विकासन्युज

कुरीलो ४५० र जिरीको साग २४० रुपैयाँ, कुन तरकारीको मूल्य कति ?

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले गोलभेडाको मूल्य १३५ रुपैयाँ तोकेको छ । यस्तै रातो आलु ८६ रुपैयाँ, सुकेको प्याज १०२.६७ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, बन्दा ४५ रुपैयाँ, काउली ९५ रुपैयाँ, मुला ४५ रुपैयाँ, लाम्चो भन्टा ३५ रुपैयाँ, तने बोडी १२५ रुपैयाँ तोकेको छ । यस्तै मटरकोशा र घिउ सिमी (राजमा) १९० रुपैयाँ, भटमासकोशा ९० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, लौका ४५ रुपैयाँ, परवर ५५ रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ तोकेको समितिले जनाएको छ । घिरौला ७५ रुपैयाँ, फर्सी ५५ रुपैयाँ, सलगम ११० रुपैयाँ, भिण्डी ५५ रुपैयाँ, सखरखण्ड ८५ रुपैयाँ, बरेला ९५ रुपैयाँ, पिंडालू (६५ रुपैयाँ, स्कूस २५ रुपैयाँ, रायो साग ९५ रुपैयाँ, पालूगो साग ८५ रुपैयाँ, चमसूरको साग १७६.६७ रुपैयाँ, तोरीको साग ७५ रुपैयाँ तोकिएको छ । प्याज हरियो २२६.६७ रुपैयाँ, च्याउ २७६.६७ रुपैयाँ, कुरीलो ४५० रुपैयाँ, ब्रोकाउली ११५ रुपैयाँ, चुकुन्दर ९५ रुपैयाँ, रातो बन्दा १७६.६७ रुपैयाँ, जिरीको साग २४० रुपैयाँ, सेलरी ९५० रुपैयाँ, पार्सले २ हजार ७६६.६७ रुपैयाँ, पुदीना ९५० रुपैयाँ तोकेको समितिले जनााएको छ ।[pdf id=517280]

सानिमाको १२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सानिमा क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित १२ प्रतिशतका दरले ३ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले कात्तिक २६ गते दिउसो ४ बजे कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै सभाले सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ ।

माछापुच्छ्रे बैंकमा महतोपछि ठूला सेयरधनी श्रेष्ठ पनि बाहिरिँदै

काठमाडौं । माछापुच्छ्रे बैंकका २० ठूला सेयरधनीहरूमध्ये गणेश बहादुर श्रेष्ठ पनि एक हुन् । तर, ठूला संस्थापक सेयरधनी रहेको श्रेष्ठ आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिने भएका हुन् । श्रेष्ठले बैंकमा रहेको आफ्नो स्वामित्वको साढे १० लाख कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकले श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयरमा सर्वसाधारण जोकोहीले पनि आवेदन दिन सक्ने जनाएको छ । उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । यसअघि दुईपटकसम्म सार्वजनिक सूचना आह्वान गर्दा पनि खरिदका लागि कुनै आवेदन नपरेकोले पुनः बिक्रीमा राखिएको बैंकले बताएको छ । यसअघि गत वर्ष बैंकका सबैभन्दा ठूला सेयरधनी सुरेन्द्र महतोले आफ्नो स्वामित्वको सेयर बेचेर बाहिरिएका थिए । उनले १ करोड १२ लाख ३२ हजार कित्ता सेयर बिक्री गरेका थिए । उनले बिक्रीमा राखेको सेयर कर्मचारी सञ्चय कोषले प्रतिकित्ता ११३ रुपैयाँमा खरिद गरेको थियो ।

४ दिनमै अमेरिकी डलरको मूल्यले बनायो नयाँ रकेर्ड, यूरोको भाउ खस्किँदै

काठमाडौं । ४ दिनमै अमेरिकी डलरको मूल्यले नयाँ रकेर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२२ रुपैयाँ र बिक्रीदर १३४.८२ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि असोज २८ गते अमेरिकी डलरको मूल्यले नयाँ रकेर्ड बनाएको थियो । सो दिन डलरको मूल्य एकको खरिदर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ थियो । युरोपियन यूरोको एकको खरिदर १४५.८५ रुपैयाँ र बिक्रीदर १४६.५० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.६७ रुपैयाँ र बिक्रीदर १७५.४५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.४५ रुपैयाँ र बिक्रीदर १५६.१४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.९३ रुपैयाँ र बिक्रीदर ९०.३४ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.४३ रुपैयाँ र बिक्रीदर ९७.८६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.२७ रुपैयाँ र बिक्रीदर १०२.७३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९७ रुपैयाँ र बिक्रीदर ९.०१ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०५ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.१४ रुपैयाँ र बिक्रीदर ३१.२८ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७९ रुपैयाँ र बिक्रीदर ९.८४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.७७ रुपैयाँ र बिक्रीदर १२.८३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.५५ रुपैयाँ र बिक्रीदर १९.६४ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३४ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.१५ रुपैयाँ र बिक्रीदर ४४०.११ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.०० रुपैयाँ र बिक्रीदर ३५७.५९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

देशभर तापक्रम निरन्तर घट्दै, कोशी, बागमती र गण्डकीमा वर्षा हुने

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौं उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको छ । विभागले आज बिहान ६ बजे जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सम्पर्कविहीन समस्याग्रस्त घोषित सहकारीका ऋणी

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ । समितिले सार्वजनिक सूचना प्रकाशित गरी समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई पटकपटक ३५ दिने सूचना, पत्राचार गर्दा पनि केही ऋणीबाहेक अधिकांश सम्पर्कमा नआएकाले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र दायित्व भुक्तानी गर्न निर्देशन दिएको हो । कात्तिक १ गतेदेखि १५ दिनभित्र पनि दायित्व भुक्तानी गर्न नआउने ऋणी तथा जमानीकर्ता र निजका एकाघरका परिवारका सदस्यको श्रीसम्पत्ति बैंक खाता रोक्का राख्ने, कालोसूचीमा राखेर रोक्का राखिएको श्रीसम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) र सहकारी नियमावली, २०७५ बमोजिम असुलउपर गरिने पनि सूचनामा उल्लेख गरिएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले जानकारी दिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी ऐन, २०७४ को उपदफा १०४ बमोजिम सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको उनले सुनाए । समस्याग्रस्त घोषित भई सहकारी ऐन, २०७४ को उपदफा १०५ बमोजिम सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि मन्त्रालयले समितिसमक्ष लेखी पठाएअनुसारको प्रक्रियामा काम भइरहेको पनि समितिले जनाएको छ । सरकारले करिब दुई दर्जन सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।

सन नेपाल लाइफले पायो आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र, बीमा क्षेत्रमै पहिलो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र पाएकाे छ । कम्पनीले युकेएएस (युनाईटेड किङडम एक्रीडिएसन सर्भिस) बाट मान्यताप्राप्त एमटीभो लिमिटेड, यूकेबाट उक्त प्रमाणपत्र पाएकाे हाे । कम्पनीले आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्रले कम्पनीकाे सूचना सुरक्षण व्यवस्थापन प्रणाली (इन्फरमेसन सेक्युरिटी मेनेजमेन्ट सिस्टम) अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेकाे पुष्टि गरेकाे जनाएकाे छ । कम्पनीले नेपालको बीमा ब्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्डबमोजिम आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र प्राप्त गर्ने पहिलाे र एकमात्र जीवन बीमा कम्पनी रहेकाे दाबी गरेकाे छ । कम्पनीले आईएसओ/आईईसी २७००१:२०२२ को मान्यता प्राप्त गरेसँगै समयसमयमा हुने परीक्षणहरूबाट कम्पनीको सूचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुने जनाएकाे छ । साथै कम्पनीले निरन्तर रूपमा यसको पालना र अभ्यासबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने विश्वास पनि लिएको छ ।

वालमार्टले भारतबाट बर्सेनि १० अर्ब डलरको सामान किन्ने

काठमाडौं । विश्वको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टले चाडपर्वको समयमा भारतीय बजारका लागि ठूलो निर्णय गरेको छ । कम्पनीले भारतमा लोकप्रिय ब्रान्डका खाना र स्न्याक्स उत्पादनको स्रोत बढाउने बताएको छ । जसमा ब्रिटानिया, बिकानो, बदाम, जयन्ती स्पाइसिस र हाइफनका उत्पादनहरू पर्छन् । यी उत्पादनहरू दीपावलीअघि अमेरिकी बजारमा उपलब्ध हुनेछन् । वालमार्ट राजस्वको हिसाबले विश्वको सबैभन्दा ठूलो कम्पनी हो । साथै यो विश्वको सबैभन्दा ठूलो रोजगारदाता पनि हो । वालमार्टले अमेरिकी ग्राहकहरूले मनपर्ने खाजा र खाद्य उत्पादनहरूको विविध दायरा पाउने बताएको छ । यसमा प्रिमियम चिया, खानाका लागि तयार र फ्रोजन फूड प्रोडक्टका साथै परम्परागत खाजा, मसला र फेस्टिभल प्याकहरू समावेश छन् । यो दीपावलीमा ब्रिटानिया र बिकानो उत्पादनहरू उपलब्ध हुनेछन् । रिगल किचन र बदामजस्ता ब्रान्डका उत्पादनहरू अमेरिकामा वालमार्टका ग्राहकहरूका लागि पहिले नै उपलब्ध छन् । जयन्ती स्पाइसिस र हाइफन फूड्सका उत्पादनहरू पनि वालमार्टको ग्रेट भ्यालु ब्रान्ड लेबलअन्तर्गत उपलब्ध छन् । कम्पनीले के भन्छ ? वालमार्टका सोर्सिङका कार्यकारी उपाध्यक्ष एन्ड्रिया अल्ब्राइटले कम्पनी आफ्ना ग्राहकहरूलाई फरक उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध रहेकाे दाबी गरिन् । उनका अनुसार सन् २०२७ सम्ममा भारतबाट १० अर्ब डलरको निर्यात पुर्‍याउने वालमार्टकाे लक्ष्य छ ।