विकासन्युज

‘व्यवस्थापकमाथि बैंक सञ्चालकको हस्तक्षेप, बैंकर र व्यवसायी छुट्टिनै पर्छ’

अर्थतन्त्रमा उपयुक्त स्तरको मुद्रा प्रदाय कायम गरी बैकिङ प्रणालीमा रहेको स्रोत-साधनलाई उत्पादनमूलक क्षेत्रमा लगानी गराई अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्ने भएकाले बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्ने गरिन्छ । यस क्षेत्रले वित्तीय मध्यस्थताका माध्यमबाट छरिएर रहेका बचतलाई पुँजीका रूपमा परिचालन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसका साथै, आर्थिक कारोबारको फरफारक एवं व्यक्ति तथा संस्थाका लागि अत्यावश्यक वित्तीय सेवा प्रदान गर्नसमेत बैकिङ क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यसै परिप्रेक्ष्यमा नेपालको बैंकिङ विकासको सिंहावलोकन गर्दै विद्यमान चुनौती र आगामी बाटोका विषयमा यस लेखमा संक्षिप्त विश्लेषण गरिएको छ । नेपालको बैकिङ विकासक्रम विसं १९९४ मा नेपाल बैक लिमिटेडबाट सुरु भएको नेपालको औपचारिक बैंकिङ यात्रा २०१३ सालमा नेपाल राष्ट्र बैकको स्थापना र सञ्चालन, कृषि विकास बैक, नेपाल औद्योगिक विकास निगम, राष्ट्रिय वाणिज्य बैक हुँदै अगाडि बढेको पाइन्छ । सन् १९८० को दशकदेखि देशले आर्थिक उदारीकरणको नीति अपनाएपश्चात् वैदेशिक संयुक्त लगानीका बैंकहरूको प्रवेश भएपछि बैंकिङ क्षेत्रको विकास र सुधारले गति लिएको मानिन्छ । संरचनात्मक समायोजन कार्यक्रम र तत्पश्चात् अवलम्बन गरिएका वित्तीय क्षेत्रको सुधारका कार्यक्रमहरूको फलस्वरूप यस क्षेत्रको संख्यात्मक, गुणात्मक एवं सेवामा उल्लेखनीय वृद्धि र संरचनात्मक परिवर्तन देखिएको छ । सन् १९८५ देखि विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता बहुपक्षीय निकायहरूको सहयोगमा नेपालले वित्तीय क्षेत्र सुधारसम्बन्धी विभिन्न कार्यक्रम ल्याएको थियो । स्पान्तरणको प्रमुख कार्यहरूमा राज्यको स्वामित्वमा रहेका बैंकहरूको सुधार, आधुनिक बैंकिङ अभ्यासहरूको थालनी, ब्याजदरका नवीन सिद्धान्तको उदारीकरण, नेपाल राष्ट्र बैकलाई स्वायत्तता प्रदान गरी सबल केन्द्रीय बैंकका रूपमा स्थापित गर्ने तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको विवेकशील नियमहरूको कार्यान्वयन आदि थिए । उक्त सुधार कार्यक्रमले वित्तीय समावेशिता अभिवृद्धि गर्न, पहुँचविहीन क्षेत्रहरूलाई कर्जाको सुविधा उपलब्ध गराउन तथा बाह्य झट्काको प्रतिरोध गर्न बैंकिङ क्षेत्रको क्षमतालाई सुदृढ बनाउने उद्देश्य राखेको थियो । विभिन्न चरणका यस्ता सुधारका कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले निरन्तरता दिइरहेको छ । सन् १९८० मा नेपालको बैंकिङ क्षेत्र प्रारम्भिक चरणमा थियो, जतिबेला चारवटा वित्तीय संस्था मात्र थिए । वित्तीय क्षेत्र उदारीकरणको नीतिपश्चात् सन् २००० सम्ममा ७४ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहन पुगे । जसबाट बैंकिङ क्षेत्र अझ विविधिकृत हुँदै गयो । सन् २०१० सम्म यसले अझै तीव्रता पायो र बैंक तथा वित्तीय संस्थाको संख्या २०३ पुग्यो । तर, सन् २०१० पछि नयाँ बैक खोल्न रोक, पुँजी वृद्धि र मर्जर / प्राप्ति नीतिमार्फत वित्तीय एकत्रीकरण सुरू गरियो । फलस्वरुप बैक तथा वित्तीय संस्थाहरुको संख्या घटेर सन् २०२० मा १५५ हुँदै हाल सन् २०२४ मा १०८ मात्र हुन पुगेको छ । वर्तमान परिवेशमा बैक तथा वित्तीय संस्थाहरु आपसमा मर्जर तथा प्राप्ति हुन गई १०८ कायम भएका छन् । उपलब्ध गराउन तथा बाह्य झट्काको प्रतिरोध गर्न बैकिङ क्षेत्रको क्षमतालाई सुदृढ बनाउने उद्देश्य राखेको थियो । विभिन्न चरणका यस्ता सुधारका कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले निरन्तरता दिइरहेको छ । सन् १९८० मा नेपालको बैंकिङ क्षेत्र प्रारम्भिक चरणमा थियो, जतिबेला चारवटा वित्तीय संस्था मात्र थिए । वित्तीय क्षेत्र उदारीकरणको नीतिपश्चात् सन् २००० सम्ममा ७४ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहन पुगे । जसबाट बैंकिङ क्षेत्र अझ विविधिकृत हुँदै गयो । सन् २०१० सम्म यसले अझै तीव्रता पायो र बैंक तथा वित्तीय संस्थाको संख्या २०३ पुग्यो । तर, सन् २०१० पछि नयाँ बैक खोल्न रोक, पुँजी वृद्धि र मर्जर/प्राप्ति नीतिमार्फत वित्तीय एकत्रीकरण सुरू गरियो । फलस्वरुप बैक तथा वित्तीय संस्थाहरुको संख्या घटेर सन् २०२० मा १५५ हुँदै हाल सन् २०२४ मा १०८ मात्र हुन पुगेको छ । वर्तमान परिवेशमा बैक तथा वित्तीय संस्थाहरु आपसमा मर्जर तथा प्राप्ति हुन गई १०८ कायम भएका छन् । यद्यपि, बैक तथा वित्तीय संस्थाहरूको संख्यामा कमी आए पनि बैंकका शाखाहरूको संख्या उल्लेखनीय रूपमा बढेर सन् २०१० मा २ हजार २६५ बाट सन् २०२४ सम्ममा ११ हजार ५३० पुगेको छ । शाखाहरूको विस्तारले वित्तीय पहुँचमा उल्लेखनीय सुधार ल्याएको छ । जसको फलस्वरूप प्रतिशाखा जनसंख्या सन् २०१० मा ११ हजार ७५३ बाट घटेर सन् २०२४ सम्ममा २ हजार ५२९ मा रहेको छ । वित्तीय संस्थाको संख्यात्मक बढोत्तरीसँगै वित्तीय गहनतामा नेपालले फड्को मारेको छ । सन् १९८० मा विस्तृत मुद्राप्रदाय देशको कुल ग्राहस्थ उत्पादनको २२.६ प्रतिशत, कर्जा कुल ग्राहस्थ उत्पादनको ८.२ प्रतिशत तथा निक्षेप कुल ग्राहस्थ उत्पादनको १४.४ प्रतिशतमा सीमित थियो । तर नेपालका यी गहनता परिसूचकहरू हाल दक्षिण एसियास्तरमै धेरैमाथि रहेको र समग्र एसियामा नेपालको स्थान माथि रहन गएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालको विस्तृत मुद्रा प्रदाय कुल ग्राहस्थ उत्पादनको १२२.१ प्रतिशत, निजी क्षेत्रमा प्रवाहित कर्जा ९१. २ प्रतिशत तथा निक्षेप ११३.१ प्रतिशत छ । बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रिय अभ्यास अन्य क्षेत्रजस्तै बैकिङ क्षेत्रलाई समेत विभिन्न अध्ययन अनुसन्धानका नतिजा, विगतका संकटबाट सिकिएका पाठ एवं विश्व बैंकिङसँग सम्बन्धित सदस्य राष्ट्रहरूले अपनाएका विभिन्न सिद्धान्त, संरचना र मार्गदर्शनले निर्देश गर्ने गर्छ । यस क्षेत्रमा खासगरी बासेल कमिटी फर बैकिङ सुपरभिजनले भुक्तानी प्रणाली र नियमन तथा सुपरिवेक्षणमा अग्रणी भूमिका खेल्दै आएको छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता वित्तीय सल्लाहकार संस्थाहरुले वित्तीय क्षेत्र सुधार, मौद्रिक व्यवस्थापन, विदेशी विनिमय, संकट व्यवस्थापन, प्राविधिक ज्ञान प्रदान, अनुभव आदान-प्रदानजस्ता विषयमा भूमिका खेल्छन् । यसैअनुरूप नियामक निकायको स्वतन्त्रता, निरन्तर सुधार, नयाँ प्रविधि तथा प्रोडक्टको प्रयोग र वित्तीय संकटसँग जुध्ने क्षमता विकास प्रमुख छन् । सन् २००८ को विश्व वित्तीय संकटपश्चात् बैंकिङ क्षेत्रको नियमन र सुपरिवेक्षणमा थुप्रै नयाँ आयामहरू कार्यान्वयन भएका छन् । सूक्ष्म विवेकशील नियमनबाट समष्टिगत विवेकशील नियमन, बलिया संस्थाका लागि पर्याप्त पुँजीकोष, प्रणालीगत जोखिम हुन सक्ने वित्तीय संस्थाको विशेष निगरानी आदि प्रमुख हुन् । सन् २००८ को वित्तीय संकटपश्चात् वित्तीय स्थायित्व प्रवर्धन गर्न तथा प्रणालीगत जोखिम न्यूनीकरणका लागि उल्लेखनीय सुधार भएको छ । यस सुधार प्रक्रियामा पुँजीकोष प्रावधान सम्बन्धमा बासेल १ र २ हुँदै हाल बासेल ३ का सिद्धान्त कार्यान्वयनमा छन् र नेपालले समेत ती सिद्धान्तलाई आधार मानी आफू सुहाउँदो सिद्धान्त कार्यान्वयनमा ल्याएको छ । वित्तीय संकटप्रति प्रतिरोधात्मक क्षमता सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थाको पुँजीकोष मजबुत बनाउने, तरलता सुनिश्चित गर्ने र धेरै जोखिम लिनबाट रोक्ने आदि पर्छन् । पछिल्लो समय मौद्रिक नीति तथा समष्टिगत विवेकशील नियमन बीचको समन्वयलाई पनि जोड दिइँदै आएको छ । वर्तमान परिवेशमा विश्वका अधिकांश केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण तथा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने