काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपालीले सो देशका नागरिकसरह उपचार तथा सेवा पाउने भएका छन् ।
कोरोनाको महामारी फैलिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ युएईका युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग फोनमा कुरा गर्दै नेपालीको सुरक्षाको विषय कुरा गर्दै नेपालीलाई हाम्रा नागरिकसरह सेवा दिने बताए ।
युवराज शेख मोहम्मदले भने, ‘ढुक्क रहनुहोस्, नेपालीलाई युएईका नागरिकसरहको नै व्यवहार र सहयोग गर्छाैं ।’ पछिल्लोे समय प्रधानमन्त्री केसी शर्मा ओलीले प्रवासमा रहेका नेपालीको अवस्था बुझ्नका लागि आफूले नै सम्बन्धित राष्ट्र प्रमुख तथा नियोगसँग कुराकानी गरिरहेको यो प्रक्रिया चलिरहने ट्वीट मार्फत जानकारी दिएका छन् । यस अघि प्रधानमन्त्रीले बहराईनका प्रधानमन्त्रीसँग पनि टेलिफाेनमा कुराकानी गरेका थिए ।
काेराेनाबाट हालसम्म युएइमा ११ जना नेपाली संक्रमितको छन् भने घरेलु काम गर्ने एक नेपाली महिलाकाे मृत्यु भएकाे छ । ४० वर्षीय उक्त महिलाकाे घर बुटवल हाे । त्यस्तै २ जना उपचार पछि निकाे भएकाे र बाँकीकाे उपचार भइरहेकाे युएइस्थित नेपाली दूतावासले जानकारी दिएकाे छ ।