अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई एक करोडको सहयोग
काठमाडौं । सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीलाई एक करोड पाँच लाख बराबरको औजार तथा उपकरण हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नौ सय मेगावाटको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । भारतीय निर्माण कम्पनी सतलजले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, रोकथाम र स्वास्थ्यकर्मीको सुरक्षाका लागि अस्पताललाई दुई थान भेन्टीलेटर, तीन थान आईसीयू बेड, एक थान प्यासेन्ट मनिटर तीन थान, सेनिटाइजर, मास्क, पीपीईलगायतका स्वास्थ्य सामग्री सहयोग भएको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए । भेन्टिलेटर सुविधा भएको जडान हुने सङ्खुवासभा पहिलो पहाडी जिल्ला भएको छ । मङ्गलबार एक कार्यक्रमका बीच एक करोड पाँच लाख रुपैयाँको स्वास्थ्य सामग्री सतलज कम्पनी तुम्लिङटारका कार्यकारी निर्देशक अरुन भिमानले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यलाई हस्तान्त्रण गरेका हुन् । सतलज कम्पनीले दिएको औजार र उपकरणले आगामी दिनमा कोरोनालगायत अन्य बिरामीको उपचारमा सहज हुने अध्यक्ष शाक्यले जानकारी दिए । जिल्ला अस्पतालमा आधुनिक औजार उपकरण नहुँदा सामान्य श्वासप्रश्वासका बिरामीलाई समेत अन्यत्रै रिफर गर्नुपर्ने अवस्था रहेको थियो । अब जिल्ला अस्पताल खाँदबारीमै उपकरण भएपछि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम उपलब्ध गराई सेवा सञ्चालन तत्कालै गरिने अस्पतालले जनाएको छ । आईसीयू र भेन्टीलेटर सेवा सञ्चालनपछि जटिल रोग भएका बिरामीको उपचारमा सहजता आउने अध्यक्ष शाक्यको भनाइ छ । रासस
कोरोना रोकथामकाे लागि राष्ट्रिय वाणिज्य बैंकले दियो साढे एक करोड रुपैयाँ
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सो मात्राको आर्थिक सहयोग गरेको हो । विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उक्त कोष स्थापना गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सिंहदरबार परिसरमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा सो रकम जम्मा गरिएको हो । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ्ग, एलसी लगायत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोे छ । बैंकले २०७७ आषाढ मसान्तसम्मको लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको छ । सातैवटा प्रदेश सरकारद्धारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि रकम जम्मा गर्न राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयहरुमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताहरु देहाय बमोजिम खोलिएका छन् । यी खाताहरुमा कनेक्ट आईपीएस, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायत विद्युतिय माध्यमबाट पनि रकम जम्मा गर्न सकिने छ । १. १ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको प्रंदेश १ कोरोना जन सुरक्षा कोषको खाता नम्बरः २१२०००५८८१०१, शाखा कार्यालय बिराटनगर २. २ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः १२२०५०३०००००१, शाखा कार्यालय जनकपुर ३. बागमती प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः १३००५०३०००००२, शाखा कार्यालय हेटौंडा ४. गण्डकी प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः ३०२०००१८८३०१ शाखा कार्यालय पृथ्वीचोक ५. ५ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बर ३१२०५०३०००३०१, शाखा कार्यालय बुटवल ६. कर्णाली प्रदेश सरकारद्धारा संचालन भएको प्रदेश विपत व्यवस्थापन कोषको खाता नम्बर ४०८०५०३००००००, शाखा कार्यालय सुर्खेत ७. सुदूर पश्चिम प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः ४१७०५०३०००००३ शाखा कार्यालय धनगढी
