अब ब्यालेन्स नभएकाले पनि फोन र फेसबुक सित्तैमा चलाउन सक्ने, आजैबाट लागू हुने
काठमाडौं । लकडाउनको समयमा ब्यालेन्स न्यून भएका नेपाल टेलिकमका ग्राहकले फोनमा निःशुल्क भ्वाइस कल, एसएमएस र डाटा प्रयोग गर्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाको पहलमा ब्यालेन्स न्यून भएकाहरुले पनि फोन प्रयोग गर्न पाउने भएका हुन् । नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई लकडाउनमा आफन्तसँग सम्पर्क गर्न नपाएकाहरुले यो सेवा लिन सक्ने छन् । आज राती १२ बजेबाट लागू गरी २ लाखभन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन पाउने छन् । कसरी पाइन्छ निःशुल्क सेवा ? लकडाउन शुरु भएको मितिबाट ७ दिन सम्म अर्थात सन् २०२० मार्च २४ देखि ३१ (बि. सं. २०७६ चैत्र ११ देखि १८) सम्म कम्तिमा १ कल गरेका र मिति २०७७ बैशाख ८ गते मध्यरातमा ३३ पैसाभन्दा कम व्यालेन्स भएका मोबाइल नम्बरहरूमा उक्त प्याकेजसम्बन्धी सूचना एसएमएसबाट पठाइनेछ । सो एसएमएस प्राप्त भएको दुई दिनभित्र सम्बन्धित मोबाइल प्रयोगकर्ताले उक्त एसएमएसमा उल्लेख गरिए अनुसार एसएमएसबाटै जवाफ फर्काउनु पर्नेछ । सम्बन्धित प्रयोगकर्ताले यसरी जवाफ फर्काएपछि कम्पनीले सो प्याकेज लागू गरी सोको जानकारी ग्राहकलाई पुनः एसएमएसबाट पठाउनेछ । मापदण्ड अनुसार प्याकेज प्राप्त गर्न सक्ने प्रयोगकर्तालाई ७ दिन म्याद रहेको प्याकेज उपलब्ध गराइनेछ । सो प्याकेज अन्तर्गत सेवाग्राहीले १०० एमबी डाटा चलाउने, ५० मिनेट भ्वाइस कल गर्ने (नेपाल टेलिकमको नेटवर्क भित्र) र २५ वटा एसएमएस पठाउने सुविधा (नेपाल टेलिकमको नेटवर्क भित्र) निःशुल्क प्राप्त गर्नेछन् । कम्पनीले निर्धारण गरेको मापदण्ड बाहेकका नम्बरहरूमा सो प्याकेज उपलब्ध गराइने छैन । साथै, परिस्थिति र आवश्यकता अनुसार आगामी दिनहरूमा पनि कम्पनीले यस्ता योजनाहरु लागू गर्न सक्नेछ र सोको लागि मापदण्ड तयार गरी छनौट हुने नम्बरका ग्राहकलाई एसएमएस मार्फत नै जानकारी गराइनेछ । यसैगरी कम्पनीले लकडाउन शुरु भएको मितिदेखि शुन्य व्यालेन्स भएका तर आगमन कल निषेध नभएका (अर्थात २४ मार्च २०२० पछि शुन्य व्यालेन्स भई रिचार्ज नभएका) प्रिपेड ग्राहकहरूले समेत प्याकेज प्रयोग गर्न तथा आगमन कल उठाउन सक्ने बनाउनको लागि आवश्यक न्यूनतम व्यालेन्स थप्नुका साथै उक्त नम्बरहरूको म्याद समेत ३० अप्रिल २०२० सम्म बढाउने निर्णय गरेको छ । के के सेवा निःशुल्क पाइन्छ ? २५ वटा अन-नेट एसएमएस ५० मिनेट अन-नेट भ्वाइस १०० एमबी डाटा
नेकपामा तहल्का मच्चिएकै हो त ? यस्तो छ वास्तविकता
काठमाडाैं । अहिले धेरै सञ्चार माध्यमहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विषयलाई लिएर धेरै समाचारहरु प्रकाशन तथा प्रसारण भइरहेका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेशकाे प्रस्ताव ल्याउने वित्तिकै नेकपा समुहमा तहल्का मच्चिएको हाे । सरकारले उक्त निर्णय गरेलगत्तै पूर्वमाओवादी समूहका मन्त्रीहरुको छुट्टै बैठक बसेको पनि बुझिएको छ । बैठकमा ओलीले एकाएक अध्यादेश ल्याउने प्रस्ताव गरेपछि पूर्वमाओवादी समूहका मन्त्रीहरु एकाएक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाइ भेट्न खुमलटार पुगेकाे बताइएकाे छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद–६ को दल त्यागसम्बन्धी प्रावधानमा यस्तो लेखिएको छ–‘कुनै दलको केन्द्रीय समिति र संघीय संसदको संसदीय दलमा कम्तिमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्काे कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन ।’ अध्यादेशमा ‘केन्द्रीय समिति र संघीय संसदको संसदीय दलमा’ भन्ने पदावलीको सट्टामा ‘केन्द्रीय समिति वा संघीय संसदको संसदीय दलमा’ भनिएको छ । ‘र’ लाई हटाएर ‘वा’ बनाइएको छ । यो एक अक्षरको संशोधनपछि अब केन्द्रीय कमिटीमा ४० प्रतिशत नपुगे पनि संसदीय दलमा ४० प्रतिशत पु¥याएर पार्टी फुटाउन सकिने भएको छ । मन्त्रिपरिषद बैठकबारे प्रचण्डलाई मन्त्रीहरूले बिफ्रिङ गरेपछि आजै साँझ प्रचण्ड निवासमा पूर्वमाओवादी बीच बैठक बसेकाे पनि बुझिएकाे हाे । याे सँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक पनि बोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सचिवालय बैठक बोलाइएको हो ।
आम्दानी शुन्य हुँदै, चुनाैति अझ थपिदै
