बजार घट्दा पनि २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडाैं । सेयर बजार परिसूचक (नेप्से) बुधबार सामान्य अंकले घटेको छ । नेप्से १.८८ अंकले घटेर २ हजार ६ सय ७५.५१ अंकमा झरेको हाे । यस दिन जम्मा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । आज १२१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बजार घट्दा पनि आज नारायाणी डेभलपमेन्ट बैंक र बलेफि हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । नाराणयाीको सेयर मूल्य १० र बलेफिको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । कुथेलि बुथेली स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटको छ । सो कम्पनीको सेयर मूल्य ९.५५ प्रतिशतले घटेको छ । यस दिन नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको सेयर ३५ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको सेयर २३ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।
मिथिलासहित मधेसका जिल्लाहरूमा छठको रौनक
काठमाडौं । मिथिलासहित तराई/मधेसका जिल्लाहरूमा छठको तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरधामसहितका तराईका क्षेत्रमा छठ पर्वको रौनक सुरु भएको हो । जनकपुर धाममा छठका लागि फलफूल र मिठाइ किन्नेहरूको भीड देख्न सकिन्छ । साथै छठका लागि चाहिने आवश्यक सामग्री खरिद गर्नेहरुको भीड पनि त्यत्तिकै रहेको छ । चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।
कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश गएका मन्त्री अधिकारीको आलोचना भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त भएका थिए ।
रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश’ मिल्यो : पूर्वराष्ट्रपति ट्रम्प
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताएका छन् । ‘अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,’ उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुन:स्थापित भएकोतर्फ सङ्केत गर्दै भने । उनले सीमा व्यवस्थापन गर्ने र देशलाई एकीकृत गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गरे । सम्बोधनका क्रममा ट्रम्पले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यसहित सम्पूर्ण शुभेच्छुक मतदाताहरूलाई धन्यवाद दिएका छन् । उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन् । मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन् ।
सेयर कारोबारबाट नबिल र हिमालयनको बढी कमाइ, कुनको कति ?
काठमाडौं । तीन महिनाको अवधिमा वाणिज्य बैंकहरूले सेयर कारोबारबाट २ अर्ब बढी आम्दानी गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मा असोजसम्म बैंकहरूले सेयर कारोबारबाट २ अर्ब २४ करोड ७८ लाख रुपैयाँ बढी सेयर आम्दानी गरेका हुन् । जबकि गत वर्षको सोही अवधिमा १ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ बढी यस्तो आम्दानी गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूको सेयर कारोबारबाट हुने आम्दानी ३८.२७ प्रतिशत बढेको देखिन्छ । बैंकहरूले निक्षेप संकलन गरेर कर्जा लगानीबाहेक अन्य गतिविधिबाट पनि आम्दानी गरिरहेको हुन्छ । अन्य गतिविधिबाट हुने आम्दानीलाई बैंकहरूले अन्य सञ्चालन आम्दानीमा समावेश गरेका हुन्छन् । जसमा बैंकहरूले गरेको विदेशी विनिमयको पुनः मूल्यांकन आम्दानी, धितोपत्र अर्थात् सेयर बजारमा गरिएको सेयर खरिदबिक्रीबाट हुने नाफालाई अन्य सञ्चालन आम्दानी तथा घाटामा समावेश गर्ने गरेका छन् । साथै, सेयर लगानी गरेका कम्पनीबाट प्राप्त लाभांशलाई सोही सूचकमा राखिएको हुन्छ । यस्तै, सम्पत्तिको बिक्रीमा हुने नाफा नोक्सान, सञ्चालित लिज आम्दानी र सुन चाँदीको बिक्रीमा हुने नाफा नोक्सान पनि अन्य सञ्चालन आम्दानीमा समावेश गरिएको हुन्छ । समीक्षा अवधिमा यस्तो आम्दानी सबैभन्दा नबिल बैंकको बढेको देखिन्छ । नबिलको ३८४.७५ प्रतिशत बढेर २६ करोड ३७ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ । जबकि गत वर्षको असोजसम्म बैंकले ५ करोड ४४ लाख रुपैयाँ मात्रै अन्य सञ्चालन आम्दानी गरेको थियो । यस्तै, हिमालयन बैंकको २४२.६४ प्रतिशत बढेर ४ करोड ५ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १६७.४७ प्रतिशत बढेर ६ करोड २५ लाख रुपैयाँ, सिटिजन्स बैंकको १५७.२६ प्रतिशत बढेर ७ करोड ४० लाख रुपैयाँ, प्राइम बैंकको १४९.९४ प्रतिशत बढेर १७ करोड ३२ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानीबाट गरेका छन् । यस्तै, कृषि विकास बैंकको ९८.२३ प्रतिशत बढेर २६ करोड ४१ लाख रुपैयाँ, सानिमा बैंकको ६३.३४ प्रतिशत बढेर १२ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ६०.९१ प्रतिशत बढेर १५ करोड ३२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ४८.२ठ प्रतिशत बढेर २ करोड ८७ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९.२६ प्रतिथशत बढेर १६ करोड ६९ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको २६.३१ प्रतिशत बढेर १४ करोड ८४ लाख रुपैयाँ, कुमारी बैंक बैंकको २५.५३ प्रतिशत बढेर २२ करोड ८० लाख रुपैयाँ सेयर कारोबार लगायतबाट आम्दानी गरेका हुन् । तर, समीक्षा अवधिमा विभिन्न ७ बैंकको भने सेयर कारोबार लगायत अन्य सञ्चालन आम्दानी घटेको देखिन्छ । गत साउनदेखि असोजसम्म एभरेष्ट बैंकको सबैभन्दा धेरै यस्तो आम्दानी घटेको देखिन्छ । बैंकको यस्तो आम्दानी ९३.९४ प्रतिशत घटेर १८ लाख ९८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा ३ करोड १३ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । यस्तै, नेपाल एसबीआई बैंकको ५८.३२ प्रतिशत घटेर १ करोड २९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३७.७८ प्रतिशत घटेर १० करोड ३९ लाख रुपैयाँ, प्रभु बैंकको ३३.४९ प्रतिशत घटेर ५ करोड ५६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १६.४३ प्रतिशत घटेर १७ करोड ८९ लाख रुपैयाँ, नेपाल बैंकको ९.८८ प्रतिशत घटेर ९ करोड १३ लाख रुपैयाँ र एनएमबी बैंकको ५.६४ प्रतिशत घटेर ७ करोड ५ लाख रुपैयाँ सेयर कारोबार लगायतबाट आम्दानी गरेको तथ्यांक छ । तर, गत वर्ष अन्य सञ्चालन आम्दानी ऋणात्मक रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको यसपटक भने ८८ लाख ५५ हजार रुपैयाँ धनात्मक छ । गत वर्षको असोजसम्म ५८ लाख ८२ हजार रुपैयाँ नोक्सानीमा थियो ।
