै, गोरखा चेम्बर अफ कमर्सले हेल्प डेस्क राखेको छ । गोरखा चेम्बर अफ कमर्सले १५ सय माक्स वितरण गरेको छ । यसका साथै आइसोलेसनमा रहेका विरामीलाई निशुल्क पानीको जार पनि वितरण गरेको छ ।

भरतपुरको सरस फुड इन्डस्ट्रीमा आगलागी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको  ४  नम्बर वडा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ । हाल भरतपुर महानगरपालिकाका, खैरहनी नगरपालिकाको र नेपाली सेनाको दमकलद्वारा आगो निभाउने काम भइरहेको छ । उद्योगमा मंगलबार बिहान करिब ५ बजे आगलागी भएको थियो । आगो लगभग नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । आगलागी विद्युत सर्टका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।