विकासन्युज

राजनीतिसँगै कृषिकर्ममा जमेका पूर्वप्रमुख चौधरी भन्छन् : राजनीति पेसा होइन, सेवा हो

सिरहा । ज्यूँदै मर्‍याको भनि नाम छ कस्को ? उद्यमबिना बित्तछ काल जस्को । आदिकवि भानुभक्त आचार्यको प्रश्नोत्तरी कविताका यी पङ्क्ति उद्यम गर्नेका लागि प्रेरित छन् । तर धेरैले यसको भाव अनुशरण गरेका हुँदैनन् । अझ राजनीतिमा सक्रिय अधिकांश मानिसहरू त कुनै इलमबिनै रहरलाग्दो जीवन बाँचिरहेका पनि देखिन्छन् । एकपटक सार्वजनिक लाभको पद र जिम्मेवारी बहन गरिसकेपछि बाँकी के चाहियो र ? भन्नेहरू पनि छन् । तर यो धारणा सधैँ र सबैका लागि लागू नहुनसक्छ । त्यसैको उदाहरण हुन् सिरहाको धनगढीमाई नगरपालिकाका पूर्वप्रमुख हरिनारायण चौधरी । विसं २०७४ को स्थानीय निर्वाचनबाट नगरप्रमुख हुनुभएका चौधरीले आफ्नो कार्यकाल सकिएसँगै राजनीतिसँगै कृषिलाई मुख्य पेसा बनाएका छन् । ‘सार्वजनिक पदमा हुँदा वा नहुँदा पनि मैले कृषिकर्म छोडिनँ । मलाई माटोमा नङ्ग्रा खियाउन, भकारो सोर्न, डोको बोक्न कहिल्यै अप्ठ्यारो लागेन । मेरो यो कर्म पछिल्लो एक दशकदेखि चलिरहेको छ’, चौधरीले भने, ‘नगरप्रमुखको जिम्मेवारी सकिएपछि त झनै सक्रियताका साथ लागेको छु । काम त गरिखानुपर्यो नि सबैले ।’ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहनुभएका चौधरीले आफ्नो आम्दानीको स्रोत नै कृषि पेसा बताएका छन् । उनले डेढ बिघामा तोरी, दुई बिघामा हिउँदे मकै र अढाई बिघामा घाँसखेती गरिरहनुभएको छ । एउटै याममा १५ क्विन्टल तोरी, ९० क्विन्टल हिउँदे मकै र  घाँस तथा बीउ बेचेर करिब रु १० लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए । ‘राजनीतिमा नाम छ तर आर्थिकरूपमा जीवन धान्न धौधौ छ । राजनीति विशुद्ध समाजसेवा हो । त्यसैले परिवारको जोहो टार्न र जीवनयापन गर्न केही त गर्नैपर्छ’, चौधरी भन्छन्, ‘त्यसैकारण मैले व्यावसायिक कृषि सुरु गरेको हुँ । अहिले राजनीतिमा मात्रै हुँदाजस्तो आर्थिक अभाव झेल्नुपरेको छैन ।’ उनी सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै त्यसको उदाहरण आफैँबाट सुरु गर्नुपर्ने मान्यतासहित उद्यममा जोडिएको बताए । ‘सार्वजनिक ओहोदामा रहेका व्यक्तिबारे गलत धारणा छ । काम नगरेरै बाँचिरहेका छन् भन्ने आरोप बारम्बार सुन्नुपरिरहेको छ । त्यो स्वाभाविक पनि हो । समाजलाई डोहोर्याउने जिम्मेवारीमा रहेका नेतृत्वकर्मीले बोलेरभन्दा पनि व्यवहारबाटै जवाफ दिन आवश्यक छ । अहिले कृषिकर्ममा जोडिएपछि मैले परिवारको जीवनयापन सहजरूपमा गर्न सकेको छु । साथै राजनीतिकर्मीका रूपमा लाग्ने गरेको आरोपबाट पनि मुक्ति मिलेको आभास हुने गरेको छ’, उनले भने । राजनीतिकर्मी वा सार्वजनिक ओहदामा बसेका व्यक्तिलाई उद्यमबाट आर्जेको पैसाभन्दा त्यसबाट कमाएको इमान र प्रतिष्ठाले अझ बढी खुसी मिल्ने गरेको बताउने चौधरीले अहिले तीन छोराछोरीको पढाइ, घरपरिवारको लालनपालन र आवश्यकतामा ढुक्कले दुई पैसा खर्च गर्ने साहस पनि बढेको बताए । चौधरीको व्यावसायिक कृषिकर्ममा बढेको लगावले परिवारको आम्दानीमात्रै बढेको छैन त्यसबाट आर्जेको सामाजिक प्रतिष्ठाले अझ बढी खुसी दिने गरेको छ । त्यो खुसीले उजकी श्रीमती बचकुनदेवी चौधरीको खुसीको दायरा पनि फराकिलो