कर्णाली डेभलपमेन्ट बैंकको नाफा ६६.१८ प्रतिशत बढ्यो

<p>काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासमा २ करोड ८८ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत वर्षको चैतमा १ करोड ७३ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ६६.१८ प्रतिशत बढी हो । चैत मसान्तसम्ममा बैंकले ८ करोड [&hellip;]</p>

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासमा २ करोड ८८ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत वर्षको चैतमा १ करोड ७३ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ६६.१८ प्रतिशत बढी हो ।

चैत मसान्तसम्ममा बैंकले ८ करोड ३१ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १० करोड १९ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ८ करोड ९२ लाख रुपैयाँ, सञ्चालन नाफा २ करोड ८८ लाख रुपैयाँ, नेट पि एण्ड कमिसन आम्दानी६१ लख ८७ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा भने२ करोड ५१ लाख ३४ हजार रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ र जगेडा कोष ५ करोड ३५ लाख रुपैयाँ रहेको छ । साथै, बैंकले ४ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४० करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ रहेको छ । यस्तै, बैंकको मूल्य आम्दानी अनुपात ७१.५६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १०५.७५ रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.२६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ । यस्तै, बैंकको आधार दर ११.४७ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७२.६३ प्रतिशतमा झरेको छ ।

Share News