विकासन्युज

नबिल बैंकको नगद लाभांश घोषणा, यस्तो छ इतिहास

काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशत नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । यस्तो छ बैंकको लाभांश इतिहास नबिल बैंकले आर्थिक वर्ष २०६०/२०६१ मा ६५ प्रतिशत, आर्थिक वर्ष २०६१/०६२ मा ७० प्रतिशत, आर्थिक वर्ष २०६२/२०६३ मा ८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६७/२०६८ मा ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त आर्थिक वर्षमा बैंकले बोनस सेयर वितरण गरेको थिएन । यस्तै, बैंकले आर्थिक वर्ष २०६३/२०६४ मा ४० प्रतिशत बोनस सेयर र १ सय प्रतिशत नगद गरी कूल १४० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६४/२०६५ मा बैंकले सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ६० प्रतिशत नगद गरी कूल १ सय प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०६५/२०६६ मा ५० प्रतिशत बोनस सेयर र ३५ प्रतिशत नगद गरी कूल ८५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६६/२०६७ मा बैंकले आफ्ना सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६८/२०६९ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६९/२०७० मा सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७०/२०७१ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७१/२०७२ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र ६.८४ प्रतिशत नगद गरी कूल ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७२/२०७३ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७३/२०७४ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद गरी कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७६/२०७७ मा सेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७७/२०७८ मा सेयरधनीहरुलाई ३३.६ प्रतिशत बोनस सेयर र ४.४४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७८/२०७९ मा सेयरधनीहरुलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७९/२०८० मा सेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

समावेशी बीमा सम्मेलन : के सिक्यौं, के सिकायौं ?