बनाएको छ । ‘गाउँघरमा राजनीतिकर्मी केही गर्दैनन् भन्ने आरोप सुन्छु । पहिले मेरो श्रीमान्को पनि कुरा काटेको सुन्थेँ । मन अमिलो हुन्थ्यो’, बचकुनदेवीले भनिन्, ‘श्रीमान्ले राजनीतिलाई समाजसेवा र कृषिकर्मलाई आम्दानीको स्रोतका रूपमा अपनाएपछि अहिले भने राम्रो प्रतिक्रिया सुन्छु । त्यसो सुन्दा राजनीतिक नाम, पद, पैसाभन्दा उद्यमबाट आर्जेको प्रतिष्ठा ठूलो हुँदोरहेछ जस्तो लाग्यो । र यसले निकै खुसी हुन्छ ।’ चौधरीले कृषिकर्म गरे पनि पार्टी काम छोडेका छैनन् । त्यसरी राजनीतकर्ममा व्यस्त भएका बेला खेतीपाती सम्हाल्ने सारथी पनि श्रीमती बचकुनदेवी नै हुन् । उत्पादनसँग जोडिऔँ अधिकांश जनता कृषि पेसामा भए पनि राज्यको लगानी र सामाजिकरूपमा हेयको दृष्टिले हेर्दा उचित लाभ लिन नसकिएको चौधरीको बुझाइ छ । उनले कृषिबाटै नेपाललाई समृद्ध बनाउने सोचसहित अगाडि बढ्नुपर्ने जरुरी रहेको बताए । सोही भावनाअनुसर आफू नगरप्रमुख भएका बेला धनगढीमाई नगरपालिकाका किसानलाई प्रोत्साहन, आलु पकेट क्षेत्र घोषणा र सहयोगलगायतका काम गरेको उनले सुनाए । ‘हामीसँग उर्बर माटो छ । अनुकूल वातावरण छ’, उनले भने, ‘सिँचाइ सुविधा, समयमै मलखाद, कृषि पूर्वाधारमा लगानी, उत्पादनको बजारीकरण गर्ने राज्यको नीति र आफ्नो माटोलाई माया गर्ने हुने हो भने यहाँ अन्न मात्र होइन सुनै फलाउन सकिन्छ भन्ने आत्मविश्वास नागरिकमा जगाउन जरुरी छ ।’ जनतालाई परिवर्तनमा ल्याउने तथा आत्मनिर्भर र राष्ट्रिय स्वाभिमान निर्माण गर्ने माओवादीका नेता कार्यकर्ताले त उत्पादनमा जोडिएर उदाहरण पेस गर्नुपर्ने बेला आएको चौधरीको भनाइ छ । माओवादीले विसं २०६९ माघमा हेटौँडामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका नेता, कार्यकर्ता उत्पादनसँग जोडिने नीति पास गरे पनि त्यसअनुसार हुन नसकेकामा चौधरीको चित्त दुखाइ छ । “जनयुद्धमा हुँदाका सपना त छँदैछन् । हाम्रो पार्टीको हेटौँडा महाधिवेशनले उत्पादन ब्रिगेडको नीति अख्तियार गर्यो तर नेताहरूले सोअनुसारको व्यवहार अङ्गिकार गर्न सकिएन । हरेक नागरिक र पार्टी सदस्यलाई श्रम र उत्पादनसँग नजोडी विकास र समृद्धिको सपना पूरा हुन सक्दैन । त्यसैले अधिकांश युवाहरू विदेशिइरहेको बेला नेपालका पार्टीहरूले नै श्रम र उत्पादनसँग जोड्ने अभियान सुरु गर्नुपर्छ”, उनले भने । राजनीति पेसा होइन, सेवा हो राजनीतिलाई सेवाभन्दा पनि पेसा बनाउने प्रवृत्ति बढ्दै गएकामा पनि चौधरीको चिन्ता छ । देशमा बेतिथि र कुशासनको जड पनि परनिर्भर संस्कृतिको विकास हो भन्ने चौधरी आफ्ना दैनिक आवश्यकता चलाउनसमेत आम्दानीको स्रोत नभएका व्यक्तिहरूबाट राजनीति स्वच्छ हुन्छ भन्ने कुरा नागरिकले पत्याउन छाडिसकेको धारणा राख्छन् । ‘राजनीतिमा उद्योग, व्यापार, जागिर वा आयआर्जनको अरु केही कुरा छैन तर पनि अधिकांशले ऐयासी जीवन बिताइरहेका छन् । त्यो प्रवृत्तिबाट देशको हित हुन सक्दैन र नागरिकलाई आशावादी पनि बनाउन सकिँदैन’, चौधरी भन्छन्, ‘समृद्धि, सुशासन, निराशाको अन्त्य र आम युवाहरूमा आशाको सन्देश फैलाउन पनि हरेक पार्टी र पार्टीका नेता, कार्यकर्ता उद्यमशील बन्न सक्नुपर्छ । म आफैँले त्यो बाटो रोजिसकेको छु । अरुलाई पनि आह्वान गर्छु ।’ रासस

