प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रका नाममा सम्बोधन [लाइभ]
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशवासीका नामा सम्बाेधन गरिरहेका छन् । उनी विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे राेकथाम तथा नियन्त्रणका लागि गरिने पहलका बारेमा सम्बाेधन गरिरहेका हुन् । भिडियाे My Live stream with AZ Screen Recorder Gepostet von विकासन्यूज प्रतिनिधि am Montag, 6. April 2020
औँठी–आइफोन हातमा : राहतको लाममा
काठमाडौं । लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइनमा करोडौंको सम्पत्ति भएकाहरु पनि बसेपछि वितरणमा सकस पर्न थालेको छ । हातमा आइफोन बोकेका, औँलामा सुनका औठी र घाँटीमा सिक्री लाउनेहरु लाइनमा बसेर राहत लिन थालेकाले सोचेभन्दा दोब्बर बढी राहत वितरण गर्नुपरेको पहिलो चरणको राहत वितरण सम्पन्न गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । नगरपालिकाभित्र सात हजार परिवारलाई राहत वितरण गरेको जानकारी दिँदै उनले भने, “हामीले आजदेखि सबै वडामा राहत वितरण सम्पन्न ग¥यौं, तर राहत लिन अधिकांश बाहिर जिल्लाबाट यहाँ आएर भाडामा बस्नेहरु छन्, राहत लिने आधाजति त हुनेखाने नै छन्, हातमा आइफोन लिएर, सुनका सिक्री औंठी लाएकाहरु गरिब, मजदुरलाई दिने राहत थाप्न आएको देखियो ।” भूकम्पमा बरु पीडितको पहिचान भएर सजिलो भएको तर अहिले मजदुर र गरिबको पहिचान गर्न नसक्दा तीन हजार ५०० घरपरिवारलाई दिने भनेको राहत सात हजार परिवारलाई दिएको बताउँदै उनले सरकारी जागिरे भएकादेखि विदेशमा बस्नेहरुका परिवारसमेत राहत लिन आएको बताए । यता सूर्यविनायक नगरपालिकाले वडा नं १ देखि ७ मा राहत वितरण सम्पन्न गरेको छ । नगरपालिकाले अहिलेसम्म चार हजार नागरिकलाई राहत वितरण गरिसकेको छ । वडा नं १ सिरुटारमा राहत वितरणको क्रममा एउटै घरमा १० परिवारसम्म भाडामा बसेका सबै राहत लिन आएको वडाध्यक्ष सानुकाजी कायस्थलले जनाएका छन् । राहत लिन घर भाडामा लाउने घरमालिकदेखि जग्गा जमीन भएकासमेत आएको गुनासो गर्दै उनले ७०० भन्दा बढीको नाम सङ्कलन भए पनि वडाले छनोट गरी ४४१ परिवारलाई वितरण गरेको जानकारी दिए। सूर्यविनायक–८ सिपाडोलमा राहत वितरणमा हातमा आइफोन र घाँटीमा सुनका सिक्री लाएकाहरु लाइनमा बसेर राहत लगेको वडाध्यक्ष किरण थापाले भने । कतिपयले पैसा छ, खानेकुरा किन्न पाएनौं भन्दै राहत लिन आएकोे उनले जानकारी दिए । यता सूर्यविनायककै वडा नं ६ कटुञ्जेमा चारतले पक्की घर हुनेदेखि महिनाको रु ४५ हजार भाडा तिर्ने व्यापारीसमेत राहत लिन आएको वडाध्यक्ष रामेश्वर ध्वजूको भनाइ छ । एउटै घरमा ४८ परिवार भाडामा बसेको र सबै राहत लिन आएको पाइएको जानकारी दिँदै एउटै परिवारका श्रीमान् श्रीमतीले नै राहत लिन आएको जानकारी दिए । सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले सङ्कटको बेलामा हुनेखानेले हुँदाखाने वर्गलाई सहयोग गर्नुपर्ने बेलामा हुनेखाने नै राहत लिन आएको गुनासो चारैतिरबाट आएको बताए । उनले सूर्यविनायक नगरपालिकाभित्र अन्तिम नामावली छनोटपछि करिब पाँच हजारलाई राहत सामग्री वितरण गरिने र राहत लाने सबैको नामावली, राहतको विवरण वेबसाइटबाट सार्वजनिक गरिने जानकारी दिए। भक्तपुर नगरपालिकाले सोचेभन्दा धेरै मानिस वडामा राहत लिन नाम दर्ता गर्न आएपछि राहत वितरण नै शुरु गरेको छैन । प्रत्येक वडाबाट नामावली सङ्कलन गर्ने क्रममा स्थानीयभन्दा पनि बाहिर जिल्लाबाट आएका र हुनेखानेहरु नै बढी आएपछि छनोट गरेर मात्रै वितरण गर्ने तयारी गरेको छ । नगरपालिका प्रमुख सुनिल प्रजापतिले राहत लिन हुनेखानेहरु धेरै आएपछि यो विकृति रोक्न र वास्तविक मजदुर तथा गरिबलाई छनोट गरेर राहत वितरण गर्ने तयारी गरेको बताए । उनले भूकम्पको बेलामा भन्दा जटिल अवस्था अहिले राहत वितरणमा देखिएको बताउँदै वडावडाबाट सङ्कलित नामको वास्तविक मजदुर र गरिबको पहिचान गरेर मात्रै कार्ड बाँडेर आजबाट राहत वितरण शुरु गर्ने भएको छ । त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सरकारले सित्तैमा दिने त हो नि भन्दै आवश्यक नै नभएका हुनेखानेहरु राहत लिने सूचीमा वडाबाट आएको बताए । नामावली सङ्कलनमा घरजग्गा भएका, सरकारी जागिर भएका, विदेशबाट पैसा आउने र सरकारी सुविधा पाउनेसमेत राहत लिन आएको पाइएको । चाँगुनारायणले पनि आएका नाममा छनोट गरेर वडा तहबाटै राहत वितरण शुरु गरेको छ । रासस
पुर्नबीमा कम्पनीको आईपीओ बाँडफाँड भोलि, कहाँ र कति बजे ?
काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीको आईपीओ भोलि(चैत २६ गते बुधबार) बाँडफाँड हुँदै छ । उक्त आईपीओको बाँडफाँड भोलि बिहान साढे ७ बजे टेकुस्थित राष्ट्रिय वाणिज्य बैंककाे भवनमा हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले बताएका छन् । ‘लकडाउन २५ गतेसकिन्छ भनेर लकडाउन पछि मात्र बाँडफाँड गर्छौं भनेका थियौं । तर लकडाउन थप ८ दिनको लागि लम्बिएकाले भोलि नै सेयर बाँडफाँड गर्न लागेका हौं ।’- उनले विकासन्युजसँग भने- ‘लगानीकर्ताको रकम लामो समयसम्म होल्ड भइसकेकाले लकडाउन भएपनि सेयर बाँडफाँड गर्न लागिएको हो ।’ कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । जसमा निष्काशन गरिएको भन्दा बढी सेयरको माग भएकोले शुक्रबार अर्थात चैत ७ गते ५ बजेपछि आवेदन बन्द गरिएको थियो । मर्चेन्टका अनुसार उक्त आईपीओमा ५ अर्ब ५७ करोड ४७ लाख ३५ हजार रूपैयाँ बराबरको सेयर माग भएको थियो । उक्त रकम मागको ३.४८ गुणा बढी हो । सेयर माग गर्नेको संख्या ४ लाख ९ हजार ७२२ व्यक्ति तथा कम्पनी रहेका छन् । कम्पनीले जारी गरेको कूल सेयरमध्ये एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणमा बिक्रीमा राखिएको थियो ।