काठमाडौं । म्यूनिख रि फाउण्डेशनले विश्वका विभिन्न देशमा आयोजना गर्ने समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यस पटक नेपालमा भयो । बीमाका सरोकारवालाहरूले अन्तर्राष्ट्रिय सम्मेलनलाई एउटा उत्सवका रूपमै मनाए । गत साता काठमाडौंमा भएको समावेशी बीमा सम्बन्धी २०औं अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको बीमा क्षेत्रका लागि धेरै सिकाइपूर्ण भएको सहभागीहरू बताउँछन् । सम्मेलनमा ४० बढी देशका ४०० जना बीमाका विज्ञहरू उपस्थित थिए । सम्मेलनमा छुट्टाछुट्टै प्यानलमा छलफल गरिएको थियो । सयौं बीमाका विज्ञहरूले समावेशी बीमाको विकास, दायरा, आवश्यकता, चुनौती, यस क्षेत्रमा प्रविधिको प्रयोग, सरोकारवाला पक्षले खेल्नुपर्ने भूमिकालगायतका बारेमा गहन रूपमा छलफल भएको थियो । छलफलमा समावेशी बीमाका अनुभवी तथा विज्ञहरूले आफ्नो अनुभव आदानप्रदान गरे । नेपाल बीमा प्राधिकरणबाट उपनिर्देशक, निर्देशक र अध्यक्ष गरी २५ जना र हरेक बीमा कम्पनीबाट ५ जना सम्मेलनमा सहभागी भएका थिए । नेपालमा समावेशी बीमाको अभ्यास, पुग्नु पर्ने गन्तव्य, चुनौती, हालसम्मका उपलब्धिलगायत विषयमा छलफल तथा सिकाइ आदानप्रदान पनि भयो । समावेशी बीमाको बारेमा ज्ञान आदानप्रदान गर्ने सम्मेलनको मुख्य उद्देश्य थियो । लक्षित वर्गमा बीमाको पहुँच कसरी पुर्‍याउने भन्ने सम्मेलनको अर्को उद्देश्य थियो । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले बीमा क्षेत्रमा लामो समय काम गरेका व्यक्तिहरूले समावेशी बीमाको विस्तारका लागि गरेका प्रयास, अनुभव र आइपरेका चुनौतीहरुको बारेमा आफ्नो अनुभव आदानप्रदान गरेको बताए । ‘धेरै कुराहरू हामीले सिक्यौं, हामीले गरेको अभ्यास र सिकेको ज्ञान पनि सिकायौं, सम्मेलन उपलब्धिमूलक भयो,’ उनले भने । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक तथा सूचना अधिकारी निर्मल अधिकारीले विश्वको बीमा बजारमा अहिले समावेशी बीमाको बारेमा वृहत छलफल हुन थालेको र सोहीअनुसार नेपालमा पनि यसको बहस गरिएको बताए । तर, नेपालमा सम्मेलन गर्ने निर्णयकर्ता भनेका म्यूरिख रि फाउण्डेश भएको उनको भनाइ छ । म्यूरिख रि फाउण्डेशन र माइक्रो इन्स्योरेन्स नेटवर्कले हरेक वर्ष विश्वमा समावेशी बीमाको बारेमा वृहत छलफलको सम्मेलन गर्ने गरेको छ । जसले २०२४ मा नेपालमा र सन् २०२५ मा इकवेडरमा गर्नेछ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल लघु बीमक संघले यसको सहजिकरण गरेको हो । नेपाल भौगोलिक हिसाबले विकट मानिन्छ । गरिबी, विपन्न, न्यून आय भएका मानिसको संख्या पनि उत्तिकै भएर यहाँ समावेशी बीमाको आवश्यकता महसुस भएर सम्मेलन नेपालमा आयोजना गरिएको अधिकारीले बताए । यस्तै, नेपाल सरकारले पनि पछिल्लो समय लघु बीमाको माध्यमबाट समावेशी बीमालाई विस्तार गर्ने योजना बनाएको छ । १५औं र १६औं पञ्चवर्षे योजनामा पनि न्यून आय भएका जनतामा बीमाको पहुँच पुर्‍याउने भन्ने विषय उल्लेख गरिएको छ । यसैगरी, बीमा ऐन, २०७९ मा पनि लघु बीमा कम्पनीको स्थापना गरेर न्यून आय भएका जनतामा बीमाको पहुँच पुर्‍याउने उल्लेख गरिएको छ । सोहीअनुसार लघु बीमालाई प्राथमिकतामा राखेर दुर्गममा बसोबास गर्ने, न्यून आय भएका, विपन्न वर्गमा बीमाको पहुँच पुर्‍याउनु पर्छ भन्ने यो सम्मेलनको पनि उद्देश्य रहेको अधिकारीको भनाइ छ । नेपालमा समावेशी बीमाको अवस्था नेपालमा समावेशी बीमालाई सरकारले पनि प्राथमिकतामा राखेको छ । सरकारले बजेटदेखि विभिन्न नीतिमा पनि समावेशी बीमालाई प्राथमिकता दिएको छ । पञ्चेवर्षे योजनामा पनि समावेशी बीमा विस्तार गर्नुपर्नेमा सरकारको जोड रहेको देखिन्छ । सोही उद्देश्यअनुसार हाल नेपालमा ७ वटा लघु बीमा कम्पनी पनि स्थापना गरिएको छ । उक्त कम्पनीहरू स्थापनाको उद्देश्य भनेकै समावेशी बीमाको विस्तार गर्नु हो । गरिब, निमुखा, विपन्न, कम आय भएका र विकटमा रहेका जनतालाई र तिनका सम्पत्तिलाई बीमाको प्रोटेक्सन दिनु पर्छ भन्ने परिकल्पनाका साथ नै लघु बीमा कम्पनीहरूको स्थापना गरिएको हो । गत आर्थिक वर्ष २०८०/०८१ देखि लघु बीमा कम्पनीहरूले औपचारिक रूपमा काम पनि सुरु गरेका छन् । गत आवमा उक्त बीमा कम्पनीहरूले जीवन तर्फ १ लाख भन्दा धेरै जना नागरिकको बीमा गरेर प्रोटेक्सन दिएको थियो भने निर्जीवन तर्फ १ लाख बढी वटा धन सम्पत्तिको बीमा सुरक्षा प्रदान गरेका छन् । समावेशी बीमामा नेपाल बीमा प्राधिकरणले पनि प्राथमिकता दिएको पाइन्छ । प्राधिकरणले पनि केही वर्षअघि देखि नै सञ्चालनमा रहेका नेपालका ठूला बीमा कम्पनीहरूलाई कम्तिमा पनि १० प्रतिशत लघु बीमा गरेको हुनु पर्ने