दरबारमार्गको ‘द ब्ल्याक गोल्ड’ रेस्टुराँमा १५ प्रतिशत छुट, होम डेलिभरीको पनि सुविधा

काठमाडौं । दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँमा १५ प्रतिशत छुट हुने भएको छ । रेस्टुराँले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा ग्राहकलाई सो मात्राको छुट दिने भएको हो । ‘द ब्ल्याक गोल्ड’ ले आफ्नो पहिलो वार्षिकोत्सबका अवसर पारेर आगामी मार्च १९ सम्म खानाका विभिन्न परिकारहरुमा १५ प्रतिशतसम्म छुटको घोषणा गरेको छ । अरेबियन परिकारका लागि चर्चित ‘द ब्ल्याक गोल्ड’ ले पहिलो वार्षिकोत्सवसँगै केही नयाँ परिकार सार्वजनिक गरेको छ । जसअनुसार यस रेस्टुराँको मेनुमा किब्बे, खास्बा चिकेन विद् राइस, ल्याम्ब ओजी, मिट् साम्बुसेक परिकार थपिएका छन् । नेपाल घुम्न आएका मलेसियन पर्यटक रवीको हातबाट ‘द ब्ल्याक गोल्ड’ मा केक काटेर पहिलो वार्षिकोत्सब मनाइएको हो । दरबारमार्गस्थित किङ्स लाउन्जको ग्राउन्ड फ्लोरमा अवस्थित यो रेस्टुराँ विदेशबाट फर्किएका नेपालीहरूले सञ्चालनमा ल्याएका हुन् । सञ्चालकमध्येका एक बालकृष्ण श्रेष्ठका अनुसार स्वदेशमा नेपालीहरूलाई रोजगारी प्रदान गर्ने उद्देश्यले रेस्टुराँ सञ्चालनमा ल्याईएको हो । नेपालमा अन्य रेस्टुराँ धेरै भए पनि अरेबियन परिकार पस्किने रेस्टुराँको संख्या भने न्यून छ । ‘विशेषगरी विदेशी पर्यटकहरूलाई अरेबियन परिकारको स्वाद चखाउने लक्ष्य छ ।’ सञ्चालक श्रेष्ठले भने, ‘राजधानीमा अरेबियन स्वाद चखाउने रेस्टुराँ भेटिदैनन् । हामीले त्यो अभाव पूरा गरिरहेका छौं ।’ द ब्ल्याक गोल्ड म्यानेजमेन्ट टिम अन्तर्गतको प्रेस्टिजिओ होल्डिङ्सले सञ्चालन गरेको यस रेस्टुराँमा करिब एक सयभन्दा बढी अरेबिक परिकारका साथै इन्डियन परिकारहरु मेनुमा उपलब्ध छन् । यसका साथै अरेबिक कोल्ड मेजे, अरेबिक हट् ड्रिंक्स (अरेबियन टी, गावा, टर्किस कफी) अरेबिक फ्लेवरको हुक्काको स्वाद पनि लिन सकिन्छ । ११ नेपाली व्यवसायीको समूहले सञ्चालन गरेको ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले होम डेलिभरीको सुविधा पनि प्रदान गर्दै आएको छ ।