कोरोना महामारीको विश्वव्यापी अवस्था विश्व नै स्तब्ध भएको छ, सेकेण्ड सेकेण्डमै लाखौ मानिसहरुको आवतजावत, लाखौं संख्यामा उडिरहने हवाईजहाजहरु आज ठप्प रहेको अवस्था छ जसको कारण हो एक सुष्म भाइरसको उत्पत्ति । जुन हालसालै मात्र प्रकट भएको भाइरस जसलाई नामांकरण गरिएको छ नोवेल कोरोना भाईरस अर्थात कोभिड १९ । सन् २०१९ डिसेम्बरको अन्तिम सातामा चीनको वुहान सहरमा सर्वप्रथम एक महिलामा संक्रमण देखिए संगै उनको मृत्यु भए पश्चात पत्ता लागेको त्यो भाईरस जनवरीको पहिलो हप्तासम्म पुग्दा धेरै मानिसहरुमा संक्रमण भईसकेको थियो । त्यही क्रममा झनझन बढ्दै गएपछि सो भाइरसको अनुसन्धान हुँदा उक्त भाइरस कोरोना भएको प्रष्ट पारे र विश्वलाई जानकारी दिईयो । हुँदा हुँदै दिन प्रतिदिन यस भाइरसको संक्रमण बढ्दै गई मृत्यु हुने क्रम बढ्न थाल्यो र जनवरीको तेस्रो हप्तातिर पुग्दा उक्त भाइरसबाट धेरै मानिसहरुमा संक्रमण हुनबाट बचाउन चीनको संरकारले वुहान सहरलाई लकडाउन गर्यो । त्यो समयमा चीनको नयाँ वर्षको समय थियो जुन बेलासम्म बुहानबाट धेरै संख्यामा मानिसहरुले वुहान सहर छाडिसकेको थियो । ती मानिसहरुलाई पनि जहाँ जहाँ गएको हो त्यही त्यही नै स्वयं आईसोलेसनमा बस्नको लागि आह्वान गरिएको थियो । जुन बेलासम्म चीनको सवै प्रान्तमा सो भाइरसको संक्रमण भईसकेको थियो । त्यही समयमा अन्य देशहरुले यसलाई सामान्य र चीनमा मात्र संक्रमण हुने अन्दाज लगाईरहेका थियो भने फेब्रेवरीको १५ सम्म पुग्दा चीनमा ७५ हजार मानिसहरुमा संक्रमण भई हजारौं मानिसहरुको मृत्यु भईसकेको थियो भने विश्वको अन्य मुलुकहरुमा पनि फैलिसकेको थियो र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई महामारीको रुपम घोषणा पनि गरिसकेको थियो । यसैबेला चीनमा विभिन्न प्रान्तमा लकडाउन गरी थप संक्रमित हुनबाट रोक्न सक्यो भने विश्वका अन्य मुलुकहरुले त्यसलाई सामान्य ठानी बेवास्ता गरिरह्यो र हाल संक्रमितको संख्या र मृत्यु हुनेको संख्या चीनको भन्दा धेरै गुणा भईसक्यो । यो लेख तयार गर्दै गर्दा २०७७ बैशाख १ गते सोमवारसम्म विश्वमा २१० राष्ट्रहरुमा गरी १८,५३,१५५ जनामा यो भाइरसले संक्रमण गरिसकेको छ भने १,१४,२४७ जनाको मृत्यु भईसकेको छ । वल्र्डमिटर्स डट इन्फो/कोरोनाभाइरसको वेवसाइटको तथ्यांक अनुसार प्रमुख संक्रमण भएका र बढी मृत्यु भएका १० राष्ट्रहरु को तथ्यांक निम्नानुसार रहेको पाइन्छ । उल्लेखित तथ्यांक अनुसार हालसम्म सबभन्दा बढी संक्रमित र मृत्यु भएको देशमा अमेरिका भएको छ जहाँ छ,टण्,द्धघघ जनाको मानिसहरु संक्रमित र द्दद्द,ज्ञज्ञछ जना मानिसहरुका मृत्यु भईसकेको छ भने कोरोना भाइरसको संक्रमण शुरु भएको देश चीन बढी मृत्युको हिसावले सातौ स्थानमा रहेको छ । यसबाट चीनले यस संक्रमणलाई नियन्त्रण धेरै सफलता हासिल गरेको देख्न सकिन्छ । नेपालको अवस्था विश्वमा मै महामारीको रुप लिईसकेको कोरोना भाइरस संक्रमण शुरुभएको देश चीनको देक्षिणतिरको सिमानमा रहेको हाम्रो देश नेपालमा धेरै समय पछि अर्थात चीनमा देखा परेको ३ महिना पछि मात्र मार्च २२ (चैत्र ९) मा देखापरेको थियो । जुन संक्रमण सर्वप्रथम चीनवाट फर्केका व्यक्तिमा देखापरेको थियो र पछि उपचार पश्चात घर फर्किसकेको छ भने त्यसै गरी अप्रिल ४ (चैत्र २२) गतेसम्म जम्मा ९ जना व्यक्तिमा संक्रमण भईसकेको छ भने हालसम्म पनि कोही व्यक्ति पनि कोरोनाको संक्रमणले मृत्यु भएको छैन । जो ९ जना व्यक्ति मध्ये ८ जना विदेशवाट फर्केका मानिसहरु विदेशवाटै संक्रमण भई आएको छ भने १ जना सोही व्यक्तिको परिवार रहेको कारणले स्थानिय संक्रमण भएको छ । विश्वका विकसित मुलुकहरुले गरेको हेलचक्राईवाट संक्रमितको संख्या दिनप्रतिदिन गुणात्मक रुपमा वृद्धि भईरहेको कुरालाई मध्यनजर गरी नेपालमा चैत्र ११ गते ३ चोटी गरी ३ हप्ताको लकडाउन गरिसकेको छ । साथै अन्तराष्ट्रिय हवाई उडानहरु वन्द गरेको विदेशवाट आउने मानिसहरुको रोकावत गर्नुका साथै आन्तरिक हवाई तथा सडक आवगमन पनि वन्द गरि एक ठाउँको मानिस अर्को ठाउँमा जान नपाउने बनाएको छ किनकी नेपालमा संक्रमण भईसकेपछि त्यसलाई रोकथाम गर्न प्रयाप्त मात्रामा स्वास्थ्य सुविधा नभएको कारणले धेरै समस्या हुने देखिएकोले संक्रमणवाट बच्न र बचाउन सवैभन्दा राम्रा उपाय भनेको स्वयं सुरक्षित हुने हो । यसको लागि घरमै वसी स्वास्थ्यको ख्याल गरी सावुनपानीले