लिस्बन । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन पोर्चुगलबाट ३ हजार ८ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन संकलन गरिएको छ ।
राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको राहदानीसम्बन्धी घुम्ती शिविरबाट ७ करोड २० लाख ११ हजार पाँच सय ५४ रुपैयाँ राजस्व संकलन भएको छ ।
विभागका निर्देशक मोतिबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो । पोर्चुगलमा नेपाली दूतावास नभएकाले शिविर सञ्चालन गरिएको हो ।