काेराेनाकाे प्रभावले एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो
सिंगापुर । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विश्वका नीति निर्माताहरुले अघि सारेका नयाँ नीतिहरुका कारण बजारमा केही सुधार आएको थियो । बुधबार अपराह्न एसियाली बजारमा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) मा १.६६ प्रतिशतले कमी आई कच्चा तेल प्रतिब्यारेल २०.१४ अमेरिकी डलरमा किनबेच भएको छ । बजार खुल्दा भने डब्लुटिआईको मूल्यमा केही वृद्धि भएको थियो । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्यमा पनि ३.४२ प्रतिशतले कमी भई प्रतिब्यारेल २५.४५ अमेरिकी डलरमा किनबेच भएको छ । विश्व बजारमा तेलको माग घटे पनि साउदी अरेबिया र रसियाबीच तेल उत्पादनमा कटौती नगर्ने घोषणाले बजारमा तेलको मूल्यमा भारी गिरावट आएको हो । एएनजेड बैंकका एक विश्लेषकले पानीजहाजको ट्राकिङबाट साउदी अरेबियाले गत साता कच्चा तेलको बिक्री बढाएको देखिएको बताए । साउदी अरेबियाले प्रतिदिन ७० लाख ब्यारेलबाट करिब ९० लाख ब्यारेल तेल उत्पादन गरेको अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल उत्पादनलाई घटाउन गरेको अनुरोधलाई बेवास्ता गर्दै साउदी अरेबियाले विश्वमा तेल आपूर्ति बढाएर प्रभाव कायम राख्न चाहेको एक्सीकर्प ग्लोबल मार्केटका रणनीतिकार स्टिफेन इन्सले बताए । यस वर्षको शुरुदेखि मार्च महिनाको अन्त्यसम्ममा अर्थात् तीन महिनाको अवधिमा तेलको मूल्यमा झण्डै ६० प्रतिशतभन्दा बढीले कमी आएको छ । रासस–एएफपी
अमेरिकाले दियाे ५ मिनेटमा काेराेना पत्ता लगाउने मेसिनलाई अनुमति, ट्रम्पले भने-धेरै नै विश्वासिलो छ
काठमाडौं । अमेरिकी हेल्थ केयर कम्पनी एबोट ल्याबरोटोरीले पाँच मिनेटमा कोरोना भाईरस पत्ता लगाउने मेसिन प्रयोग गर्न मान्यता पाएको छ । अमेरिकाका खाद्य तथा औषधी प्रशासन एफडिएले एबोटको मेसिनलाई मान्यता दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । राष्ट्रपति ट्रम्पले पनि सोमबार ह्वाईट हाउसको ब्रिफिङमा उक्त मेसिनलाई धेरै नै विश्वासिलो बताएका थिए । यस्तै, उनले एबीसी न्यूजसँगकाे एक अन्तर्वार्तामा एबटको अनुसन्धान र विकासका उपाध्यक्ष, डा. जोन फ्रेल्सले भनेका थिए, ‘उक्त यो हालको सबैभन्दा छिटो समयमा हेरचाह गर्न सक्ने परीक्षण मेसिन हुनेछ । यसले ५ मिनेटमा सकारात्मक नतिजा र १३ मिनेटमा नकरात्मक परिणाम दिन्छ ।’
काेराेना भाइरसकाे महामारी सन्नाटामा विश्व शक्तिशाली राष्ट्र अमेरिका
वासिङ्टन डिसी । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब महिना दिन अघिसम्म अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्निया र पूर्वीय राज्य न्यूयोर्क घडीको सुईजस्तै अनवरत मेशिनको लयमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका थिए र विश्वलाई यसैगरी बडो तीब्र गतिमा नियालिरहेका हुन्थे । तर अहिले त्यस्तो छैन । अमेरिकामा यतिबेला महिनादिन अघिको जस्तो तीब्र गतिको आर्थिक विकासको भन्दा बढी महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुदैछ । सम्भवत कतिपय बहुराष्ट्रिय कम्पनीहरु यतिबेला सन् २०२० लाई स्वागत गरेर आगामी एक दशकको रणनीति तर्जुमा गर्न केही कार्यक्रमहरु गर्ने तयारीमा थिए । तर नयाँ वर्षलाई स्वागत गरेको दोस्रो महिनामै आफ्नो कूल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत अर्थात ५० खर्ब डलर वरावरको घाटा व्यहोर्नु परेको तथ्याङ्क वाहिरिनु र नागरिकहरुले अकालमा मृत्युवरण गर्न वाध्य हुनुपरेका कारण अमेरिकी राज्य सञ्चालनको सम्पूर्ण संयन्त्र यतिखेर तरङ्गित छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण अमेरिकामा मात्र करिब ४ हजार व्यक्तिले जीवन गुमाउनु परेको छ भने यस भाइरसको सङ्क्रमणमा परेकाको सङ्ख्या १ लाख ८० हजार नाघेको छ । यसरी भाइरसको सङ्क्रमणमा परेको यति ठूलो सङ्ख्याका नागरिकले यसबाट मुक्त हुन सङ्घर्ष गरिरहेका छन् । चीनको वुहानवाट उत्पत्ति भएर विश्वका झण्डै दुइ सय देशलाई नै सङ्क्रमणमा पारेको भाइरसका कारण अमेरिकामा ३६५ दिन र चौबीसै घन्टा खुल्ने व्यापारिक प्रतिष्ठानहरु पनि अर्को सूचना नभएसम्मको लागि बन्द गरिएका छन् । यो घडी आउला भनेर अमेरिकाका ती कम्पनी एवं सिंगो देशले नै विरलै सोचेको थियो । विगत वर्षहरुमा हरेक शुक्रवार साँझ खचाखच भरिने रेष्टुरेन्ट, बार र पवहरु सुनसान छन् भने यहाँ ‘लाइभ म्युजिक’ बाट दर्शकलाई मनोरञ्जन प्रदान गर्ने लाखौं ‘लाइभ व्याण्ड’का सदस्य पनि वेरोजगार भएका छन् । सूचना प्रविधिले मारेको फड्कोसँगै आफ्नो हातको औँलामा विश्वका घटनाहरु केलाउने र खेलाउने कार्यमा अभ्यस्त करोडौँ अमेरिकी अहिले वेरोजगार छन् । यसबेलाको अमेरिकीहरुको दैनिकीले यस अगाडिका कहालिलाग्दा घटनालाई समेत ओझेलमा पारिदिएको महसुश भएको छ । पचासै राज्यका गभर्नर आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले २४ सै घण्टा चनाखो भएका छन् । अहिले अमेरिका कोरोना भाइरसको विरुद्धमा विश्वयुद्धमा होमिएभन्दा पनि बढी होमिएको छ । झण्डै १७ करोड नागरिकलाई घरभित्रै बस्न भनिएको छ भने ८ करोड भन्दा बढीले आउने साताको ‘पे चेक’ वुझ्न नपाउने स्थिति छ । हजारौँ साना ठूला कार्यक्रम स्थगित भएका छन् भने हजारौँ जहाज एयरपोर्टमा ग्राउण्डेड भएका छन् । त्यसलाई उकास्न ह्वाइट हाउस, सिनेट, हरेक राज्य, नेशनल गार्ड देखि अहोरात्र खटिने स्वास्थ्यकर्मीहरु एकसाथ परिचालित छन् । अहिले अमेरिकाको सारा संयन्त्र देशलाई कारोनाको सङ्क्रमणबाट कसरी मुक्त गर्ने भन्ने ध्याउन्नमा जुटेको छ जुन पहिलो र दोश्रो युद्धमा होमिएको अमेरिका भन्दा फरक छैन यहाँका पुराना नागरिकहरु । यसैले ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्स लगायत स्वास्थ्य क्षेत्रहरुको विज्ञ टोलीले पछिल्लो अवस्था बारेमा जानकारी दिन दिनहुँ पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिँदै सञ्चालन गरेका कदमदेखि चुनौतीको बारेमा समेत प्रकाश पारिरहेका छन् । यसरी हेर्दा अमेरिकी सरकारबाट जनउत्तरदायी सरकारले गर्ने एउटा कामको अभिभारा पूरा गर्न कुनै कसर नराखिएको देखिन्छ । यसै सिलसिलामा सिनेटले २ ट्रिलियन अर्थात २० खर्ब अमेरिकी डलरको राहत प्योकजलाई अनुमोदन गरेको छ । दुवै सदनले अनुमोदन गरेपछि गत शुक्रवार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेर कार्यान्वयनमा ल्याइएको छ । यसले अमेरिकाको इतिहासमा पहिलो पटक सवैभन्दा बढी धनराशी खर्चिनु परेको छ । यो राहत प्याकेज