हात राम्ररी धुने, स्यानिटाइजर प्रयोग गर्ने, वाहिर निस्कनु पर्यो भने मास्क प्रयोग गर्ने, हात नमिलाउने, कहि कतै नांगो हातले नछुने, पन्जा लगाउने जस्ता सामान्य स्वास्थ्यका कुराहरुको जानकारी प्रत्येक घर, समाजमा जनचेतनाको रुपमा पु¥याएको देखिन्छ । जसले गर्दा मानिसहरु सो को पालना गरिरहेको छ । जसले गर्दा कोरोनाको संक्रमण हुनवाट जोगिरहेको छ । नेपालमा कोरोना संक्रमण हुनवाट बच्नको लागि गरिएको प्रयास विश्वले नियालिरहेको छ जुन अत्यन्तै उपयुक्त भएको देखिन्छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले कोही पनि संकालागेका, क्वारेन्टाइनमा, आइसोलेशनमा वसेको मानिसहरुको कोरोना संक्रमण जाँच गर्ने काम शुरु गरिसकेको छ र सो जाँचलाई वढिभन्दा वढि मात्रामा गरेको खण्डमा यसको संक्रमणको जोखिमवाट मुक्त हुनुका साथै कोही व्यक्तिमा कोरोना संक्रमण भएको शंका उपशंका गर्नु पर्ने छैन । आज सम्मको सही प्रयास र संयमितले नेपालमा थप कोरोना संक्रमण हुन नसक्ने आशा गर्न सकिन्छ तर नेपाल भारतको सीमा लकडाउन सकेर पनि केही समयसम्म पूर्ण बन्द गरिरहनु पर्ने देखिन्छ । लेखक बच्ने उपायहरु कोरोना भाइरसको संक्रमणवाट बच्न या रोक्नको लागि हालसम्म पनि कुनै औषधि या सूई बनिसकेको छैन । विभिन्न राष्ट्रहरुले औषधीको लागि धेरै अनुसन्धानहरु गरिरहेका छन् तर पनि सफल पाउन सकिरहेका छैनन् फलत यसको संक्रमण हुनवाट वच्ने सवैभन्दा राम्रो उपाय भनकै सामाजिक दुरीको पालना गर्ने, घरवाट निस्कदा वजार जाँदा कहिकतै खुल्ला हातले नछुने र घरमा फर्केपछि नियमित रुपमा सावुनपानीले हात धुने, मुख, नाक, आँखामा नछुने, व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने, प्राकृतिक खानपानमा ध्यान दिने, नियमित शारीरिक व्यायाम गर्ने, तातो पानी खाने, भिटामिन सी जन्य फलफूल, तरकारी खाने, मासु, अण्डा खाँदा राम्ररी पकाएर खाने, चिल्लो बोसोयुक्त खानेकुराहरु नखाने, बजारवाट किनेर ल्याएको फलफूल, तरकारी राम्ररी पखाल्ने र घरमै मात्र बसिरहने जसले गर्दा कुनै पनि चिरपरिचित व्यक्तिहरुसंग भेटघाट हुन पाउँदैन र कोरोनाको संक्रमणको जोखिमवाट बच्न सकिन्छ । विश्व समुदायमा ल्याएका चुनौतिहरु भविष्यका दिनहरुमा पनि केही समयसम्म एक व्यक्तिले अर्को व्यक्तिलाई शंका उपशंका गर्ने वानी पर्ने जाने देखिन्छ भने कुनै पनि ठाउँमा निधक्कसाथ जाने, घुम्न सक्ने छैन जसले गर्दा धेरै समयसम्म मानिस मानिसबीच, स्थान स्थानबीच, सामाज र राष्ट्रबीच सामाजिक दूरी कायम रहने देखिन्छ । विज्ञानको चरमा विकास हुँदा हुँदै पनि आज मानिसहरु प्रकृतिवाट टाढा हुँदै अप्राकृतिक खानपान, रहनसहन लगायत कृयाकलापले गर्दा वेलावेलामा ठूलासाना संकटहरुको सामना गर्नु परिरहेको छ । यसैको एउटा उदाहरण हो हालैको कोरोना भाईरसको संक्रमण । जुन आज विश्वको एउटा चुनौतीको रुपमा मानव सभ्यता नै संकटमा पर्ने अवस्था सृजना भई आज विश्वलाई नै स्तव्ध बनाईदिएको छ । आज विश्वमा जतिसुकै भौतिक बस्तु या सुविधाको विकास भए पनि उक्त संक्रमणलाई रोक्न वा निर्मुल पार्न सफल हुन सकेको छैन । जसले सम्पूर्ण मानवजगतलाई भयवित पारेको छ । यस संक्रमणले विश्वका मानिसहरुबीच सामाजिक भयत्रास ल्याइदिएको छ । भविष्यका दिनहरुमा पनि केही समयसम्म एक व्यक्तिले अर्को व्यक्तिलाई शंका उपशंका गर्ने वानी पर्ने जाने देखिन्छ भने कुनै पनि ठाउँमा निधक्कसाथ जाने, घुम्न सक्ने छैन जसले गर्दा धेरै समयसम्म मानिस मानिसबीच, स्थान स्थानबीच, सामाज र राष्ट्रबीच सामाजिक दूरी कायम रहने देखिन्छ । नेपालमा अगाडि देखिएका चुनौतिहरु विश्वका विकसित देशको तुलनामा नेपालको स्वास्थ्य सेवा तथा सुविधाको त्यति राम्रो र सुविधा सम्पन्न भएको छैन । जसले गर्दा कुनै पनि संक्रमणहरु फैलिएको खण्डमा देशले धान्न पनि गाह्राे हुन्छ । नेपालमा पर्याप्त मात्रामा अस्पताल, औषधि, उपकरण, ल्याव, डाक्टर, नर्स, प्राविधिक नभएकोले गर्दा देशको सवै ठाउँमा सम्मान रुपमा राम्ररी स्वास्थ्य सुविधा दिन सम्भव छैन । आज कोरोना संक्रमण नेपालमा फैलिएको भए त्यसलाई रोकथाम गर्न कुनै पनि हालतमा सकिंदैन । यसबाट सम्वन्धित पक्षलाई यस महामारीले ठूलो पाठ सिकाएको छ । देशमा रहेका अस्पतालहरुलाई आधुनिकरण गरि व्यवस्थित बनाउने, प्रयोगशालाहरुलाई आवश्यक उपकरणहरुको व्यवस्था गर्ने, औषधि लगायत स्वास्थ्य