बैंकमा खाता खोल्दा केवाईसी भर्नु नपर्ने, राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नुपर्ने बाध्यतामा उन्मुक्ति मिल्ने भएको छ । सरकारले यही १५ कात्तिकमा संशोधन गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावलीमा बैंक खाता खोल्दालगायत विभिन्न गतिविधि गर्दा राष्ट्रिय परिचयपत्रको विवरणअनुसार जानकारी लिन सक्ने व्यवस्था गरेको हो । गत असोजमा ऐन संशोधन भएपछि त्यसैअनुसार अहिले नियमावली पनि संशोधन भएको हो । अब बैंक तथा वित्तीय संस्थामै गएर ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु पर्ने छैन । यो व्यवस्थासँगै अबदेखि मोबाइन नम्बर र ग्राहकको अनुमति भएपछि केवाईसी भर्ने झन्झट हटेको हाे । तर यसका लागि राष्ट्रिय परिचयपत्र भने बनाउनु पर्ने छ । वित्तीय कारोबारका लागि खोलिएका बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सहकारी, सेयर ब्रोकरलगायतले ग्राहकको अनुमतिमा ‘केवाईसी’सम्बन्धी विवरण अनलाइनबाटै प्राप्त गर्न सक्नेछन् । यद्यपि नयाँ व्यवस्था कार्यान्वयनमा आउन भने अझै केही समय लाग्ने जनाइएकाे छ । नियमावलीको व्यवस्थाबमोजिम विद्युतीय माध्यमबाट ग्राहकको परिचयको पहुँचसम्म पुग्न सक्ने अनलाइन प्रणाली विकास गर्न बाँकी नै छ । नियमावलीको नियम ३ मा सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ७ (क) बमोजिम सूचक संस्थाले ग्राहकको पहिचान गर्दा नेपाल सरकारको विद्युतीय अभिलेखमा राखेको व्यक्तिगत विवरण आफ्नो आन्तरिक प्रणालीमा लिई ग्राहक पहिचान गर्न सक्ने उल्लेख छ । त्यस्तै, ऐनको दफा ७ (क) मा व्यावसायिक सम्बन्ध स्थापित गर्दा, खाता खोल्दा, तोकिएको रकमभन्दा बढीको आकस्मिक कारोबार गर्दा, विद्युतीय माध्यमबाट वायर ट्रान्स्फर गर्दा ग्राहकको पहिचानको लागि पहिले लिएको जानकारीको सत्यता वा पर्याप्ततामा शंका लागि थप सम्पुष्टि गर्नुपर्दा, सम्पत्ति शुद्धीकरण वा आतंककारी कार्यमा वित्तीय लगानी भएको शंका लागि थप सम्पुष्टि गर्दा, उच्च जोखिमयुक्त ग्राहक वा उच्च पदस्थ व्यक्तिले प्रत्येक कारोबार गर्दा वा नियमनकारी निकायले तोकेको अरु कुनै कार्य गर्दा ग्राकहको पहिचान गर्नु पर्ने र सोको सम्पुष्टि गर्दा भरपर्दो स्रोतबाट कागजात, तथ्यांक वा जानकारी प्राप्त गर्नुपर्ने उल्लेख छ ।
७६ जिल्लामा पुग्यो डेंगु, गण्डकी प्रदेशमा मात्रै ५० प्रतिशत बढी संक्रमित
काठमाडौं । डेंगुको प्रकोप विगतका वर्षहरु भन्दा कम भएपनि जोखिम कम भएको छैन । जनवरी महिना यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको रिपोर्टअनुसार २८ हजार २१२ जनालाई डेंगु संक्रमण भएको छ । ४० औं हप्ताको गणना र तथ्यांकलाई आधार मानेर हेर्दा गत वर्षको तुलनामा कम केस दर्ता भएका छन् । अहिलेसम्म डेंगु ७६ वटा जिल्लामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले बताए । उनले हुम्ला बाहेकका सबै जिल्लामा डेंगु संक्रमित बिरामी फेला परेको बताए । डेंगुबाट यस वर्षको जनवरी यता १२ जनाको मृत्यु भएको छ । अक्टुबर महिनामा ९ हजार ६६६ संक्रमित फेला परेको जानकारी दिए । ७६ जिल्लामा पुग्यो डेंगु, १२ जनाको मृत्यु मन्त्रालयमा रपोर्टेट प्रतिवेदनअनुसार यो वर्ष हाम्रो ४० औं हप्ताको रिपोर्ट हो । जनवरीबाट शुरुवात गर्दछौँ । जनवरीबाट ४० औं हप्तासम्म आउँदा डेंगुको रिपोर्टेट केस भनेको २८ हजार २१२ केस छ । जसमा डेंगु वा डेंगुसँग सम्बन्धित १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म ७६ वटा जिल्लामा डेंगु देखिएको छ । अक्टुबर महिनामा ९ हजार ६६६ केस रिपोर्टेट भएको छ । जुन अघिल्लो वर्षको तुलनामा कम हो । अघिल्लो वर्षको अक्टुबरमा १२ हजार ६९९ केसहरु हामीलाई रिपोर्ट भएको अवस्था थियो । हुम्ला बाहेकका सबै जिल्लामा देखिएको छ । गण्डकी प्रदेशमा देशभरकै ५० प्रतिशत डेंगु संक्रमित विशेष गरी अलि धेरै देखिएको भनेको गण्डकी प्रदेशमा हो । जति केसहरु देशभर देखिएका छन्, त्यसको झन्डै ५० प्रतिशत केस गण्डकी प्रदेशमा मात्रै छ । त्यसपछि वागमती, कोशी र अरु प्रदेशमा अलि कम देखिन्छ । जिल्लाको हिसावमा सबैभन्दा धेरै कास्की जिल्लामा, काठमाडौं, तनहुँ, पर्वत, ललितपुर र चितवन जिल्लामा अलि धेरै डेंगुका केस रिपोर्ट भएका छन् । बढ्दो शहरीकरण भएको क्षेत्रमा डेंगुको जोखिम बढी बढ्दो शहरीकरण भएको क्षेत्रमा डेंगुको संक्रमण बढी देखिएको छ । यसलाई हामीले शहरी लामखुट्टे पनि भन्छौँ । बुझ्दाबुझ्दै मानिसले बेवास्ता गरेको हिसावमा पानी जमेको ठाउँले गर्दा यो फैलिरहेको छ । अर्को कुरा यसको लार्भाहरु, संक्रमित अण्डाहरु रह्यो भने त्यो चिज पछि फेरि वयस्क हुने बेलामा त्यो संक्रमित छ भने संक्रमित नै रहने भयो । त्यसले गर्दा अलि फैलावट बढी भएको हो । तथ्यांकको आधारमा भन्ने हो भने पोहोर जनवरीदेखि डिसेम्बरसम्मको पिरेडमा झन्डै ५२ हजार केस रिपोर्टेट थियो । अहिलेसम्मको अवस्थामा हेर्ने हो भने अक्टुबर महिनामा पोहोर १२ हजार ६९९ केसहरु थिए भने यो वर्षमा अक्टोबरमा ९ हजार ६६६ केसहरु रिपोर्टेट छन् । १२ महिनाको तुलना गर्ने हो भने कुनैपनि महिना पोहोरको भन्दा बढी भएको छैन । तर त्यो कटेको छैन भनेर ढुक्क हुने अवस्था छैन । हामीले यसको लागि सावधानी अपनाउनु पर्छ । सावधानी सबैभन्दा बढी अपनाउने भनेको यही सिजन हो । पानी प¥यो, अझै केही दिन यो फैलिनसक्ने सम्भवना रह्यो । यो बीचमा धेरै पानी पर्यो, बाढी, पहिरो पनि गयो । पानी जमिरहेको अवस्था छ अहिले पनि । संक्रमण अझै केही समय रहनसक्ने अवस्था रहन्छ । व्यवहार परिवर्तन नगर्दा संक्रमण बढिरहेको छ स्वास्थ्य मन्त्रालयले डेंगु लागिसकेपछि डेंगुको उपचार र व्यवस्थापनको चिजमा मन्त्रालयअन्तर्गतका सबै अस्पतालहरुबाट सेवा प्रवाह गर्ने काम गरिरहेको छ । डेंगु हुन नदिनको लागि गर्नुपर्ने एउटै मात्र स्टाटेजी हामीले भनिरहेका छौँ । खोज र नष्ट गर अभियानमा जानुपर्छ । स्वास्थ्य स्वयंसेविका, स्थानीय तहमा भएका सम्पूर्ण स्वास्थ्य संस्थाहरु, प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थाहरु, संघ अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट यो म्यासेज दिइरहेका छौँ । विभिन्न मिडियाबाट पनि गइरहेको छ । संघ र प्रदेश लगायतका सबै अस्पतालबाट हामीले डेंगु लगायतका उपचार गरिरहेका छौँ । डेंगु लाग्यो भन्ने पत्ता लागेपछि उसलाई सरकारी अस्पतालबाट निःशुल्क उपचारको पनि व्यवस्था भएको छ । यो मन्त्रीस्तरबाट, सचिव स्तरबाट, प्रदेश स्तरबाट, जहाँ धेरै प्रभावित छ त्यहाँ ठाउँमा अन्तरक्रिया कार्यक्रमहरु गर्ने, आम मानिसमा सचेतना फैल्याउने काम गरेका छौँ । व्यवहार परिवर्तन केही कठिन बन्दा चाहेको जति रौक्न कठिन भएको छ । यसमा सबैको सहकार्य आवश्यक छ । पानी जम्ने र ओसिलो ठाउँ राख्नु हुँदैन आकाशबाट पानी