परम्परागत भूमिकासँगै वित्तीय स्थायित्वलाई समेत प्राथमिकतामा राख्दै आएका छन् । यसका लागि मौद्रिक नीतिसँगै विवेकशील नियमनबीच उचित तालमेलमा जोड दिइएको पाइन्छ । वित्तीय संकटको अनुभवबाट विश्वले बैकिङ संरचनालाई सबल राख्न नवीन अवधारणा अपनाउँदै गरेका बेला नेपाल राष्ट्र बैंकले समेत बासेल दुई र तीनका सिद्धान्तहरूलाई अपनाउँदै आएको छ । यसअनुरूप वित्तीय क्षेत्रको एकत्रीकरणमार्फत संख्या घटाउने र पुँजीकोष बलियो बनाउने, प्रतिस्पर्धा र गुणस्तर अभिवृद्धि गर्ने, नियमन र सुरिवेक्षणलाई अनुपालनामा आधारितबाट जोखिममा आधारित बनाउने आदि पर्छन् । यस प्रकारका अन्तर्राष्ट्रिय असल अभ्यासहरुले हाम्रो वित्तीय प्रणालीलाई सुरक्षित र सबल राख्न उल्लेखनीय मद्दत गरेको छ । नेपालको वित्तीय क्षेत्रको पछिल्लो अवस्था कोभिड-१९ को महामारीको असरको गहिराइ बढ्दै जाँदा विकसित मुलुकहरुले समेत अर्थतन्त्रमा ठुला चुनौती खेप्नुपर्यो । लकडाउनका कारण ठप्प व्यापार-व्यवसायकाकारण अर्थतन्त्र मन्दीमा जाने र अर्कोतर्फ आपूर्ति शृंखलामा असर पुगी मुद्रास्फीति बढ्ने जोखिम धेरैले बेहोर्नुपर्यो । यस्तो अवस्थामा नेपाल राष्ट्र बैकले पुनर्कर्जा, नियामकीय खुकुलोपनालगायत गैर-परम्परावादी मौद्रिक उपकरणहरु प्रयोग गरेर बजार चलायमान बनायो भने वित्तीय प्रणालीको दैनिक कामकारबाही सञ्चालनमा नेतृत्वदायी भूमिका खेल्यो । फलस्वरूप कोभिड १९ को असर नेपालमा अन्य देशको तुलनामा कम पर्न गयो र हामी छिट्टै माथि उठ्यौ । यसैबीच, वित्तीय बजारमा केही विसंगतिहरु देखिएपश्चात् यसलाई सही ढंगले अघि बढाउन यस बैंकले वित्तीय क्षेत्र सुधारलाई उत्तिकै निरन्तरता दियो । चालु पुँजी कर्जा मार्गदर्शनमार्फत् वित्तीय स्रोतको उपयोगमा हामीले ठुलो सुधार गरेका छौ । वाणिज्य बैकहरुको संख्या २० वटामा भरेको छ विकास बैंक १७, वित्त कम्पनी १७ र लघुवित्त वित्तीय संस्थाहरु ५२ मा सीमित भएको छ । गाभ्ने/गाभिने एवं प्राप्तिमार्फत वित्तीय क्षेत्र एकीकरणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ । पूर्वाधार विकास बैकसमेत सञ्चालनमा छ । कोभिड–१९ को असरसँगै बाह्य क्षेत्रमा देखिएको दबाबलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैकले कसिलो मौद्रिक नीति अवलम्बन गरेकामा बाह्य क्षेत्रको दबाब कम भएसँगै सजगतापूर्वक र यसको लचिलो बनाउँदै लगिएको छ प्रतिबिम्ब घट्दो ब्याजदरमा देखिएको छ । निक्षेपमा भएको वृद्धिसँगै मुद्रा प्रदाय विस्तार भएको छ । यद्यपि आर्थिक क्रियाकलापमा देखिएको शिथिलता र समग्र मागमा आएको गिरावटका कारण कर्जाको मागमा अपेक्षाअनुरुप बढ्न सकेको छैन । वित्तीय प्रणालीमा निष्क्रिय कर्जा केही बढेको छ । विगत केही समयमा बैकको निष्क्रिय कर्जा अनुपातमा वृद्धि देखिएको छ । तुलनात्मक स्पमा खुद निष्क्रिय कर्जा भने अझै पनि कम छ । निक्षेप र कर्जाको ब्याजदर अन्तर घट्दै गएको, वित्तीय प्रणालीको तरलता, पुँजी पर्याप्ततालगायत वित्तीय स्थायित्वका परिसूचक स्वस्थ रहेकाले विभिन्न झट्काका बाबजुद समग्र वित्तीय स्थायित्व कायम छ । राष्ट्र बैंकको निरन्तर प्रयास र प्राथमिकताका कारण वित्तीय पहुँचमा उल्लेख्य वृद्धि भएको छ । वित्तीय साक्षरता अभिवृद्धि तथा ग्राहक संरक्षणमा सुधार आएको छ । वाणिज्य बैंकका शाखा ७५३ वटै स्थानीय तहमा पुगिसकेका छन् । अधिकांश बैक तथा वित्तीय संस्थाहरु ऋणको जोखिम व्यवस्थापन गर्न कठिनाइ भोगिरहेका छन् । यसका अलावा सीमित क्षेत्र तथा उद्योगहरुमा निर्भरता, सञ्चालक समितिले दैनिक काम कारबाहीमा हस्तक्षेप गर्ने, बैकर र व्यवसायी नछुट्टिएका आदि सवालहरु विद्यमान छन् र क्रमशः सम्बोधन गर्दै जानुपर्ने देखिएको छ । विद्यमान चुनौती र सम्भावना वित्तीय क्षेत्र सुधार कार्यक्रमपश्चात् वित्तीय पूर्वाधार, पहुँच, सुदृढीकरण र कार्यकुशलतामा नेपालले ठुलै फड्को मारे पनि वित्तीय क्षेत्रमा समेत केही सवाल विद्यमान छन् । यसलाई नेपाल राष्ट्र बैकले मौद्रिक तथा वित्तीय क्षेत्रको सुधारमार्फत सम्बोधनका प्रयास गर्दै आइरहेको छ । ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनका लागि ब्याजदरमा आधारित मौद्रिक नीति सञ्चालन, स्थायी निक्षेप एवं कर्जा सुविधा, खुला बजार कारोबारको आधुनिकीकरणजस्ता कार्य भएका छन् । कर्जाको गुणस्तर अभिवृद्धिका लागि चालु पुँजी कर्जा मार्गदर्शनलगायत ऋणको हरितीकरणलाई रोक्न नियामकीय व्यवस्था गरिएको छ । बैकिङ प्रणालीबाट कर्जा प्रवाह बढेको तुलनामा अर्थतन्त्रमा आन्तरिक उत्पादन बढ्न सकेको छैन । यसलाई समष्टिगत विवेकशील नियमनका उपायमार्फत सम्बोधन गर्ने प्रयास गरिएको छ । बैक कर्जा आन्तरिक रुपमा औद्योगिकीकरण बढाउन र अर्थतन्त्रको उत्पादनशील क्षमता वृद्धिमा कम प्रयोग गरिएको हुँदा नेपालको बैकिङ प्रणालीमा तरलता र ब्याजदरसम्बन्धी उतारचढाव आइरहने गरेको छ । यस समस्यालाई सम्बोधन गर्न निर्देशित कर्जा व्यवस्था लागु गरिएको छ । पुँजीबजारको संरचनात्मक विकासमा पछिल्लो समय संख्यात्मक स्पमा लगानीकर्ताको उल्लेख्य बढोत्तरी भए पनि संस्थागत बन्डको बजार विकास हुन नसक्दा वित्तीय साधनको लागि बैकिङ प्रणालीमा बढी आश्रित हुनुपर्ने स्थिति छ । बैकिङ र वित्तीय क्षेत्रको विस्तारअनुस्प अर्थतन्त्रमा उद्यमशीलताको विकास नहुँदा पनि कर्जाको अलि बढी केन्द्रीकरण भएको र पहुँच विस्तारसँगै ऋण ग्रस्तता बढ्दै गएको देखिन्छ । संस्थागत एवं सरकारी ऋणपत्रको बजार विकासमार्फत पुँजीबजारलाई थप विविधीकरण तथा गतिशील बनाउन नसक्दा दीर्घकालीन पुँजी परिचालनमा अल्पकालीन निक्षेपको स्रोत परिचालन गर्ने बैक तथा वित्तीय संस्थामाथि अधिक भर पर्ने एवं प्रत्यक्ष पुँजी परिचालन गर्नुपर्ने संस्थाहरु पनि बैंक निक्षेपको ब्याज आम्दानीमा आश्रित हुँदा मौद्रिक बजारमाथि अत्यधिक भार परेको छ । पछिल्ला वर्षहरुमा मौद्रिक नीतिको आफ्नै सीमा हुँदाहुँदै केन्द्रीय बैकमाथि सबैको आशा बढेको छ । यसका आफ्नै सीमा र दायित्वहरु छन् । यस अवस्थामा अपेक्षा व्यवस्थापन पनि एक चुनौती बनेको छ । विप्रेषण आप्रवाह नेपालको बाह्य क्षेत्र स्थायित्वसँग जोडिएको छ । आयातको तुलनामा निर्यातको आधार अत्यन्तै सानो रहेको सन्दर्भमा पर्यटन आम्दानी र विप्रेषण आयमा अपेक्षित वृद्धि नभएमा चालु खाता घाटा बढ्ने र शोधनान्तर स्थितिमा चाप पर्ने देखिएको छ । विप्रेषणमा आधारित शोधनान्तर बचत भएका कारण वस्तु तथा सेवा निर्यातको दिगो आधार नहुन्जेल वैदेशिक श्रम बजारमा हुने उतारचढावको सोझो असर हाम्रो बाह्य क्षेत्र स्थायित्वमा पर्ने गर्छ । साथै, पुँजी खातालगायत बाह्य क्षेत्रमा गरिनुपर्ने सुधारलाई गति दिनुपर्ने देखिएको छ । पछिल्ला महिनाहरुमा बैंकिङ प्रणालीमा कर्जा असुली प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढेको सन्दर्भमा पुँजी पर्याप्ततालगायत परिसूचकहरुबाट वित्तीय स्थायित्वमा दबाब पर्न नदिनेतर्फ सजग रही मौद्रिक नीतिसँग सामञ्जस्यता कायम गर्दै नियामकीय नीति तर्जुमा गर्ने व्यवस्थालाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको छ । कर्जाको गुणस्तर बिग्रन नदिई खराब कर्जा कम गराउने चुनौती एकातिर छ भने कर्जाको प्रवाह विस्तारमार्फत आर्थिक गतिविधि चलायमान बनाउनु उत्तिकै आवश्यकता छ । बैकिङ क्षेत्रमा आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ गराउँदै, विद्यमान नीतिगत व्यवस्थाको थप निगरानीका साथ अनुपालना गराउने वातावरण सिर्जना गर्ने र बैक वित्तीय संस्थाको सुशासनको अवस्थालाई मजबुत बनाउँदै लैजानु वर्तमान आवश्यकता छ । यसका अलावा बैकिङ क्षेत्रले अवलम्बन गरेको डिजिटाइजेसनको गति तथा ग्राहक वर्गमा रहेको डिजिटल डिजिटल फाइनान्सियल लिट्रेसीको खाडलले बैकिङ क्षेत्रमा जोखिम निम्त्याई प्रणालीगत विश्वास गुम्न नदिनेतर्फ सचेत हुनुपरेको छ । यसका लागि बैक तथा वित्तीय