सुविधालाई आवश्यक उपकरण, साधनहरुको आवश्यक रुपमा भण्डार गर्ने, आपतकालिन अवस्थामा कुनै पनि स्वास्थ्य सेवाको आवश्यक हुँदा त्यसको पूर्वकालिन व्यवस्थापन गरिराख्ने र त्यसको नेटवर्किङ गरिराख्ने हाम्रा देशको चुनौतीको रुपमा रहेका छन् भने त्यसबाट शिक्षा लिनु पर्ने देखिन्छ । नेपालले विश्वलाई दिएको सन्देशहरु विश्वका कैयन विकसित देशहरु अनुशासित नभएका कारण आज कोरोना संक्रमणको ठूलो मारमा परिरहेका छन् । जसबाट मानविय, भौतिक, सामाजिक, आर्थिक क्षति व्यहोरिरहेका छन् । आज विश्वका विकसित मुलुकहरुलाई नेपालले ठूलो पाठ सिकाएकाे छ भने समयमै लकडाउन गरेर देशका नागरिकलाई कोरोना संक्रमण हुनबाट बचाएका छ, जुन विश्वलाई दिएको ठूलो तथा महत्वपूर्ण संदेशको रुपमा लिन सकिन्छ । विश्वका कैयन विकसित देशहरु अनुशासित नभएका कारण आज कोरोना संक्रमणको ठूलो मारमा परिरहेको छ । जसवाट मानविय, भौतिक, सामाजिक, आर्थिक क्षति व्यहोरिरहेका छन् । यसको असर धेरै समयसम्म भईरहने देखिन्छ । सामाजिक दुरीको कायम गर्न नसक्नु, संक्रमण भईसक्दा पनि आफ्नो स्वास्थ्यमा ख्याल नराख्नु, कुनै सावधानी नगर्नु नै विश्वमा कोरोना संक्रमणको व्यापक रुपमा फैलिरहेको देखिन्छ । विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु विश्वभरि नै महामारीको रुपमा फैलिएको यो कोरोना भाइरस संक्रमणले नेपाल या कुनै देशको अर्थतन्त्रलाई मात्र प्रभाव नपारिकन सारा विश्वकै अर्थतन्त्रलाई नराम्रोसंग प्रभाव पार्ने देखिन्छ । सारा विश्व नै ठप्प पारेको अवस्थामा सम्पूर्ण मानिसको क्रियाकलाप नै बन्द भईसकेपछि त्यसबाट हुने आर्थिक गतिविधिहरु पनि स्वतः नै ठप्प हुने स्वभाविकै छ । विश्वभरिको कलकारखाना, उद्योगधन्दा, उत्पादन लगायत होटल, यातायात, हवाई व्यवसायहरु सबै बन्द भए पछि त्यसबाट हुने आयआर्जनहरु पनि सबै शुन्यमा जाने स्वभाविकै छ । यसबाट हरेक व्यक्ति, संस्था, समाज, देश र सारा विश्वमा नै नकारात्मक असर पर्ने देखिने छ । नेपालको सन्दर्भमा प्रायः जसो सबै सामानहरुको विदेशी देशहरुमा आयातमा भर पर्ने देशमा त धेरै भन्दा धेरै आर्थिक समस्या हुने देखिन्छ । यो भाइरसको संक्रमण सकिए पछि यसले प्रत्येक व्यक्तिहरुको आर्थिक क्षेत्रमा नराम्रोसंग असर पर्ने त छदैछ भने समाज, संस्थाहरु, राष्ट्रहरुमा पर्नाले विश्वकै अर्थतन्त्रमा नराम्रो गरी असर पार्ने देखिन्छ । विश्वमा भएका ससाना उद्योग, कलकारखाना देखि सम्पूर्ण व्यवसायहरुमा आर्थिक मन्दि आउनुका साथै प्रत्येकको आयस्रोतमा कमि हुने देखिन्छ जसले गर्दा आगामी दिनहरुमा आर्थिक कारोवारको गिरावट आउनुका साथै विभिन्न सामानहरुको प्रयोगमा कमि हुनुका साथै उत्पादनमा समेत ह्रास आउने छ । यो संक्रमणको प्रभाव भविष्यमा धेरै समयसम्म हुने देखिन्छ जसले गर्दा प्रत्येक मानिसहरुको आयस्रोतमा समेत कमि हुन गई क्रयशक्तिमा कमिआई उत्पादन हुने सामानहरुको प्रयोगमा समेत कमि भई आर्थिक कारोवारमै ठूलो समस्या हुने देखिन्छ जसले गर्दा विश्व अर्थतन्त्रमा नराम्रो असर हुने देखिन्छ । मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु विश्वमा महामारी रुपमा संक्रमण भईरहेको कोरोना भाइरसले गर्दा हरेक क्षेत्रमा असर पर्ने यथावत छदैछ । यस महामारीवाट वच्न सामाजिक दुरी कायम गर्ने सिलसिलामा एक व्यक्तिले अर्को व्यक्तिको सम्पर्कमा दुरी कायम गर्नु पर्ने हुन्छ । जसको फलस्वरुप यो संक्रमण धेरै अवधिसम्म हुने सक्ने भएकोले गर्दा मानिसहरु एक आपसमा सम्पर्कमा रहने लगायत समूहमा वस्ने, एक ठाउँवाट अर्को ठाउँमा जाने, जात्रापर्व, चाडवाड गर्ने कामहरुमा पनि अवरोध हुने देखिन्छ । जसले गर्दा नेपाल जस्तो विविध संस्कृती, चाडवाड, रहनसहन, खानपान भएको देशमा यी कृयाकलापहरु पूर्ण रुपमा वन्देज हुने जस्तो देखिन्छ । कुनै पनि समुदायहरुको जमघट, भेला, नजिक जाने गर्दा संक्रमण हुने या एकआपसमा संक्रमणको शंकाउपशंका गर्ने वानी पर्न जाने देखिन्छ भने सो कारणले कुनै पनि जमघट, भेला, जात्रा, पर्व नै नहुन सक्ने देखिन्छ । जसले गर्दा हजारौं वर्ष देखि मानि आएको संस्कृती, संस्कारहरुमा नै असर पर्ने देखिन्छ भने हजारौं वर्ष देखिको मानव सभ्यता मै प्रश्न चिन्ह खडा गरिदिने सम्भावना देखिन्छ । मानिसहरुको जन्म देखि मृत्युसम्म गरिने संस्कार तथा भोजभतेरहरुमा उपस्थित हुन पनि मानिसलाई हिचकिचाहत हुने देखिन्छ । यी सवै प्रकारका नकारात्मक क्रियाकलापहरुले गर्दा मानव सभ्यता र संस्कृतिहरुमा यो महामारीले नराम्रोसित असर पार्ने देखिन्छ । मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु कोरोना भाइरसको संक्रमण विश्वलाई स्तब्ध पारेको अवस्थामा हरेक क्षेत्रमा नकारात्मक असर तथा थप चुनौति हुन स्वभाविकै हो । जसको कारणले अबका दिनहरुमा मानवजातिले भविष्यको लागि नौलो किसिमले सोच्नु पर्ने बाध्यता बनाई दिएको छ । यस संक्रमण पछिका दिनहरुलाई सकारात्मक साेचबाट अगाडि बढाउनु पर्ने पाठ सिकाएको छ । आफ्नो स्वास्थ्य, प्राकृतिक खानपान, रहनसहन लगायत सरसफाईलाई प्राथमिकता साथ समाज, समुदाय, राष्ट्रमा सकारात्मक रुपले प्रत्येकले साेचमा परिवर्तन गर्नु पर्ने अनुभुति हुने देखिन्छ । मानवजातिले स्वास्थ्य क्षेत्रमा प्रतिकुल व्यवस्थापन तथा हरदम तयारीको अवस्थामा हुनु पर्ने, आवश्यक पर्ने स्वास्थ्य साधन, प्रयोगशाला, औषधी, उपकरण लगायत यावत सामानहरुको भण्डारण गरिराख्नु पर्ने साथै व्यवस्थापन पक्षमा पनि यसको तयारी अवस्थामा हुनु पर्ने शिक्षा लिनु पर्नेछ । त्यसका साथै नागरिकहरुको सम्पूर्ण तथ्याङ्गहरुको विवरण सम्वन्धित निकायहरुमा हुनु पर्ने, एक ठाउँवाट अर्को ठाउँमा वसाई सरेको तथा भ्रमण लगायत कामको सिलसिलामा आएका व्यक्तिहरुको विवरण पनि सम्वन्धित निकायहरुमा हुनु पर्ने देखिन्छ । जसले गर्दा कुनै पनि आपतकालिन अवस्थामा कुनै व्यवस्थापन गर्न सजिलो हुने देखिन्छ । त्यसैले अबका दिनहरुमा सो कामहरुमा पनि ध्यान दिन सकेको खण्डमा हामी कुनै पनि महामारीलाई सजिलैसित जित्न सक्ने छ । भविष्यमा मानवजातिमा विभिन्न प्रकारका चुनौतिहरु हुने सम्भावना आउने देखिन्छ जस्तै स्वास्थ्य सेवा सुविधा, खानपान समस्या, प्राकृतिक दृश्यालोकनमा समस्य, घुमफिर, भेटघाट आदि । वातावरण र जीवजगतमा पर्ने असर कोरोना भाइरसको संक्रमणवाट जोगाउन विभिन्न प्रकारका किटनाशक औषधिको स्प्रे गरिरहेको पाइन्छ त्यसले कोरोन भाइरसलाई भन्दा अन्य किराहरुलाई असर गर्नुका साथै मानव स्वासप्रश्वास पनि नकारात्मक असर पर्ने देखिन्छ भने वातावरणीय चक्रलाई समेत हानी नोक्सानी पुर्याउने छ । मानव जीवजगत र वातावरण वीच एकआपसमा राम्रो सम्वन्ध हुनु अत्यन्तै जरुरी छ । हामीले वातावरणलाई सँधै अनुकुल हुने क्रियाकलाप मात्र गर्नु पर्दछ । आज विश्वमा वातावरण प्रतिकुल क्रियाकलापले गर्दा कोरोना संक्रमणको महामारी फैलिएको देखिन्छ । यसरी मानवले प्रकृतिलाई भुलेर अप्राकृतिक रहनसहनका साथै विभिन्न क्रियाकलाप गर्दा नै वेलावेलामा विभिन्न किसिमका महामारीको अवस्था सृजना भईरहन्छ । हामी सवैले सँधै सकेसम्म वातावरण अनुकुलमा रही विभिन्न क्रियाकलापहरु गर्नु पर्दछ । आज फैलिरहेको कोरोना महामारीले अवका दिनमा मानवजीवनमा यसवाट ठूलो असर पर्नुका साथै वातावरणमा पनि नकारात्मक असर पर्ने देखिन्छ । कोरोना भाइरसको संक्रमणवाट जोगाउन विभिन्न प्रकारका किटनाशक औषधिको स्प्रे गरिरहेको पाइन्छ त्यसले कोरोन भाइरसलाई भन्दा अन्य किराहरुलाई असर गर्नुका साथै मानव स्वासप्रश्वास पनि नकारात्मक असर पर्ने देखिन्छ भने वातावरणीय चक्रलाई समेत हानी नोक्सानी पुर्याउने छ । यदि कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा विरामीहरुलाई अत्यधिक मात्रामा उपचारमा प्रयोग गरिने साधनहरुको फोहोर व्यवस्थापन राम्रो संग गर्न सकिएन भने पनि यसले वातावरणमा नराम्रो संग असर गर्ने देखिन्छ । यस्ता प्रकारका क्रियाकलापवाट धेरैभन्दा धेरै वातावरणलाई प्रत्येक्ष रुपमा प्रतिकुल असर हुने देखिन्छ । हाल विश्वमा सम्पूर्ण क्रियाकलाप र आवतजावत पनि वन्द भएको अवस्थामा वातावरणमा दूषित धुलो धुवाको प्रदुर्शन धेरै कम भई आकास नै निलो देखिएको छ भने भविष्यमा संक्रमणको जोखिम कम हुँदै गएपनि पछि सवै क्रियाकलापहरु संचालनमा आउँदा फेरी वातावरणमा एकैचोटी नराम्रो प्रर्दुशनले फेरी मावनजातिमा ठूलो असर पर्ने देखिन्छ । त्यसैले अवका दिनमा मानवजातिले वातावरणलाई ध्यानमा राखि हरेक क्रियाकलाप गर्नु पर्ने देखिन्छ । यस कोरोना महामारीलाई जित्नको लागि एउटै मात्र उपाय छ सुरक्षित तरिकाले घरमा बस्ने हो । भूगोल केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर [email protected]
टेलिकमले उपलब्ध गराएको बिलिङ प्रणाली के हो ? कसरी थाहा पाउने बिलको रेकर्ड ?
