विकासन्युज

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ । सो अफर फागुन ६ देखि लागू भएको र आगामी फागुन १२ सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । सो अफर अनुसार टेलिकमले देशमा लोकतन्त्र प्राप्तिको लागि आहुति दिने शहीदहरुको सम्मानार्थ शहीद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने भएको छ । जस अनुसार साविक बमोजमको फ्री रिसोर्स १ जीबी डाटा, १०० मिनेट अन-नेट भ्वाइस र १०० अन-नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ । यसैगरी एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको इएर्ली वाइ टाइम प्याकेज र कम्बो इयर्ली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ । टेलिकमले कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।

स्किन बैंक प्रयोगविहीन, १० वर्षमा छाला दान गर्ने ३६ जना मात्र

काठमाडौं । जलनका बिरामीहरूको उपचारका लागि सहज होस् भन्ने उद्देश्यले स्थापना गरिएको स्किन बैंकमा छाला दान गर्नेको संख्या नगण्य देखिएको छ । कीर्तिपुरको बर्न अस्पतालमा छाला बैंक स्थापना गरिएको १० वर्ष भए पनि हालसम्म ३६ जनाले मात्रै छाला दान गरेका हुन् । छाला दान गर्ने मानिसको संख्या कम हुँदा जलनका बिरामी ठूलो समस्यामा पर्ने गरेका छन् । परिणाम स्वरूप उनीहरूले उपचार नपाएरै अकालमै मृत्युवरण गर्नु पर्ने स्थिति बनेको छ । छाला दान गर्नेहरू नहुँदा हाल स्किन बैंक नै प्रयोगविहीन अवस्थामा छ । स्किन बैंकको विषयमा रिपोर्टिङका लागि किर्तिपुरमा रहेको बर्न अस्पतालमा पुग्दा सो बैंक स्थापना गरिएको स्थानमा राखिएका स्किन बैंकका सामान पनि धुलोमाटोले भरिपूर्ण देखिन्छन् । अस्पतालमा काम गर्ने कर्मचारी बस्ने एक कोठामा सानो फ्रिज छ । त्यहीमाथि धुलोले छोपिएको सेकर मेसिन देखिन्छ । त्यही मेसिनभित्र एउटा सानो छालाको टुक्रा थियो । धूलो लागेको सो मेसिन पुछ्दै सो कोठामा रहेकी सहायक अधिकृत पद्मासोभा महर्जनले भनिन्, ‘कसैले छाला दान गर्नै मान्दैनन् ।’ ‘यी सामानको अवस्था यस्तो छ, कहिल्यै प्रयोगमा नल्याउँदा छाला दान गर्नेहरू नहुँदा सामान समेत बिग्रन थालिसके,’ सामान देखाउँदे उनले भनिन् । एकातिर जलनका बिरामी छाला नपाई अर्को संक्रमण पर्ने जोखिम छ भने अर्कोतिर भएको स्किन बैंकमा छाला नहुँदा बैंक नै लगभग बन्दजस्तो छ । स्वास्थ्यसेवा विभागको तथ्ंयांक अनुसार नेपालमा हरेक वर्ष करिब ७५ हजार नागरिक जलनको समस्या लिएर अस्पताल पुग्ने गर्छन् । जलनमा परेका सबैजसो बिरामी अस्पताल पुग्दैनन् । कोही बिरामी घरमै अनेक उपचार गरी बसिरहेका हुन्छन् । जलन सम्बन्धी प्रत्यक्ष उपचारमा संलग्न चिकित्सकका अनुसार जलनमा पर्ने बिरामीको संख्या लाखभन्दा बढी छ । गत वर्ष कीर्तिपुर अस्पतालमा मात्र ७ सय ९० जना गम्भीर जलनका बिरामी भर्ना भएका थिए । तीमध्ये कम्तिमा २० प्रतिशतलाई आफ्नो छालाले नपुग्ने अवस्था हुन्छ । उनीहरूको लागि चाहिने छाला बैंकमा हुँदैन । ‘पैसा हुनेहरूले इन्डिया अथवा कतैबाट आफैं म्यानेज