संस्थाको प्रणालीलाई साइबर रिजिलेन्ट बनाउने, वित्तीय सचेतना बढाउने तथा उपभोक्ता संरक्षणमा जोड दिनुपर्नेछ । बैकिङ क्षेत्रको अर्को चुनौती भनेको संस्थागत सुशासन कायम गर्नु हो । वर्तमान परिवेशमा अधिकांश बैक तथा वित्तीय संस्थाहरु ऋणको जोखिम व्यवस्थापन गर्न कठिनाइ भोगिरहेका छन् । यसका अलावा सीमित क्षेत्र तथा उद्योगहरुमा निर्भरता, सञ्चालक समितिले दैनिक काम कारबाहीमा हस्तक्षेप गर्ने, बैकर र व्यवसायी नछुट्टिएका आदि सवालहरु विद्यमान छन् र क्रमशः सम्बोधन गर्दै जानुपर्ने देखिएको छ । कानूनी, संस्थागत तथा वित्तीय पूर्वाधार विकास वित्तीय क्षेत्रको अर्को चुनौती छ । हालसम्म एकीकृत ग्राहक पहिचान प्रणाली विकास नभएको अवस्थामा यसको अविलम्ब विकासको आवश्यकता छ । कर्जा प्रवाह गर्दा नगद प्रवाहभन्दा पनि धितोलाई अझै प्राथमिकतामा राखिने गरेको सन्दर्भमा प्राकृतिक व्यक्तिको समेत वास्तविक क्रेडिट स्कोर दिनसक्ने कर्जा सूचना प्रणाली विकासतर्फ हामी अग्रसर छौं । यससँगै ऋण असुली प्रक्रियालाई अझै सरलीकरण गर्दै लग्नुपर्नेछ । अर्कोतर्फ, डिजिटल बैकिङ कारोबार विस्तार हुँदै गर्दा ग्रामीण क्षेत्रहरुमा प्रविधिको अभाव तथा वित्तीय साक्षरताको कमीले गर्दा समग्र बैकिङ क्षेत्रमा चुनौती थपिएको छ । हामीले डिजिटल बैकिङ र फिनटेकमार्फत भुक्तानी प्रणालीमा ठुलै फड्को मात्र मारेका छैनौ, हाम्रो प्रणालीलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीसँग अन्तरआबद्धता बढाउँदै गइरहेका छौ । यससँगै जोडिएका साइबर जोखिम न्यूनीकरण र वित्तीय साक्षरता प्रवर्धनमा चुनौतीहरु विद्यमान छन् र रहन्छन् । समग्रमा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचालन र कर्जा प्रवाह मात्र नभई अन्य अत्यावश्यक वित्तीय सेवाहरुसमेत प्रवाह गर्ने गर्छन् । वित्तीय सेवा अर्थतन्त्र र समाजका हरेक पक्षसँग जोडिएको हुनाले वित्तीय प्रणालीप्रति सर्वसाधारणको साख जोगाइराख्न बैक तथा वित्तीय संस्था दिगो हुनुपर्ने र घाटामा जान नहुने अन्तर्राष्ट्रिय मान्यता छ । बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय सेवा प्रवाह गर्ने एवं लगानीको मूल स्रोत सर्वसाधारणको निक्षेप रहेबाट आधारभूत वित्तीय सेवाप्रवाह सुनिश्चित गर्न र सर्वसाधारणको निक्षेप सुरक्षित गर्दै वित्तीय स्थायित्व कायम राख्ने सवालमा बैंक तथा वित्तीय संस्था नै घाटामा जाँदा निक्षेपकर्ताको विश्वास गुम्न सक्ने अवस्था रहन्छ । अबको बाटो नेपाल राष्ट्र बैंकले समग्र अर्थतन्त्रको हित, संबद्र्धन तथा आमजनमानसमा बैंक तथा वित्तीय संस्थाप्रतिको विश्वास कायम राख्न समष्टिगत आर्थिक परिसूचकहरु, विश्व परिवेश तथा आगामी परिदृश्य समेतका आधारमा मौद्रिक तथा वित्तीय नीतिहरु तर्जुमा र सोको कार्यान्वयन गर्दै आएको छ । समग्रमा हेर्दा, नेपालको बैंकिङ क्षेत्र क्षेत्रीय स्तरमै सबल, मजबुत र गहन छ । यद्यपि, वित्तीय स्थायित्व हुँदै आर्थिक स्थायित्व कायम राख्न सके मात्र दिगो आर्थिक वृद्धि र विकास हुने विभिन्न अन्तर्राष्ट्रिय अनुभवले देखाएको छ । अर्थतन्त्रमा देखिएका संरचनागत एवं उदीयमान समस्या सम्बोधन गर्न नीतिगत, कानुनी, संस्थागत एवं मानव संसाधन क्षेत्रमा भने नवीनतम् अभ्याससँगै निरन्तर सुधार गर्नुपर्ने हुन्छ । वित्तीय क्षेत्रमा कतिपय संरचनागत समस्या विद्यमान छन् । बैंकिङ क्षेत्र वित्तीय क्षेत्रको एउटा पाटो मात्र भएकाले धितोपत्र बजार, बिमा, सहकारी, गैर–बैक वित्तीय संस्थालगायत वित्तीय स्रोत परिचालन गर्ने क्षेत्रहरुको कामकारबाहीले अर्थतन्त्रमा प्रभाव पार्छ । तथापि, नेपाल राष्ट्र बैक मुलुकको केन्द्रीय बैकका नाताले वित्तीय क्षेत्रको अभिभावकको भूमिका निर्वाह गर्दै आइरहेको सन्दर्भमा वित्तीय क्षेत्रको विकासलाई गति दिँदै आर्थिक स्थायित्व कायम राख्न सधै तत्पर छ । ( अधिकारी नेपाल राष्ट्र बैकका गभर्नर हुन् । स्रोत : अर्थचित्र)