निर्देशन दिएको थियो । सोहीअनुसार बीमा कम्पनीहरूले पनि काम गर्दै आएका थिए । लघु बीमा कम्पनीहरूको स्थापनापूर्व नै प्राधिकरणले यस्तो नीति अवलम्बन गरेको थियो । तर, प्राधिकरण र सरकारले समावेशी बीमालाई जोड दिए पनि त्यसको अझै नेपालमा रहेका लाखौं गरिब जनता, निमुखा, पिछडिएका वर्ग, दुर दराजमा रहेका वर्गमा बीमाको पहुँच पुगेको छैन । नेपालको बीमा व्यापारको ८० प्रतिशतभन्दा धेरै हिस्सा गाउँ सहरबाट नै भएको देखिन्छ । कर्णालीजस्तो विकट क्षेत्रमा बीमाको व्यापार ५ प्रतिशतको हाराहारीमा छ । यो तथ्यांकले पनि नेपालमा समावेशी बीमाको दायरा विस्तार हुन सुरु मात्र भएको देखिन्छ । गन्तव्य निकै दूरसम्म रहेको प्रष्ट हुन्छ । विदेशमा समावेशी बीमाको अवस्था विदेशका केही देशमा समावेशी बीमा मौलाएको छ भने केही देशहरू अभ्यासका क्रममा नै रहेका छन् । अध्यक्ष पौडेलका अनुसार सरकारले गम्भीर तरिकाले लिएको देशमा समावेशी बीमाको अवस्था राम्रो छ भने सरकारले वास्ता नगरेको देशमा अवस्था चुनौतिपूर्ण नै छ । प्राधिकरणका उपनिर्देशक अधिकारी अफ्रिकी मुलुकमा र अन्य विकसित देशहरूमा पनि समावेशी बीमाको अभ्यास भइरहेको बताउँछन् । विभिन्न दातृ निकायले समावेशी बीमाको विस्तारमा विश्वका देशहरूलाई सहयोग पनि गर्दै आएका छन् । विश्व बैंक, एशियाली विकास बैंक, संयुक्त राष्ट्र विकास परियोजनाहरूले समावेशी बीमाको विस्तारका लागि विश्वका विभिन्न देशहरूलाई आर्थिक र प्राविधिक सहयोग पनि गर्दै आएका छन् । अधिकारीका अनुसार विभिन्न देशहरूमा समावेशी बीमा विस्तारमा प्रविधिको प्रयोग पनि उत्तिकै भएको देखिन्छ । बीमा गर्नेदेखि क्षतिको सर्भे गर्ने र दाबी भुक्तानीसम्म जे जति गरिन्छ ति सबै प्रविधिको प्रयोग गरेर सहज र सरल बनाइएको छ । सम्मेलनबाट के सिक्यौं ? सम्मेलनबाट समावेशी बीमाको दायरा विस्तार गर्दा गरेका अभ्यासहरू, त्यसका अवसर तथा चुनौतीहरूको विषयमा चर्चा भएको छ । अधिकारीका अनुसार समावेशी वर्गमा बीमाको पहुँच पुर्‍याउन तथा जनतामा जनचेतना फैल्याउन विभिन्न देशहरूले कस्तो टुल्स अवलम्बन गरे र नेपाले कस्तो टुल्स अवलम्बन गरेको छ भन्ने विषयमा छलफल भएको उनको भनाइ छ । विषेशगरी विदेशमा लक्षित वर्गमा बीमाको पहुँच पुर्याउन र जनचेतना फैल्याउन प्रविधिको उपयोग व्यापक भएको देखिन्छ । नेपालमा अहिले त्यस किसिमको प्रविधि भित्रिएको पनि छैन । यस्तै, नेपालबाट करिब ३०० जना बीमाको कर्मचारीहरूले सम्मेलनमा भाग लिएका थिए । उनीहरूले विदेशीका अनुभवहरू सुनेर धेरै विषय जान्न पाए । त्यसले नेपालको बीमा क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने सहभागीहरूको भनाइ छ । सिटिजन लाइफका प्रमुका कार्यकारी अधिकृतसमेत रहकेका पौडेलले बीमा क्षेत्रमा नेपालले विश्वास र जनचेतना चै जगाउनु पर्ने देखिएको बताए । ‘बीमा क्षेत्रमा विश्वासको अभाव प्रायः सबै देशमा नै रहेछ, नेपालमा अझ धेरै भएको पाइयो,’ उनले भने । उक्त सम्मेलनमा महिला बीमा, जलवायु परिवर्तन, इण्डेक्स इन्स्योरेन्स, बीमाङ्गकीय मूल्याङ्कन, कृषि र लघु बीमालगायतका विषयमा छलफल भएको थियो । इण्डेक्स इन्स्योरेन्सलाई नेपालमा कसरी लैजाने, कसरी प्रवाभकारी बनाउने, त्यसमा भएका जोखिमका पाटोहरूलाई कसरी जोडेर जाने भन्ने विषयमा फ्लोरबाट एजेण्डा उठान भएका थिए । लघु बीमाको थ्रेसहोल्ड कति हो ? परिभाषा के हो ? नेपालमा एक्युअरी साइन्सको पढाइ नै नहुने सन्दर्भमा एक्चुरीको विकास कसरी गर्ने, स्वास्थ्य बीमालाई कसरी प्रभावकारी बनाउने, जलवायु परिवर्तनले ल्याएका इस्यूहरूलाई प्रडक्ट डिजाइन गर्दा कसरी गर्ने भन्ने विषयमा गहन रूपमा छलफल भएको थियो । विदेशीहरूबाट सिकेको ज्ञानलाई कार्यान्वयन गर्नतर्फ अगाडि बढ्नु पर्ने अधिकारीको भनाइ छ । उनले नेपाल सरकारको बीमाको सल्लाहकार प्राधिकरण भएकाले सम्मेलनमा उठेका विषयहरू नेपालको सन्दर्भमा कार्यान्वयन गर्ने सुरुवाती प्राधिकरणले लिनु पर्ने उनी तर्क गर्छन् । यसका लागि बीमा कम्पनी, तीनै तहका सरकार, सर्वसाधारणले पनि भूमिका खेल्नु पर्ने उनको भनाइ छ । सरकार, बीमा कम्पनी, विज्ञ र सरकारवाला निकायलाई एकैठाउँमा ल्याएर सम्मेलनबाट उठेका एजेण्डालाई कार्यन्वयन गर्न प्राधिकरणले भूमिका खेल्नु पर्ने उनको भनाइ छ । अधिकारीका अनुसार नेपालमा पनि समावेशी बीमाको बीमाको मार्फत लक्षित वर्गमा बीमाको पहुँच पुर्‍याउनु पर्छ भन्ने र विश्वभर प्रतिपादन भएका समावेशी बीमाका मूल्य मान्यता, सिद्धान्तलाई अवलम्बन गर्दै नेपालको माटो सुहाँउदो पोलिसीहरू विकास गर्नु पर्ने सोहीअनुसार नीति र कानुन बनाउनु पर्ने निचोड सम्मेलनबाट निस्किएको थियो ।

समृद्धि फाइनान्स मर्जरमा जाने, सेयरधनीको हात खाली, साधारणसभा मंसिर ६ गते

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न समृद्धि फाइनान्स कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैकठले २३औँ वार्षिक साधारण सभा मंसिर ६ गते बोलाएको हो । कम्पनीको सभाले कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिसन)को लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नेछ । यस्तै, सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, वित्तिय विवरण तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू माथि छलफल गरि पारित गर्नेछ । साथै लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिनेछ ।

स्वीस फ्रयाङ्कको मूल्य १५४.७४ रुपैयाँ, यस्तो अन्य देशको मुद्राको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४४.९३ रुपैयाँ र बिक्रीदर १४५.५८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.२५ रुपैयाँ र बिक्रीदर १७५.०३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.७४ रुपैयाँ र बिक्रीदर १५५.४३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.१२ रुपैयाँ र बिक्रीदर ८८.५१ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.६६ रुपैयाँ र बिक्रीदर ९७.०९ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.३२ रुपैयाँ र बिक्रीदर १०१.७७ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७५ रुपैयाँ र बिक्रीदर ८.७९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८१ रुपैयाँ र बिक्रीदर १८.८९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.७९ रुपैयाँ र बिक्रीदर ३०.८३ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६८ रुपैयाँ र बिक्रीदर ९.७२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५९ रुपैयाँ र बिक्रीदर १२.६४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४३ रुपैयाँ र बिक्रीदर १९.५२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२८ रुपैयाँ र बिक्रीदर १७.३५ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.६० रुपैयाँ र बिक्रीदर ४३९.५६ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.०० रुपैयाँ र बिक्रीदर ३५७.५९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

बञ्चरेडाँडामा बढ्यो फोहर, दैनिक १ हजार ६ सय मेट्रिक टन फोहर व्यवस्थापन

  फाइल फाेटाे काठमाडौं । नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढेको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा बाढीले ल्याएको फोहर पनि विसर्जन गर्नुपरेको हो । दैनिक लगिने फोहर निकै बढेको छ । यसअघि उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जनमा २ सय गाडी प्रयोग हुँदै आएकामा असोज १२ को वर्षापछि दैनिक ३ सय गाडी उपयोग हुँदै आएका छन् । हाल दैनिक रूपमा १ हजार ६ सय मेट्रिक टन फोहर व्यवस्थापन भइरहेको छ । साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि अन्तिम फोहर व्यवस्थापनस्थलका रुपमा बञ्चरेडाँडालाई गरिँदै आएको छ । यसरी उपत्यकामा उत्पादन भएको सबै फोहर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहर पुनःप्रयोग गर्न सकिने फोहर पनि बञ्चरेडाँडामै पुगेको छ । कुहिएर मल हुने कच्चा पदार्थ पनि त्यही लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर बञ्चरेडाँडामा नै लगिएको छ । यसलाई रोक्न सकेमात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिने वातावरण प्रमुख सरिता राई बताउँछन् ।

तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा दिनका लागि प्रक्रिया अघि बढाएको हो । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले ५ लाख रुपैयाँदेखि ३४ लाख रुपैयाँसम्म जग्गाको मूल्याङ्कन गरी वितरण सुरु गरिएको जानकारी दिए । तल्लो अरुण जलविद्युत् आयोजना बन्ने क्रममा ३३८ घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन् । जसमा १६ घर पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजना निर्माणका लागि करिब ६५.९६ हेक्टर निजी जमिन अधिग्रहण गरिनेछ । प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ । मकालु गाउँपालिकामा निर्माण भइरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७.४ किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीका उपमहाप्रबन्धक आरसी सुलेरियाले बताए । सतलजले अहिले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । अरुण तेस्रोको निर्माण ढाँचा मै तल्लो अरुण निर्माण गर्न सतलज तयार भएको हो ।

उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

काठमाडौं । नेपालको बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहो¥याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताए । उनले भने, ‘यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौँ । तर यसपटक बङ्गलादेशलाई पराजित गर्दै उपाधि जित्ने गरी योजना बनाएका छौँ ।’ प्रशिक्षक तामाङले बङ्गलादेश बलियो टोली भएको टिप्पणी गर्दै आफ्नो टोलिमा घरेलु समर्थकको साथ भएकाले उपाधि जित्नेमा विश्वास व्यक्त गरे । यसअघिका छमध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुग्यो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो । बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । तत्कालीन समयमा फाइनलमा नेपाल भारतसँग ०–१ गोलअन्तरले पराजित भएको थियो । सन् २०१२ मा श्रीलङ्कामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रह्यो । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक बनेको थियो । त्यतिबेला नेपाल भारतसँग ६–० गोलअन्तरले स्तब्ध भएको थियो । सोही संस्करणबाट सावित्री भण्डारी ९साम्बा० ले राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले नेपाली टोलीबाट उत्कृष्ट खेल पस्कदै नेपाली खेलप्रेमीको मन जित्न सफल भएकी छिन् । साम्बाले यसपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै आम नेपालीलाई खुसी प्रदान गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । बङ्गलादेश बलियो टोली भएको उल्लेख गर्दै उनले नेपालले उपाधि जित्नेमा विश्वास व्यक्त गरिन् । घरेलु दर्शकको भरपुर साथ र समर्थन हुने भएकाले पनि आफूहरुलाई फाइदा हुने उनको भनाइ थियो । उनले भनिन, ‘यसअघि पाँच पटक उपविजेतामा चित्त बुझाएका थियौँ, विगतका हारबाट धेरै कुरा सिकेका छौँ । विगतका गल्तीलाई नदोहो¥याइ उपाधि उचाल्ने सोचका साथ मैदानमा उत्रनेछौँ ।’ साम्बालाई फाइनलमा गोलको कीर्तिमान बनाउने अवसरसमेत छ । उनले सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै साफ च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक २१ गोल गर्ने नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाको कीर्तिमान बराबरी गरेकी थिइन् । युरोपका प्रतियोगितामा खेल्ने पहिलो नेपाली महिला खेलाडी समेत रहेकी साम्बा फ्रेन्च क्लब इए अभान्ट गुइग्याम्पमा खेलेर नेपाल आएकी हुन् । उनले यस संस्करणको साफ च्याम्पियनसिपमा समूह चरणको पहिलो खेल गुमाएकी थिइन् भने माल्दिभ्सविरुद्धको खेलमा बेञ्चमा बसेकी थिइन् । उनले समूह चरणको अन्तिम खेल श्रीलङ्काविरुद्ध भने खेलेकी थिएन । साम्बाले नेपालका लागि ४८ खेलमा सर्वाधिक ५५ गोल गरिसकेकी छन् । त्यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बाले नेपाली टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । उनले भनिन्, ‘हामी गत संस्करणमा बङ्गलादेशसँग पराजित भएका थियौँ । तर यसपटक भने हामी उपाधि जित्ने गरी तयारी गरेका छौँ ।’ सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बङ्गलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । सन् २०१६ मा भारतमा भएको चौथो संस्ककरणमा नेपाल सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । त्यसैगरी सन् २०१९ मा नेपालमा नै आयोजना भएको पाँचौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो । जारी प्रतियोगितामा नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् । साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार साँझ ६ः३० बजे दशरथ रङ्गशालामा हुनेछ । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको गरेको थियो । बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।

नेपालद्वारा स्कटल्याण्ड पाँच विकेटले पराजित

काठमाडौं । नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २र२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९.५ ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १/१ विकेट लिए । लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।