गर्नुहुन्छ नभए छाला बिनै उपचार गर्नुपर्ने बाध्यता छ,’ अस्पताल एकजना चिकित्सकले भने ‘स्किन बैंक स्थापना भएको १० वर्षसम्म ३६ जनाले मात्रै छाला दान गरेका छन् । एउटा प्राणीलाई स्वस्थरूपमा जिउन छालाको आवश्यकतापर्छ । छाला जलेको नजलेको दुवैका लागि उत्तिकै आवश्यकपर्छ । छालाले व्यक्तिको स्वरूप निर्धारण गर्नेमात्र नभएर जिउको तापक्रम समेत नियमन गर्ने गर्छ । भिटामिन डीको निर्माण गर्ने विभिन्न खालको संक्रमणबाट पनि बचाउने काम पनि छालाले गर्छ । छाला नभएको अवस्थामा यी सबैकाम प्रभावित हुन्छन् । र, मान्छेको ज्यानमा खतरा हुन्छ । कीर्तिपुर बर्न अस्पतालका बर्न, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभाग प्रमुख डा.किरण नकर्मी छाला दान गर्न सकिन्छ भन्ने थाहा भएका व्यक्ति नै दान गर्नमा तयार नरहेको बताउँछन् । ‘धेरैलाई छाला दान गर्नुपर्छ भन्ने थाहा छैन,’ उनी भन्छन्, ‘हामीले छाला दिँदा शरीरको भित्री भाग देखिएला, रगत आउला भन्ने भय एउटा हुन्छ भने अर्को मरेपछि पनि सग्लो शरीर हुनुपर्छ भन्ने सांस्कृतीक मान्यताले छाला दिन कोही चाहँदैनन् ।’ शरीरका हरेक अंग मान्छे मरे पनि काम लाग्छन् । आँखा, किड्नीजस्तै छाला पनि दान गर्न मिल्छ । कीर्तिपुर अस्पतालमा असपतालले जलन सम्बन्धि विभिन्न कार्यक्रम गर्ने गरेको छ । विभिन्न संघ सस्थासँग आवद्ध भएर जनचेतना जगाउँदा छालाबारे पनि जानकारी गराइन्छ । छाला दान गरेकाहरूको अनुभव काठमाडौँको चाहाबालकी सरस्वती महर्जनका श्रीमानको मृत्यु भएको ६ वर्ष भयो । उनको शरीर खरानी भइसक्यो । तर, उनको आँखाले संसार हेरिरहेको छ । आँखा मात्र होइन, उनको छालाले कसैको शरीर ढाकिरहेको छ । एउटा महिलालाई श्रीमानको मृत्युको पीडा कस्तो हुन्छ ? यो भोग्नेलाई भन्दा बाहेक अरुले कल्पना मात्र गर्न सक्छ । श्रीमान नभए पनि श्रीमानका केही अंगले अरु कोही बाँचिरहेकोमा उनी खुसी छिन् । सरस्वतीलाई श्रीमानको आँखा र छाला दान गर्न भने सहज पक्कै थिएन । ‘पुरातनबादी सोच, हाम्रो संस्कार बाधक थियो, श्रीमानका अंग दान गर्दाको क्षण सम्झदै उनी भन्छिन्, ‘अंग दान गर्ने ईच्छा मेरो होइन, श्रीमानकै थियो । तर, अहिले त्यही अंग दान गर्दा आफन्तबाटै एक्लो भएर बस्नु प¥यो ।’ मृत्युअघि सरस्वतीका श्रीमानमा किड्नीको समस्या थियो । १५ दिनमा एक पटक उनको डायलासिस् गर्नु पथ्र्यो । त्यो बेला उनलाई दुई पोका रगत आवश्यक पथ्र्यो । योक्रम करिब १ वर्षसम्म चल्यो । हरेक दिन अरूको रगत आफ्नो शरीरमा राख्दा चन्द्र भन्थे, ‘म यत्रो समय अरुको रगतले बाँचे, म मर्नुभन्दा अगाडि के सेवा गर्न सक्छु होला भनेर प्रश्न गर्थे, ?’ सोही बेला अंग दान गर्ने कुरा भएको हो ।’ सरस्वतीलाई कसरी प्राणीको सेवा गर्ने ? अझ मानवले मानवलाई जीवन्त रहँदा वा मृत्युपरन्त कस्तो सहयोग गर्न सक्छ भन्ने कुरा थाहा थियो । उनी आफ्नो् टोलमा रहेको सन्त निरंकारीको ‘समाधान संत्संगत’मा जान्थिन्, त्यहाँ यस्ता कुराहरू सिकाइन्थ्यो । कुरा सिक्नेमात्र होइन, त्यहाँ बेलाबेला रगत दान पनि गर्नु पर्थ्याे । उनले मानिसको शरीर मरिसकेपछि पनि अंग अरुका लागि काम लाग्छ भन्ने जानकारी त्यहीँ पाएकी थिइन् । यी विषयमा उनका श्रीमान पनि जानकार थिए । त्यसपछि उनीहरू दुवैले मृत्युपरान्त आफ्ना शरीर दान गर्ने कुरा गरे । चन्द्रले सरस्वतीलाई आफ्नो मृत्युपछि शरीर नै दान गरिदिन भनेका थिएन । तर, सरस्वतीले आँखा र छालामात्र दान गर्न पाइन् । ‘मैले श्रीमानको शरीर नै दान गर्ने भनेर वकिल समेत बोलाइसकेको थिएँ । तर, परिवारकै मान्छेले सहयोग गरेनन्,’ उनी भन्छिन्, दान गरिदिनु भनेकाहरूकै अंग दान गर्न नदिने समाज आफैं दान गर्छु भन्दै अगाडि बढ्न कसरी सक्छ ?’ आफ्नै छाला झिक्दाको दुखाइ काठमाडौंकी जेनी खड्कालाई आजभन्दा चार वर्षअघि उनकै पूर्वपतिले एसिड छ्यापे । उनको हात र गर्धनको भाग जल्यो । उपचारको क्रममा जलेको भागमा छाला राख्नु पर्ने भयो । उनले आफ्नै छाला निकालेर जलेको भागमा राखिन् । उनी जिउँदो मान्छेले अरूलाई छाला दिन्छु भन्दा दुखाइ नै सहन नसक्ने बताउँछिन् । ‘सक्छु नै भने त भन्न सकिन्नँ । तर, मलाई जलनको पीडाभन्दा बढी छाला निकाल्दाको भयो,’उनी अनुभव सुनाउँछिन्। उनी मृत्यु भइसकेपछि छाला दान गर्नु राम्रो भएको बताउँछिन् । ‘तिंग्राको मासु ल्याएर हात र घाँटीमा राखिएको छ । हप्ता दिनमा छाला निकालेको दुखाइहुन्छ, दाग पनि रहन्छ, छाला राखेको भागमा फरक हुन्छ, चिल्लो पसिना आउँदैन, चिलाउने बढी हुन्छ,’ उनी अनुभव सुनाउँदै भन्छिन् । ‘जिउँदो मान्छेले छाला दिन गाह्रो’ जिउँदो अवस्थामा गर्ने अंग दानको लागि छुट्टै कानुन छ । जसमा आफ्नै परिवारको लागि मात्र अंग दान गर्न मिल्ने प्रावधान छ । जिउँदो मान्छेले दिएको छाला तत्कालै उनीहरूको आफन्तमा प्रत्यारोपण गरिन्छ । तर, यसरी जिउँदो मान्छेबाट छाला लिँदा खतरा हुने चिकित्सकको भनाइ छ । छाला निकाल्दा आधा जिउ बेहोस पार्नुपर्छ भने अस्पतालमा पाँच दिनसम्म भर्ना नै गर्नुपर्छ । ‘यो एक प्रकारको अप्रेसन हो, अप्रेसनमा जे–जे गर्नुपर्छ, त्यो सबै खतरा हुन्छ’ डाक्टर किरण भन्छन्,‘ कोही आफ्नै खुसीले आफ्नो मान्छेलाई छाला दिन्छु भन्नुहुन्छ भने हाम्रो भन्नु केही हुँदैन । तर, जिउँदो मान्छेलाई छाला दिन दिन हामी प्रोत्साहन गर्दैनौं ।’ मृत्युपश्चात् भने धेरै छाला लिने प्रयास गरिन्छ । जसमा तिंग्रा, मुनीको भागको, पिडौँला मुनिको छाला, पाखुरा र ढाडबाट छाला लिइन्छ । जिवित अवस्थामा निकालिने छालामा समस्या हुने भएकाले एउटा तिंघ्राबाट निकालिन्छ । अहिलेसम्म अस्पतालमा २९ जनाले आफन्तलाई छाला दान गरेका छन् । दानकोरूपमा पाएको छाला प्रयोग गर्दा शरीरमा जलनको गम्भीरतालाई हेरेर प्रत्यारोपण गरिन्छ । २० प्रतिशत बढी जलेको भागलाई गम्भीर जलन भनिन्छ । ३० प्रतिशतभन्दा बढी जलेको बिरामीलाई त्यसको आफ्नो छालाले पुग्दैन । ६० प्रतिशतदेखि माथिको जलनलाई नेपालमा बचाउन गाह्रो हुने चिकित्सक बताउँछन् । त्यो भन्दा माथिको जलन भएकाहरूमा छाला प्रत्यारोपण गरिँदैन । ३० देखि ५० प्रतिशत जलन भएका बिरामीलाई प्राथमिकतामा राखेर छाला प्रयोग गर्ने उनी बताउँछन् ।  