अर्बपति स्लिम : १२ वर्षको उमेरमै बैंकको सेयर किने, मेक्सिकोमा ऋण संकट हुँदा उदाए

  काठमाडौं । मेक्सिकन अर्बपति कार्लोस स्लिम ल्याटिन अमेरिकाको सबैभन्दा ठूला टाइकुन हुन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति ८५.४ बिलियन अमेरिकी डलर छ । उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा १८ औं स्थानमा छन् । स्लिमको साथमा ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो मोबाइल फोन अपरेटर ‘अमेरिका मोभिल’ नियन्त्रण गर्ने हिस्सेदारी छ । गत वर्ष यस कम्पनीको राजस्व ४६ अर्ब डलर थियो । स्लिमको करिअर कार्लोस स्लिम हेलुको जन्म मेक्सिको सिटीमा सन् १९४० मा भएको थियो । उनका आमाबाबु लेबनानबाट आएर मेक्सिकोमा बसोबास गरे । उनले १९६१ मा मेक्सिकोको नेशनल अटोनोमस युनिभर्सिटी स्कूल अफ इन्जिनियरिङबाट सिभिल इन्जिनियरिङको डिग्री हासिल गरेका थिए । २५ वर्षको उमेरमा उनले आफ्नै निर्माण कम्पनी ‘इनमाेबिलिएरी कार्सो’ सुरु गरे र ८० को दशकमा तम्बाकू, तामा र खानीमा ठूलो लगानी गरे । त्यतिबेला मेक्सिको ऋण संकटको सामना गरिरहेको थियाे । स्लिमले सन् १९९० को दशकमा रेस्टुरेन्ट र रिटेल चेन सानबोर्न हर्मानोस पनि खरिद गरे । यस अवधिमा उनले सरकारी दूरसञ्चार कम्पनी टेलमेक्स र तार तथा फाइबर अप्टिक केबल उत्पादन गर्ने कम्पनी ग्रुपो कन्ड्युमेक्स पनि खरिद गरेका थिए । कसरी सफलता हासिल गरे ? एक दशकपछि स्लिमले अमेरिकन मोभिलको ब्यानरमा ल्याटिन अमेरिकाभरि मोबाइल फोन अपरेशन खरिद गरे । २०११ मा उनले यसलाई टेलमेक्समा मर्ज गरे । स्लिमको धेरै वाणिज्य बैंक र ऊर्जा कम्पनीहरूमा पनि हिस्सेदारी छ । आफ्नो पारिवारिक लगानी कम्पनी ग्रुपो कार्सोमार्फत उनले मेक्सिकोको निर्माण उद्योगमा पनि लगानी गरेका छन् । स्लिमको सम्पत्तिको ठूलो हिस्सा सार्वजनिक रूपमा व्यापार गर्ने कम्पनीहरूबाट आउँछ । उनको आधा दर्जनभन्दा बढी सार्वजनिक कम्पनीमा सेयर छ जसबाट उनले लाभांश पाउँछन् । सन् २००८ मा उनले न्यूयोर्क टाइम्सको ६.४ प्रतिशत सेयर पनि किनेका थिए । एक अन्तर्वार्तामा स्लिमले बाल्यकालदेखि नै उद्यमी बन्ने र बुबालाई काममा सघाउने इच्छा व्यक्त गरेका थिए । सानै उमेरमा उनले बुबाबाट व्यवसायको कला सिके । उनका बुबाले उनलाई वित्त, व्यवस्थापन र लेखाको बारेमा सिकाए । उनले पहिलो पटक ११ वर्षको उमेरमा सरकारी बचत बन्डमा लगानी गर्दा चक्रवृद्धि ब्याजको बारेमा थाहा पाएका थिए । १२ वर्षको उमेरमा उनले मेक्सिकन बैंकमा आफ्नो पहिलो सेयर किनेका थिए । १३ वर्षको हुँदा उनको बुबाको मृत्यु भयो । बुबाको व्यवसायको जिम्मेवारी उनको काँधमा आयो । उनले सिभिल इन्जिनियरिङसँगै अर्थशास्त्र पनि पढे ताकि व्यवसायका जटिलताहरू बुझ्न सकियोस् । मौकामा चौका स्लिमले आफ्नो बुबाको व्यवसाय लिन स्टक ट्रेडरको रूपमा कडा मेहनत गरे । सोही मेहनतको बाबजुत २५ वर्षको उमेरमा उनले ३ मिलियन डलर पाए । मेक्सिकोमा ऋण संकट र तेलको अभाव उनीहरूको लागि ठूलो सम्भावना बन्यो । यही मौकाको फाइदा उठाउँदै उनले धेरै कम्पनीहरू सस्तो मूल्यमा किने । त्यसपछि उनले नाफा कमाएर यी कम्पनीहरू बेचेका थिए । (एजेन्सीहरूको सहयोगमा)

३ बैंकले ब्याजदर बढाउँदा ३ बैंकले घटाए, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपमा केही बैंकले ब्याजदर घटाएका छन् भने केही बैंकले ब्याजदर बढाएका छन् । २० वाणिज्य बैंकमध्ये १४ वाणिज्य बैंकले मुद्दती निक्षेपमा ब्याजदर स्थिर राख्दै मंसिर महिनाको ब्याजदर कायम राखेका छन् । साथै, ३ बैंकल मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ३ बैंकले ब्याजदर बढाएका छन् । पुसमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् भने कृषि विकास बैंक, एनएमबि बैंक प्राइम बैंकले ब्याजदर बढाएका छन् । नेपाल बैंकले ०.३५ प्रतिशत, सानिमा बैंकले ०.१ प्रतिशत र एनआईसी एशिया बैंकले ०.१९ प्रतिशत ब्याजदर घटाएका हुन् । साथै, कृषि विकास बैंकले ०.०३ प्रतिशत, प्राइम बैंकले ०.५ प्रतिशत र एनएमबि बैंकले १.०३ प्रतिशत ब्याजदर बढाएका हुन् । मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज बैंक एनआईसी एशिया बैंकले दिने भएको छ । यस बैंकले अधिकतममा ६.६ प्रतिशत ब्यादर तोकेको छ ।