सन् २००८ मा वित्तीय सङ्कटको वेलामा गरिएको वेलआउटको रकम ७०० विलयन डलर भन्दा तीन गुणा वढी छ । यसको अन्य विभिन्न शीर्षक लगायत नागरिकलाई सिधै रकम दिने प्रावधानले कठिन घडीमा जनताको लागि आशाको केन्द्र वनाएको छ । अमेरिकाको कूल जनसङ्ख्याको ९० प्रतिशत अर्थात करिव ३१ करोड अमेरिकीलाई न्यूनतम १ हवार २०० डलरको दरले सिधै रकम दिने प्रस्ताव यसमा गरिएको छ । यो प्रस्ताव अनुसार हरेक परिवारका सदस्यले १ हजार २०० डलर र प्रति नावालकलाई पाँच सयका दरले अतिरिक्त रकम दिने उल्लेख गरिएको छ । यो राहत प्याकेजले अमेरिकाको अर्थव्यवस्थालाई थप चलायनमान वनाउने र नागरिक तथा व्यवसायीहरुको मनोवल उच्च वनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । अमेरिकाको कोरोना भाइरसको वारेमा तथ्याङ्क राख्दै आएको मेरिल्याण्ड राज्यमा रहेको र विश्वको उत्कृष्ट चिकित्सा विज्ञानको पढाई हुने जोन हप्किन्स विश्वविद्यालयले राखेको तथ्याङ्कअनुसार वाशिङ्गटन राज्यबाट पैmलिएको यो कोरोना भाइरसले सवैभन्दा बढी विश्वको वित्तीय राजधानीको रुपमा रहेको न्यूयोर्कलाई इपिसेन्टरको रुपमा गाँजेको छ । न्यूयोर्क राज्यमा मात्र मृत्युवरण गर्नेहरुको सङ्ख्या १ हजार २ सय नाघेको छ भने ६६ हजार ४ सय ९७ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यसैले अहिले अमेरिकाको ध्यान न्यूयोर्क शहरका नागरिकलाई कसरी आश्वस्त पार्ने भन्नेमा केन्द्रित छ । अत्याधिक मात्रामा विरामी भएपछि सार्वजनिक स्थलहरुलाई अस्पतालको रुपमा परिणत गरिएको छ भने सोमवार मात्र नेभीको एउटा पानी जहाजलाई अस्थाई अस्पतालको रुपमा विकसित गरेर न्यूयोर्क पुर्याइएको छ । यसको क्षमता एक हजार अस्पतालको वेड वरावरको रहेको छ । न्यूयोर्कका मेयर विल डि व्लाजियोले भेन्टिलेटरको सङ्ख्या बढाइएको र वेडको सङ्ख्या पनि ३४ हजारसम्म पुर्याइएको जानकारी दिए । उता अर्को राज्य क्यालिफोर्नियामा पनि नेभी अस्पताल पानी जहाज लस एञ्जेलसको वन्दरगाहमा शुक्रवार पुगेको छ उक्त अस्पतालमा पनि एक हजार वेड क्षमताको भएको जनाइएको छ । एकपछि अर्को राज्य गर्र्दै पुगेको कोरोना भाइरसको कारणले टेक्सास राज्यले न्यूयोर्क र न्यूजर्सी राज्यमा भ्रमण गरेर आएकाहरुले अनिवार्य रुपमा १४ दिन सेल्फ क्वारेन्टाइनमा वस्नुपर्ने नियम बताएको छ । अहिले अमेरिकाका सत्रवटा राज्यमा स्वास्थ्यको दृष्टिकोणले सङ्कटकाल लगाइएको छ । त्यसमध्ये आक्रान्त राज्यहरु क्यालिफोर्निया, न्यूयोर्क र वासिङ्गटन रहेका छन् । खासमा भाइरसको प्रकृतिअनुसार मानिसको मानिससँगको नजिकको संसर्गबाट लाग्ने भनेर सचेत गराइएको भए पनि कतिपय मानिसहरु थाहा नपाई यो भाइरसको शिकार भएका छन् । अहिले अमेरिकाको न्यूयोर्कमा नै भाइरसको सङ्क्रमण अत्याधिक हुनुको कारणबारे टिप्पणी गर्नु त त्यति व्यावहारिक नहुन सक्छ । तर अमेरिकाको पर्यटकीय गन्तव्य भएको कारणले विश्वसँग यसको ठूलो सञ्जाल संयन्त्र नै भाइरस सङ्क्रमणको मुख्य कारण बन्न पुगेको सञ्चारमाध्यमहरु वताउँछन् । कूल १ करोड जनसङ्ख्या भएको न्यूयोर्कमा वार्षिक करिव ७ करोड पर्यटक भ्रमण गर्ने र त्यसमध्ये १ करोड ५० लाख भन्दा वढी विभिन्न देशबाट आउने गरेको तथ्याङ्क देखिएको छ । न्युयोर्कको कम्तीमा एक पटक भ्रमण गर्ने इच्छात्यसमध्ये १ करोड ५० लाख भन्दा वढी विभिन्न देशबाट आउने गरेको तथ्याङ्क देखिएको छ । रासस
लक्ष्मी बैंक १९औं वर्षमा प्रवेश, डिजिटल सेवालाई प्राथमिकता दिने प्रतिवद्धता