के हो छाला बैंक ? जलेको बिरामीको शरीरबाट धेरै छाला नष्ट हुन्छ । यस्तो बेलामा छाला नहुँदा संक्रमणको जोखिम बढी हुन्छ । कतिपय अवस्थामा जलनको घाउ ठूलो नभएको अवस्थामा बिरामीको आफ्नै छालाले छोप्ने गरिन्छ । छाला धेरै नास भएको अवस्थामा बिरामीको आफ्नो छाला पुग्दैन । यस्तो बेलामा छाला चाहिन्छ । कुनैपनि व्यक्तिले मृत्युपरन्त दान गरेका छालालाई ल्याएर एक ठाउँमा राख्ने उद्देश्यले छाला बैंक स्थापना गरिएको हो । यो छाला बैंकमा व्यक्तिले मृत्युअगाडि नै मृत्यु पश्चात मेरो छाला दान गर्नु भनेर सम्झौता नै गरेका हुन्छन् । छाला दान गर्ने व्यक्तिको मृत्यु भएपछि अस्पतालमा दाताको परिवारबाट फोन आउँछ । फोन आउने बित्तिकै टोली जान्छ । टोली त्यहाँ पुगिसकेपछि ट्रमोटम मेसिनले छाला निकालिन्छ । छाला निकाल्दा पातलो निकालिन्छ । जुन उसिनेको आलुका छाला जती पातलो हुन्छ । त्यो निकालिएको छाला अस्पतालमा ल्याएर सफा गरिन्छ । त्यसपछि सोलुसन हुन्छ ग्लासोली र एनएस राखेर सेकरमा सेकिन्छ । यसरी तयार पारेको छाला ३२.४ डिग्री फ्रीजमा राखिन्छ । यसरी राखेको छालालाई ५ वर्षसम्म प्रयोगमा ल्याउन सकिन्छ । छाला बिग्रन्छ कि बिग्रदैन भनेर परीक्षणका लागि पहिलो पटक ल्याएको छाला अहिलेसम्म राखिएको छ । १० वर्ष भयो तर, अहिलेसम्म बिग्रेको छैन । यो हेर्दा नेपालमा पनि स्किन डोनेशन गर्ने संख्या बढ्दै गयो भने स्टोर गर्न सकिने रहेछ भन्ने निष्कर्ष अस्पतालको छ । मृत्यु भएको ६ घण्टाभित्र छाला लिइसक्नुपर्छ । तर, शवलाई फ्रीजमा संरक्षण गरेर राखिएको छ भने २४ घण्टाभित्र पनि छाला लिन मिल्ने चिकित्सक बताउँछन् । जनचेतनाको कमी नेपाल स्किन बैंक नाम राखेर स्थापना गरिएको बैंकमा छाला नै नपाइने अवस्था आएपछि अस्पतालले लायन्स क्लबसँग सहकार्य ग¥यो । पछि त्यसको नाम पनि लायन्स नेपाल स्किन बैंक राखियो । तर, त्यो सहकार्य लामो समयसम्म रहेन । लायन्स क्लबले बैंकलाई सामान उपलब्ध गरायो । यस्तै लियो क्लब, रोट्रयाक लगायतका विभिन्न संघसस्थासँग सहकार्य गरेर चेतना जोगाउने काम पनि गरियो । तर, पनि जनचेतनामै अभाव रहेको अस्पतालले जनाएको छ । कसैले छाला दान गर्न चाह्यो र छाला लिन जानु परेपछि सर्जनले जानुपर्ने अर्को बाध्यता छ । डा. नकर्मी भन्छन्, ‘कहिँलेकाहीँ हामी अप्रेसनको बिचमा हुँदा वा कहिले उपत्यका बाहिर हुँदा पनि हामीलाई फोन आउँछ । तर, त्यो बेला हामी जान सक्दैनौं, छाला लिन जाने अर्को जनशक्ती नहुँदा पनि संकलनमा समस्या छ ।’ एकजना मान्छेको छाला निकाल्दा लगभग १५ हजार पैसा लाग्छ । स्किन बैंकमा रहेको छाला बिरामीलाई दिँदा निःशुल्क दिइन्छ । दानकोरूपमा पाएको छाला अर्को व्यक्तिमा प्रत्यारोपण गर्दा एचआईभी, हेपटाइटीस बि र सी जाँच गरिन्छ । किनकी छाला लिने व्यक्तिमा यो सर्न पाउँदैन । गम्भीर जलन भएको सुरुको तीन हप्तादेखि जल्ने मान्छेको शरीरमा प्रतिरोधी क्षमता हुँदैन । जसका कारण सुरुमा तीनचार हप्ता छाला लगाएपनि आफ्नो छाला हैन भनेर बिरामीको छालाले पहिचान गर्न सक्दैन । उसले आफ्नै छाला जस्तो ठान्छ । तर, पछि जब बिरामी तंग्रदै आउँछ तब उसको प्रतिरोधी क्षमता पनि बढ्दै जान्छ र जिउले अस्वीकार गर्दै जान्छ । छालामा फोका आउने, पिल्सने, रातो हुने गर्छ ।