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुलाई पोस्टपेड मोबाइलको बिलिङ प्रणाली उपलब्ध गराइरहेको छ । यस प्रणालीतर्फ कतिपय ग्राहकहरुमा भ्रम रहेको पाइएको छ । तर हालको समयमा यस बारेमा स्पष्ट हुन जरुरी रहेको छ । के हो त बिलिङ प्रणाली ? पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड अमाउन्टको रुपमा लेखांकन गरिन्छ र महिनाको अन्त्य (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मा मात्र बिल तयार गरिन्छ । बिल तयार भइसकेको तर ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकमलाई अनपेड बिल भनिन्छ । उदाहरणको लागि मार्च २२ मा ९८५१०००००० को अनपेड बिल रु. १४२५ छ भन्नाले यस ग्राहकले मार्च १४ सम्म (फागुन महिना वा सो भन्दा अघि) को बिलमध्ये रु. १४२५ भुक्तानी गर्न बाँकी छ भन्ने बुझाउँछ । अनबिल्ड अमाउन्ट पोस्टपेड नम्बरको महिनाभरको प्रयोगको आधारमा महिनाको अन्त्यमा बिल तयार गरिने भए तापनि सिस्टमले हरेक कलपश्चात् उक्त कलवापत लाग्ने रकमको हिसाब गरिरहेको हुन्छ । यसरी बिल तयार गर्न बाँकी रहेको तर ग्राहकले चालु महिनामा गरेको सेवा उपभोग गरेवापतको रकमलाई अनबिल्ड अमाउन्ट भनिन्छ । उदाहरणका लागि मार्च २२ सम्ममा ९८५१०००००० नम्बरको अनबिल्ड अमाउन्ट रु. २४८ छ भन्नाले मार्च १५ (मार्च १४ सम्मको बिल तयार भए पश्चात्) भन्दा पछि मार्च २२ सम्म उपभोग गरेको सेवावापत तिर्नुपर्ने रकम रु. २४८ छ भन्ने बुझाउँछ । यस्तो महिनाभरको अनबिल्ड अमाउन्टका आधारमा चैत महिनाको अन्त्यमा (अप्रिल महिनाको १५ तारिख) प्रोसेसिङ गरी बिल तयार गरिन्छ । के हो ड्यू अमाउन्ट ? सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यू अमाउन्ट भनिन्छ । ड्यू अमाउन्ट भनेको अनपेड बिल र अनबिल्ड अमाउन्टको योगफल हो । उदाहरणको लागि माथिको ९८५१०००००० नम्बरको ग्राहकको मार्च २२ का दिनमा ड्यू अमाउन्ट रु. १६७३ (रु.१४२५+२४८) हुन्छ । आफ्नो यो सबै बिलिङ रकमको बारेमा जानकारी लिनका लागि *400# डायल गर्न सकिन्छ । यसरी कल गर्दा आउने एसएमएसमा देखिने अभाइलेबल क्रेडिट चाँहि अब ग्राहकले प्रयोग गर्न पाउने रकम हो । क्रेडिट लिमिट के हो ? हाल नयाँ पोस्टपेड नम्बर लिंदा स्वामित्व करवापतको रकम रु. ५००, भ्याटवापत रु. ६५ र क्रेडिट लिमिट वापत ३८० रुपैयाँ गरी जम्मा ९४५ रुपैयाँ लाग्दछ । स्वामित्व कर र भ्याटवापतको रकम सरकारी कोषमा जम्मा हुन्छ भने रु. ३८० रकम ग्राहकले सेवा प्रयोग गर्न पाउने गरी कायम रहन्छ । यो रु. ३८० नै ग्राहकको क्रेडिट लिमिट हो । नयाँ पोस्टपेड मोबाइल लिंदा लाग्ने शुल्कमा समयसापेक्ष परिमार्जन हुँदै आएकोले विभिन्न ग्राहकको क्रेडिट लिमिट पनि फरक फरक हुने गर्दछ । रेन्टल चार्ज पोष्टपेड मोबाइलका लागि मासिक रुपमा न्यूनतम रु. ३८३.०७ रेन्टल चार्ज तय गरिएको छ । यसको अर्थ ग्राहकले यो भन्दा थोरै रकमको सुविधा प्रयोग गरेपनि रु. ३८३.०७ तिर्नै पर्छ । यद्यपि कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुनसक्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिले देखि नै गरिएको हो । मासिक रुपमा यो भन्दा धेरै रकम प्रयोग गर्नेहरुले क्रेडिट लिमिट बढाउँदा राम्रो हुन्छ । यही रेन्टल रकमबाटै सामान्य रुपमा फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ । तर पोष्टपेड प्याक बाहेक अन्य छुट्टै प्याक किन्दा थप पैसा तिर्नुपर्छ । पोस्टपेड प्याक लिनका लागि *1415*2# डायल गरी आफूलाई उपयुक्त प्याक खरिद गर्न सकिन्छ । साथै संचित रकम सकिएर कल गर्न रोकिएको पोस्टपेड नम्बरमा रिचार्ज गर्दा जम्मा भएको नेगेटिभ व्यालेन्स कट्टा गरी बाँकी रकम मात्र व्यालेन्समा देखिन्छ । सेवा एकतर्फी भएको मोबाइलमा पहिल्यै किनेको प्याक बाँकी रहेछ भने त्यो प्याक चलाउन सकिंदैन र रिचार्ज गरी दुईतर्फी सेवा सुचारु भएपछि बाँकी रहेको प्याक पुनस् प्रयोग गर्न सकिन्छ । सामान्यतः नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा बिल हिसाब गर्दा धेरै ग्राहक झुक्किने गरेको पाइन्छ । यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि रु. ३८३.०७ जोडेर त्यो महिनाको हिसाब गरिन्छ । मानौ कुनै ग्राहकले महिनामा रु. १०० मात्र प्रयोग गरेको भएपनि रु. ३८३.०७ नै काटिन्छ र आफ्नो रु. २८३.०७ कता हरायो भनी झुक्किएको पाइन्छ । बिल थाहा पाउने तरिका पोस्टपेड मोबाइल बिलको जानकारी लिनका लागि *400# डायल गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत https://gsmbl.ntc.net.np/ बाट र कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि हेर्न सकिन्छ । कम्पनीको एपबाट पनि आफूले प्रयोग गरेको पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकर्ड समेत हेर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो हुनुका साथै अन्य विभिन्न सुविधा समेत यसबाट प्रयोग गर्न सकिन्छ । यसबाट प्रयोग गरिने पोस्टपेड प्याकेज र अन्य विभिन्न सुविधाका साथै प्रयोग गर्ने व्यक्तिको व्यक्तित्व बढाउनमा समेत यसले महत्वपूर्ण भूमिका निभाइरहेको छ ।
