विकासन्युज

कुमारी बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकटमा आर्कषक छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्स बीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूकf परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरारछोरी) का लागि टिकट खरिद गरी कुमारी बैंककै डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा ५०० रुपैयाँ  छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंमा अवस्थित दुई संस्थासँग सम्झौता गरेको छ । सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापछि कसमस रिट्रट्स प्रालि चाबहिलमा जन्मदिन, विवाह, व्रतबन्ध पार्टीलगायत उत्ससवका लागि केकको मूल्यमा १५ प्रतिशत छुट पाइने भएको छ। यसैगरी श्रीराम हस्पिटल वीरगञ्जमा ओपिडीमा ३० प्रतिशत र ल्याबमा २० प्रतिशत छुट पाइने भएको छ ।

तीजको अवसरमा हार्दिक आईभिएफले ल्यायो छुटको अफर

काठमाडौं । हार्दिक आभिएफ एण्ड फर्टिलिटी सेन्टरले तिजको अवसरमा उपचारमा विशेष छुट दिएको छ । नि:सन्तापनको उपचारमा उच्चस्तरको सेवा दिदै आइरहेको फर्टिलिटि सेन्टरले तिजको अवसरमा छुटको व्यवस्था गरेको जनाएको छ । काठमाडौंको सिनामंगलमा अवस्थित् यो सेन्टरले भदौ महिनाभरि डाक्टर कन्सलटेन्ट तथा भिडियो एक्सरे सेवा,आईयुआई सेवामा ५० प्रतिशत छुट,आइभिएफ सेवामा १० प्रतिशत औषधी तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुट दिएको जनाएको छ । विगत १३ वर्षदेखि निःसन्तापनमा सेवा दिदए आइरहेकी आइभिएफ विशेषज्ञ डा.अर्चाना शाक्यलगायत विशेषज्ञ सहितको टोलीले सञ्चालन गरिरहेको हार्दिक आभिएफ एण्ड फर्टिलिटि सेन्टरले निःसन्तानपन सम्बिन्ध अन्तर्राष्ट्रिस्तरको विभिन्न सेवा नेपालमा दिँदै आइरहेको छ ।

सनरुफ भएको टाटा पन्च इभीको बुकिङ ४६८ युनिट

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको बुकिङ उत्साहजनक रहेको बताएको छ । नाडाको पाँचौ दिनसम्म ४६८ युनिट बुकिङ भइसकेको छ भने अन्तिमसम्म ५०० युनिट पुग्ने अपेक्षा गरिएको छ । यस वर्षको नाडामा उपभोक्ताहरूको बाक्लो उपस्थिति रहेको र पन्चले पनि नेपाली उपभोक्ताको साथ र समर्थन पाएको कुरा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । टाटा पन्चको सुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । यस भेरियन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन सक्ने कम्पनीको भनाइ छ । हाल सार्वजनिक मूल्य नाडासम्मका लागि मात्र रहेको र पछि मूल्य बढ्ने कम्पनीले जनाएको छ । साथै, नाडामा गाडी किन्ने ग्राहकहरूलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको घोषणा पनि गरेको छ ।

काठमाडौंको अर्को ठूलो सहकारीमा ठगी, सिंगो सञ्चालक टिम नै पक्राउ

काठमाडौं । एभर ट्रष्ट बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारी संस्थाका सञ्चालक र कर्मचारीको मिलेमतोमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । सीआईबीले संस्थाका उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फयाँल, सदस्य रामलाल महर्जन र अमरभाई बज्राचार्यलाई पक्राउ गरेको हो । बचतकर्ताले जम्मा गरेको निक्षेप रकम प्रचलित कानुन विपरित कर्जा तथा सम्पत्तिहरुमा गैह्रकानुनी रुपमा लगानी गरी संस्थाको वार्षिक प्रतिवेदनहरुमा समेत वास्तविक अवस्था लुकाई संस्थामा रहेको निक्षेप रकम व्यक्तिगत लाभको लागि प्रयोग गरी सहकारी संस्थालाई हानी नोक्सानी पु¥याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले १५ करोड ९१ लख ४ हजार रुपैयाँ बचत हिनामिना गरेको सीआईबीको भनाइ छ । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को ठगी सम्बन्धी कसुरमा सम्मानित काठमाडौ जिल्ला अदालतबाट दिन ८ (आठ) को म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भैरहेको सीआईबीको भनाइ छ ।

नेपालका आईटी कार्यबललाई सक्षम बनाउन नास आईटीले सुरु गर्यो नयाँ पाठ्यक्रम

काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले गत शुक्रबार नेपालका आईटी कार्यबलहरूको सीप बढाउने उद्देश्यले दुई नयाँ पाठ्यक्रमहरू सुरु गरेको छ । यी पाठ्यक्रमहरू, डेभओप्स फन्डामेन्टल्स र मास्टरिङ वेब एप्लिकेसन डेभलपमेन्ट यूएसएआइडीको सहायतामा विकसित गरिएको जानकारी दिइएको छ। नास आईटीले यी पाठ्यक्रमहरू कार्यान्वयन गर्न टेक आक्सिस र प्रेसिडेन्सियल ग्राजुएट स्कूलसँग साझेदारी गरेको छ । टेक आक्सिसले मास्टरिङ वेब एप्लिकेसन डेभलपमेन्ट कार्यक्रम सञ्चालन गर्नेछ भने प्रेसिडेन्सियल ग्राजुएट स्कूलले डेभओप्स फन्डामेन्टल्स पाठ्यक्रममा ध्यान केन्द्रित गर्नेछ । दुवै संस्थाहरूले सम्भावित सहभागीहरूलाई यी पाठ्यक्रमहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्। डेभओप्स फन्डामेन्टल्स पाठ्यक्रम अन्तिम वर्षका विद्यार्थीहरूका लागि तयार गरिएको हो जसले तिनीहरूलाई व्यावहारिक डेभओप्स सिप प्रदान गर्दछ । डेभओप्सका सिद्धान्तहरू र कार्यप्रणालीहरू बुझेर विद्यार्थीहरू आधुनिक सफ्टवेयर विकासमा योगदान दिन तयार हुनेछन् । मास्टरिङ वेब एप्लिकेसन डेभलपमेन्ट पाठ्यक्रम आईटी व्यवसायी र कर्मचारीहरूलाई वेब एप्लिकेशन विकासमा उच्चस्तरको सीप प्रदान गर्न डिजाइन गरिएको हो । सहभागीहरूले उन्नत प्रविधिहरू, उत्कृष्ट अभ्यासहरू र उद्योगका प्रवृत्तिहरू सिक्नेछन् जसले उदाहरणीय वेब एप्लिकेशनहरू बनाउन सक्षम बनाउनेछ । ‘नास आईटी जनशक्ति विकास र शैक्षिक क्षेत्र र उद्योग बीचको सहकार्यलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ,’ नास आईटीका कैलाश राज विजयनन्दले भने, ‘यी पाठ्यक्रमहरूले आईटी जनशक्तिलाई आजको प्रविधि(चालित संसारमा फस्टाउन आवश्यक सीपहरू प्रदान गर्ने छ । हामी विश्वास गर्छौं कि यी कार्यक्रमहरूले नेपालको आईटी उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछन् ।’

‘बोहनी’ अब फोनपे क्युआरबटै

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक, फोनपेले देशभरका व्यवसायहरूलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा ‘बोहनी’ भनिन्छ । फोनपे क्युआरमार्फत स्वीकार्न प्रेरित गर्ने उद्देश्यले ‘बोहनी’, फोनपे क्युआर बाटै’ भन्ने पहलको सुरुवात गरेको छ । यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्दछ । फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा, व्यवसायीहरूले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुको साथसाथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्नेछन् । अभियानमा सहभागी हुन, व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग(इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ, र अभियान अवधिमा फोनपे क्युआर मार्फत भुक्तानी लिएको हुनु पर्नेछ । यस अभियानअन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ ईभी स्कुटर जित्ने अवसर पनि प्राप्त गर्नेछन् । फोनपेका चिफ बिजनेस अफिसर सुमित दासका अनुसार यस पहलको आशय भनेको हाम्रो व्यवसायीहरूलाई, डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यवसायिक कार्यहरूमा समाहित गर्न अझ बढि प्रोत्साहन गर्नु हो । उनले भने, ‘हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी, नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्युआर अपनाउन प्रोत्साहित गर्दछौं, जसबाट व्यवसायहरूले अझ बढी सुविधा, न्युनतम जोखिम, र उच्च व्यवसायिक दक्षताको अनुभव गर्न सक्नेछन् ।’

पहिले दशैं ठूलो चाड लाग्थ्याे तर अटो शो पो ठूलो रहेछ : नाडा अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अटो शो दशैं भन्दा ठूलो चाड रहेको बताएका छन् । आइतबार ‘नाडा अटो शो २०२४’ को समापन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले अटो शोमा मानिसहरूको किनमेल देख्दा दशैं आएको जस्तै लागेको बताएका हुन् । साथै नाडा अटो शोले दशैंलाइ स्वागत गरेको समेत उनको भनाइ छ । ‘पहिले दशैं ठूलो चाड हो जस्तो लाग्थो । तर, अटो क्षेत्रमा लागेदेखि नाडा अटो शो पो ठूलो रहेछ,’ उनी भन्छन्, ‘अटो शोमा मानिसहरूको किनमेल देख्दा साँच्चै नै दशैं आएको जस्तो लाग्यो ।’ उनका अनुसार नाडा अटो शो २०२४ मा ७४ हजार भन्दा धेरैले अवलोकन गरेका छन् । अध्यक्ष चौधरीले नाडा शोको ६ दिनको समय बितेको पत्तै नभएको बताउँदै नेपाली अटो क्षेत्र शोमा रहेको बताए । शोले अटो सेक्टरको उद्देश्य सरकारलाई बुझाउन सफल भएको उनले बताए । ठाउँ र समयका कारण नाडाको समय थप्न नसकिएको उनको भनाइ छ । ‘अहिले अटो क्षेत्र शोकमा छ, हामीले चाहिने जति लगानी पनि गर्न सकेका छैनौं, यस्तोमा मैले गर्न सक्ने भनेको अटो व्यवसायीको यही समस्या सरकारसँग राख्नु हो, जुन समस्या मैले राखेको छु,’ उनले भने । भदौ ११ गतेबाट सुरु भएको अटो शो आज समापन भएको हो ।