विकासन्युज

क्यान र मेटलाइफबीच सम्झाैता: खेलाडीले १० लाख जीवन बीमासहित अन्य मेडिकल कभरेज पाउने

काठमाडौं । मेटलाइफ नेपाल र नेपाल क्रिकेट संघ (क्यान) बीच सम्झाैता भएकाे छ । राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यहरूको बीमा गर्न मेटलाइफ र क्यानबीच सम्झाैता भएकाे हाे । ललितपुरको पुल्चोकस्थित मेटलाइफ नेपालको मुख्य कार्यालयमा क्यान र मेटलाइफ नेपालका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरे । सम्झाैताअन्तर्गत मेटलाइफले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूका साथै क्यानका सदस्यहरूलाई अनुकूल जीवन र स्वास्थ्य बीमा योजनाहरू प्रदान गर्नेछ । बीमा कभरेजमा खेलाडीहरूलाई जीवनको अप्रत्याशित चुनौतीबाट आर्थिक रूपमा सुरक्षित हुने सुनिश्चितता गर्दै दुर्घटनामा मृत्यु भएमा १० लाख, दुर्घटनाग्रस्त चिकित्सा क्षतिपूर्तिको लागि २ लाख र अस्पतालमा भर्ना भएमा १ लाख जस्ता लाभहरू समावेश गरिनेछ । राष्ट्रिय टोलीका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघका वर्तमान सचिव पारस खड्काले यस सम्झाैताले खेलाडीहरूलाई आत्मविश्वासका साथ खेल्न सहयाेग पुर्‍याउने विश्वास लिए । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक श्री निर्मल काजी श्रेष्ठले क्रिकेट टाेलीलाई सहयाेग गर्न पाउँदा खुसी लागेकाे बताए ।

एनआईएमबी बैंकका ग्राहकलाई दुसित थानीमा १५ प्रतिशत छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड(एनआईएमबी) र दुसित थानी हिमालयन रिसोट, धुलिखेलबीच सम्झौता भएकाे छ । उक्त सम्झाैताका अनुसार बैंकका ग्राहकले अब दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । बैंकका अनुसार फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५% सम्म छुट हुने भएकाे हाे। छुटका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । छुटको विवरण आधिकारिक वेवसाइटमा उपलब्ध रहेकाे बैंकले जनाएकाे छ ।

भारतको वृद्धि प्रक्षेपण ७ प्रतिशत रहने एडीबीको प्रक्षेपण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षको भारतको वृद्धि प्रक्षेपण ७ प्रतिशतमा कायम राखेको छ । सुधारिएको कृषि उत्पादनमा आगामी त्रैमासिकमा अर्थतन्त्रले गति लिने अपेक्षा गरेको छ । एशियाली विकास बैंकले भारतको आर्थिक वृद्धि बलियो रहने प्रक्षेपण गरेको छ । एडीबीका अनुसार यी प्रक्षेपणहरू बैंकको एशियन डेभलपमेन्ट आउटलुक (एडीओ) सेप्टेम्बर २०२४ को हिस्सा हुन् । प्रतिवेदनले देशका अधिकांश भागमा औसतभन्दा माथिको मनसुनले आर्थिक वर्ष २०२४ मा ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँदै कृषिको वृद्धितर्फ लैजाने देखाएको छ । बहुपक्षीय संस्थाले अप्रिलको प्रतिवेदनमा ४.६ प्रतिशतको तुलनामा मुद्रास्फीति ४.७ प्रतिशतले छिटो बढ्ने प्रक्षेपण गरेको छ ।

सुनको भाउ हालसम्मकै उच्च, कति पुग्यो ?

काठमाडौं ।  आज शुक्रबार सुनको भाउ हालसम्मकै उच्च रहेको छ । आज तोलाको ५ सयले बढेर छापावाला सुनको मूल्य एक लाख ६१ हजार २ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यता चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कुमारी बैंकले ल्यायो दशैं उत्सव क्यासब्याक अफर

काठमाडौं । कुमारी बैंकले दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफर घटस्थापनादेखि महानवमीसम्म ९ दिन सञ्चालनमा रहने छ । योजनाअन्तर्गत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजेसम्म सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको छ । क्यासब्याकले सेवाग्राहीहरूमा विद्युतीय भुक्तानीका माध्यममार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कुमारी बैंकका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईहरूमार्फत सेवा दिँदै आइरहेकाे छ ।

कालीगण्डकी करीडोर : जोमसोम-कागबेनी खण्डमा कालोपत्र

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ । जोमसोम-कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी-जोमसोम–कोरला सडक आयोजनाअन्र्तगत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाँईले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताए । कागबेनी देखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने बैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ । जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोरअन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको एक सय १० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ । पच्चीस किलोमिटर लामो चराङ–छोसेर खण्डमा ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक गाभ्रेल हुने आयोजना प्रमुख ध्रुवकुमार झाले बताए । रासस

पोखरामा हालसम्मै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

काठमाडौं । नेपालका लागि दिपल, सेरेस र नामी इलेक्ट्रिक सवारीसाधनका ब्रान्डको वितरक एमएडब्लु वृद्धिले पोखरामा हालसम्मकै ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मा आउँदो असोज १३ देखि १५ गतेसम्म ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो । यो विशेष कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चाख राख्ने गण्डकीका ग्राहकले काठमाडौंका टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन् । जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने नामी इभीमा ७ किलोवाटको चार्जर पाउनेछन् । ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने कम्पनीको दाबी छ । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्नेछन् । दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सक्नुका साथै यो कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाउने कम्पनीले जानकारी दिएको छ । यी अफरहरूबाहेक एक्सचेन्ज क्याम्पमा आएर टेस्ट ड्राइभ गर्नुहुनेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को मज्जा लिन सक्ने कम्पनलिे बताएको छ ।

ग्लोबल आइएमई बैंकले अनलाइनबाटै २५ लाखसम्म सेयर कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकहरूले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् । यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम र ५ लाख रुपैयाँदेखि अधिकतम २५ लाख रुपैयाँसम्म तोकिएको बैंकले जनाएको छ । बैंकका अनुसार यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रुपमा स्वीकार गरिने छैन । यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ ।