परिवर्तन गर्न यो सरकार बनेको हो, निजी क्षेत्रले आशा भरोसा गर्नैपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघसँगको छलफलमा उनले यसअघि नै प्रधानमन्त्री बनिसकेकाले प्रधानमन्त्री बन्नका लागि मात्रै आफू नआएको बताए । उनले अर्थतन्त्रलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रलाई यो सरकारप्रति आशा, भरोसा हुनैपर्ने समेत बताए । ‘मुलुकको प्रधानमन्त्री बन्नको लागि मात्र म आएको होइन । समस्या देखेर, समस्याको समाधान गर्न, परिवर्तन ल्याउनुपर्छ, काम गर्नैपर्छ भनेर आएको हुँ’ उनले भने, ‘त्यसैले तपाईहरुको आशा भरोसा हामीमाथि हुनैपर्छ ।’ कुनै पनि करका विषय अनुहार हेरेर गर्न नहुने भन्दै उनले गलत नीति लिएको बेला निजी क्षेत्रले त्यसको विरोध गर्न सक्नुपर्ने समेत बताए । प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिँदै मौद्रिक नीति कठोर हुन नहुने बताए । प्रधानमन्त्री ओलीलाई परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिँदै अध्यक्ष राजेश कुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकार चुक्न नहुने बताए । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भएपनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको दृष्तान्त दिँदै उनले निजी क्षेत्रको बनोबल बढाउनुपर्नेमा जोड दिए । विगतका संकुचनकारी मौद्रिक नीतिका कारण समग्र बजार मागमा संकुचन आएको र अर्थतन्त्र शिथिल बन्न पुगेको अध्यक्ष अग्रवालले बताए । सो अवसरमा परिसंघका निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्व अध्यक्षद्वय सतिश कुमार मोर, हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर, भीम घिमिरे, गभर्निङ काउन्सिल सदस्यहरु शिवरतन शारडा, योगेश्वरलाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठलगायतले अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
मन्त्रिपरिषद् समितिमा ५ सदस्य तोकिए
काठमाडौं । सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी तिनका संयोजक तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तोकेको छ । प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र विधेयक समितिको संयोजकको जिम्मेवारी गृहमन्त्री रमेश लेखकलाई दिइएको छ । बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ । नयाँदिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन बैठकले अनुमति दिएको छ ।
गभर्नर अधिकारी र डा. खतिवडाको त्यो संवाद, जसले रोक्यो मौद्रिक नीति
काठमाडौं । शुक्रबार सार्वजनिक हुने भनिएको चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाे भन्दै राष्ट्र बैंकले आजका लागि तय गरेको मौद्रिक नीति सार्वजनिक नगर्ने भएकाे हाे । यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बैठक बसेर माैद्रिक नीति पारित गर्ने तयारी थियो । तर, समय नपुगेकाेले सार्वजनिक नगरेकाे भनाइ राष्ट्र बैंककाे छ । ‘यसबारे सञ्चालक समितिमा छलफल गर्न थप केही समय चाहिने भयो, त्यसकारण शुक्रबार सार्वजनिक हुने सम्भावना कम रह्याे,’ अब कहिले सार्वजनिक हुन्छ भन्न सकिँदैन,’ राष्ट्र बैंक स्रोतले भन्यो । बिहीबार मात्रै मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेको थियो । डा. खतिवडा सल्लाहकार बनेपछि शुक्रबारका लागि तय भएको मौद्रिक नीति तत्कालका लागि सरेको बुझिएको हो । प्रधानमन्त्री कार्यालयबाट मौद्रिक नीतिमा चासो आएपछि शुक्रबार बिहान बोलाइएको सञ्चालक समिति बैठकमा मौद्रिक नीति अनुमोदन गर्ने एजेन्डा हटाइएको राष्ट्र बैंक स्रोतको दाबी छ । राष्ट्र बैंक उच्च स्रोतका अनुसार बिहीबार साँझ गभर्नर अधिकारी र डा. खतिवडाबीच मौद्रिक नीतिको विषयमा बिहीबार संवाद भएको थियो । सो संवादमा गभर्नर अधिकारीले मौद्रिक नीतिबारे