सांसदको मागलाई बजेटमा सम्बोधन गर्न वित्तीय उत्तरदायित्व ऐन संशोधन गरिएको होः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन सांसदहरुको मागलाई नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्नेगरी संशोधन गरिएको बताएका छन् । आईतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । उनले जेठ १५ गते सरकारले पेश गर्ने बजेटको प्राथमकिता र सिद्धान्तको विषयमा सांसदहरुले छलफल गर्ने समय प्राप्त नभएको गुनासो सम्बोधन गर्नको लागि ऐन संशोधन गरिएको बताए । बजेट पेश हुनु भन्दा सात दिनअघि मात्रै बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल हुने पद्धतिलाई तीन महिनाअघि नै छलफल गर्ने व्यवस्था गरिएको बताए । उनले उक्त संशोधन हुँदा सांसदहरुले संसदमा पेश हुने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा एक महिनासम्म छलफल गर्न पाउने व्यवस्था गरिएको बताए । सांसदहरुले एक महिनासम्म उठाएमा माग सुझावलाई बजेट र नीति कार्यक्रममा सम्बोधन गर्नेगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरिएको जानकारी दिए । ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश मुख्य कारण बजेटको विषयमा छलफल गर्नको लागि यथेष्ट समय आवश्यक माग भएको छ । त्यस्तो हुँदा बजेटका विषयमा प्रस्तावहरु अगाडि नै बन्ने भएकाले सांसदहरुको सुझाव नसमेट्न सक्ने व्यापक गुनासालाई मध्येनजर राखेर उक्त ऐनमा ३ महिना अघि नै जेठ १५ गते हुने बजेट पेश हुनु भन्दा अगाडि नै बजेटको सिद्धान्त र प्राथमिकताका विषय प्रश्तुत हुने र छलफल गर्न एक महिना समय दिने त्यसमा आएका सुझावहरुलाई समेटेर नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गर्न सजिलोको लागि ल्याएको हो’, उनले भने । उनले बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा संसदमा छलफल गर्न सांसदहरुलाई प्राप्त समय व्यवस्था गर्ने ऐन ल्याउँदा बिरोध गर्नु राम्रो नभएको बताए । उक्त विधेयक अस्वीकृतको लागि सांसद प्रेम सुवालको प्रस्ताव बहुमतले अस्वीकृत भइ उक्त विधेयक संसदबाट पारित भएको छ ।

बजेट अर्थमन्त्रीको पेवा होइन, जथाभावी नगरौं : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरुले दिएको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन सरकारसँग माग गरेका छन् । सांसद सुवालले बजेट बनाउनुअघि सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सुझाव दिने कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । आईतबार प्रतिनिधि सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० लाई अस्वीकार गरियोस बिरोधको सूचना प्रश्तुत गर्दै उनले अर्थमन्त्रीले आफ्नो पेवा जसरी बजेट खुरुखुरु आफैँले लेख्न नपाउने बताए । संसद सदस्यको, सुझावअनुसार बजेट बनाउनु मात्र प्रजातन्त्र भएकाले सोहीअनुसार बजेट