काठमाडौं । लक्ष्मी बैंक स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । स्थापनकालदेखि नै आफ्ना ग्राहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएको बैंकले आगामी दिनमा पनि उक्त सेवालाई निरन्तरता दिने कम्पनीले जनाएको छ । बैंकले आगामी दिनमा पनि ग्राहकहरुलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्न डिजिटल बैंकिङ्गलाई व्यापक एवं सुदृढ बनाउँदै लैजाने तथा नविनतम डिजिटल प्रोडक्ट सेवाहरु थप गर्ने जानकारी गराएको छ । साथै, बैंकले ग्राहकहरुमा आवश्यक ज्ञान र सचेतना बढाउन विशेष रुपले ‘डिजिटल सेवा प्रयोगको लागि साक्षरता अभियान’ संचालन गर्ने प्रतिवद्धता जनाएको छ । त्यस्तै, अहिलेको लकडाउनको परिस्थितिमा पनि बैंकले आधारभुत तथा अत्यावश्यक बैंकिङ् सेवा सुचारु गरिरहेको जानकारी गराएको छ ।
खाद्यान्य लिएर साल्ट ट्रेडिङ कर्पोरेशनकाे भ्यान राजधानीकाे चाेकचाेकमा, मूल्य १०% सम्म छुट
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले बुधबारदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण सुरु गरेको छ । सरकारको निर्देशन पालना गर्दै १० प्रतिशतसम्म सहुलित मूल्यमा खाद्यन्य बिक्री वितरण शुर गरेकाे कर्पाेरेशन जनाएकाे छ । लकडाउनका बेला उपभोक्तालाई सहज हाेस भनेर भ्यानबाट चाेक चाेकमा सामान लगेर बेच्चे काम शुरू भएकाे साल्ट ट्रेडिङ कर्पाेरेशनका सूचना अधिकारी कुमारराज भण्डारीले बताए । कर्पोरेशनले ३ वटा मोबाइल भ्यानबाट उपत्यकामा तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न चाेकमा खाद्यान्न पुर्याउने काम थालेकाे छ । खाद्यन्य वितरण गर्न परिचालित भ्यानकाे संख्या कम भएकाेले माग नुसार भ्यान पठाउने गरको उनले बताए । बुधबार उपत्यकाका सामाखुसी चोक, झिर टोखा, खुसिँबु, नयाँबजार, बालाजु, रिंगरोड, कुपण्डोल, सानेपागायतका क्षेत्रहरमा खाद्यान्न बिक्री गरिरहेको छ । लकडाउनको अबस्थालाई बुझेर एक व्यक्तिले २ केजीसम्म किन्न मिल्ने व्यवस्था गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट जाेगिने सुरक्षाका उपाय अपनाउँदै खाद्यन्य सामाग्री बिक्री वितरण गरिरहेको साल्ट ट्रेडिङले जाकारी दिएको छ । सरकारी सेयर लगानी रहेकाे साल्ट ट्रेडिङ कर्पोरेशनले चामल, खाने तेल, नुन, मैदा, दाल, गेडागुडी, ग्यास लगायत दैनिक उपभाेग्य बस्तुहरू बिक्री गर्दै अाएकाे छ । हालकर्पाेरेशनले चिनीमा भने १० प्रतिशत छुट दिएकाे भण्डारीले जानकारी दिए । चामल, नुन, मैदा, दाल तथा गेडागुडीमा साविककाे मूल्यमा थाेरै घटाइएकाे छ । ‘सरकराले खाद्याबस्तुमा १० प्रतिशत छुट दिने भने पनि साल्ट ट्रेडिङ कर्पोरेशनलाई कुुनै पत्र आएको छैन्, आज उद्योग मन्त्रालयमा बोलाएको छ, मन्त्रालय गएर आए पछि मात्रै कसरी छुट दिने भन्ने थाहा हुन्छ,’ भण्डारीले ।
काेराेना राेकथाम कोषमा २२ करोड जम्मा
काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मङ्गलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ रूपैयाँ जम्मा भएको छ । सरकारले गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दैनिक कोषमा रकम जम्मा भइरहेको जानकारी दिए । उनका अनुसार कोषमा मङ्गलबारमात्र नेपाल औद्योगिक महासङ्घले ५० लाख, एक लाखभन्दा कम दिएकाबाट एक करोड नौ लाख २९ हजार २४ रुपैयाँ जम्मा भएको छ । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाबराबरको रकम उक्त कोषमा जम्मा गरिसकेका छन् । रासस