एक किसिमको चित्र उनी समक्ष ब्रिफ्रिङ गरेका थिए । तर, खतिवडाले केही छलफल गरेर मात्रै मौद्रिक नीति ल्याउन आवश्यक भएको भन्दै शुक्रबार मौद्रिक नीति सार्वजनिक नगर्न आग्रह गरेपछि गभर्नर अधिकारीले शुक्रबारको सञ्चालक समिति बैठकको एजेण्डाबाट नै मौद्रिक नीति पारित गर्ने विषय हटाएकाे बुझिएको हो । डा. खतिवडा अर्थमन्त्री हुँदा गभर्नर अधिकारी राष्ट्र बैंकको गभर्नर बनेका थिए । खतिवडा राष्ट्र बैंकका पूर्वगभर्नर समेत हुन् । धेरैमा खतिवडा र गभर्नर अधिकारीबीच गुरु-शिष्यको सम्बन्ध रहेको बुझाइ छ । उसो त शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने विषयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र गभर्नर अधिकारीबीच सहमति भइसकेको थियो । तर, बिहीबार नै खतिवडा प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकारमा नियुक्त भएपछि मौद्रिक नीति सरेको हो । मौद्रिक नीति सार्वजनिक गर्ने विषयमा अर्थमन्त्री पौडेलभन्दा खतिवडा ‘सुपर अर्थमन्त्री’का रुपमा देखिएका छन् ।
डिश मिडिया नेटवर्कको ‘माईडिशहोम’ एप पुन:लन्च गरिँदै
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले ‘माईडिशहोम’ एपको पुन:सुरुवातको घोषणा गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखहरूको उपस्थितिमा एप लगइन गरी गरेका हुन् । कम्पनीका अनुसार ‘माईडिशहोम’ एप टिभी, इन्टरनेट र थप कुराहरू सहित डिशहोम सेवाहरू प्रबन्ध गर्नका लागि एक सिमलेस, सबैमा एक प्लेटफर्म प्रदान गर्न डिजाइन गरिएको हो । एपको नयाँ संस्करण प्रयोगकर्ताको अनुभव र सुविधामा सुधार गर्ने उद्देश्यले परिष्कृत सुविधाहरूको एक होस्टको साथ आएको छ । मुख्य सुविधाहरूमा बायोमेट्रिक लगइन, फुटप्रिन्ट उपलब्धता जाँच, राउटररवाइफाइ सेटिङहरू, रेफरल प्रणाली, अफलाइन मोड, क्रेडिट प्रणाली, पिपीभी खरीद, प्याकेज बुकिङ र खरीद, खाता प्रणाली सम्पादन, र अन्य धेरै सुविधाहरु समावेश गरिएको कम्पनीले बताएको छ । ‘यस पुन:लन्चको साथ, हामीले हाम्रा ग्राहकहरूलाई थप एकीकृत र प्रयोगकर्ता-मैत्री अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौं, हाम्रा ग्राहकहरुलाई डिशहोमका सबै उत्पादनहरू र सेवाहरू सहज रूपमा स्व-व्यवस्थापन गर्न सक्षम पार्छौ’, श्री मानन्धरले भने । ‘माईडिशहोम’ एप अब आईओएस एप स्टोर र एन्ड्रोइड प्ले स्टोर दुवैमा डाउनलोड गर्नका लागि उपलब्ध छ। डिशहोमलाई पहिलेभन्दा धेरै पहुँचयोग्य बनाउँदै प्रयोगकर्ताहरूले डिशहोमका सम्पूर्ण सेवाहरूको आनन्द लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा गर्यो ५७ खर्बको कारोबार
काठमाडौ । कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा ५७ खर्ब रुपैयाँको कारोबार गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत ५७ खर्ब रुपैयाँको कारोबार भएको हाे । अघिल्लो आवको तुलनामा गत आवमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा क्रमशः४९ प्रतिशत र ३८ प्रतिशतले बृद्धि भएको पनि एनसीएचएलले जनाएको छ । हाल सबै कारोबारहरु विद्युतीय माध्यमबाट हुने र धेरै जसो सानो रकमका कारोबारहरु रियल टाइममा नै हुने भएकोले सबै जसो कारोबार रिटेल पेमेन्ट स्वीचमार्फत सिधै अथवा राउटिङ र राफसाफको लागि प्रयोग हुने क्रम अत्यधिक बृद्धि हुँदै गएको हो । यस अन्तर्गत बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ, भुक्तानी सेवाप्रदायकहरुकावालेट, क्यापिटल मार्केट, इन्स्युरेन्स, रेमिट्यान्स, कर्मचारीसञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरु तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबारहरु प्रोसेस तथा क्लियरिङ रिटेल पेमेन्ट स्वीचबाट हुने व्यवस्था रहेको छ । उक्त निकायहरुलाई रिटेल पेमेन्ट स्वीचमा नेशनल पेमेन्ट इन्टरफेसमार्फत इन्टिग्रेट