कोरोनाको कारण नेपालको पर्यटनमा साढे एक खर्ब क्षति हुन सक्ने, १३ लाख कर्मचारी प्रभावित
काठमाडौं । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा निकै असर परिरहेको छ । यो असर नेपाली अर्थतन्त्रमा पनि परेको छ । विशेष गरेर कोभिड १९ ले नेपालको पर्यटन क्षेत्रलाई चौपट बनाएको छ । नेपाल भ्रमण वर्ष २०२० सुरु भएकै समयमा यो भाइरस देखिनुले पनि नेपाली पर्यटन बजारमा यसको ठूलो धक्का लागेको बताइएको छ । नेपाल सरकारले कोरोना भाइरसको कारण नेपालको पर्यटनमा करिब १ खर्ब ६० अर्ब क्षति हुने बताएका छन् । कोरोनाको असरबाट पर्यटन क्षेत्रमा करिब १ खर्ब ६० अर्ब क्षति हुने अनुमान गरिएको नेपाल पर्यटन बोर्डका पुर्व कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले बताए । पर्यटन क्षेत्रमा १३ लाख जनशक्तीलाई समेत असर गरेको जोशीले बताए । सरकारले सन् २०२२ सम्मको गुरु योजना बनाएर पर्यटन क्षेत्रको पुनर्उत्थान गर्न आवश्यक रहेको जोशीको भनाइ छ । ‘मन्त्रालयले नीतिगत परिवर्तन गरेर नयाँ संयन्त्र बनाउन आवश्यक छ, यो एउटा नयाँपन ल्याउने ठूलो अवसर पनि हो,’ उनले भने । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयको भिडियो अन्र्त्क्रियामा उनले सो कूरा बताएका हन् । यकिन तथ्याकं संकलन गरेर विशेष योजना बनाइनेः मन्त्री भट्टराई संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटनको पुनर्उत्थानका लागि विशेष तथ्याकं संकलन गर्ेर अगाडि बढ्ने बताएका छन् । ‘यो महाब्याधी नियन्त्रणका बारेमा अहिलेनै भन्न सकिने अवस्था छैन, संक्रमण रोकिएपनि वाह्य पर्यटक आउने सम्भावना कम छ,’ उनले भने, ‘त्यसैले नेपालको पर्यटन क्षेत्र भाइब्रेन्ट बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।’ उनले पर्यटन क्षेत्रको वित्तिय संकट समाधानका लागि अर्थमन्त्रालयसँग छलफल गरेको बताए । मन्त्री भट्टराईले होटल लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत बताए । उनका अनुसार ती जनशक्तिलाई हिमाल सरसफाई, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिनेछ । सन् २०१९ मा पर्यटन क्षेत्रबाट डलर आम्दानी ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सबै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडी बढ्ने समेत बताए । मन्त्री भट्टराइले नेपालको पर्यटन क्षेत्रमा कति लगानी भन्ने विषयमा समेत अहिलेसम्म खास तथ्यांक नरहेकोले अहिले तथ्यांक संकलनसंगै क्षतिको विवरण संकलनको काम भइरहेको समेत बताए । ‘तथ्यांकको संकलन पर्यटन क्षेत्रमा लगानी कति छ? बैंकहरुको लगानी कति छ ? श्रमिक कति छन् र क्षति के कति हो भन्ने आउछ,’ मन्त्री भट्टराईले भने । तथ्यांक आएपछि सरकारले लगानीकर्ता र श्रमिकमा विषयमा खास कदम चाल्ने समेत छलफलमा जानकारी दिएका छन् ।
पर्यटन मन्त्री भन्छन्: सबै कर्मचारीलाई एक महिना बिदा दिउँ र घुम्न पठाउँ
काठमाडौं । कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले वार्षिक एक महिना पर्यटन बिदा दिने योजना बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना विदा दिने गरि योजना बनाइरहेको जानकारी दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयको भिडियो अन्र्तक्रियामा मन्त्री भट्टराईले पर्यटनको पुनर्उत्थानमा सरकार र निजी क्षेत्र मिलेर अगाडी बढ्ने बताएका हुन् । ‘यो महाब्याधी नियन्त्रणका बारेमा अहिलेनै भन्न सकिने अवस्था छैन, संक्रमण रोकिएपनि वाह्य पर्यटक आउने सम्भावना कम छ,’ उनले भने, ‘त्यसैले नेपालको पर्यटन क्षेत्र भाइब्रेन्ट बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।’ उनले पर्यटन क्षेत्रको वित्तिय संकट समाधानका लागि अर्थमन्त्रालयसँग छलफल गरेको बताए । मन्त्री भट्टराईले होटल लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत बताए । उनका अनुसार ती जनशक्तिलाई हिमाल सरसफाई, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिनेछ । सन् २०१९ मा पर्यटन क्षेत्रबाट डलर आम्दानी ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सबै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडी बढ्ने समेत बताए । मन्त्री भट्टराइले नेपालको पर्यटन क्षेत्रमा कति लगानी भन्ने विषयमा समेत अहिलेसम्म खास तथ्यांक नरहेकोले अहिले तथ्यांक संकलनसंगै क्षतिको विवरण संकलनको काम भइरहेको समेत बताए । ‘तथ्यांकको संकलन पर्यटन क्षेत्रमा लगानी कति छ रु बैंकहरुको लगानी कति छ रु श्रमिक कति छन् र क्षति के कति हो भन्ने आउछ,’ मन्त्री भट्टराईले भने । तथ्यांक आएपछि सरकारले लगानीकर्ता र श्रमिकमा विषयमा खास कदम चाल्ने समेत छलफलमा जानकारी दिएका छन् । नेपालको पर्यटन क्षेत्रमा कोरोनाको असरबाट पर्यटन क्षेत्रमा करिब १ खर्ब ६० अर्ब क्षति हुने अनुमान गरिएको नेपाल पर्यटन बोर्डका पुर्व कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले बताए । पर्यटन क्षेत्रमा १३ लाख जनशक्तीलाई समेत असर गरेको जोशीले बताए । सरकारले सन् २०२२ सम्मको गुरु योजना बनाएर पर्यटन क्षेत्रको पुनर्उत्थान गर्न आवश्यक रहेको जोशीले बताए । ‘मन्त्रालयले नीतिगत परिवर्तन गरेर नयाँ संयन्त्र बनाउन आवश्यक छ’, उनले भने- ‘यो एउटा नयाँपन ल्याउने ठूलो अवसर पनि हो ।’ सरकारले यो अवस्थामा मुलुकको हरेक क्षेत्रमा सुरक्षा अवलम्बनका लागि म्यानुअल संयन्त्र बनाउन आवश्यक रहेको जोशीले बताए । सरकार र निजी क्षेत्रको सहकार्यमा सन् २०२० मा पर्यटन उद्योगलाई बचाउने, सन् २०२१ मा पुर्नउत्थान गर्ने र सन् २०२२ मा पूर्ण रुपमा पर्यटकीय गतिविधि विस्तार गर्ने रणनीति लिनुपर्ने उनले बताए । जोशीले साना उद्योगी र श्रमिक बचाउने खालको प्याकेज समेत सरकारले ल्याउनुपर्ने बताए । होटल संघ नेपालका द्धितिय उपाध्यक्ष प्रविण पाण्डेले पर्यटन उद्योग बचाउन निजी क्षेत्रले जम्मा गरेको सामाजिक सुरक्षा कोष प्रयोगमा ल्याउनुपर्ने बताए । ‘अब लकडाउन खुलिहालेपनि विदेशी पर्यटक आउने सम्भावना कम छ । हवाई यात्रामा पनि सामाजिक दुरी कायम गर्दा भाडा महँगो हुने भएकाले पर्यटक घुमफिरको सम्भावना कम देखिन्छ,’ उनले भने- ‘अब विकल्प भनेकै आन्तरिक पर्यटन हो ।’ उनले श्रमिकको तलव खुवाउन होटल व्यवसायीलाई समस्या पर्ने भएकोले त्यसतर्फ ध्यान सवैको जानुपर्ने बताए । अव सरकारले नयाँ बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग कसरी गर्ने र धेरै भन्दा धेरै पर्यटक भित्र्याउने विषयमा केन्द्रित हुनुपर्ने बताए । ‘सरकार र निजी क्षेत्र मिलेर ३ वर्ष पर्यटनको पुर्नउत्थान गर्नेमा केन्द्रित हुन आवस्यक छ,’ पाण्डेले भने । सरकारले रिफाइनान्स र सस्तो ब्वाजको व्यवस्था गर्न समेत पाण्डेले सुझाव दिएका छन् ।
यी हुन डब्लुएचओले लकडाउन हटाउन तोकेका ६ वटा सुचक, नेपालले पनि पुरा गरेर खोल्ला त ?
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रबन्ध निर्देशक टेड्रोस अधनोम घब्रेससले धेरै देशहरुले लकडाउनको चपेटाबाट बाहिर निश्कन चाहेको बताएका छन् । डब्लुएचओले तोकेका विभिन्न ६ ओटा सुचकहरु पुरा गरेर मात्रै लकडाउनको चपेटाबाट बाहिर निश्कन सकिने जानकारी दिएको छ । नेपालमा पनि लकडाउन भएको आज २८ दिन भइसकेको छ । डब्लुएचओको लकडाउन हटाउन यस्ता छन् ६ वटा सुचक –कोरोना भाईरस संक्रमणको फैलावट रोकेको हुनुपर्ने । –सार्वजनिक स्वास्थ्यमा विशेष ख्याल राखी यसको क्षमतामा विस्तार हुनुपर्ने । –आईसोलेसन, क्वारेन्टाइनलगायत प्रत्येक केशलाई ट्रेस गर्न सक्ने अस्पतालको क्षमता भएको हुनुपर्ने । –नर्सिङ होमलगायत संवेदनशिल क्षेत्रमा भाईरस फैलन सक्ने चुनौतिको सामना गर्न सक्ने अवस्था भएको हुनुपर्ने । –काम गर्ने स्थानमा सामाजिक दूरी र विभिन्न सरसफाईका सुचकहरु पुरा गरेको हुनुपर्ने । –विदेशी पर्यटक तथा बाहिरबाट आउने यात्रुहरुमार्फत आउने ईम्पोर्ट केशलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सकिने क्षमता बनाउनुपर्ने, जनताहरुलाई यसको चुनौतिको घडी अन्त्य भएको अनुभव गराएको हुनुपर्ने।
सरकारकाे निर्णयः केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत पुगे पार्टी फुटाउन पाइने
काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साे अध्यादेश जारी गर्ने निर्णय गरेकाे हाे । साे अध्यादेश अनुसार अब कुनै पनि पार्टीले पार्टी विभाजन गर्न चाहे संसदीय दलमा वा केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्याउनुपर्ने छ । तर, अहिले भने केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत पुर्याउनै पर्ने प्रावधान छ । यसको अर्थ केन्द्रीय कमिटी वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पुर्याए नयाँ दल दर्ता गर्न बाटो खुला हुनेछ ।