प्रधानमन्त्रीले ओलीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्ने
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (मंगलबार) देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिएका हुन् । समय तय नभए पनि मंगलबार प्रधानमन्त्रीले देशका नाममा सम्वोधन गर्ने बताइएकाे छ । अहिले विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९)काे अवस्थाका बारेमा उनले सम्बाेधन गर्नेछन् ।
सरकारलाई निर्माण व्यवसायीको अनुरोधः वर्षामा पुल निर्माण गर्न सकिँदैन, अहिले नै निर्माण गर्ने व्यवस्था गरिदिनु पर्यो
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले पुल र नदि नियन्त्रणका कार्यलाई निरन्तरता दिलाउन सरकरालाई आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा रहेको कोराना भाईरस (कोभिड १९)का कारण हाल निर्माण कार्यहरु ठप्प रहेको बताउँदै महासंघले पुल निर्माणका कार्यहरु निरन्तरता दिलाउन आग्रह गरेको हो । महासंघले सोमबार एक विज्ञप्ती जारी गर्दै सो कूरा आग्रह गरेका हुन् । पुल निर्माणका कामहरु बर्षा अगावै सकि सक्नुपर्ने हुँदा यी निर्माण कार्य तत्काल सुरक्षा अपनाई निरन्तरता दिन सहयोग गरिदिनका लागि सरकारको ध्यानाकर्षण गराएको हो । निर्माण व्यवसायीहरुले पुल निर्माणका लागि आफ्नो अरबौको लगानी गरि निर्माण स्थलहरुमा आवश्यक निर्माण सामग्रीहरू गिट्टी, बालुवा, सिमेन्ट, रड, फमी लगायत जम्मा गरिसकेको महासंघले बताएको छ । महासंघले परियोजनाहरुको निमाण स्थलमा सिमित श्रमिकहरु हने र निश्चित क्षेत्र भित्र रहने भएकाले सामाजिक दुरी कायम गर्न सकिने हुँदा कोरोना संक्रमण हुने खतरा पनि नरहने हुँदा काम निरन्तराताका लागि अनुमति दिन आग्रह गरेको छ ।
गण्डकी प्रदेशको कोरोना कोषमा ८९ लाख रुपैयाँ जम्मा, कसले कति गरे ? (सूचीसहित)
काठमाडौं । गण्डकी प्रदेशको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा चैत २४ गते(आज) सम्ममा कूल ८९ लाख ३ हजार ७ सय १२ रुपैयाँ जम्मा भएको छ । उक्त कोषमा गत चैत १४ गतेदेखि आजसम्म(अर्थात ८ दिनमा) सो मात्राको रकम जम्मा भएको हो । सो कोषमा विभिन्न बैंक तथा वित्तीय संस्था, अन्य संघ संस्था गरी कुल २५ वटा संस्थाले रकम जम्मा गरेका गण्डकी प्रदेश सरकारले जनाएको छ । गण्डकी प्रदेश सरकारद्वारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय पृथ्वीचोकमा रहेकाे काेषकाे खाता नम्बरः ३०२०००१८८३०१ मा उक्त रकम जम्मा भएको हो । कसले कति गरे ?