काेराेना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनलाई ‘आईसीयू’मा सारियाे
काठमाण्डाै । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई लण्डनको अस्पतालकाे सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । उनी होस मै रहे पनि स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको अन्तर्राषट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि शेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोनसनलाई साेमबार १० औँ दिनमा अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना हुनुअघिसम्म पनि प्रधानमन्त्री जोनसनले आफ्नो काम गरिरहेका थिए । अहिले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएकाे छ ।
आपूर्ति मन्त्री भट्टको लकडाउन दैनिकीको परिणामः व्यापारी खुसी, उपभोक्ता झनै खुसी
काठमाडौं । विश्वव्याधी कोरोना भाइरस (कोभिड १९) सन्त्रास तथा सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशभर लकडाउन गरेको २ साता वितिसकेको छ । लकडाउन गरेर सर्वसाधारणलाई घर बाहिर ननिस्कन आदेश जारी गरेको सरकारले योबीचमा सम्भावित संक्रमण रोक्न प्रभावकारी कदम चालेन, लकडाउन गरेर आफ्नो जिम्मेवारी पूरा भए जस्तो गरी सरकार चुप लागेर बसेको छ भनेर आलोचना पनि भइरहेको छ । यो अवधिमा सम्भावित संक्रमणको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको जोहो गर्ने शिलशिलामा अवाञ्चित गतिविधि गरेको भन्दै कोरोना रोकथाम तथा समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि विवादमा तानिएका छन् । लकडाउन गरेका कारण उद्योग, प्रतिष्ठान, बन्दव्यापार तथा समग्र आर्थिक क्षेत्रमा गम्भीर असर परेको र सो असर न्यूनिकरणका लागि आवश्यक कार्यक्रम ल्याउन नसकेको भनेर अर्थमन्त्रीको पनि आलोचना भइरहेको छ । यस्तै, दैनिक कमाएर आफ्नो र परिवारको गर्जाे टार्ने वर्गका लागि सरकारले विशेष राहत प्याकेज ल्याउन नसकेको भन्दै आलोचना पनि भइरहेको छ । अहिले मन्त्री भट्टको दैनिकी फेरिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेको पनि १५ दिन भइसकेको छ । अत्यावश्यक सेवा बाहेकका सबै मानिस घरमै बसिरहेका छन् । सरकारले घोषणा गरेको लकडाउनमा सरकारकै केही मन्त्रीहरु ‘आउट अफ सिन’ छन् । तर, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट भने आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्नको लागि अहोरात्र खटिरहेका भनेर उनको प्रशंसा पनि भइरहेको छ । यसैक्रममा मन्त्री भट्ट अहिले के गरिरहेका रहेछन् र उनको चर्चा बढेको रहेछ भनेर विकासन्युजडटकमले बुझ्ने प्रयास गरेको छ । अहिले मन्त्री भट्टको दैनिकी फेरिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेको पनि १५ दिन भइसकेको छ । अत्यावश्यक सेवा बाहेकका सबै मानिस घरमै बसिरहेका छन् । लकडाउनमा आपूर्ति सहज र प्रभावकारी बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट बिहान ५ बजेदेखि राति अबेरसम्म दौडधुपमा छन् । केही मन्त्रीहरु भने फुर्सदिला भएका छन् । फुर्सदिला मन्त्रीहरु मन्त्रिपरिषद्को बैठकमा पुगेर दिन कटाइरहेका छन् । मन्त्री भट्टको सचिवालयका अनुसार उनी विहान ५ बजे उठ्छन । ५ बजेदेखि ६ बजेसम्म योगाभ्यास गर्छन् । उनी ६ बजेदेखि ७ बजेसम्म विश्वभरका समाचारहरु पढ्छन् । कोभिड १९ संक्रमणले आक्रान्त देशहरुको अवस्थाका बारेमा उनी ‘अपडेट’ हुन्छन् । कोभिड १९ संक्रमणले आक्रान्त तथा लकडाउन गरिएका अन्य देशको आपूर्ति प्रणालीलाई कसरी व्यवस्थित र उपभोक्तामुखी बनाइएको छ भनेर बुझ्ने उनको पहिलो प्रयास हुने गरेको छ । यसै प्रसंगमा २३ चैतमा मन्त्री भट्टको दैनिकी कस्तो थियो भनेर हामीले यो रिपोर्ट तयार पारेका हौं । सो मन्त्री भट्ट विहान ५ बजे उठे । ५ बजेदेखि ६ बजेसम्म योगलगायत नित्यकर्म गरे । ६ बजेदेखि ७ बजेसम्म विश्वभरीको समाचर अध्ययन र विश्व स्वास्थ्य संगठनले के कस्तो नयाँ निर्णय र सुझाव दिएको छ भनेर बुझे । विहान ७ बजेदेखि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलगायत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सो जिल्लाको के कस्तो समस्या छ, केन्द्र सरकारले के कस्तो सहयोग गर्नुपर्छ भनेर छलफल गरे । यसो गर्दा नै ८ बजिसकेको उनको सचिवालयले जानकारी दियो । विहान ७ बजेदेखि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलगायत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सो जिल्लाको के कस्तो समस्या छ, केन्द्र सरकारले के कस्तो सहयोग गर्नुपर्छ भनेर छलफल गरे । यसो गर्दा नै ८ बजिसकेको उनको सचिवालयले जानकारी दियो । विहान ८ बजेदेखि उद्योग मन्त्रालयका सचिव, र सहसचिवहरुसगँ फोनमा नै छलफगल गरे । विहान ९ बजे खाना खाए, अनि आफ्नो मन्त्रालय अन्तरगत के के काम भइरहेको छ भनेर पुन अपडेट लिए । उनी १० बजे निवासबाट निसकेर नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राहत वितरणमा सहभागी भए । त्यहाँ मन्त्री भट्ट र महासंघकी अध्यक्ष भवानी राणाले संयुक्त रुपमा खाद्यान्न हस्तान्तरण गरे । १०ः३० बजे मन्त्रालय पुगे । मन्त्रालयमा के के भइरहेको छ भनेर अपडेट भए । सचिवलगायतका उच्च सरकारी अधिकारीहरुसँग बसेर दाल, चामल, ग्यासलगायत अति आवश्यक वस्तको मौज्दात कति छ, नाकामा कुनै समस्या छ कि भनेर ११ बजेसम्म छलफल गरे । सचिवहरुसगँ छलफल गर्दा देखिएका समस्याहरुलाई टिपोट गरेर सम्बिन्धित मन्त्रालयका मन्त्रीहरुसगँ फोनमा नै १२ बजेसम्म छलफल गरे । अर्काे मन्त्रालयबाट हुनुपर्ने कामका विषयमा समन्वयको पहल गरे । त्यसपछि उद्योग मन्त्रालयमा मजदुर संगठनका पदाधिकारीहरुसगँ उद्योग सञ्चालन गर्ने विषयमा २ घन्टा कुराकानी भयो । मन्त्रीले उद्योग सञ्चालन गर्न मजदुर ल्याउनुस, सरकारले सबै व्यवस्था मिलाउछ भनेर छलफल सकाए । मजदुर संगठनका पदाधिकारीहरुसगँ १२ देखि २ बजेसम्म छलफल नै चलिरह्यो । औपचारिक छलफल सकिएपछि पनि पदाधिकारीहरुसँग मन्त्रीले १ घन्टा छलफल गरे । कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिमा मन्त्रालय तथा विषयगत रुपमा समग्र समस्या र समाधानका विषयमा तयारी बैठक चल्यो । यो बैठक ३ बजेदेखि ५ बजेसम्म चल्यो । त्यहाँ पनि दैनिक उपभोग्य बस्तुको आपूर्तिका विषयमा छलफल भएको थियो । आन्तरिक तयारी सकिएपछि समितिले गर्नुपर्ने निर्णयका लागि कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकमा ५ बजे देखि ७ः३० सम्म चल्यो । मन्त्री भट्ट सहभागी भए । कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठक सकिए पछि मन्त्रीले आफ्ना सचिवहरुसगँ आपूर्तिकै विषयमा छलफल गरे र ८ बजे निवास फर्किए । कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठक सकिए पछि मन्त्रीले आफ्ना सचिवहरुसगँ आपूर्तिकै विषयमा छलफल गरे र ८ बजे निवास फर्किए । निवास पुगेपछि महत्वपुर्ण केही विषयमा फोनबाटै विभिन्न व्यक्तिहरुसगँ छलफलग गरे । छलफल सकिए पछि राति ९ बजे खाना खाए र दिनभर विश्वभरी के भएछ भनेर अध्ययन गरे र १० बजे सुते । लकडाउनको समयमा मन्त्री भट्टको जिम्मेवारीमा आपूर्ति व्यवस्था सहज बनाउने र आयात–निर्यातमा समस्या हुन नदिने हो । उनी त्यसैगरी प्रत्येक दिन विहान देशभरिको वस्तुस्थितिबारे रिपोर्टिङ लिने गर्छन् । उनको चिन्ता भनेको आयात भएका सामग्रीहरु उपभोक्ताले सहज रूपले पाए कि पाएनन् भन्ने नै हो । मन्त्री भट्ट प्रत्येक दिन बस्तुको कालोबजारी र अभाव भएको छ कि भनेर विभिन्न माध्यमबाट सुचना र विवरण संकलन गर्छन् । उनी कोरोनको सक्रमणबाट उपभोक्तालाई जोगाउन खाद्य पसलले निश्चित दूरी कायम गरेर बिक्री गर्न विभिन्न निकायसगँ समन्वय गरि निर्देशन दिन्छन् । मन्त्रालयमा लकडाउनको समयमा कसरी काम गर्ने भनेर दिनमा विभिन्न निकायका प्रमुखहरुसगँ छलफल गर्छन् । मन्त्री भट्ट प्रत्येक दिन बस्तुको कालोबजारी र अभाव भएको छ कि भनेर विभिन्न माध्यमबाट सुचना र विवरण संकलन गर्छन् । उनी कोरोनको सक्रमणबाट उपभोक्तालाई जोगाउन खाद्य पसलले निश्चित दूरी कायम गरेर बिक्री गर्न विभिन्न निकायसगँ समन्वय गरि निर्देशन दिन्छन् । मन्त्रालयले सहसचिवको नेतृत्वमा एक्सन टिम पनि बनाएको छ । त्यो टिमले भारत र चीनबाट हुने आयातलाई सहज बनाउन आवश्यक काम गर्छ । असहज भएका विषयमा मन्त्रीसगँ छलफल गरिहाल्छ । मन्त्री भट्ट समय मिलाएर उपत्यकाका विभन्न ठाउँमा पसलहरुले कसरी विक्री विवतरणको प्रबन्ध गरेका छन् भनेर बजार अनुगमनमा पनि निस्कने गरेका छन् । विहान ५ बजे उठेका मन्त्री भट्ट दिनभर आपूर्ति प्रणालीलाई सुचारु गर्ने, उपभोग्य बस्तुको सहज