सुनको मूल्य प्रतितोला २२ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । साथै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको थियो ।

टिकटकको ‘सेफ्टी एम्बेसडर’ कार्यक्रम सम्पन्न, डिजिटल सुरक्षाबारे छलफल

  काठमाडौं । टिकटकले आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रमअन्तर्गत नेपालमा डिजिटल सुरक्षाको बारेमा चेतना जगाउन एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, मञ्जिता मानन्धर, सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना र श्री पाण्डेलगायत सहितको प्यानल छलफल प्रस्तुत गरिएको थियो । प्यानलका सदस्यहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीहरू लगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षहरूबारे छलफल गरे । विश्वव्यापी रूपमा १ बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको यस प्लेटफर्मको नेपालमा सेफर टुगेदर अभियान सकारात्मक कदम हो । उक्त अवसरमा आकर्षक कन्टेन्ट सिर्जना गरेर कसरी राम्रो कन्टेन्ट क्रिएटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशहरू पनि दिइएको थियो । प्रश्न-उत्तर सत्रको क्रममा दर्शकहरूले क्रियटरहरूसँग अन्तरक्रिया गरेर कन्टेन्ट निर्माणका विभिन्न चुनौतीहरूमा रोमाञ्चक अन्तर्दृष्टि पनि प्राप्त गरे । यो अभियान टिकटकको जीवन्त र विविधतायुक्त कम्युनिटीहरूका लागि सुरक्षित र स्वागतयोग्य प्लेटफर्म निर्माण गर्ने लक्ष्यको एक हिस्सा हो । सेफर टुगेदर पहलमार्फत् टिकटकका प्रयोगकर्ताहरूले प्लेटफर्ममा उपलब्ध विभिन्न इन- एप सुरक्षा सुविधाहरूको फाइदा कसरी लिन सक्छन् भन्ने बारे जागरुकता सिर्जना गर्ने लक्ष्य राखेको छ । प्रयोगकर्ताहरूको सुरक्षा टिकटकको शीर्ष प्राथमिकतामा रहेको छ । प्लेटफर्मले सेफ्टी सेन्टर भनिने सुरक्षा अपडेटहरूका लागि केन्द्रीकृत स्थान प्रदान गर्दछ जसले प्लेटफर्ममा सुरक्षा र यसलाई निरन्तर बढावा दिन टिकटकले लागू गर्ने सबै कार्यहरू सम्बन्धि नवीनतम जानकारीहरू प्रदान गर्दछ । सुरक्षा केन्द्रले नयाँ प्रयोगकर्ता सुरक्षा गाइड, अभिभावकहरूका लागि गाइड, सुरक्षा सुनिश्चित गर्न के गर्ने भन्ने बारेका स्रोतहरू र पूर्ण गोपनीयता गाइड सहित टिकटकका सुरक्षा सुविधा र उपायहरूबारे सबै टुल्स र सुझावहरू पनि समावेश गर्दछ । यसबाहेक, सेफ्टी सेन्टरलाई अनुकुल राख्न यसका प्रयोगकर्ताहरूका लागि तयार दिशानिर्देशहरू नियमित रूपमा अद्यावधिक पनि गरिन्छ । टिकटकसँग अनुपयुक्त सामग्री र व्यवहारलाई मध्यस्थता गर्न सामुदायिक दिशानिर्देशहरूको बलियो सेट रहेको छ । सामुदायिक दिशानिर्देशनहरू उल्लङ्घन गर्ने कुनै पनि सामग्री वा अन्य प्रयोगकर्ताविरुद्ध हिंसालाई उक्साउने हानिकारक सामग्रीको लागि शून्य सहनशीलताका साथ टिकटकले आफ्ना प्रयोगकर्ताहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न कुनै कसुर बाँकी राख्दैन । सेफ्टी एम्बेसडर कार्यक्रमले नेपालमा डिजिटल सुरक्षाको लागि टिकटकको प्रतिबद्धतालाई सुदृढ बनाउँछ किनभने यस प्लेटफर्मले प्रयोगकर्ताहरूको अनलाइन र अफलाइन सुरक्षाका लागि निरन्तर लडिरहेको छ । यो अभियान प्रयोगकर्ताहरूलाई सुरक्षा, गलत सूचना र प्रामाणिक सामग्रीको शक्तिको बारेमा शिक्षित गर्ने टिकटकको सक्रिय प्रयासहरूको एक उदाहरण पनि हो । टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो । टिकटकका लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सियोल र टोकियो लगायतका शहरहरूमा विश्वव्यापी कार्यालयहरू छन् ।

कुखुरा पालेर मासिक डेढ लाख बचत

