काठमाडौं । आज शुक्रबार सुनको भाउ हालसम्मकै उच्च रहेको छ । आज तोलाको ५ सयले बढेर छापावाला सुनको मूल्य एक लाख ६१ हजार २ सय रुपैयाँ पुगेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो ।
यता चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।