परेपछि पानी जम्ने जुन समय छ, त्यो समयमा लामखुट्टेको बासस्थान एकदम स्विटेबल टेम्प्रेचर भएको र सिजन पनि भएको कारणले त्यो धेरै ठूलो पोखरीहरुमा जमेको पानीमा होइन । साधारण किसिमको जस्तो टायर होला, भाँडाको बिर्कोहरु, गमला, एसी पछाडि, फ्रिज पछाडि होला, छानाहरु हुनसक्लान् । घरमा पानी जम्मा गरेको ड्रममा पनि हुनसक्छ । यो चिजहरुमा पानी जम्मा हुन्छ । त्यो चिजमा लामखुट्टेले डेंगु प्रजातीको एडिज भन्ने हुन्छ । त्यसले फुल पारेर फुल त्यहाँ पर्यो भने र त्यो संक्रमित यदी छ भने संक्रमितले फुल पार्छ । संक्रमित भएको सबै अण्डामा पनि त्यो संक्रमण फैलिन्छ । यो रोक्न अलि कठिन भएको कारण पनि त्यही नै हो । हामीले पोस्ट मनसुनको सयमा बाहिर खुला ठाउँमा, पानी जम्ने ठाउँलाई घोप्ट्याइदिनु नै सबैभन्दा बेटर हो । डेंगुबाट बच्नका लागि पानी जम्मा गरिएका पानीका ट्याङ्की,ड्रम, गाग्री, बाल्टिन जस्ता सामग्रीलाई लामखुट्टे छिर्न नपाउने गरी छोपिदिनुपर्छ । आफ्नो र वरपर, सार्वजनिक स्थल, कार्यालयमा भाँडाकुँडा, जुसका बोत्तलहरु खाएर जथाभावी फाल्नुभएन । छानाहरमा जथाभावी रुपमा फालिएका टायरहरु हुनसक्छ । शरीर ढाक्ने किसिमको कपडा लगाउनुपर्छ, डेंगु संक्रमण हुनबाट बच्न । डेंगुका कारण नियमित स्वास्थ्य सेवाहरु प्रभावित भएका छैनन् ।
खाद्य व्यवस्था कम्पनीद्वारा चामल उत्पादन सुरु
जनकपुरधाम । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन सुरु गरेको छ । धान र चामलको खरिद–बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामलसमेत उत्पादन गरेर वितरण सुरु गरेको सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहले जानकारी दिए । विश्व खाद्य कार्यक्रमअन्तर्गत जनकपुरस्थित सो कार्यालयको हाताभित्र फोटोफिकेसन प्लान्ट जडान भएको छ तथा त्यस प्लान्टबाट सो भिटामिनयुक्त चामल उत्पादन भइरहेको बताइएको छ । त्यहाँ चामलको गुणस्तर समेत जाँच गरिन्छ । २०८१ वैशाख महिनामा प्लान्ट जडान भएको हो । प्लान्ट जडान भएपछि यस कार्यालयबाट उत्पादन सुरु भएको सो पौष्टिक चामल कर्णाली प्रदेशमा वितरण गरिँदै आएको छ । पौष्टिक तत्व भएको चामल विश्व खाद्य संगठनले भारतबाट खरिद गरी त्यसलाई उक्त प्लान्टमा पीठो बनाउने र प्रति एक सय केजी बोरा चामलमा एक केजी पीठो मिसाएर (पौष्टिकतत्व) भिटामिनयुक्त चामल उत्पादन गरी कर्णाली प्रदेशका कुपोषित जनतालाई वितरण गर्ने गरिएको प्रमुख साहले भने । विश्व खाद्य कार्यक्रमअन्तर्गत उक्त प्लान्ट खाद्य संस्थानको सुर्खेत, जनकपुर तथा काठमाडौं कार्यालयमा जडान गरिएको छ । भारतको रासन वितरणमा यो चामल अनिवार्य त्यहाँको सरकारले गरेको छ । सो कार्यालयले अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री सुरु गरेको कार्यालय प्रमुख साहले बताए । अरुवा सोना मन्सुली चामल प्रतिकेजी ६५ रुपैयाँमा पाँच छुट गरेर प्रतिकेजी ६० रुपैयाँ तथा बासमती चामल प्रतिकेजी एक सय २३ रुपैयाँमा पाँच रुपैयाँ छुट गरेर प्रतिकेजी एक सय १८ रुपैयाँका दरले उक्त दुवै चामल सहुलियत मूल्यमा धमाधम बिक्री भइरहको बताइएको छ । सहुलियत मूल्यमा बिक्रीका लागि दुई सय क्विन्टल चामल सो कार्यालयले कोटा निर्धारण गरेको छ । एकजनालाई ५० केजीसम्म सो सहुलियतको चामल बिक्री वितरण गरिने प्रावधान छ ।