गलकोट । बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक एक लाख ५० हजार रुपैयाँ बचत गर्दै आएका छन् । स्थानीय ओमराज शर्माले सञ्चालन गरेका कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । बाह्र वर्ष कतार बसेर फर्केका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताए। ‘तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु’, उद्यमी शर्माले भने । एक करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उनले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक एक लाख ५० हजार रुपैयाँ बचत हुने गरेको उद्यमी शर्माले बताए । अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण मूल्य भने अस्थिर हुने गरेको उनले बताए । किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उनले जोड दिए । कुखुरापालनभन्दा गाईबाख्रा पाल्न सहज हुने उनको अनुभव छ । त्यसैले अब उनी व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजना कार्यान्वयनमा छन् । रासस

कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्य समिति निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा मेनुका कार्कीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । शनिबार सम्पन्न नाफिजको १५ औँ वार्षिक साधारण सभा तथा सातौँ महासभा (निर्वाचन)ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि नाफिजको उपाध्यक्ष रहेकी कार्कीले १०० मत पाउँदा उनका प्रत्यासी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए । नाफिज कार्य समिति १३ सदस्यीय हुनेछ । त्यसमा शनिबारको महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्य गरि १० सदस्य निर्वाचित गरेको छ । निर्वाचन समिति संयोजक कपिलदेव ढकालकाअनुसार उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमिला) र निरोजकुमार थापा निर्वाचित भएका छन् । खतिवडाले १०४ र थापाले ९३ मत प्राप्त गरेका थिए । उनीहरुको प्रतिस्पर्धी प्रमेश्वर अधिकारीले ९२ र विजय दमासेले ६५ मत प्राप्त गरेका थिए । त्यस्तै, महासचिवमा निकेश खत्रीले ११२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नविन ढुंगानाले ६६ मत प्राप्त गरेका थिए । सचिवमा भने राजाराम न्यौपाने निर्वाचित भएका छन् । उनले १२६ भोट ल्याउँदा उनका प्रतिस्पर्धी चेतनारायण पाण्डले भने ५७ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा भने मिलन विश्वकर्मा निर्वाचित भएका छन् ।  विश्वकर्माले १०२ मत ल्याउँदा उनका प्रतिस्पर्धी भोला देवकोटा (परिवर्तन)ले ८३ मत ल्याएका थिए । यसैगरी, सदस्यमा अनिस मिजारले १२०, अनुप आचार्यले ११८, चित्रराज भण्डारीले ११६ र शुक्र गिरीले १०७ मत ल्याएर बिजयी भएका छन् । अर्का प्रतिस्पर्धी आशुतोष अर्यालले ९२ मत ल्याएका थिए । नाफिजको विधानअनुसार यसअघिका अध्यक्ष मोदनाथ ढकाल निवर्तमान अध्यक्षको रूपमा कार्य समितिमा रहनेछन् । बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले मनोनित गर्नेछ ।

गलैँचा र मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

घोराही । यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा र मुढा बनाएर आयआजर्न गर्दै आएका छन् भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत पाँचदेखि आठ सय रुपैयाँ र मुढा बनाएर मासिक चारदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् । घरलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन् । घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ । साथै उक्त कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ । ‘उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्’, कार्यालय प्रमुख राठौरले भने । हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ । एक सय जना क्षमताको कारागारमा चार सय १५ जना बन्दी छन् ।