अमेरिकाले इजरायलमा पठाएको थाड मिसाइल प्रणालीको लगानी कति छ ?
काठमाडाैं । अमेरिकाले इजरायललाई आफ्नो अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली (थाड) पठाउने निर्णय गरेको छ । अक्टोबर १ मा इरानले इजरायलमा गरेको ठूलो मिसाइल आक्रमणपछि यस्तो निर्णय गरिएको हो । यस हमलामा इरानले १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले थाड पठाउनुकाे उद्देश्य इजरायलको सुरक्षा सुनिश्चित गर्नु रहेको बताएका छन् । यस अभियानमा करिब १०० अमेरिकी सैनिक पनि तैनाथ हुनेछन् । यो खतरनाक मिसाइल प्रणालीको लागत कति छ र यो किन विशेष छ ? आउनुहोस्, यसबारेमा छाेटकरीमा चर्चा गराैं । थाड (टीएचएएडी) को अर्थ के हो ? थाडको अर्थ ‘टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स’ हो । यो एक प्रकारको क्षेप्यास्त्र विरोधी प्रणाली हो । यसलाई अमेरिकी कम्पनी लकहिड मार्टिनले बनाएको हो । यसले छोटो, मध्यम र केही हदसम्म लामो दूरीका ब्यालेस्टिक मिसाइललाई आकाशमै नष्ट गर्न सक्छ । कंग्रेसनल रिसर्च सर्भिसका अनुसार एक थाड ब्याट्रीले ९५ सेनाले गर्ने काम गर्न सक्न । छ वटा ट्रक-माउन्ट गरिएको लन्चर, ४८ वटा इन्टरसेप्टर (प्रत्येक लन्चरमा आठ), उन्नत राडार निगरानी र एक रणनीतिक फायर तत्वहरू हुन्छन् । थाड ब्याट्रीको लागत कति ? प्रत्येक थाड ब्याट्रीको लागत लगभग १ देखि १.८ बिलियन अमेरिकी डलर रहेकाे छ । यस प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दक्ष टोलीको आवश्यक पर्छ । दुई सी-१७ सैन्य यातायात विमानले अलाबामाबाट इजरायलमा थाड उपकरणहरू ढुवानी गरेको जनाइएकाे छ । यसले चलिरहेको द्वन्द्वमा अमेरिकाको बढ्दो हस्तक्षेपको संकेत गर्दछ । थाडमा हिट-टु-किल प्रविधि थाडले ‘हिट-टु-किल’ प्रविधि प्रयोग गर्दछ । अर्थात यसले प्रतिद्वन्द्वीको मिसाइललाई सिधै प्रहार गरेर नष्ट गर्छ । यो पुरानो प्याट्रियट एयर र मिसाइल रक्षा प्रणालीभन्दा धेरै ठूलो क्षेत्र कभर गर्न सक्षम छ । यो चाँडै कहीँ पनि तैनाथ गर्न सकिन्छ । यो पृथ्वी भित्र र बाहिर दुवै मिसाइल खतराहरू सामना गर्नसमेत सक्षम छ । इजरायलमा थाड मिसाइल प्रणाली किन पठाइयो ? इरानले हालै गरेको मिसाइल आक्रमणपछि इजरायलले बदला लिने तयारी गरिरहेको छ । इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायलको प्रतिक्रिया ‘घातक र आश्चर्यजनक’ हुने चेतावनी दिएकाे छ । इरान सरकारले हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्याको बदला लिन मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।
कार्यकर्तालाई रविको अपिल : राज्यले गरेको दादागिरी सामना गरौं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राज्यले गरेको दादागिरी मिलेर सामना गर्नुपर्ने बताएका छन् । पक्राउ हुनुअघि आफ्नो धारणा राख्दै उनले सबैले मिलेर राज्यले गरेको दादागिरी सामना गर्नुपर्ने धारणा राखेका हुन् । उनले आफूमाथि पूर्वाग्रहपूर्ण राजीनिति भएको दाबी गरेका छन् । लामिछानेलाई प्रहरीले रास्वपाको केन्द्रीय कार्यालय च:मतिबाटै पक्राउ गरेको हो । अहिले उनलाई सडकमार्गबाट अहिले पोखरा लगिँदैछ । प्रहरीले उनीविरुद्द सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । पोखराको सूर्य दर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । आज बिहान बसेको विपक्षी दलहरूको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले रविलाई पक्राउ गर्न खोजिरहेको बारे संकेत गरेका थिए । उक्त बैठकले सरकारले रविलाई पक्राउ गरेमा प्रतिवाद गर्ने तयारीसमेत गरिसकेको छ ।
रवि लामिछाने पार्टी कार्यालयबाटै पक्राउ, सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई रास्वपाको केन्द्रीय कार्यालय च:मतिबाटै पक्राउ गरेको हो । अहिले उनलाई सडकमार्गबाट अहिले पोखरा लगिँदैछ । प्रहरीले उनीविरुद्द सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । पोखराको सूर्य दर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन भनिएको छ । आज बिहान बसेको विपक्षी दलहरूको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले रविलाई पक्राउ गर्न खोजिरहेको बारे संकेत गरेका थिए । उक्त बैठकले सरकारले रविलाई पक्राउ गरेमा प्रतिवाद गर्ने तयारीसमेत गरिसकेको छ । यता आफूविरुद्ध पक्राउ पूर्जी जारी भएसँगै सभापति लामिछानेले सामाजिक सञ्जालमा सरकार मरेकाे उल्लेख गरेका छन् । उनले तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिं हतकडी? भन्दै प्रधानमन्त्री ओलीप्रति इंकित गरेका छन् ।
एआईआरडीसीकाे बोर्ड अफ ट्रस्टीमा चंकी क्षेत्री चयन
काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री विकासोन्मुख देशहरूको बीमाकर्ताको छाता संगठन एआईआरडीसीको सञ्चालकको ट्रस्टी मेम्बरमा चुनिएका छन् । अक्टोबर ८ तारिखमा थाइल्याण्डको बैंककमा भएको एआईआरडीसीको वार्षिक साधारणसभाबाट क्षेत्री ट्रस्टीमा चुनिएका हुन् । उनी २०२४ देखि २०२६ सम्मका लागि एआईआरडीसीको बोर्डमा रहने छन् । एआईआरडीसीको ७ सदस्यीय सञ्चालक समिति रहेको छ । जसको अध्यक्षमा बैंकक इन्स्योरेन्सका अध्यक्ष चै सोफोनपनीच चयन भएका छन् भने उपाध्यक्षमा सन्चुएरी इन्स्योरेन्सका म्यानेजिङ डाइरेक्टर पत्रीक कुसीनीयू र कोषाध्यक्षमा मर्चेन्टाईल इन्स्योरेन्सकी डाइरेक्टर इथर सी तन चयन भएका छन् ।
रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लगिँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लग्ने भएको छ । रास्वपाका नेता मनिष झाले आज नै प्रहरीले पक्राउ गरेर सडक मार्गमार्फत उनलाई उनलाई पोखरा लग्ने विषयमा प्रहरीसँग सहमति भइसकेको जानकारी गराएका हुन् । उनले भने, ‘हामी कानुनी राज्यको सम्मान गर्छौं । हामी सहजरूपमा गिरफ्तारी दिन्छौं, प्रतिकार गर्दैनौं ।’ लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । उनले पत्रकार सम्मेलनमा आफ्ना धारणा राखेपछि प्रहरीले उनलाई पोखरातर्फ लग्नेछ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय, कास्कीले अनुसन्धान गरिरहेको छ ।
सहकारी प्रकरण: छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
काठमाडौं । छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । शुक्रबार अदालतले सहकारी प्रकरणमा अनियमितता गरेको आरोपमा अनुसन्धानका लागि थप २० दिन हिरासतमा राख्न अनुमति दिएको हो । जाेशीलाई असोज १७ गतेदेखि लागू हुनेगरी उनलाई २० दिन म्याद थप गरेको छ । अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन । असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो । आजै जिल्ला अदालत, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ ।
पक्राउ पूर्जी जारी भएपछि रविको प्रतिक्रिया : सरकार मर्यो, हामीलाई जुठो पर्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्द पक्राउ पूर्जी जारी भएपछि उनले प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् सरकार मर्याे, हामीलाई जुठो पर्याे भनेर लामो धारणा राखेका छन् । उनले तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी मेरो हातमा चाहि हतकडी ? तपाइई बिचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ? तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपी दिनुपर्ने ? भन्दै प्रश्न गरेका छन् । यस्तो छ उनको धारणा : सरकार मर्यो, हामीलाई जुठो पर्यो ! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ? तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ? यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन । तर म कहिले भागेर हिडिन र हिड्दिन पनि । ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभयो । बाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो । यो मलाई राम्रो सँग थाहा छ । तपाईंको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो । तपाईंहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् । तपाईंहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ । अब तपाईंहरुबाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं । ठिक छ, म तपाईंहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु । नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्याएको यो देशले चाडै देख्ने छ । सुरूवात तिमीहरुले गर्यौ, अन्त्य हामी गर्नेछौं, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् । अहिलेलाई, सरकार मर्यो हामीलाई जुठो पर्यो । तर, मलाई न्यायलयप्रती आशा र न्याय प्रेमी जनताप्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला । तपाईको सभापतिले कसैलाई ठगेको छैन । याे पनि पढ्नूहोस् : रवि लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी, अदालतले दियो अनुमति
रवि लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी, अदालतले दियो अनुमति
कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको हो । अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। पोखराको सूर्य दर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । रास्वपाको केन्द्रीय कार्यालय च:मतिमा सभापति लामिछानेसहित पदाधिकारी, केन्द्रीय सदस्य र कार्यकर्ताहरू पनि भेला भएका छन्। आज बिहान बसेको विपक्षी दलहरूको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले रविलाई पक्राउ गर्न खोजिरहेको संकेत गरेका थिए । उक्त बैठकले सरकारले रविलाई पक्राउ गरेमा प्रतिवाद गर्ने तयारीसमेत गरिसकेको छ । आफूविरुद्ध पक्राउ पूर्जी जारी भएसँगै सभापति लामिछानेले सामाजिक सञ्जालमा सरकार मरेकाे उल्लेख गरेका छन् । उनले तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिं हतकडी? भन्दै प्रधानमन्त्री ओलीप्रति इंकित गरेका छन् । सरकार मर्यो,हामीलाई जुठो पर्यो !! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप… — Rabi Lamichhane (@hamrorabi) October 18, 2024