गरिएको छ । फण्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट, क्यूआर भुक्तानी, नेपाल सरकारको विभिन्न कारोबारहरु जुनै च्यानलबाट गरिए पनि अन्तिममा रिटेल पेमेन्ट स्वीचबाट प्रोसेस हुने गरेको छ । एनसीएचएलका सञ्चालनमा रहेका च्यानल प्ल्याट्फर्म जस्तै बैंक तथा वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्ट आइपिएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेट पे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरु समेत रिटेल पेमेन्ट स्वीचबाट नै प्रोसेसिङ हुने गरेको छ । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच लागू गर्न एनसीएचएललाई स्वीकृती दिए पश्चात उक्त परियोजनाको पहिलो पुर्वाधारको रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा नै निर्माण गरी २०७८/७९ देखि सञ्चलान गर्दै आएको हो । रिटेल पेमेन्ट स्वीचमा हाल ५२ बैंक तथा वित्तीय संस्थाहरु, २२ भुक्तानी सेवाप्रदायकहरु, २ भुक्तानी प्रणाली सञ्चालकहरु, १०० भन्दा बढि अन्य संस्थाहरु र नेपाल सरकार लगायतले आफ्ना सम्पूर्ण कारोबार गर्ने गरी जोडिएका छन् । नेपाल भित्र हुने कार्डको कारोबारलाई समेत अन्तरआबद्धता कायम गर्न र नेपालको आफ्नै नेशनल कार्ड सञ्चालनमा ल्याउने तयारी पनि भइरहेको कम्पनीले जनाएको छ । गत आर्थिक वर्षमा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत ५७ खर्ब रुपैयाँको कारोबार भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा क्रमशः४९ प्रतिशत र ३८ प्रतिशतले बृद्धि भएको पनि एनसीएचएलले जनाएको छ । हाल सबै कारोबारहरु विद्युतीय माध्यमबाट हुने र धेरै जसो सानो रकमका कारोबारहरु रियल टाइममा नै हुने भएकोले सबै जसो कारोबार रिटेल पेमेन्ट स्वीचमार्फत सिधै अथवा राउटिङ र राफसाफको लागि प्रयोग हुने क्रम अत्यधिक बृद्धि हुँदै गएको हो । यस अन्तर्गत बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ, भुक्तानी सेवाप्रदायकहरुकावालेट, क्यापिटल मार्केट, इन्स्युरेन्स, रेमिट्यान्स, कर्मचारीसञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरु तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबारहरु प्रोसेस तथा क्लियरिङ रिटेल पेमेन्ट स्वीचबाट हुने व्यवस्था रहेको छ । उक्त निकायहरुलाई रिटेल पेमेन्ट स्वीचमा नेशनल पेमेन्ट इन्टरफेसमार्फत इन्टिग्रेट गरिएको छ । फण्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट, क्यूआर भुक्तानी, नेपाल सरकारको विभिन्न कारोबारहरु जुनै च्यानलबाट गरिए पनि अन्तिममा रिटेल पेमेन्ट स्वीचबाट प्रोसेस हुने गरेको छ । एनसीएचएलका सञ्चालनमा रहेका च्यानल प्ल्याट्फर्म जस्तै बैंक तथा वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्ट आइपिएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेट पे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरु समेत रिटेल पेमेन्ट स्वीचबाट नै प्रोसेसिङ्ग हुने गरेको छ । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच लागू गर्न एनसीएचएललाई स्वीकृती दिए पश्चात उक्त परियोजनाको पहिलो पुर्वाधारको रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा नै निर्माण गरी २०७८र७९ देखि सञ्चलान गर्दै आएको हो । रिटेल पेमेन्ट स्वीचमा हाल ५२ बैंक तथा वित्तीय संस्थाहरु, २२ भुक्तानी सेवाप्रदायकहरु, २ भुक्तानी प्रणाली सञ्चालकहरु, १०० भन्दा बढि अन्य संस्थाहरु र नेपाल सरकार लगायतले आफ्ना सम्पूर्ण कारोबार गर्ने गरी जोडिएका छन् । नेपाल भित्र हुने कार्डको कारोबारलाई समेत अन्तरआबद्धता कायम गर्न र नेपालको आफ्नै नेशनल कार्ड सञ्चालनमा ल्याउने तयारी पनि भइरहेको कम्पनीले जनाएको छ ।
एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जीते डिस्कभर बाइक