शिखर इस्योरेन्सले डाक्यो साधारण सभा, फागुन २७ गतेदेखि बुक क्लोज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आगामी चैत ९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय थापाथली शिखर विज सेन्टरमा आफ्नो १९औं साधारण सभा गर्ने भएको हो । उक्त सभामा संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट एक जना निर्वाचित हुँदैछन् । कम्पनीले यो वर्षको सभामा लाभांश तथा हकप्रद कुनै पनि प्रस्ताव लगेको छैन । त्यस्तै, सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी फागुन २७ गतेदेखि चैत ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

पक्राउ परेका मिटरब्याजी पीडितलाई रिहा गर्न एमालेको माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मिटरब्याजी पीडितहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्नुपर्ने माग गरे । ‘धेरै दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनिसकेपछि यही १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भए । छिर्नु आफैँमा संवेदनशील कुरा हो भने अर्को संवेदनशील विषय उनीहरुलाई पक्राउ गरेर अहिलेसम्म छोडिएको छैन । उनीहरुको माग भनेको निःशर्त रुपमा उनीहरुलाई रिहा गरिनुपर्छ भन्ने हो । मिटरब्याज पीडितका आफ्नै वार्ताका कुरा छन् । यो सरकारले समयमा सम्बोधन नगर्दा अरु पनि थप दुर्घटना हुन सक्छन् । यो विषयमा सरकारले समयमा नै ध्यान दिएर वर्ता अघि बढाओस्’, उनले भने । उनले मिटरब्याज पीडितका माग समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुनेतर्फ सरकारले सोच्न आवश्यक रहेको बताए ।