आपूर्ति मिलाउने, उपभोक्तालाई कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगाउन आवश्यक समन्वय र पहल गरेर घर पुग्दा रातिको ९ बजिसकेको हुन्छ । १० वर्षे सशस्त्र विद्रोह संचालन गर्ने तत्कालिन माओवादी पार्टीको नेतृत्व तहमा रहेका क्रान्तिकारी भट्टको अहिलेको सक्रियता र समन्वयकारी भूमिकाको उद्योगी व्यवसायी तथा व्यापारी र आम उपभोक्ताले प्रसंशा गरेका छन् । अहिलेको आफ्नो सक्रियता आवश्यकताले निर्धारण गरेको मन्त्री भट्टले बताए । ‘हाम्रो टीम दिनमा १४र१५ घण्टा पनि खटिरहेको हुन्छ, अहिलेको अवस्थामा सर्वसाधारण घरबाट बाहिर निस्कनु हुँदैन भने हामीले सर्वसाधारणलाई उनीहरुको निवास नजिकै उपभोग्य वस्तु पुर्याइदिनुपर्छ, यसैकारण हामी हरसम्भव प्रयास गरिरहेका छौं,’ मन्त्री भट्टले भने । मन्त्री भट्टको सबैभन्दा राम्रो पक्ष भनेको उनको सहजता नै हो । उनी सर्वसाधारण जस्तै बनेर बजार जान्छन् । सस्तो लोकप्रियता र प्रचारबाजीमा रमाउँदैनन् । कही कतै समस्या देखियो भने समस्या समाधनको उचित विकल्प निकाल्छन् । मन्त्री भट्टको सबैभन्दा राम्रो पक्ष भनेको उनको सहजता नै हो । उनी सर्वसाधारण जस्तै बनेर बजार जान्छन् । सस्तो लोकप्रियता र प्रचारबाजीमा रमाउँदैनन् । कही कतै समस्या देखियो भने समस्या समाधनको उचित विकल्प निकाल्छन् । ‘सिंहदरबारमा मात्रै सिमित भइयो भने जनताका गुनासा र आवश्यकताबारे त्यति धेरै जानकारी प्राप्त हुँदैन, सिंहदरबार बाहिर निस्कने, संचारमाध्यम, नागरिक समाज, आम सर्वसाधारण र आलोचकका कुरा सुन्यो भने यथार्थ जानकारी प्राप्त हुन्छ, मैले पनि यही विधिबाट सुचना तथा जानकारी लिने र आवश्यक समन्वय गर्ने गरेको छु, मैले गरेको कामबाट धेरै मानिस खुसी छन् कि छैनन् मलाई जानकारी छैन, तर दैनिक उपभोग्य बस्तु सहज र उपयुक्त मुल्यमा सबै उपभोक्ता पाउन सक्ने वातावरण बनाउनु मेरो कर्तव्य र जिम्मेवारी हो, म र मेरो मन्त्रालयको सबै टीम यसमा लागिरहेको छ,’ मन्त्री भट्टले भने ।
कोरोनाका बिरामीलाई आईसीयूमा राख्नुको मतलव के हो ?
ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसोनको इलाज लण्डनको सेंट थोमस अस्पतालको इन्टेन्सिव केयर यूनिट अर्थात् आईसीयूमा चलिरहेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार डक्टरहरुले दिएको सल्लाह अनुसारनै प्रधानमन्त्रीको स्वास्थ्यका लागि यो कदम उठाइएको हो । आईसीयू के हो ? आईसीयू त्यस्तो विशेष वार्ड हो जहाँ गम्भीर रुपका विरामीहरुको इलाज गर्न र उनीहरुलाई बढि ध्यान दिन सकियोस् भन्ने हेतुले बनाइएको हुन्छ । आईसीयूमा बिरामीहरुको संख्या कम हुन्छ र मेडिकल स्टाफहरुको संख्या ज्यादा हुन्छ ताकि आवश्यकता पर्नासाथ विरामीलाई पर्याप्त रुपमा ध्यान दिन सकियोस् । आईसीयूमा विरामीको गहन निगरानीका लागि उपकरण लगाइएको हुन्छ । कस्ता विरामीलाई आईसीयूको