काठमाडौं । एनसेलको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना अन्तर्गत झापाको झापा गाउँपालिका ५, पन्थपाडामा शिव बाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्रप्रसाद गणेशले बजाज डिस्कभर बाइक जित्न सफल भएका छन् । कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप देशभरका खुद्रा विक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्यकासाथ यो कार्यक्रम लागू गरेको बताएको छ । बिहीबार बिर्तामोडमा आयोजित एक कार्यक्रममाझ एनसेलका क्षेत्रीय व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले गणेशलाई १२५ सीसीको उक्त बजाज डिस्कभर मोटरसाइकल हस्तान्तरण गरे । यस कार्यक्रममा सहभागी भएका खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्रीबापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएको उनसेलले बताएको छ । यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले ६५ इन्चसम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएको जानकारी दिँदै कम्पनीले बम्पर उपहारका रुपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल ४,७५४ खुद्रा बिक्रेताहरु मोटरसाइकलका लागि योग्य रहेको र विजेता गणेश गोला प्रथामार्फत छानिएको बताएको छ । यस कार्यक्रमअन्तर्गत, देशभरबाट १,१०० जना खुद्रा विक्रेताहरूले विभिन्न उपहार पाउन सफल भएको जनाइएको छ । कार्यक्रमले खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै एनसेलका सेवा र सुविधाहरुको उपलब्धता सुनिश्चित गर्न र खुद्रा विक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रीत रहेको थियो । खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एपमार्फत पनि एनसेलका सेवाहरू बिक्री गर्न सक्छन् । एनसेलले आफ्ना च्यानल साझेदारहरूको अमूल्य योगदानको कदर गर्ने र उनीहरूको व्यवसायिक सफलतालाई सहयोग प्रदान गर्न आफू समर्पित रहेको भन्दै आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र आफ्ना ग्राहकहरूलाई निरन्तर गुणस्तरीय सेवा प्रदान गरी ग्राहकहरुलाई सधैं अन रहन मद्दत गर्ने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ । आफ्ना ग्राहकहरूलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न एनसेलले नयाँ योजना सधैं अनमार्फत आम उपभोक्ता र उद्यमी, व्यवसायीहरुलाई पहिला भन्दा सुलभ शुल्कमा डेटा, भ्वाइस र एसएमएस बन्डल सेवाहरु प्रदान गर्दै आएको पनि एनसेलको भनाई छ ।
ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज
काठमाडौं । ग्लोबल आइएमई बैंकको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटलललाई नियुक्त गरेको छ । बैंकले ‘८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२’ जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात दुई अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत तीन अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ । उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेको कुरा विज्ञप्तीमा जनाइएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक नगर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक नगर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै आएको राष्ट्र बैंकले तयारी नपुगेको भन्दै रोकेको हो । यसअधि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बैठक बसेर मौद्रिक नीति पारित गर्ने बताइएको थियो । तर, सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । राष्ट्र बैंक स्रोतका अनुसार बोर्ड बैठकमा छलफल गर्न थप समय चाहिने भएकाले शुक्रबार सार्वजनिक हुने सम्भावना टरेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि उनले मौद्रिक नीतिमा छलफल गर्ने भनेपछि रोकिएको बुझिएको छ ।