गृहजिल्लामा आँखाका बिरामीको शल्यक्रिया गर्दै डा. रुइत

फुङ्लिङ । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने भएका छन् । उनले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिए । जिल्लास्थित नेपाल नेत्रज्योति सङ्घले फुङ्लिङ नगरपालिका र सेवा फाउण्डेसनसँगको सहकार्यमा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको थियो । शिविरमा आँखाको परीक्षण तथा उपचार गर्न डा. रुइत गृहजिल्ला आएका सङ्घका उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए । विभिन्न गाउँ–गाउँबाट शल्यक्रियाका लागि सिफारिस भइआएका ९८ जना आँखारोगीको शल्यक्रिया गर्न सुरु भएको उनले जानकारी दिए । बिहीबारदेखि सुरु भएको शल्यक्रिया तीन दिनसम्म सञ्चालन हुने सङ्घले जनाएको छ । डा. रुइतले शल्यक्रिया गर्ने भएपछि नाम दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रहेको सङ्घका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए । सेवा लिन आउने सबै सेवाग्राहीलाई सहज ढङ्गले सेवा दिएर पठाउने योजनाका साथ काम भइरहेको सङ्घका जिल्ला सहसचिव युवराज गिरीले बताए । उनका अनुसार अहिले नेत्रज्योति सङ्घ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आँखाको परीक्षण तथा उपचार भइरहेको छ । आँखाको परीक्षणका लागि आइपुगेको तिलगङ्गा आँखा अस्पतालको प्राविधिक टोलीले आज बिहानैदेखि परीक्षण तथा उपचार सुरु गरेको छ । परीक्षणका क्रममा छनोट भएका मोतियाबिन्दुका बिरामीको डा रुइतको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गर्ने आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले बताए । सङ्घले यसअघि मैवाखोलाको ढुङ्गेसाँघु र मिक्वाखोलाको खोक्लिङमा पुगेर आँखाको परीक्षण गरी ३७ जना मोतियाबिन्दुका बिरामीको छनोट गरिसकेको छ । उनीहरूको पनि आज शल्यक्रिया गर्ने योजना रहेको गुरुङले बताए । रासस

सिटिजन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै नेप्सेमा कम्पनीको थप १८ लाख ७५ हजार कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।

‘पन्चड’ अवस्थामा रहेको अर्थतन्त्रलाई रेमिट्यान्सले टालिरहेको छ : प्राडा. स्थापित

काठमाडौं । नेपाल खुला विश्व विद्यालयका प्राडा. अरहन स्थापितले नेपालको अर्थतन्त्र ‘पन्चड’ अवस्थामा रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिटमा ‘दक्ष जनशक्ती पलायन सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै स्थापितले पन्चड अवस्थामा रहेको अर्थतन्त्रलाई टाल्ने काम रेमिट्यान्सले गरिरहेको बताएका हुन् । ‘अहिले नेपालीमा दक्ष जनशक्ति कम हुँदै गएको छ । अवसरको खोजीमा विदेश पलायन हुनेक्रम निरन्तर बढेको छ । आर्थिक रुपमा उतारचढाव छ । मुलुकमा आर्थिक, राजनीतिक स्थायित्व नभएसम्म नेपालको दक्ष जनशक्ति अवसरको खोजीमा विदेशिन्छन् । यसलाई नकारात्मक ठान्न हुँदैन’, उनले भने, ‘रेमिट्यान्सबाट धानिएको अर्थतन्त्रलाई सकारात्मक मान्न हुँदैन । यो दीगो समाधान होईन । कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्नको लागि नेपालमा नै अवसर निर्माण गर्नुपर्छ ।’ नेपालमा दक्ष जनशक्ति आकर्षिणत नहुनु राजनीतिक भाई भतिजा र भ्रष्टाचार, रोजगारीको सिमित अवसर र घट्दो कृषि उत्पादन नै मुख्य रहेका स्थापितले बताए । अहिले सहकारी क्षेत्रमा समस्या आउनुमा दक्ष जनशक्तिको अभाव नै मुख्य कारक रहेको उनको बुझाई छ । सहकारी संघ सस्थामा अन्धधुन्दा लगानी हुँदा समस्या आएकाले अनुसन्धान र विश्लेषण गरेर मात्र परियोजना कार्यान्वयन गर्नु पर्नेमा उनको सुझाव छ । त्यसैगरी, सरोकारवालासँगको गहन छलफल बिनै नीति निमार्ण, कानुनी अनुपालन पनि अहिलेको समस्या रहेको छ । सहकारीलाई पार्ट टाईम जागिरको रुपमा लिएको र सहकारी प्रति नकारात्मक सूचना प्रवाह हुदा दक्ष जनशक्ति आकर्षित नभएको उनले बताए । त्यसका साथै सहकारीमा जनशक्तिको आकषर्ण कम हुनुमा सीमित वृत्ति विकास, न्यून तलब, आकर्षक सुविधाको अभाव, अस्थिरता र जोखिमको धारणा जस्ताकुरा मुख्य रहेको उनले औल्याए । स्थानिय स्रोत साधन र प्रविधिको प्रयोग गरी नयाँ उद्योग सञ्चालन गर्न सके सहकारीले लगानी वृद्धि गर्नुका साथै रोजगारी सृजना र सदस्यतामा समेत वृद्धि हुँदै जाने उनको बुझाई छ । सहकारीका लागि दक्ष जनशक्तिका लागि सीटीईभीटी र विश्वद्यियालयसँगको सहकार्यमा अघि बढ्न उनले सुझाए । उक्त प्रस्तुतिको टिप्पणी गर्दै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारीमा कर्मचारी छनोट गर्दा नै ध्यान पुर्याउनु पर्ने बताए । भनसुन र पहुँचका आधारमा कर्मचारी नियुक्ति गरियो भने त्यसको विश्वसनियता नहुने उनको बुझाई छ । कर्मचारी छनोटमा निष्पक्ष र पारदर्शितालाई परिपालना गर्न उनको आग्रह छ । त्यसैगरी कर्मचारीको वृद्धि विकासका साथै सेवा सुविधा, निवृतिभरण एंव कर्मचारीको जीवन यापनलाई पनि ध्यान पुर्याउनु पर्ने गुरागाईले बताए । कार्यक्रमको अध्यक्षता गर्दै नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले सहकारीमा दक्ष जनशक्ति आश्यकता रहेका औंल्याए । जनशक्ति बिना कुनै पनि संघ संस्थाले उत्कृष्ट सेवा दिन नसक्ने उनको बुझाई छ ।

