बुधबारदेखि सिनेमा घरमा ‘फेरि रेशम फिलिलि’
काठमाडौं । नेपाली चलचित्र ‘फेरि रेशम फिलिलि’ बुधबारदेखि प्रदर्शनमा आएको छ । सिनेमा आर्टसको ब्यानरमा बनेको चलचित्रको ‘फेरि रेशम फिलिलि’ महाशिवरात्रीको अवसर पारेर देशभर प्रदर्शनमा आएको छ । चलचित्रको मंगलबार साँझ ‘ग्राण्ड प्रिमियर’ समेत गरिएको छ । ललितपुरमा सम्पन्न प्रिमियर चलचित्रका कलाकारदेखि तथा अन्य थुप्रै कलाककर्मीहरुको सहभागिता रहेको थियो । चलचित्रले प्रिमियर शोमा निकै सकारात्मक प्रतिक्रिया पाएको छ । शोपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अभिनेता तथा निर्देशक अशोक शर्माले चलचित्र एकदमै रमाईलो रहेकोले दर्शक एकछिन पनि बोर नहुने प्रतिक्रिया दिए । उनले नेपाली युवाहरुमा विदेश जाने हुटहुटी रहेको बेलामा चलचित्र ‘फेरि रेशम फिलिलि’ले राम्रो सन्देश दिएको बताए । उनले चलचित्र हेरिदिनका लागि समेत सबै दर्शकहरुलाई आग्रह गरे । अभिनेत्री ऋचा शर्माले शर्माले चलचित्रका कलाकारहरुको अभिनयको प्रशंसा गरिन् । उनले चलचित्र समग्रमा राम्रो बनेकोले कोही दर्शन पनि बोर नहुने प्रतिक्रिया दिइन् । चलचित्रलाई निरज महर्जनले निर्देशन गरेका हुन् । फिल्ममा विनय, सुपुष्पा, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो फिल्ममा ‘रेशम फिलिली’ का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।
करोड बढी तलब बुझ्ने बैंकर : १२ सीईओको तलब बढ्यो, ८ को घट्यो
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको नेतृत्व गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको तलबको विषयमा बेलाबखत बहस हुन्छ । अन्य क्षेत्रको तुलनामा बैंकिङ पारदर्शी हुने भएकोले पनि बैंकरको तलब जस्ताको त्यस्तै वित्तीय प्रतिवेदनमा उल्लेख गरिन्छ । उसो त अन्य क्षेत्रका कार्यकारी प्रमुख तथा सीईओहरुले पनि करोडको हाराहारीमै तलब बुझ्ने गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा १२ वटा बैंकका सीईओ तलब भत्ता बढ्दा ८ वटा सीईओको भने घटेको देखिन्छ । १, गोरख राणा हाल गोरख राणा स्ट्याण्डर्ड चार्टर्ड बैंकका सीईओ हुन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक बर्ष २०८०/८१ मा सीईओको लागि तलब, भत्ता तथा बोनस बापत ८ करोड ५१ लाख ९८ हजार ९९१ रुपैयाँ भुक्तानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १३१.४३ प्रतिशत अर्थात् ४ करोड ८३ लाख ८५ हजार रुपैयाँ बढी हो । विदेशी लगानीमा सञ्चालित यस बैंकका सीईओको तलब बैंकिङ क्षेत्रकै सबैभन्दा उच्च र गत वर्ष सर्वाधिक वृद्धि भएको हो । बैंकले अघिल्लो आर्थिक बर्ष २०७९/८० मा सीईओलाई तलब, भत्ता तथा बोनस बापत ३ करोड ६८ लाख १३ हजार ७०९ रुपैयाँ (कर बाहेक) भुक्तानी गरेको थियो । हाल बैंकको सीईओमा गोरख गोरख शमशेर राणा कार्यरत भएपनि उक्त तलब भत्ता पूर्वसीईओ अनिर्वाण घोष दास्तिदारले बुझेका हुन् । २, सुदेश खालिङ नेपाली बैंकिङ क्षेत्रमा सीईओ खालिङको पृथक पहिचान छ । विदेशी लगानी समेत रहेको एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ बनेर उनले बैंकलाई एउटा उचाइमा पुर्याएका छन् । अहिले बैंकिङ क्षेत्रमा खराब कर्जा बढ्दा उनले मात्रै न्यूनतम बिन्दुमा बैंकको खराब कर्जा राखेका छन् । उनी एक अब्बल व्यवस्थापकका रुपमा बैंकिङ क्षेत्रमा चिनिएका छन् । एभरेष्ट बैंकले सीईओ खालिङलाई गत वर्ष ७ करोड ३६ लाख ६५ हजार १२३ रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा गत वर्ष २९.