विकासन्युज

पोर्चुगलमा राहदानी शिविरबाट ७ करोड २० लाख राजस्व संकलन

लिस्बन । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन पोर्चुगलबाट ३ हजार ८ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन संकलन गरिएको छ । राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको राहदानीसम्बन्धी घुम्ती शिविरबाट ७ करोड २० लाख ११ हजार पाँच सय ५४ रुपैयाँ राजस्व संकलन भएको छ । विभागका निर्देशक मोतिबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो । पोर्चुगलमा नेपाली दूतावास नभएकाले शिविर सञ्चालन गरिएको हो ।

जनतालाई आइएमईको मालिक बनाउने प्रण

आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ हुन गइरहेको छ । आजको यस विशेष क्षणमा आइएमईको सुरुवाती अवस्थाको केही स्मरण गर्न चाहन्छु । सन् २००१ अर्थात आजभन्दा करिब २५ वर्ष पहिले मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन । सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रूपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरू खुल्ला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या भर्खरै बढ्न सुरु गरेको थियो । जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरूले आफ्नै कमाइ आफन्तसम्म पुर्‍याउन झेलिरहेका समस्याहरू देखेका हामीहरुले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको हो । नेपालको त्यही अगुवाई रेमिटेन्स कम्पनी, आइएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुना–कुनाका जो कोहीको पहिलो रोजाइ बन्न पुगेको छ । त्यतिमात्र होइन आइएमई भनेको अहिले पैसा पठाउने कामकै पर्याय बनेको छ । पैसा पठाउने भनेको आइएमइ गर्ने हो भन्ने पर्याय बन्न सफल भएको छ । हाम्रा लागि योभन्दा अर्को खुसीको कुरा अर्को के होला ? हामीले आइएमई सुरु गर्दा निजी क्षेत्रबाट रेमिट्यान्स सेवा दिने विषय सहज थिएन । डलर कारोबारको अनुमति सहज थिएन । सानो पुँजी, धेरै किसिमका अवरोध, अनौपचारिक रूपमा रेमिट्यान्सको कारोबारको प्रभाव र अन्य धेरै समस्याबीच हाम्रो व्यवसायले गति लिन सुरु गर्‍यो । निःस्वार्थ भावनाले गरिएको मिहिनेतले अवश्य पनि सही परिणाम दिने र सफलता मिल्ने कुरा हामीलाई सुरुवातका केही वर्षमै आइएमईले पुष्टि गरिसकेको थियो । मैले यसअघि पनि भन्ने गरेको छु कि हामीले व्यवसाय सुरु गर्ने मुख्य ३ वटा सुत्र छन् । पहिलो हो, राज्यको प्राथमिकतामा रहेको व्यवसाय । दोस्रो आम जनतालाई सेवा दिन सकिने र बढीभन्दा बढी जनता लाभान्वित हुन सक्ने व्यवसाय तथा तेस्रो यस्तो व्यवसाय हो जुन आर्थिक रूपले पनि व्यवसाय बन्न सम्भव हुन्छ अर्थात् फिजिबल छ । त्यस्तो व्यवसाय सधैँ सफल हुन्छ भन्ने हाम्रो विश्वास हो जुन आजका दिनसम्म पनि कायम छ भन्ने मलाई लाग्दछ । यही विश्वास र यही सुत्रले आज हामीलाई अहिलेको अवस्थामा पुर्‍याएको छ भन्ने हामीलाई लाग्दछ । हाम्रो यो आत्मविश्वासमा हामीलाई माया र सद्भाव दर्शाउनुहुने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूको विश्वासको निकै ठूलो महत्व छ । एक करोड चुक्ता पुँजीको आइएमईले अहिले एक अर्बभन्दा बढीको कम्पनी भएको छ । यस ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको छ । रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरुगरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको छ । आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरू, केबुलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरू सक्रिय छन् । आइएमई सुरुवातको समय करिब २० प्रतिशत मात्र औपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । यसमा नेपालको पहिलो रेमिट्यान्स कम्पनीको रूपमा आइएमईको योगदान अवश्य धेरै नै छ । नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा पनि हाम्रा बैंक तथा वित्तीय संस्थाको रहेको छ । हामीले आइएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेका थियौँ । अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको छ । हामीलाई यहाँसम्म पुग्न निरन्तररूपमा यहाँहरूको साथ सहयोग रह्यो । यसका लागि हामी यहाँहरू सबैप्रति कृतज्ञ छौँ । निजी क्षेत्रलाई रेमिट्यान्स व्यवसायमा सहजीकरण, गाइडेन्स, सहयोग र अनुमति प्रदान गर्न सहयोग गर्ने नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर दीपेन्द्र पुरुष ढकाल, डा. तिलक रावल, विजयनाथ भट्टराई, कृष्णबहादुर मानन्धर, डा. युवराज खतिवडा, दीपेन्द्र बहादुर क्षेत्री, डा. चिरञ्जिवी नेपाल, वर्तमान सञ्चालक रवीन्द्र पाण्डेलगायत धेरै व्यक्तिहरूलाई म स्मरण गर्न चाहन्छु । तत्कालीन समयमा रेमिट्यान्स कम्पनी स्थापनाको कुरा अगाडि बढाउन यहाँहरूको भूमिका महत्वपूर्ण रह्यो । त्यसैगरी, थाइल्यान्डका लागि तत्कालीन नेपाली राजदूत जनक बहादुर सिंह, पूर्वराजदूत दीपक धिताल, तत्कालीन डीसीएम नारायण मैनाली, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, अर्थ मन्त्रालय सबैको सकारात्मक सहयोग रहेको छ । त्यसैगरी, मलेशियाको केन्द्रीय बैंक, बैंक निगारा र त्यसका गभर्नर डा. जेटी र उहाँको टिमलाई विशेष धन्यवाद दिन चाहन्छु । हामी नेपाल राष्ट्र बैंकका साथै मलेशियाको केन्द्रीय बैंकमा पनि यसरी रेमिट्यान्स कारोबारको अनुमति पाउने पहिलो संस्था थियौँ । अझ, मलेशियाको केन्द्रीय बैंकले त हामीलाई अनुमति दिएसँगै ५ वर्षसम्म कुनै पनि रेमिट कम्पनीलाई अनुमति दिएको थिएन । हामीलाई सुरुवाती दिनमा सहयोग गर्ने मलेशियाका एस सी भ्याटबिलोलाई विशेष सम्झन चाहन्छु । साथै, मेरो भाइ हेमराज ढकाल, भाइहरू अर्जुन र खिलेन्द्र, अंकलहरू दिवाकर र रुद्र, तत्कालीन समयमा उच्च व्यवस्थापनमा रहेर काम गर्नुभएका चन्द्र टण्डन, सुमन पोखरेल, दामोदर खनाल, प्रशन्न बास्कोटा, अहिलेको उच्च व्यवस्थापन लगायत सम्पूर्ण कर्मचारी साथीहरूमा हार्दिक आभार व्यक्त गर्दछु । अहिले आइएमईसँग जोडिएका २० हजार बढी कर्मचारीहरू हुनुहन्छ । लाखौँ सेवाग्राही हुनुहुन्छ । हामीले आइएमईलाई चाडै नै पब्लिकमा लैजाँदैछौ । जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरूको पूर्ण पालना गर्दै हामी अगाडि बढ्ने गरेका छौँ । अझ भन्नुपर्दा हामी त्यस्तो नीति कार्यान्वयन गर्ने पहिलो संस्था बन्ने गरेका छौँ । राष्ट्र बैंकले बैंकको पुँजी बढाउन मर्जरको नीति ल्याउदा होस् वा बिग मर्जरको नीति ल्याउदा होस् । यी नीतिहरूको कार्यान्वयनमा हामी सदैव पहिलो पंक्तिमै उभिने गरेका छौँ । यस हिसाबले भन्दा हामी कार्यान्वयनकर्ता नै हौँ । त्यसको फलस्वरूप विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूको संगमसहित नेपालकै सबै भन्दा ठूलो वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक बनेको छ । अहिले राष्ट्र बैंकले रेमिट कम्पनीको मर्जरको नीति लिएको छ । त्यस नीतिको पनि हामी पहिलो कार्यान्वयनकर्ता बनेका छौँ । हामीले रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन आज दुईवटा रेमिट कम्पनीबीच मर्जर सम्पन्न गरेर एकीकृत कारोबार शुभारम्भ हुँदैछ । हामीलाई विश्वास छ आगामि दिनमा हाम्रो सेवा थप सहज र सुरक्षित बनाउँदै जानेछ । यसै अवसरमा आज म नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत विभिन्न नियामक निकाय, ग्राहकवर्ग तथा अन्य सरोकारवालाहरूलाई यहाँहरूको निरन्तर सहयोगका लागि धन्यवाद पनि व्यक्त गर्न चाहन्छु । खासगरी नेपाल राष्ट्र बैंकका गभर्नरज्यू, डेपुटी गभर्नरज्यूहरू, कार्यकारी निर्देशकज्यूहरू र निर्देशकज्यूहरूलगायत सम्पूर्ण टिमप्रति आभारी छौँ । यहाँहरूको निरन्तरको सहयोगले आज हामी अहिलेको अवस्थासम्म आइपुगेका छौँ । रेमिट्यान्सको आकार बढेको छ । डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भइसकेको छ । यसले गर्दा रेमिट्यान्स कम्पनीको क्षेत्राधिकारका बारे पनि सोच्नुपर्ने बेला आएको महसुस हामीले गरेका छौं । यसमा नेपाल राष्ट्र बैंकलले पनि पक्कै केही गर्नेछ । साथै, आजकै दिनदेखि मैले यस आइएमई लिमिटेडको सञ्चालक समितिको जिम्मेवारीबाट बिदा लिने पनि जानकारी गराउन चाहन्छु । यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै बाहिरबाट पनि यस संस्थालाई आवश्यक पर्ने सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दछु । (आएमई र जीएम रेमिटको एकीकृत कारोबारमा अध्यक्ष ढकालले राखेको विचारको सम्पादित अंश) 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ । विधेयक आजै पारित गर्ने सदनको तयारी छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची छ । कार्यसूचीअनुसार, त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेका थिए । प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो । समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो ।

रिलायन्स स्पिनिङ्ग मिल्सको वित्तीय विवरणबारे सीआईबीलाई दियो सेबोनले जवाफ

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ्ग मिल्सको वित्तीय विवरणबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्रको जवाफ पठाएको छ । धितोपत्र बोर्डले साउन २४ गते सीआईबीलाई पत्रको जवाफसहित प्रतिवेदन पठाएको कार्यकारी निर्देशक विनयदेव आचार्यले जानकारी दिए । उनका अनुसार प्रारम्भिक जाँचबुझ समितिले अध्ययन गरेर तयार पारेको प्रतिवेदन धितोपत्र बोर्डका अध्यक्षको सचिवालयमार्फत सीआईबीलाई पठाइएको हो । प्रतिवेदनमा के उल्लेख गरिएको छ भनेर आफूलाई जानकारी नभएको उनले बताए । सेबोन स्रोतले भने प्रारम्भिक जाचबुझ समितिले तयार पारेको प्रतिवेदनमा रिलायन्स स्पिनिङ्ग मिल्सको वित्तीय सही रहेको दाबी गरेको छ । चार्टर्ड एकाउन्टेन्ट (सीए)हरूले गरेको अडिट सही नै रहेको भनेर बोर्डले सीआईबीलाई पठाएको प्रतिवेदनमा उल्लेख गरिएको स्रोतको भनाइ छ । रिलायन्सको वित्तीय विवरण जालसाजीपूर्ण रहेको भन्दै उजुरी परेपछि यसबारे सत्यतथ्य जानकारी दिन भन्दै सीआईबीले गत असार २६ गते सेबोनलाई पत्र पठाएको थियो । पत्र प्राप्त भएको ३० दिनभित्र अध्ययन गरेर त्यसको जवाफ दिनुपर्ने ऐनको व्यवस्था अनुसार बोर्डले साउन २४ गते प्रतिवेदन बुझाएको हो ।

आइएमई लाइफको नाफा १४५.०४ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १४५.०४ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४ अर्ब ५२ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९५ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ८ करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीले ५ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गरी ५ अर्ब ३९ करोड १९ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ कुल आम्दानी गरेर ४ अर्ब ६३ करोड ९३ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ, सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोष १७ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब २ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटी ५५ करोड ६० लाख रुपैयाँ सञ्चित छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी १० रुपैयाँबाट बढेर १०.२९ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४४.०२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५.५९ रुपैयाँ रहेको छ । कम्पनीले १४ अर्ब ७ करोड १८ लाख रुपैयाँ दीर्घकालिन लगानी र १ अर्ब २७ करोड ५० लाख रुपैयाँ सर्टटर्म लगानी गरेको छ ।

साढे ९ अर्ब दाबी भुक्तानी गरेको एशियन लाइफको नाफा ८२.५२ प्रतिशत बढ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३६.९१ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क ९.४८ प्रतिशत बढेर ७ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १७.७४ प्रतिशत बढेर ९ अर्ब ६४ करोड २८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब १८ करोड ९१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीको कुल आम्दानी १५.६४ प्रतिशत बढेर १२ अर्ब २८ करोड ६३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ६२ करोड ४२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस्तै कम्पनीको कुल खर्च १४.४३ प्रतिशत बढेर ११ अर्ब २५ करोड ५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ८३ करोड १२ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ, महाविपत्ती कोष २२ करोड ७२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३४ करोड ९ लाख रुपैयाँ र अन्य इक्विटी ४ करोड ६३ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ७.६१ रुपैयाँबाट बढेर ९.६६ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६४.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११.०७ रुपैयाँ रहेको छ । कम्पनीले ३० अर्ब २४ करोड ३२ लाख रुपैयाँ दीर्घकालिन लगानी र ११ अर्ब २३ करोड २६ लाख रुपैयाँ सर्टटर्म लगानी गरेको छ ।

सिद्धार्थ प्रिमियरले मार्याे अधिकांश सूचकमा फड्को, नाफा ८२.५२ प्रतिशत बढ्यो

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ६९ करोड २३ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ९३ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष ८२.५२ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क ७८.१२ प्रतिशत बढेर १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ११ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६१.८२ प्रतिशत बढेर १ अर्ब ५ करोड २९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड ७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीको कुल आम्दानी ५१.३४ प्रतिशत बढेर ३ अर्ब ५ करोड ३५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १ करोड ७६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस्तै कम्पनीको कुल खर्च ५१.८६ प्रतिशत बढेर २ अर्ब ५३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ४ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोष ३७.४२ प्रतिशत बढेर १८ करोड ९१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटी ३६.१७ प्रतिशत घटेर १ अर्ब ६ करोड २२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ११.१५ रुपैयाँ बढेर २४.६७ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३५.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २७३.५० रुपैयाँ रहेको छ ।

१२६.८७ प्रतिशत बढ्यो शिखर इन्स्योरेन्सको नाफा, ईपीएस १९.३२ रुपैयाँ

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ३० लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ६१ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १२६.८७ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क १३.३२ प्रतिशत बढेर १ अर्ब ५६ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९.८२ प्रतिशत घटेर ९४ करोड ९७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीको कुल आम्दानी ४.०६ प्रतिशत बढेर २ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस्तै कम्पनीको कुल खर्च ४.७४ प्रतिशत घटेर १ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ, जगेडा कोष १७.५४ प्रतिशत बढेर १ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ, महाविपत्ती कोष २२.१९ प्रतिशत बढेर १४ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३१ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटी ६.५७ प्रतिशत  बढेर ६० करोड १४ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी १०.८१ रुपैयाँ बढेर १९.३२ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३७.४२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०४.५९ रुपैयाँ रहेको छ ।