निजी क्षेत्रलाई अख्तियारले हेर्नहुँदैन : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई अख्तियारले हेर्न नहुने बताएका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको २४औं बैठकमा बोल्दै अध्यक्ष ढकालले सो बताएका हुन् । ‘निजी क्षेत्रलाई हेर्ने २०/२२ वटा निकाय छन् उनैले हेर्नुपर्छ, अख्तियारले हुँदैन । निजी क्षेत्रले रोजगारमा ८० प्रतिशतसम्म योगदान गरेको हुनाले यसमा ब्रेक लाग्न सक्छ,’ उनले भने- ‘तर मैले निजी क्षेत्रलाई अनुसन्धानको दायरामा ल्याउन हुँदैन भन्न खोजेको हैन ।’ पछिल्लो समय आन्तरिक लगानीकर्तामा नै कन्फिडेन्स छैन भने बाह्य लगानीकर्तामा पनि कन्फिडेन्स नआउने उनले बताए । राजनीतिक एजेन्डा सबैको आ-आफ्नो भएपनि आर्थिक एजेन्डा एउटै हुनुपर्ने उनको बुझाई छ । ‘यहाँहरुले फरक राजनीतिक दलको प्रतिनिधित्व गर्नुहुन्छ तर आर्थिक मुद्दामा भने यहाँहरुको समानता हुनुपर्छ भन्ने आग्रह गर्न चाहन्छु,’  ढकालले भने । त्यस्तै, पपुलर हुने नाममा अहिले सरकार अन्तर्गतका निकायहरुको गृहकार्य तीव्र भएको हो कि भन्नेमा शंका गर्दै उनले यस्तो गतिविधि देशको लागि निकै डरलाग्दो हुने बताए । साथै, उनले आगामी लगानी सम्मेलन अगाडि नै लगानीमैत्री वातावरण गराउने र राजस्व आन्तरिक एक्टिभिटीबाटै गर्ने हो भने कानुन करेक्सन हुनुपर्ने समेत माग गरे ।