सरकारले बनाउनुपर्ने सांसद सुवालको भनाई थियो । उनले विदेशी दलालसँग सुझाव लिएर बजेट बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए । ‘सामान्य अवस्थामा अध्यादेश जारी गर्नु प्रजातन्त्र होइन । अर्थमन्त्रीले संघीय संसद र समितिका बैठकहरुमा संसदका सदस्यहरुबाट प्राप्त सुझाव अनुसार बजेटको कार्यक्रमको सिद्धान्त र प्राथमिकता, नेपाल सरकारको नीति तथा कार्यक्रम बजेट निर्माण गर्नुपर्ने व्यवस्था राख्नुपर्ने ।  बजेट निर्माण गर्नुअघि सांसदहरुलाई सम्बन्धित निर्वाचन क्षेत्रमा जनतासँग सुझाव लिन दिनुपर्छ । त्यो सुझावमा जे आउँछ, त्यस आधारमा मात्रै बजेट बनाउन पाइन्छ । विदेशी दलालहरुसँग अर्थमन्त्रीले बजेट बनाउन सुझाव दिन पाइँदैन’, उनले भने । सांसद सुवालले सरकारले बजेटमा राख्ने कुनैपनि शिर्षक सांसदको सुझावको आधारमा मात्रै हुनुपर्ने जिकिर पनि गरे ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो, नेपालमा मूल्य सस्तिदै

काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातलाई स्वीकृति दिएको हो । देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न सरकारले प्याज निकासीमा प्रतिबन्ध लगाएर ३१ मार्च २०२४ सम्मको समयसीमा तोकेको थियो तर म्याद सकिनुअघि नै यो प्रतिबन्ध हटाइएको छ । गृहमन्त्री शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को समितिको बैठकले यो निर्णयलाई अनुमोदन गरेको हो । प्याज निर्यातमा रोक लगाइएपछि भारतमा प्याजको मूल्य निकै घटेको थियो । गुजरात र महाराष्ट्रमा प्याजको भण्डारलाई ध्यानमा राखेर सरकारले निर्यात फुकुवा गर्न स्वीकृति दिएको हो । अब भारत सरकारले ३ लाख मेट्रिक टन प्याज निर्यातलाई अनुमति दिएको छ। साथै, बंगलादेशबाट पनि ५० हजार टन प्याज आयातका लागि पनि अनुमति दिइएको छ । भारत सरकारले प्याज निर्यातलाई स्वीकृति दिएसँगै अब नेपालमा पनि प्याज आयात हुनेछ ।

लसुनको मूल्य वृद्धि, किलोको ३४० पुग्यो

काठमाडौं । नेपाली बजारमा लसुनको मूल्य बढेकाे छ । माग अनुरूप बजारमा लसुन नपाइएकाले लसुनको मूल्य बढ्दै गएको हो । हाल लसुनको थोक मूल्य प्रतिकिलो ३ सय ४० रुपैयाँ पुगेको छ । अहिले नयाँ लसुन नआएकाले लसुनको मूल्यमा वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘यो लसुनको सिजन होइन, अहिले निख्रेको अवस्था छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘नयाँ उत्पादन छैन, पूरानो उत्पादन सकियो, मागको तुलनामा पूर्ति नभएपछि मूल्य बढ्नु स्वभाविक हो ।’ समितिका अनुसार गत महिना सुकेको चाइनिज लसुनको मूल्य प्रतिकिलो १८५ रुपैयाँ थियो । एक महिनाको तुलनामा ८३.७८ प्रतिशतले लसुनको मूल्य वृद्धि भएको हो । नेपाली लसुन बजार हिस्सा चिनियाँ लसुनले ओगटेको छ । नेपालमा सिजनमा मात्रै लसुन उत्पादन हुने र उत्पादित लसुन पनि पर्याप्त नहुने हुँदा चिनियाँ लसुन आयात हुने गरेको छ ।

जनकपुरमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा पीजीएम मिट सम्पन्न

जनकपुर । नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्स (पीजीएम) सँगको भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ जनकपुरमा सम्पन्न गरेको छ । नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक डिलर न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्ससँगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा १६० भन्दा बढी नया बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएका थिए । प्रमुख अतिथि जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, अतिथि जनकपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह र नेपाल ल्युब आयल लिमिटेडका सेल्स र मार्केटिङ विभागका पदाधिकारीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो । विगत ६ वर्षदेखि डिलरको रुपमा जनकपुर र जलेश्वर क्षेत्रमा विक्री वितरण गर्दै आइरहेका न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्सले यस क्षेत्रमा गल्फ लुब्रिकेन्टको माग अत्यधिक रहेको र ग्राहकहरुको पहिलो रोजाइमा रहेको बताएका छन् । कार्यक्रममा नेपाल ल्युब आयलका प्रादेशिक बजार व्यवस्थापक दिनेश कुमार यादवले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेन्ट र ग्रेडका लुब्रिकेन्ट्स, ग्रिजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतिकरण दिएका थिए । कार्यक्रममा गल्फ लुब्रिकेन्टका रिटेलर जानकी मोटर स्पेयर र सुजित एन्ड सुमित अटोलाई ‘बेस्ट सेल्स अवार्ड’ प्रदान गरेको थियो । साथै आगामी दिनमा पनि सेल्सको आधारमा सो अवार्ड प्रदान गरिने कम्पनीले जनाएको छ । फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्रान्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको कम्पनीको भनाइ छ ।

भारतमा पनि लन्च भयो द अनब्रेकेबल स्मार्टफोन अनर एक्स नाइन बी

काठमाडौं । नेपालमा आयात हुने सबै स्मार्टफोनहरू भारतमा भन्दा धेरै महँगो हुने गर्दछन् । एकै मोडेल र भेरियन्टको मूल्य भारतमा भन्दा नेपालमा बढी हुने गर्दछ जसमा कुनै मोडलहरूको मूल्य त भारतको तुलनामा भन्दा दोब्बर नै हुने गर्दछ । तर अहिले भर्खरै लन्च भएको ज्इल्इच् को स्मार्टफोन मा भने कुरा केहि फरक रहेको छ । नेपालमा भन्दा भारतमा प्रायः स्मार्टफोन पहिले नै लन्च हुने गरेको भएपनि नेपालमा भने करिब एक महिना अगाडि नै लन्च गरिएको हो । नेपालमा २१ अनर एक्स नाइन बी को ९१२ं२५६० जीबी को मूल्य ४३,९९९ रुपैयाँ रहेको छ । कम्पनीका अनुसार भारतमा भने उक्त स्मार्टफोन १५ फेब्रुअरीमा लन्च गरिएको छ जसको मूल्य ९८ं२५६० जीबी भेरियन्टका लागि २५,९९९ भारतीय रुपैयाँ तोकिएको छ र नेपालमा ४१,६०० रुपैयाँ पर्न जान्छ । यसबाहेक, नेपालीहरूले अनब्रेकेबल स्मार्टफोन तीन रङमा पाउन सक्छन् जहाँ भारतमा भने दुईवटा विकल्प छन् । स्मार्टफोन जगतमा यसलाई यो राम्रो पहल मान्न सकिन्छ र भविष्यमा पनि यस्तै हुने हो भने भारतबाट स्मार्टफोन किन्ने प्रवृत्तिमा परिवर्तन आउनेछ र नेपालबाट फोन किन्न मानिसहरूलाई प्रोत्साहन मिल्ने कम्पनीले जनाएको छ ।