क्रियो र स्ट्राटेजी सेन्ट्रलबीच साझेदारी, ब्रान्ड परामर्श सेवा प्रदान गर्ने

<p>काठमाडौं । नेपालमा ब्रान्ड र व्यापार परामर्श सेवाहरू प्रदान गर्नका लागि दक्षिण एशियाका दुई प्रमुख नामहरू क्रियो र स्ट्राटेजी सेन्ट्रल (आउटरिच नेपाल र एडीसीओएमएम समूह, बंगलादेशको ब्रान्ड र स्ट्राटेजी परामर्शको भर्टिकल) ले साझेदारी गरेका छन् । बंगलादेश दूतावासका कार्यवाहक मोहम्मद हुमायुन कबीर र नेपालको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा आइतबार काठमाडौंमा आयोजित [&hellip;]</p>

काठमाडौं । नेपालमा ब्रान्ड र व्यापार परामर्श सेवाहरू प्रदान गर्नका लागि दक्षिण एशियाका दुई प्रमुख नामहरू क्रियो र स्ट्राटेजी सेन्ट्रल (आउटरिच नेपाल र एडीसीओएमएम समूह, बंगलादेशको ब्रान्ड र स्ट्राटेजी परामर्शको भर्टिकल) ले साझेदारी गरेका छन् ।

बंगलादेश दूतावासका कार्यवाहक मोहम्मद हुमायुन कबीर र नेपालको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साझेदारीको औपचारिक घोषणा गरिएको हो ।

दुबै कम्पनी मिलेर नेपाली ब्रान्डहरूलाई विश्वव्यापी ब्रान्डको प्रभुत्व भएको प्रतिस्पर्धात्मक परिदृश्यमा फस्टाउन सशक्त बनाउने लक्ष्य राखेका छन् ।

यस साझेदारीले घरेलु ब्रान्डहरूले सामना गर्ने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न , उनीहरूलाई दीर्घकालीन दिगोपन सुनिश्चित गर्न रणनीतिहरूको मार्गदर्शन दिनेछ ।

कार्यक्रममा स्ट्राटेजी सेन्ट्रलका अध्यक्ष र एडीसीओएमएम समूहका प्रबन्ध निर्देशक नजिम फरहान चौधरीले साझेदारीको महत्त्व उल्लेख गरेका थिए ।

क्रियोका निर्देशक र आउटरिचका संस्थापक उजय शाक्यले घरेलु ब्रान्डहरूलाई समर्थन गर्ने कुरामा जोड दिए ।

साझेदारीले मुख्य घरेलु ब्रान्डहरू र स्टार्टअपहरूसँग सहकार्य गर्ने लक्ष्य राखेकाे छ । साथै तिनीहरूलाई बजारमा फस्टाउन रणनीति र ब्रान्डिङ सम्बन्धित सेवाहरू पनि प्रदान गरिनेछ ।

यो सहकार्यले नेपाली ब्रान्डहरूको भविष्यलाई साकार पार्ने साझा प्रयासका साथ यो सहकार्यले देशभरका व्यवसायहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।

Share News