०८ प्रतिशत अर्थात् ३२ लाख रुपैयाँ बढेको देखिन्छ । अघिल्लो वर्ष बैंकले सीईओ खालिङलाई ५ करोड ७० लाख ६५ हजार ६१ रुपैयाँ तलब भुक्तानी गरेको थियो । ३, ज्योति प्रकाश पाण्डे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सीईओ ज्योति प्रकाश पाण्डेलाई ४ करोड १२ लाख ४९ हजार १५७ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब बापत १ करोड ६० लाख ७६ हजार ५२ रुपैयाँ, भत्ता बापत १ करोड ७ लाख १७ हजार ३५६ रुपैयाँ, दशैँ भत्ता बापत २२ लाख ३३ हजार ७८४ रुपैयाँ, सञ्चय कोष बापत १६ लाख ७ हजार ६०५ रुपैयाँ र बोनस बापत १ करोड ६ लाख १५ हजार ३६० रुपैयाँ प्रदान गरेको छ । अघिल्लो वर्ष २०७९/८० मा सीईओलाई ५ करोड ३७ लाख ९ हजार ५४० रुपैयाँ भुक्तानी गरेको थियो । जसमा तलब बापत १ करोड ६० लाख ७६ हजार ५२ रुपैयाँ, भत्ता बापत १ करोड ७ लाख १७ हजार ३५६ रुपैयाँ, दशैँ भत्ता बापत २२ लाख ३३ हजार ७८४ रुपैयाँ, सञ्चय कोष बापत १६ लाख ७ हजार ६०५ रुपैयाँ, बोनस बापत १ करोड ६४ लाख ६९ हजार १४६ रुपैयाँ र बिदाबापत ६६ लाख ६ हजार ५९७ रुपैयाँ प्रदान गरेको थियो । ४, अशोक शेरचन प्रभु बैंकले सीईओ अशोक शेरचनलाई गत वर्ष ३ करोड ९४ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब भत्ता बापत ३ करोड १२ लाख ३१ हजार रुपैयाँ, कर्मचारी बोनस बापत ३५ लाख ३४ हजार रुपैयाँ र दशै तथा बिदा वापत भत्ता बापत ४६ लाख ६७ हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । तलव र भत्ता बाहेक सीईओलाई ईन्धन र मर्मत सम्भार सहित सवारी साधन, दुर्घटना बीमा, औषधोपचार बीमाको व्यवस्था गरिएको छ । साथै मोवाइल फोनको भुक्तानी गर्ने व्यवस्था समेत बैंकले गर्ने गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई ४ करोड ७ लाख रुपैयाँ भुक्तानी गरेको थियो । जसमा तलबबापत २ करोड ९६ लाख ८५ हजार रुपैयाँ, कर्मचारी बोनस बापत ६४ लाख ५४ हजार रुपैयाँ र दशैँ तथा बिदा बापत भत्ता ४५ लाख ६७ रुपैयाँ भुक्तानी गरेको थियो । ५, रोशन कुमार न्यौपाने बैंकिङ क्षेत्रमा कान्छो सीईओकाे परिचय बनाएका रोशन न्यौपाने एनआईसी एशिया बैंकका सीईओ हुन् । एनआईसी एशिया बैंकले सीईओ न्यौपानलाई गत वर्ष ३ करोड ५५ लाख ८७ हजार १९१ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब भत्ता बापत २ करोड ८८ लाख ९४ हजार ६३५ रुपैयाँ, कर्मचारी बोनस बापत ६४ लाख ५६ हजार ५८३ रुपैयाँ, अन्य रकम बापत ९१ हजार ५ सय रुपैयाँ र अन्य सुविधा बापत १ लानख ४४ हजार ४७३ रुपैयाँ प्रदान गरिएको छ । अन्य सुविधा अन्तर्गत एक सवारी साधन तथा सवारी चालक सहित, बीमा, कर, मर्मत संभार लगायतका खर्च बैंकले प्रदान गरेको हो । अघिल्लो वर्ष २०७९/८० मा बैंकले सीईओलाई २ करोड ९८ लाख ६३ हजार ६१२ रुपैयाँ भुक्तानी गरेको थियो । जसमा कूल वार्षिक तलब, भत्ताबापत २ करोड ४० लाख ८८ हजार ९६६ रुपैयाँ, कर्मचारी बोनस बापत ५५ लाख ३७ हजार ६९ रुपैयाँ, अन्य रकम १ लाख १७ हजार १३२ रुपैयाँ, अन्य सुविधा बापत १ लाख २० हजार ४४५ रुपैयाँ प्रदान गरिएको थियो । ६, रामचन्द्र खनाल कुमारी बैंकले गत वर्ष सीईओ रामचन्द्र खनाललाई २ करोड ६५ लाख ५९ हजार ८२९ रुपैयाँ भुक्तानी गरेको छ । उक्त तलब भत्ता बैंकका पूर्वसीईओ रमेशराज अर्याल र हाल कार्यरत सीईओ रामचन्द्र खनाललाई प्रदान गरिएको हो । बैंकले पूर्वसीईओ अर्याललाई १ करोड ३७ लाख ५१ हजार ४६५ रुपैयाँ र सीईओ खनाललाई १ करोड ३७ लाख ५१ हजार ४६५ रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई २ करोड ४२ लाख ९ हजार १५३ रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको थियो । जसमा पूर्वसीईओ अर्याललाई १ करोड ४९ लाख १० हजार ९२९ रुपैयाँ र सीईओ खनाललाई ९२ लाख ९८ हजार २२४ रुपैयाँ प्रदान गरिएको थियो । ७, सुनिल केसी एनएमबि बैंकले सीईओ सुनिल केसीलाई गत वर्ष तलब तथा पारिश्रमिक बापत २ करोड ४१ लाख ५८ हजार ७२५ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलबबापत ९० लाख रुपैयाँ, सञ्चय कोषबापत ९ लाख रुपैयाँ, भत्ता बापत ८५ लाख रुपैयाँ, बोनस तथा वेल्फेयरबापत ५७ लाख १३ हजार ७२५ रुपैयाँ र अन्यबापत ४५ हजार रुपैयाँ भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७९/८० मा तलब तथा पारिश्रमिकबापत २ करोड ४८ लाख १८ हजार ५८९ रुपैयाँ भुक्तानी गरेको थियो । जसमा तलबबापत ९० लाख रुपैयाँ, सञ्चय कोषबापत ९ लाख रुपैयाँ, भत्ता बापत ८५ लाख रुपैयाँ, बोनस तथा वेल्फेयरबापत ६३ लाख ३६ हजार ३९० रुपैयाँ र अन्यबापत ८२ हजार १९९ रुपैयाँ भुक्तानी गरेको थियो । ८, ज्ञानेन्द्रप्रसाद ढुंगाना ज्ञानेन्द्रप्रसाद ढुंगाना नबिल बैंकका सीईओ हुन् । नबिल बैंकले सीईओ ढुंगानालाई गत वर्ष २ करोड ३६ लाख ५ हजार ७८३ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । उनले खुद तलबबापत् १ करोड ३२ लाख ५३ हजार २२६ रुपैयाँ, अन्य लाभ तथा सुविधाबापत ९५ लाख ५७ हजार ३६३ रुपैयाँ र निवृत्त लाभबापत ७ लाख ९५ हजार १९४ रुपैयाँ बैंकबाट बुझेका हुन् । अघिल्लो वर्ष भने बैंकले सीईओलाई १ करोड ५९ लाख २० हजार ६३३ रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको थियो । जसमा खुद तलबापत् ७९ लाख २० हजार रुपैयाँ, अन्य लाभबापत ७२ लाख ८ हजार ६३३ रुपैयाँ र निवृत्त लाभबापत ७ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष सीईओ ढुंगानाको तलब भत्ता ४८.२७ प्रतिशत अर्थात् ७६ लाख ८५ हजार रुपैयाँ बढेको हो । ९, अशोक राणा हिमालयन बैंकले सीईओ अशोक राणालाई गत वर्ष २ करोड १५ लाख २ हजार ३२९ रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको छ । जसमा तलबबापत १ करोड ८६ लाख रुपैयाँ, भत्ताबापत १५ लाख ५० हजार रुपैयाँ, टेलिफोन तथा मोबाइल खर्चबापत १३ लाख ४० हजार ३१ रुपैयाँ र विविधबापत १२ हजार २९८ रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई २ करोड १४ लाख ६८ हजार २५९ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । जसमा तलबबापत १ करोड ८६ लाख रुपैयाँ, भत्ताबापत १५ लाख ५० हजार रुपैयाँ, टेलिफोन तथा मोबाइल खर्चबापत १३ लाख ५ हजार ९६१ रुपैयाँ र विविधबापत १२ हजार २९८ रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । १०, अजय बिक्रम शाह लक्ष्मी सनराइज बैंकले सीईओ अजय विक्रम शाहलाई गत वर्ष १ करोड ९४ लाख ८४ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब तथा भत्ताबापत १ करोड ५५ लाख ८५ हजार रुपैयाँ र अन्य सुविधाबापत ३८ लाख ९९ हजार रुपैयाँ प्रदान गरिएको हो । अघिल्लो वर्ष बैंकले सीईओलाई १ करोड ७२ लाख ६३ हजार रुपैयाँ तलब भुक्तानी गरेको थियो । जसमा तलब तथा भत्ता बापत १ करोड ४५ लाख ११ हजार रुपैयाँ र अन्य सुविधाबापत २७ लाख ५२ हजार रुपैयाँ प्रदान गरिएको थियो । बैंकका अनुसार अन्य सुविधा अन्तर्गत गत वर्षको कर्मचारी बोनस समावेश गरिएको छ । ११, सन्तोष कोइराला कोइराला माछापुच्छ्रे बैंकका सीईओ हुन् । उनी अहिले नेपाल बैंकर्स संघकाे अध्यक्ष पनि बनेका छन् । माछापुच्छ्रे बैंकले सीईओ कोइरालालाई गत वर्ष १ करोड ८६ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलबबापत ७४ लाख १९ हजार रुपैयाँ, भत्ताबापत ६७ लाख २० हजार रुपैयाँ, सुविधाबापत १६ लाख ३४ हजार रुपैयाँ र बोनसबापत २९ लाख ७ हजार रुपैयाँ प्रदान गरिएको छ । बैंकको स्वीकृत नियमानुसार कर्मचारीहरुलाई उपलब्ध गराईएको दुर्घटना तथा औषधोपचार खर्चको बिमा प्रिमियम बैंकले ब्यहोर्दै आएको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई १ करोड ५४ लाख ८१ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा भुक्तानी गरेको थियो । १२, सञ्जीव मानन्धर प्राइम कमर्सियल बैंकले गत वर्ष सीईओ सञ्जीव मानन्धरलाई १ करोड ७१ लाख ९६ हजार २२९ रुपैयाँ भुक्तानी गरेको छ । जसमा उनलाई तलब बापत ८१ लाख ९१ हजार ४१९ रुपैयाँ, भत्ता बापत ६१ लाख ८५ हजार ६६८ रुपैयाँ, दशैँ भत्ताबापत १२ लाख रुपैयाँ र सञ्चय कोषबापत ८ लाख १९ हजार ४२ रुपैयाँ प्रदान गरिएको हो । साथै बैंकका सीईओलाई कार्यालय प्रयोजनका लागि चालक, इन्धन र मर्मतसम्भारसहित गाडी सुविधाको समेत व्यवस्था गरेको छ । बैंकले अघिल्लो वर्ष २०७९/८० मा सीईओलाई २ करोड १० लाख ७ हजार ८ सय रुपैयाँ भुक्तानी गरेको थियो । तलब बापत १ करोड ८० हजार रुपैयाँ, भत्ता बापत ८५ लाख २७ हजार रुपैयाँ, दशैँ भत्ताबापत १४ लाख रुपैयाँ र सञ्चय कोषबापत १० लाख ८ हजार रुपैयाँ प्रदान गरिएको थियो । उक्त तलब तथा भत्ता पूर्व सीईओ नारायणदाश मानन्धरलाई भुक्तानी गरिएको थियो । १३, सुन्दरप्रसाद कँडेल सिद्धार्थ बैंकले सीईओ सुन्दरप्रसाद कँडेललाई गत वर्ष १ करोड ७० लाख ३२ हजार ७८७ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब बापत ९६ लाख ३९ हजार १८७ रुपैयाँ, भत्ता बापत ४० लाख ८० हजार रुपैयाँ, दशैँ भत्ता बापत ११ लाख ६ हजार ८ सय रुपैयाँ, वार्षिक बिदा भत्ता बापत ४ लाख ५० हजार रुपैयाँ र सवारी साधन भत्ता बापत १७ लाख ५६ हजार ८ सय रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । सीईओलाई पत्रपत्रिका र इन्टरनेट महसुलको भुक्तानीबापत वार्षिक २५ हजार रुपैयाँसम्म र टेलिफोन महसुल बापत मासिक ३ हजार रुपैयाँसम्म भुक्तानी गरिएको बैंकले जनाएको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई २ करोड १० लाख ३२ हजार २३६ रुपैयाँ भत्ता भुक्तानी गरेको थियो । १४, गणेशराज पोखरेल सिटिजन्स बैंकका सीईओ गणेश पोखरेलले गत वर्ष कुल १ करोड ६५ लाख ३२ हजार रुपैयाँ पारिश्रमीक बुझेका छन् । बैंकले सीईओ पोखरेललाई तलबबापत ८४ लाख रुपैयाँ, भत्ताबापत ५४ लाख रुपैयाँ, दशैंभत्ताबापत ११ लाख ५० हजार रुपैयाँ, सञ्चयकोष योगदानबापत ८ लाख ४० हजार रुपैयाँ, विदाबापत भुक्तानी ७ लाख रुपैयाँ र अन्य ४२ हजार रुपैयाँ प्रदान गरेको हो । बैंकका अनुसार खुद पारिश्रमीक तथा भत्ता ९४ लाख ३८ हजार ९२० रुपैयाँ छ । आयकरबापत सीईओ पोखरेलले ७१ लाख ९३ हजार ३१७ रुपैयाँ भुक्तानी गरेका छन् । बैंकले अघिल्लो वर्ष सीईओ पोखरेललाई तलब भत्ता बापत कुल १ करोड ९७ लाख ५८ हजार ८५३ रुपैयाँ भुक्तानी गरेको थियो । साथै उक्त वर्ष सीईओ पोखरेलको खुद पारिश्रमीक तथा भत्ता १ करोड १४ लाख ९२ हजार ३०३ रुपैयाँ रहेको बुझेका थिए । सो वर्ष आयकरबापत सीईओ पोखरेलले ८२ लाख ६६ हजार ५५० रुपैयाँ सरकारलाई भुक्तानी गरेका थिए । १५, राम कुमार तिवारी नेपाल एसबिआई बैंकले गत वर्ष सीईओलाई १ करोड ६२ लाख २७ हजार १९८ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई १ करोड ६४ लाख ९४ हजार ८५७ रुपैयाँ तलबभत्ता भुक्तानी गरेको थियो । उक्त तलब भत्ता बैंकका पूर्वसीईओ दिपक कुमार देले बुझेका हुन् । हाल बैंकको सीईओमा राम कुमार तिवारी कार्यरत छन् । १६, सुरेन्द्र राज रेग्मी ग्लोबल आइएमई बैंकले गत वर्ष सीईओलाई १ करोड ५६ लाख ५७ हजार ३८६ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब बापत ७५ लाख ९६ हजार रुपैयाँ, भत्ता बापत ५० लाख ४० हजार रुपैयाँ, सञ्चय कोषबापत ७ लाख ५९ हजार ६ सय रुपैयाँ, बिदा बापत १२ लाख ८ हजार ७८६ रुपैयाँ र दशैँ भत्ता बापत १० लाख ५३ हजार रुपैयाँ रहेको छ । यस्तै, कर्मचारी बोनस बापत ६५ लाख ८ हवार ४६१ रुपैयाँ, टेलीफोन र मोबाइल खर्च बापत ५८ हजार ९९८ रुपैयाँ, सवारी साधन मर्मतबापत १ लाख ८३ हजार ८२८ रुपैयाँ र इन्धनबापत ३ लाख ७२ हजार रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष २०७९/०८० मा सीईओलाई १ करोड ५५ लाख १ हजार ६ सय रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको थियो । जसमा तलब बापत ७५ लाख ९६ हजार रुपैयाँ, भत्ता बापत ५० लाख ४० हजार रुपैयाँ, सञ्चय कोषबापत ७ लाख ५९ हजार ६ सय रुपैयाँ, बिदा बापत १० लाख ५३ हजार रुपैयाँ र दशैँ भत्ता बापत १० लाख ५३ हजार रुपैयाँ थियो । साथै, कर्मचारी बोनस बापत ६० लाख ५० हजार ५५ रुपैयाँ, टेलीफोन र मोबाइल खर्च बापत ३७ हजार ९३६ रुपैयाँ, सवारी साधन मर्मतबापत ३ लाख ६३ हजार १२० रुपैयाँ र इन्धनबापत १ लाख ३ हजार ७१५ रुपैयाँ भुक्तानी गरेको थियो । उक्त तलब सुविधा बैंकका पूर्वसीईओ रत्नराज बज्राचार्यले बुझेका हुन् । उनी गत २०८१ साउनमा कार्यकाल पुरा गरी बैंकको सेवाबाट अलग भइसकेका छन् । २०८१ भदौं १ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएर कार्यरत छन् । १७, निश्चलजंग पाण्डे सानिमा बैंकले सीईओ निश्चलराज पाण्डेलाई गत वर्ष १ करोड १९ लाख ३६ हजार रुपैयाँ पारिश्रमिक बापत भुक्तानी गरेको छ । जसमा बैंकले सीईओलाई अल्पकालीन कर्मचारी लाभ ९६ लाख रुपैयाँ, चाडपर्व भत्ता र वार्षिक बिदा बापत भुक्तानीबापत १२ लाख ८० हजार रुपैयाँ र रोजगारी पछिको लाभबापत १० लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको हो । अघिल्लो वर्ष २०७९/८० मा बैंकले सीईओ पाण्डेलाई १ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको थियो । । जसमा बैंकले सीईओलाई अल्पकालीन कर्मचारी लाभ ९६ लाख रुपैयाँ, चाडपर्व भत्ता र वार्षिक बिदा बापत भुक्तानीबापत ८ लाख रुपैयाँ र रोजगारी पछिको लाभबापत १० लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको थियो । १८, गोविन्द गुरुङ गुरुङ कृषि विकास बैंकका सीईओ हुन् । उनले यस बैंककाे बागडाेर समहालेपछि केही सकरात्मक सूचक देखिएका छन् । कृषि विकास बैंकले सीईओलाई गत वर्ष ६६ लाख ९४ हजार २२० रुपैयाँ तलब भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई ४६ लाख ८४७ रुपैयाँ भुक्तानी गरेको थियो । उक्त तलब बैंकका पूर्वसीईओ अनिल कुमार उपाध्यायले २३ लाख ३० हजार ७८० रुपैयाँ र हाल कार्यरत सीईओ गुरुङले २२ लाख ७० हजार ६७ रुपैयाँ बुझेका हुन् । अघिल्लो वर्षको तुलनामा गुरुङको तलव ४५ दशमलग ५२ प्रतिशतले बढे पनि उनी कम तलव सुविधा पाउने सीईओको सूचिमा छन् । १९, तिलकराज पाण्डेय लामो समय बैंकिङ क्षेत्रमा काम गरेर पुनः बैंकको नेतृत्वमा फर्किका बैंकर हुन् तिलकराज पाण्डेय । उनी नेपाल बैंकको सीईओ हुन् । नेपाल बैंकले सीईओलाई गत वर्ष ६५ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बैंकका सीईओको मासिक तलब ४ लाख रुपैयाँ हो । यस आधारमा सीईओले तलबबापत ४८ लाख रुपैयाँ बुझेका छन् भने बाँकी रकम भत्ता तथा अन्य सुविधाबापत बुझेका हुन् । अघिल्लो वर्ष २०७९/८० मा बैंकले सीईओलाई ५४ लाख ८० हजार ६०६ रुपैयाँ भुक्तानी गरेको थियो । उक्त तलब रकम पूर्वसीईओ कृष्ण बहादुर अधिकारीले बुझेका थिए । २०, देवेन्द्र रमण खनाल राष्ट्रिय वाणिज्य बैंकले सीईओलाई गत वर्ष ५७ लाख ४५ हजार ७८९ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलबबापत २८ लाख २८ हजार ९१७ रुपैयाँ, भत्ताबापत १५ लाख ५५ हजार ५६४ रुपैयाँ, दशैँ भत्ताबापत २ लाख ६० हजार रुपैयाँ, सञ्चयकोष योगदानबापत २ लाख ८२ हजार ८९२ रुपैयाँ र बोनस बाफत ८ लाख १८ हजार ४१७ रुपैयाँ प्रदान गरेको छ । उक्त तलब भत्ता बैंकका पूर्वसीईओ किरण कुमार श्रेष्ठ र सीईओ देवेन्द्र रमण खनालले बुझेका हुन् । बैंकका अनुसार पूर्वसीईओ श्रेष्ठले ४९ लाख ९ हजार ६५२ रुपैयाँ र सीईओ खनालले ८ लाख ३६ हजार १३७ रुपैयाँ बुझेका हुन् । श्रेष्ठले गत २०८० चैत २८ गते अवकाश पाएका हुन् । अघिल्लो वर्ष बैंकले सीईओलाई ६५ लाख ८७ हजार ५२१ रुपैयाँ भुक्तानी गरेको थियो । जसमा तलबबापत ३१ लाख २० हजार रुपैयाँ, भत्ताबापत १७ लाख १६ हजार रुपैयाँ, दशैँ भत्ताबापत २ लाख ६० हजार रुपैयाँ, सञ्चयकोष योगदानबापत ३ लाख १२ हजार रुपैयाँ, बोनस बाफत ११ लाख ६३ हजार ९२१ रुपैयाँ र अन्य सुविधाबापत १५ हजार ६ सय रुपैयाँ प्रदान गरेको थियो । उक्त तलब भत्ता पूर्वसीईओ श्रेष्ठले बुझेका थिए ।
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
लुम्बिनी । स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने करोडौँका सामग्री भन्सार छलेर नेपाल भित्र्याउने समूहका दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने ढक्कन तथा मदिराका सिसीमा प्रयोग हुने अन्य सामग्री भारतबाट भन्सार छली नेपाल भित्र्याउने समूहमा संलग्न दुई जना व्यक्तिविरुद्ध पाँच करोड २१ लाख रुपैयाँ बिगो र जरिवानासहित मङ्गलबार मुद्दा दायर गरिएको हो । उक्त कार्यालयका प्रमुख विवेक घिमिरेका अनुसार नेपालमा उत्पादन नहुने मदिराका ढक्कन र अन्य सामग्रीसहित पक्राउ परेका सिद्धार्थनगर नगरपालिका–१, बेलहियाका शशाङ्क खनाल र काभ्रपलाञ्चोक, चौरीदेउराली गाउँपाकिा– ४ का रमेश गौतमविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरिएको हो । प्रतिवादीमध्ये खनालले चोरीपैठारी गरेका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कलगायत राजस्व चुहावटमा अनुसन्धान गर्दा पुष्टि हुन आएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ, १) बमोजिम दुवै जनालाई प्रतिव्यक्ति बिगो रु एक करोड ३० लाख २७ हजार २९० तथा र बिगोको शतप्रतिशत रकम जरिवानासहित रु पाँच करोड २१ लाख नौ हजार १६० र सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्म कैद सजाय हुन मागदाबी गरिएको छ ।
तोलामा ८ सयले घट्यो सुन
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको छ ।
आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन
गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन भइसक्यो । करोडौँ लागतमा बनेको उक्त अस्पताल भवन कहिले सञ्चालन आउने हो कुनै टुङ्गो छैन । जनशक्ति र उपकरण अभावमा अस्पताल सञ्चालनको योजना अन्योलमा परेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले बताए । ‘तीन जना मेडिकल अधिकृतसहित २० जनाको दरबन्दी तोकिएपनि हामीसँग जनशक्ति छैन, अस्पताललाई चाहिने उपकरण र अन्य स्रोतसाधनको पनि अभाव छ’, उनले भने, ‘सङ्घ र प्रदेश सरकारसँग यसबारे ध्यानाकर्षण गराइएको छ, स्थानीय तहले मात्र आधारभूत अस्पताल सञ्चालन गर्न सक्ने अवस्था छैन ।’ भवन निर्माणमा अपुग भएको रकम र केही फर्निचर व्यवस्थापनमा गाउँपालिका आफैले लगानी गरेको संयोजक पौडेलले बताए । उनले अन्नपूर्णमा मात्र नभएर देशैभरका आधारभूत अस्पतालको समस्या उस्तै रहेकाले अस्पताल सञ्चालनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताए । सुविधासम्पन्न भवन बन्ने तर अस्पताल सञ्चालन नहुने स्थितिले जनगुनासो पनि बढ्दै गएको उनको भनाइ छ । बागलुङको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरको पौँदीटारीमा पनि १८ करोड रुपैयाँको आधारभूत अस्पताल भवन सेवा सञ्चालनको पखाईमा छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी उक्त अस्पताल सञ्चालनका लागि प्रदेश र सङ्घ सरकारसम्म धाएको धाएै छन् । ‘जनशक्ति र उपकरण सहयोगका लागि पहल भइरहेको छ, आश्वासन त आउँछ, तर कार्यान्वयन समयमा हुँदैन’, उनले भने, ‘स्रोतसाधन नभई स्थानीय तहलाई मात्र अस्पताल सञ्चालन गर भनेर हामीले कसरी चलाउने ?’ अध्यक्ष अधिकारीले १५ शय्याको उक्त अस्पतालाई पूर्ण क्षमतामा सञ्चालन गर्दा वार्षिक करिब पाँच करोड रुपैयाँ सञ्चालन खर्च आउने बताए । उक्त अस्पतालबाट डायलासिस सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयमा पाँच वटा उपकरण माग गरिएको उनले बताए । ‘प्रदेश सरकारसँग एक जना चिकित्सिक माग गरिएको छ, केही जनशक्ति गाउँपालिका आफैले व्यवस्थापन गर्छ’, अध्यक्ष अधिकारीले भने, ‘बागलुङको पश्चिम भेगका र्मिगौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन गर्ने योजना रहेको छ ।’ ग्रामिण क्षेत्रका नागरिकलाई डायलासिस सेवाका लागि अहिले पनि सदरमुकामस्थित धवलागिरि अस्पतालको भर पर्नुपर्ने बाध्यता छ । बडिगाडसहित पश्चिम बागलुङका छ स्थानीय तहका ६४ जनाले अहिले बाहिरका अस्पतालबाट डायलासिस सेवा लिइरहेको अध्यक्ष अधिकारीले बताए । सरकारले करोडौँ खर्च गरेर बनाएका आधारभूत अस्पताल भवनलाई अलपत्र पर्न दिन नहुने उनको भनाइ छ । स्थानीय तहको आम्दानीको स्रोत कम हुने भएकाले अस्पताल सञ्चालन र व्यवस्थापनमा चुनौती देखिएको उनले बताए । ‘यी अस्पतालको स्तरोन्नतिसँगै दिगो व्यवस्थापन तथा सञ्चालनका लागि तीनै तहका सरकारबिच आपसी सहयोग र सहकार्यको खाँचो छ’, अध्यक्ष अधिकारीले भने, ‘हामीले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागसँग पनि मागपत्र बुझाएका छौँ, अस्पताल चलाउन जनशक्ति र उपकरणमा खाँचो छ, स्थानीय तहले मात्र यसलाई धान्न सक्ने अवस्था छैन ।’ अध्यक्ष अधिकारीले सङ्घ सरकारबाट स्थानीय तहलाई आउने समानीकरणतर्फको बजेट कटौती हुँदै जाँदा स्थानीय तहलाई थप आर्थिक भार पर्न गएको बताए । स्वास्थ्य, शिक्षालगायत अत्यावश्यक सेवाका क्षेत्रमा समानीकरणतर्फको बजेट थप्नुपर्ने उनको भनाइ छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलले नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको योजना अगाडि बढेको बताए । ‘नयाँनयाँ जनस्वास्थ्य समस्या बढ्दै गएका बेला गाउँघरमै आधारभूत तहको अस्पताल चाहिन्छ भनेर यो अवधारणा ल्याइएको भएपनि अस्पताल सञ्चालनको दिगो र प्रभावकारी योजना बन्न सकेको छैन’, उनले भने, ‘कतिपय स्थानीय तहमा अस्पताल भवन बनिसकेका छन्, कतिपय अलपत्र परेका छन्, केही निर्माणको चरणमा छन् ।’ मन्त्री पाठकले स्रोतसाधनले भ्याएसम्म आधारभूत अस्पतालहरुलाई जनशक्ति, उपकरण र व्यवस्थापकीय सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । तीनै तहका सरकार मिलेर यी अस्पताललाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । ‘यस विषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीज्यूसँगको भेटमा पनि कुराकानी भएको छ, सरकारको सोच र लगानीलाई खेर जान दिनुहुँदैन’, मन्त्री पाठकले भने । सङ्घ सरकारले विसं २०७७ मा भूगोल र जनसङ्ख्याका आधारमा प्रत्येक स्थानीय तहमा पाँच, दस र १५ शय्याका आधारभूत अस्पताल बनाउने मन्त्रीस्तरीय निर्णय गरेको थियो । दुई वर्षमा अस्पताल भवन निर्माण पूरा गरी सेवा सुरु गर्ने उद्देश्य रहेपनि अधिकांश अस्पताल अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आएका अस्पतालले पनि गुणस्तीय सेवा दिन नसकेको जनगुनासो छ । स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ७४ आधारभूत अस्पताल घोषणा भएकामा ३५ सञ्चालनमा रहेका छन् । नौ अस्पतालका भवन बनेपनि सेवा सुरु हुन सकेको छैन । १७ अस्पताल भवन निर्माणाधीन छन् भने पाँच अस्पताल निर्माण सुरु भई अलपत्र अवस्थामा छन् । रासस
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ११ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५६ पैसा र बिक्री दर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय ५३ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६९ रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ०३ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ६१ रुयैयाँ ६६ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ २२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्न सकिने
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने भएको छ । अब ग्राहकले बैंकमा भौतिक रुपमा उपस्थित नभई मोबाइल एप, के.एस. आई मोबाइल बैंकिङमार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्ने छन् । ग्राहकले बैंकमा जानुपर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर मुद्दती खाता खोल्न व्यवस्था ल्याएको हो । के एस आइ मोबाइल बैंकिङमा लगइन गरी पिक्स्ड् डिपोजिट छनौट गरी आफूले चाहेको निक्षेप रकम भरी सजिलै यो सेवा लिन सकिने छ । बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।
कर्भ इभी नेपालमा सार्वजनिक, टप भेरिएन्टको मूल्य ५६ लाख ९९ हजार
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा कर्भ ईभी नेपालमा सार्वजनिक गरेको छ । एक कार्यक्रमका बिच सार्वजनिक गरिएको टाटा कर्भ ईभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एसयूभी कुपे डिजाइनको टाटा कर्भ ईभीको टप भेरिएन्ट मात्र नेपालमा उपलब्ध हुने छ । यसकारण यो मूल्य टाटा कर्भ ईभीको टप भेरिएन्टको मूल्य हो । अन्य मोडल भने नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने छैन । यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने बताइएको छ । नेपालका लागि कम्पनीले यसको टेस्टिङ रेन्ज ३८० किलोमिटर भनेको छ । यसमा ९८ किलोवाटको मोटर रहेको छ । यसलाई इको, सिटी र स्पोर्ट मोडमा ड्राइभ गर्न सकिन्छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४३१०, १८१० र १६३७ एमएम रहेको छ भने ह्विलबेस २५६० एमएम छ । १८६ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको टाटा कर्भ ईभीमा ५०० लिटरको बुट स्पेस छ भने टर्निङ रेडियस ५.३५ मिटर छ । १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ भने ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट टचस्क्रिन छ । एसयूभीमा ६–वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, रिक्लाइनिङ रियर सिट, पानोरामिक सनरुफ, ९ स्पिकर जेबीएल साउन्ड सिस्टम र जेस्चर कन्ट्रोल इलेक्ट्रिक टेलगेट जस्ता सुविधा पाउन सकिन्छ । २० भन्दा बढी सेफ्टि फिचर पाउन सकिने कर्भ ईभीमा लेभल–२ एडास, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम, ६ एयरब्याग, ईएसपी र अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक लगायत सुविधा दिइएको छ ।