कांग्रेसकाे काेराेना एप, अब घरमै बसेर परीक्षण गर्न सकिने
काठमाडौं । नेपाली काँग्रेसले काेराेना भाइरस सम्बन्धि एउटा एप सार्वजनिक गरेकाे छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोनाको ‘स्व–परिक्षण वेब एप’ सार्वजनिक गरिएको जनाएको हाे ।उक्त एपले विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे परीक्षण घरमै बसेर गर्न सकिनेछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार विशेषज्ञ चिकित्सकहरुको परामर्शमा पार्टीको सूचना, संचार तथा प्रचार विभागले आज एक वेब एप जारी गरेको हो । घरमै बसेर पनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परीक्षण गर्न सकिने, कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने, नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउन यस एपले सहयोग गर्ने कांग्रेसको दाबी छ । वेब एपका दुई विशेषताः (१) घरमै बसेरपनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परिक्षण जो कसैले गर्न सक्ने । (२) कसैमा कोरोना संकेत देखिए भौतिक परिक्षण र उपचारका लागि प्रेरित गर्ने । नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने । तीन उद्देश्यः (१) नागरिक पंक्तिमा कोरोना जोखिम बारेको सचेतना थप अभिवृद्धि गराउने । (२) भौतिक रुपले परिक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोबैज्ञानिक रुपले ठूलो पंक्तिलाई स्व–परिक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने । (३) संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पु¥याउंदै ब्यक्ति, समुदाय र सरकारलाई सघाउने । चिकित्सकीय परामर्शः (१) डा. अञ्जनी झा, पूर्व अध्यक्ष, नेपाल मेडिकल एसोसिएसन (२) डा. बासुदेव पाण्डे, सरुवा रोग विशेषज्ञ (३) डा. अनिलविक्रम कार्की, उपाध्यक्ष, नेपाल मेडिकल एसोसिएसन (४) डा अशेष ढुंगाना, फोक्सो रोग विशेषज्ञ
भक्तपुरका ७०० सय विपन्न परिवारलाई परिसंघको सहयोग
काठमाडाैं । नेपाल उद्योग परिसंघले कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न विभिन्न तहमा आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ । विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री उपलब्ध गराउने प्रयास गरिरहेको छ । आज भक्तपुर क्षेत्रका विपन्न परिवारलाई परिसंघका अध्यक्ष सतिशकुमार मोर तथा उपाध्यक्ष राजेशकुमार अग्रवालले खाद्यान्न समाग्री वितरण गर्नु भएको छ । पूर्व मन्त्री तथा संघीय संसद माननीय महेश बस्नेतको रोहवरमा ७०० सय परिवारलाई दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका प्यकेटहरु वनाई हस्तान्तरण गरिएको हो । परिसंघले नेपालका सवै प्रदेश लगायत काठमाण्डौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने जनाएको छ । यस्तो विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिँदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत आर्दिक आग्रह गर्दछ । यस्ता कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन त्यहाँ काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन सम्बद्ध सवैमा अपिल गर्दछौ । त्यस्तै उद्योगहरु बन्द रहदा उद्योगमा काम गर्ने मजदुरहरु तथा उद्योग समेत अफ्ठेरोमा परेकाले त्यस तर्फ समेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ ।
नेपाल पर्वतारोहण संघले सरकारी काेषमा पाँच लाख सहयोग गर्ने
काठमाडौं । नेपाल पर्वतारोहण संघले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । उक्त सहयोग रकमले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति सहयोग पुग्ने संघको विश्वास छ । सरकारले अघि बढाएको अभियानमा संघको तर्फबाट ऐक्यवद्धता स्वरुप आर्थिक सहयोग गरिएको संघले विज्ञप्तिमार्फत जनाएको छ । साथै, यस कोरोना भाइरसको माहावारीबाट नेपालको पर्वतीय पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको संघले जनाएको छ ।
काेराेना राेकथामकाे लागि नेपाल लाइफ इन्स्योरेन्सले हस्तान्तरण गर्यो एक करोडको चेक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि १ (एक) करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले हस्तान्तरण गरेका हुन् । सोमबार सिंहदरवार स्थिति प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सो सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । कम्पनीको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसारको कोरोना भाइरस (कोभिड-१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति इन्स्योरेन्सले सरकारी कोषमा उक्त रकम योगदान गरेको हो । नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले जनाएका छन् । यस सहयोगसँगै सरकार र नागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले बताए ।
युएईमा रहेका ११ नेपाली कोरोना संक्रमित
काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका ११ जना नेपालीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । विश्व व्यापी फैलिएको कोरो भाइरस हालसम्म ११ जना नेपालीमा पुष्टि भएको अबुधाबीस्थित नेपाली दूतावासले जानकारी दिएको हो । संक्रमित भएका ११ जना नेपाली मध्ये दुई पुरुष चैत १० गते निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन । बाँकी ९ जनाको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ । ‘दुईजनाको सफल उपचार भएको छ । बाँकी संक्रमितको पनि निशुल्क उपचार भइरहेको छ,’ युएईका लागि नेपाली दूतावासले जानकारी दिएको छ । नेपालीको अवस्थाबारे दूतावासले जानकारी लिइरहेको र युएईको उपचार पद्दती राम्रो रहेकाले संक्रमित सबैको सफल उपचार हुने जनाएको छ । हालसम्म कोरोनाबाट युएईमा १० जनाको मृत्यु भएको छ भने एक हजार ७ सय ९९ जना संक्रमित भएका छन् । त्यस्तै १ सय ४४ जना उपचार पछि निको भएर फर्किएका छन् ।