जरुरत पर्छ ? कुनैपनि विरामीलाई आईसीयूमा किन भर्ना गरिन्छ ? यसका अलग अलग कारण हुन सक्दछन् । कसैलाई गम्भीर सर्जरीपछि उसको हेरविचारका लागि आईसीयूमा राख्ने गरिन्छ भने कसैलाई चाहिँ गम्भीर दुर्घटनामा परि घाइते भएको अवस्थामा । प्रधानमन्त्री बोरिस जोनसोनलाई चाहिँ यसकारण आईसीयूमा राखिएको हो कि उनको स्वास्थ्यमा कोरोना संक्रमणको लक्षणमा कुनैपनि सुधार आएको थिएन । यसैकारण डक्टरहरुले उनलाई आईसीयूमा भर्ना गर्ने सल्लाह दिए ताकि स्वास्थ्य स्थिती विग्रियो भने समय रहँदै आवश्यक उपचार गर्न सकियोस् । गत आइतवार उनलाई सेंट थोमस अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसको कारण फोक्सोलाई नोक्सान पुग्न सक्छ र प्रधानमन्त्री बोरिस जोनसोनलाई पनि श्वास लिन केहि अप्ठ्यारो महसुस भइरहेको थियो । त्यहीपनि अहिलेसम्म उनलाई भेन्टिलेटरमा राख्न आवश्यक परेको चाहिँ छैन । के हुन्छ आईसीयूमा ? आईसीयूमा भर्ना भएका जोसुकै विरामीलाई पनि भेन्टिलेटरमा राख्न जरुरी हुँदैन । भेन्टिलेटरको प्रयोग यसकारण गरिन्छ ताकी विरामीको श्वास चलिरहोस् । कोहि विरामीलाई श्वास लिनमा मद्दत पुगोस् भनेर सीपीएपी नामको मेशिन पनि लगाइने गरिन्छ । यसमा एउटा मास्कको सहायताले अक्सिजन हल्का दवावको साथ दिइने गरिन्छ । आईसीयूमा भर्ना भएको विरामी विभिन्न किसिमका मेशिन, ट्यूब, वायर र केवलहरुसँग जोडिएका हुन सक्छन् जसको माध्यमबाट उसको शरीरका अंगहरुको हलचललाई नाप्ने गरिन्छ । बिरामीलाई नशाबाट इन्जेक्शन बाहेक पोषक तत्व पनि दिन सकिन्छ । सेंट थोमस अस्पतालको आईसीयूमा यस अघि पनि कोरोना भाइरसका विरामीको उपचार भइसकेको छ । निक्कै गम्भीर मामलामा लाइफ सपोर्ट सिस्टम जसलाई ईसीएमओ भनिन्छ, को पनि प्रयोग गर्न सकिन्छ । यसले मुटु र फोक्सोका लागि काम गर्दछ । आईसीयूबाट ठिक हुँदा आईसीयूमा जसै विरामीको स्वास्थ्य स्थिती राम्रो हुन्छ तव उसलाई अस्पतालकै अरु कुनै वार्डमा सिफ्ट गर्ने गरिन्छ । यसो गर्नाले अन्य विरामीका लागि आईसीयू उपलब्ध हुन पाउँछ । कोहि बिरामीले आईसीयूबाट दुईचार दिनमै विदा पाउँछन् भने कसैले चाहिँ एक देखि दुई हप्ता वा महिना दिन सम्म पनि आईसीयूमै गुजार्नुपर्ने हुन्छ । (बीबीसी हिन्दीबाट भावानुवाद गरिएको)
युएईको नागरिकसरह नेपालीले पनि उपचार पाउने
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपालीले सो देशका नागरिकसरह उपचार तथा सेवा पाउने भएका छन् । कोरोनाको महामारी फैलिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ युएईका युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग फोनमा कुरा गर्दै नेपालीको सुरक्षाको विषय कुरा गर्दै नेपालीलाई हाम्रा नागरिकसरह सेवा दिने बताए । युवराज शेख मोहम्मदले भने, ‘ढुक्क रहनुहोस्, नेपालीलाई युएईका नागरिकसरहको नै व्यवहार र सहयोग गर्छाैं ।’ पछिल्लोे समय प्रधानमन्त्री केसी शर्मा ओलीले प्रवासमा रहेका नेपालीको अवस्था बुझ्नका लागि आफूले नै सम्बन्धित राष्ट्र प्रमुख तथा नियोगसँग कुराकानी गरिरहेको यो प्रक्रिया चलिरहने ट्वीट मार्फत जानकारी दिएका छन् । यस अघि प्रधानमन्त्रीले बहराईनका प्रधानमन्त्रीसँग पनि टेलिफाेनमा कुराकानी गरेका थिए । काेराेनाबाट हालसम्म युएइमा ११ जना नेपाली संक्रमितको छन् भने घरेलु काम गर्ने एक नेपाली महिलाकाे मृत्यु भएकाे छ । ४० वर्षीय उक्त महिलाकाे घर बुटवल हाे । त्यस्तै २ जना उपचार पछि निकाे भएकाे र बाँकीकाे उपचार भइरहेकाे युएइस्थित नेपाली दूतावासले जानकारी दिएकाे छ ।
कोरोना अपडेट: साढे ७४ हजारको मृत्यु, करिब १३ लाख ४६ हजार संक्रमित
काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणबाट ७४ हजार ६ सय ७९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै हालसम्म १३ लाख ४६ हजार २ सय ९९ जना संक्रमित छन् । पछिल्लो समय कोरोनाबाट अमेरिका र युरोपेली मुलुकहरुमा भयावह स्थिति सिर्जना भएको छ । विश्वको सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा १० हजार ९ सय १० जनाको मृत्यु भएको छ । त्यस्तै ३ लाख ६७ हजार ४ सय ६१ भन्दा बढी कोरोना संक्रमित छन् भने १९ हजार ५ सय २२ जना उपचार पछि घर फर्किएका छन् । सबैभन्दा बढी मुत्युदर रहेको इटालीमा १ लाख २९ हजार ६ सय ८१ जना कोरोना संक्रमित छन् भने १५ हजार ९ सय ५० जना नागरिकको मृत्यु भइसकेको छ भने २१ हजार ८ सय १५ जनालाई निको भएको छ । स्पेनमा १ लाख ३५ हजारबढी संक्रमित रहेका छन् । १३ हजार ५५ जना नागरिकको मृत्यु भएसँगै स्पेनमा ४० हजार ४ सय ३७ जना उपचार पछि घर फर्किएका छन् । जर्मनीमा पनि कोरोना भाइरसको संक्रमितको संख्या १ लाख १ हजार ३ सय १३ नागरिक छन् । १ हजार ५ सय ९१ जनाको मृत्यु भएको छ भने ३६ हजार ९ सयभन्दा बढी उपचार पछि घर फर्किएका छन् । फ्रान्स हालसम्म ८ हजार ७८ जना नागरिक कोरोना भाइरसबाट मृत्यु भएको छ भने ९२ हजार ८ सय ३९ जना नागरिकलाई कोरोना संक्रमित छन् । त्यस्तै १६ हजार १ सय ८३ जना उपचार पछि घर फर्किए । कोरोनाको उद्गम स्थल चीनमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमि आएको छ । हाल ८३ हजार ५ सय ३५ जना संक्रमित छन् भने ३ हजार ३ सय ३१ जना नागरिकको मृत्यु भएको छ । चीनका ७७ हजार ३ सय ६० कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । कोरोना भाइरसबाट चीनमा ३ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ भने ६० हजार ५ सय नागरिकलाई कोरोना भाइरस लागेको छ । पछिल्लो समय बेलायत, टर्की, स्वीट्रल्याण्ड, नेदरल्याण्ड, क्यानडा, अस्ट्रिया, पोर्चुगल, ब्राजिल, दक्षिण कोरिया, रसिया, नर्वे, अष्टे«लिया, डेनमार्क, त्यस्तै साउथ एसियन मुलुकमा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ ।