पार्क पारखीलाई लोभ्याउँदै ललितपुर महानगर
काठमाडौं । काठमाडौं उपत्यकामा कतै टहलिन पर्यो अथवा एकैछिन हरियालीमा आरामसाथ बस्नुपर्यो भने पार्कको अभाव खट्किन्छ । विशेष गरी बुढाबुढी र बालबालिकाका लागि पार्क एउटा समय बिताउने अथवा खेल्ने गन्तव्य हाे । बुढाबुढी र बालबालिका मात्र नभई पार्कमा अन्य उमेर समूहका मानिसहरू पनि जाने गर्छन्। यसै क्रममा ललितपुर महानगरपालिकाले पार्क पारखीलाई लोभ्याउँदै विभिन्न स्थानमा हरियाली पार्क निर्माण कार्यलाई प्राथमिकता दिएको छ । विशेष गरी ललितपुर महानगरले सार्वजनिक जग्गा संरक्षण गर्ने हेतुले हरियाली पार्क निर्माण गर्ने कार्यलाई निरन्तरता दिएको हो । महानगरले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत पनि पार्क निर्माण र सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेको छ । महानगरले यसै चालु आवमा ठूलो प्रोजेक्टमा छ्यासीकोट पार्क र हरिसिद्धि पार्क निर्माणलाई अघि बढाएको छ । हाल ती पार्कहरू निर्माणाधीन अवस्थामा छन् । यी पार्कबाहेक अन्य पार्कहरू पनि विभिन्न स्थानमा निर्माणाधीन अवस्थामा रहेको महानगरले जनाएको छ । साना तथा ठूला सबै जग्गा संरक्षण गर्ने नीति महानगरका पूर्वाधार निर्माण महाशाखाका प्रमुख (सीडीई) प्रदीप पौडेल पहिलो सार्वजनिक जग्गा संरक्षण गर्ने नीति र दोस्रो हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले पार्क निर्माण कार्यलाई अघि बढाएको बताउँछन् । महानगरले खाली देखिएका साना तथा ठूला सबै जग्गालाई संरक्षण गर्ने नीति लिएको बताए । उनका अनुसार पछिल्लो समय महानगरभित्र कहाँ-कहाँ सार्वजनिक जग्गा छन्, त्यसको लगत नापी कार्यालयबाट लिने काम भइरहेको छ । त्यसबाट पनि सार्वजनिक जग्गाको पहिचान हुने उनको भनाइ छ । यसबाहेक पार्क निर्माण भएपछि सर्वसाधारणलाई फुर्सदको समयमा टहल्न, शान्त र हरियाली ठाउँ उपलब्ध हुने सीडीई पौडेलले बताए । ‘पब्लिकलाई फुर्सदको समयमा टहल्नको लागि पनि ठाउँ होस् भनेर हामीले पार्क निर्माण गर्दै आएका छौं, यसले उहाँहरूलाई घुम्न र समय बिताउन मद्दत पुग्नेछ ।’ ठूलो प्रोजेक्टका पार्कहरू महानगरले निर्माण गरिरहेको छ भने स-साना ठाउँमा पार्कहरू भने वडा आफैले सार्वजनिक ठाउँको पहिचान गरेर निर्माण गरिरहेको सीडीई पौडेलले बताए । निर्माणाधीन अवस्थामा रहेका दुई पार्क छ्यासीकोट पार्क ललितपुर महानगर वडा न २५ मा छ्यासिकोट पार्क निर्माणाधीन अवस्थामा छ । छ्यासीकोट पार्क निर्माणको लागि महानगरले एक करोड ९९ लाख ४३ हजार लागत लाग्ने अनुमान गरेकोमा निर्माण कम्पनीसँग एक करोड २२ लाख १७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको महानगरले जनाएको छ । महानगरका अनुसार पार्क निर्माणको ठेक्का स्ट्रक्टटीफर्म कन्सट्रक्सनले पाएको छ । पार्क निर्माणको लागि महानगर र निर्माण कम्पनीबीच २०८१ असार १८ गते सम्झौता भइसकेको छ । सम्झौताअनुसार निर्माण कम्पनीले २०८२ असार २३ गते पार्क निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । हाल पार्क निर्माणको कार्य अघि बढिरहेको छ । एक प्रकारको स्ट्रक्चर बनाउने काम सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । हरिसिद्धि पार्क ललितपुर महानगरको ठूलो बजेटमा निर्माण हुन लागेको अर्को पार्क हो- हरिसिद्धि पार्क । महानगर- २८ मा निर्माणाधीन अवस्थामा रहेको उक्त पार्कको लागत एक करोड ९९ लाख ८८ हजार लाग्ने अनुमान गरेकोमा एक करोड २० लाख १८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । महानगरका अनुसार यो पार्क निर्माणको लागि समाज सेवा कन्सक्ट्रक्सनले जिम्मा पाएको छ । महानगर र निर्माणपक्ष बीच पार्क निर्माणको लागि २०८१ असार १६ गते सम्झौता सम्पन्न भएको थियो । यो पार्क आगमी २०८२ असार २३ गते सम्पन्न गरिसक्नुपर्ने हुन्छ । ३० प्रतिशत काम सम्पन्न भइसकेको छ । पार्क निर्माणका लागि डीपीआर तयार ललितपुर महानगरले विभिन्न दुई दर्जनजति स्थानमा पार्क निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेको छ । सीडीई पौडेलका अनुसार प्राथमिकता र आवश्यकताका आधारमा पार्क निर्माणले निरन्तरता पाउँदै जाने छ । महानगरका अनुसार सुनाकोठी २६ वडा मा वडामा जैनखेल पार्क बनाउने डीपीआर तयार भएको छ । उक्त पार्क निर्माणको लागि १० करोड ७१ लाख लागत लाग्ने अनुमान गरेको छ । त्यस्तै, ललितपुर वडा न. २५ स्थित सेराफाँट मार्गमा सामुदायिक पार्क बनाउने भनेर महानगरले पहिचान गरेको छ । उक्त पार्क निर्माणको लागि अनुमानित २ करोड २६ लाख बजेट लाग्ने अनुमान गरिएको छ । महानगरको डीपीआरमा वडा न १४ स्थित धापाखेल प्रगति टोलमा पार्क निर्माण रहेको छ । उक्त ठाउँमा पार्क निर्माणको लागि महानगरले ३५ लाख लागत लाग्ने अनुमान छ । वडा न ९ बालकुमारीमा पार्क बनाउने भन्ने प्रतिवेदन तयार पारेको । उक्त पार्क निर्माणको लागि अनुमानित ३८ लाख लागत लाग्ने महानगरले जनाएको छ । यसबाहेक धोविघाट, एकान्तकुना, कुसुन्ती डाँडालगायत ठाउँमा पनि पार्क बनाउने डीपीआर तयार भएको छ । कहाँ-कहाँ निर्माण हुँदैछ पोखरी ? सार्वजनिक जग्गामा पार्क निर्माणसँगै महानगरले पोखरीको संरक्षण र निर्माणमा पनि जोड दिएको छ । नयाँ पोखरी निर्माण मात्रै नभएर महानगरभित्र रहेका पुराना पोखरीहरूको पुन:निर्माण गर्ने नीतिलाई महानगरले अघि बढाएको छ । ललितपुर महानगरले सप्तपातल र पलेस्वा पुखु पोखरीको पुन:निर्माण गर्दैछ । महानगरले यस पोखरीलाई नगर गौरवका आयोजनामा समेत राखेको छ । सप्तपाताल पोखरी लगनखेल बटुकभैरव मन्दिरअगाडि सप्तपाताल पोखरी निर्माणाधीन अवस्थामा छ । लिच्छविकालीन इतिहास बोकेको उक्त सप्तपाताल पोखरी पुन:निर्माण हुन लागेको हो । पहिलाकै जस्तो पोखरी बनाउने योजनाअनुसार महानगरले पोखरी पुन:निर्माणलाई अघि बढाएको जनाएको छ । यो पोखरी पुन:निर्माणको लागि महानगरले शिव निर्माण सेवासँग सम्झौता गरेको छ । सम्झौता २०८० चैत्र २८ गते भएको थियो । शिव निर्माण कम्पनीले पोखरी निर्माणको लागि ६० लाख ४६ हजार रुपैयाँमा ठेक्का सझौता भएको थियो । सम्झौताअनुसार २०८१ साउन २८ गते काम सम्पन्न हुनुपर्नेमा सम्भव नभएपछि दोस्रोपटक म्याद थप भएर काम भइरहेको छ । बर्सात, डिजाइन परिवर्तन गरेर निर्माण गर्नुपर्ने लगायत कारणले समयमै सम्पन्न हुन नसकेको निर्माण पक्षको भनाइ छ । हाल त्यहाँ ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । न्हु: पोखरी ललितपुर महानगर वडा नं ५ स्थित लगनखेलमा न्हु: पोखरी निर्माणाधीन अवस्थामा छ । मल्लकालीन समयमा निर्माण भएको यो पोखरीको पुन:निर्माण हुन लागेको हो । यो पोखरी निर्माणको लागि मेडिना कन्सक्ट्रक्सनले ठेक्का पाएको छ । पोखरी पुन:निर्माणको लागि महानगरले उक्त कन्सक्ट्रक्सनसँग २०८१ असार ६ गते ठेक्का सम्झौता भएको थियो । महानगरका अनुसार ५६ लाख ९५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । निर्माण कम्पनीले एक वर्षभित्र अर्थात २०८२ असार १५ गतेसम्ममा पोखरी निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । मेडिना कन्सक्ट्रक्सनका इन्जिनियर सुदिप चौलागाईंले हालसम्म २५ प्रतिशत काम सम्पन्न भएको बताए । उनका अनुसार अहिले त्यहाँ पुरानो पर्खाललाई परिवर्तन गरेर नयाँ पर्खाल लगाउने काम भइरहेको छ । पलेस्वा पुखु नः टोल निर्माणाधीन अवस्थामा रहेको अर्को पोखरी हो पलेस्वा पुखु नः टोल । विगतमा सवारीसाधन पार्किङ हुँदै आइरहेको उक्त ठाउँमा पोखरी निर्माण हुन लागेको हो । पोखरी निर्माणको लागि कोर कन्स्क्ट्रक्सन वाटर प्रुफिङ प्राइभेट लिमिटेडले पाएको छ । महानगरपालिकाले उक्त निर्माण कम्पनीसँग २०८१ जेठमा सम्झौता गरेको हो । कोर कन्स्क्ट्रक्सनले पोखरी निर्माणको लागि एक करोड ३९ लाख ६४ हजार रुपैयाँमा ठेक्का पाएको हो । कम्पनीले २०८२ असार ११ गतेसम्ममा पोखरी निर्माण सम्पन्न गर्नुपर्ने छ । पहिला पार्किङ हुँदै आएको उक्त ठाउँमा अहिले महानगरले खनेर पोखरी बनाउन लागेको महानगरका पूर्वाधार निर्माण महाशाखाका सिभिल इन्जिनियर लभ कार्कीले बताए । उनका अनुसार सवारीसाधन पार्किङ हुनुअघि त्यहाँ पोखरी थियो । उक्त पोखरीलाई पुनर्जीवन दिनका लागि पुनःनिर्माण हुन लागेको हो । अहिले माटो खन्ने र पर्खाल लगाउने काम भइरहेको छ ।
क्रेटा ईभी नेपाल प्रवेशसँगै ५ स्थानमा हुण्डाई ‘चार्ज शप’ खुल्ने
काठमाडौं । हुण्डाईको क्रेटा ईभी आउँदो फेब्रुअरी महिनामा नेपाल भित्रिँदै छ । नेपालका लागि हुण्डाई ब्राण्डको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेब्रुअरी महिनामा क्रेटाको ईभी भर्जन नेपालमा भित्राउन लागेको जनाएको छ । कम्पनीले हालसम्म प्री- बुकिङ भने खुलाएको छैन । तर, ग्राहकहरूमा उक्त गाडीप्रति आकर्षण देखिएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दीपक थपलियाले बताए । उनका अनुसार ग्राहकहरूले उक्त क्रेटा ईभीको खरिदका लागि अहिले नै रकम कम्पनीलाई भुक्तानी दिन थालेका छन् । ग्राहकहरूले यसबारेमा धेरै सोधपुछ गरिरहेको उनले जानकारी दिए । उनका अनुसार भारतमा यो गाडी लन्च भएसँगै नेपाली ग्राहकमा पनि आकर्षण बढेको हो । कम्पनीले यो गाडी नेपाल भित्र्याउने भएसँगै पूर्वाधार निर्माणमा पनि आक्रामक ढंगले अगाडि बढेको छ । ग्राहकलाई चार्जिङ स्टेसनसँगै सर्भिसको पनि सुविधा एकैठाउँमा दिन कम्पनीले ‘चार्ज सप’ निर्माण गर्न लागेको थपलियाले जानकारी दिए । चार्ज सफ भनेको चार्जिङ स्टेसनसँगै सर्भिसको पनि सुविधा भएको कम्बो प्याकेज हो । जहाँ गाडी चार्ज गर्ने स्थानमा सर्भिसको पनि सुविधा पाइन्छ । यो नेपालमा नौलो प्रयास हो । देशभर ५ स्थानमा चार्ज सप’ बनाउन पूर्वाधार निर्माणको काम सकिएको महाप्रबन्धक थपलियाले बताए । उनका अनुसार महेन्द्र हाइवेमा तीनवटा, एउटा बीपी हाइवेमा र एउटा सिद्धार्थ हाइवेमा स्थापना गरिनेछ । यस्तै, कम्पनीले एसी र डीसी चार्जिङ स्टेसनहरू पनि बिस्तार गर्न लागेको छ । हुण्डाईको एसी चार्जिङ स्टेसन हालसम्म ४५ वटा स्थानमा रहेका छन् । अब थप ५ स्थानमा एसी चार्जिङ स्टेसन स्थापना गर्न लागिएको पनि उनले जानकारी दिए । यसँगै हुण्डाईको एसी चार्जिङ स्टेसनको संख्या ५० पुग्नेछ । यसका साथै कम्पनीले देशभर विभिन्न विभिन्न स्थानमा २५ वटा डीसी चार्ज स्टेसन स्थापना गर्ने जनाएको छ । यस्तै, कम्पनीले एउटा गाडीबाट अर्काे गाडीमा चार्ज गर्न मिल्ने (भेहिकल टु भेहिकल चार्जिङ सिस्टम) प्रविधि पनि नेपाल भित्र्याई सकेको छ । यसले विशेषगरी पावर बैंकको रूपमा काम गर्दछ । भेहिकल टु भेहिकल चार्जिङ सिस्टम जडित २ वटा गाडी नेपाल आइसकेको र त्यसमा जडान गर्ने प्रविधि आउने क्रममा रहेको महाप्रबन्धक थपलियाले जानकारी दिए । यो विशेषगरी उद्दार गर्नका लागि प्रयोग गरिने उनले बताए । कुनै पनि हाइवेको बीचमा चार्ज सकिएको अवस्थामा चार्जिङ स्टेसनसम्म पुग्ने सकिँदैन । यस अवस्थामा उक्त भेहिकल टु भेहिकल चार्जिङ सिस्टम जडित गाडी गएर सो गाडीमा चार्ज गराउनेछ । यस प्रकारको भेहिकल टु भेहिकल चार्जिङ सिस्टम जडित एउटा गाडी काठमाडौं उपत्यका र एउटा उपत्यका बाहिर रहने थपलियाको भनाइ छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हाल हुन्डाईको ईभीमा कोना र आयोनिक फाइभ बिक्री वितरण गरिरहेको छ ।
हरित जलवायु कोषबाट मान्यता प्राप्त गर्ने नेपालको पहिलो वाणिज्य बैंक बन्यो एनआईएमबी
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) बाट मध्यम आकारको श्रेणीमा मान्यता प्राप्त गर्न सफल भएको छ । यससँगै बैंक नेपालको पहिलो निजी क्षेत्रको संस्था र पहिलो वाणिज्य बैंक बन्न सफल भएकाे छ । मान्यता प्राप्त गरेसँगै कम्पनी ५० मिलियनदेखि २५० मिलियन डलरसम्मका परियोजनाहरू व्यवस्थापन गर्न सक्षम भएको जनाइएको छ । यो उपलब्धिले जलवायु वित्तमा नेपालको निजी क्षेत्रको लागि महत्त्वपूर्ण प्रगति दर्शाउँछ। जीसीएफ ऐतिहासिक पेरिस सम्झौताका एक महत्त्वपूर्ण तत्व- २०१० मा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्वेन्सनका १९४ देशहरूद्वारा स्थापना गरिएको थियो । जीसीएफ विश्वको सबैभन्दा ठूलो जलवायु कोष हो, जसको उद्देश्य ‘जलवायु परिवर्तनसँग लड्नका लागि अन्तर्राष्ट्रिय समुदायद्वारा निर्धारण गरिएका लक्ष्यहरू प्राप्त गर्न विश्वव्यापी प्रयासहरूमा महत्त्वाकांक्षी योगदान पुर्याउने र विकासशील देशहरूलाई तिनीहरूको राष्ट्रिय रूपमा निर्धारण गरिएका योगदानहरू (एनडीसी) कम-उत्सर्जन, जलवायु-लचिलो मार्गहरूतर्फ बढाउन र महसुस गर्न समर्थन गर्ने’ हो । एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले भने, ‘हामी जीसीएफद्वारा मान्यता प्राप्त हुन पाउँदा सम्मानित महसुस गरिरहेका छौं र नवीन र रूपान्तरणकारी जलवायु परिवर्तन परियोजनाहरू कार्यान्वयन गर्ने हाम्रो मिशनलाई अघि बढाउन यो अवसरको उपयोग गर्न उत्साहित छौं ।’ यस मान्यतासँगै एनआईएमबीले नेपालका जलवायु लक्ष्यहरूलाई अघि बढाउन इच्छुक निजी संस्थाहरूका लागि पुलको रूपमा सेवा गर्न प्रतिबद्ध रहेको जनाउँछ । एनआईएमबीले नेपालमा ऊर्जा उत्पादन र पहुँच, यातायात, जनताको जीविकोपार्जन, दिगो कृषि, स्वास्थ्य, खाद्य र पानी सुरक्षा, र लचिलो निर्मित वातावरणसहितका प्रमुख जलवायु चुनौतीहरू सम्बोधन गर्ने न्यूनीकरण र अनुकूलन परियोजनाहरूमा ध्यान केन्द्रित गर्नेछ । स्थानीय समुदायहरू, सरकारी निकायहरू र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमार्फत एनआईएमबीले यी परियोजनाहरूको प्रभावलाई अधिकतम बनाउन, नेपालको राष्ट्रिय जलवायु लक्ष्यहरू र जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासमा योगदान पुर्याउने लक्ष्य राखेको छ । ग्रीन क्लाइमेट फन्ड जीसीएफ २०१० मा क्यानकुन सम्झौताहरूअन्तर्गत १९४ राष्ट्रहरूद्वारा विकासशील देशहरूको लागि जलवायु वित्तीय संरचनाभित्र एक समर्पित वित्तपोषण साधनको रूपमा स्थापना गरिएको थियो । यो सम्मेलनको वित्तीय संयन्त्रको एक सञ्चालन इकाईको रूपमा डिजाइन गरिएको हो र दक्षिण कोरियामा मुख्यालय रहेको छ । यसले जलवायु परिवर्तन चुनौतीहरूको सामना गर्न विकासशील देशहरूको प्रयासहरूलाई समर्थन गर्दछ । एनआईएमबी नेपालका प्रमुख वित्तीय संस्थाहरूमध्ये एक हो, जसले आफ्नो २७२ शाखाहरू, ८१ शाखारहित बैंकिङ, २६६ एटीएमहरू र ६५ विस्तार काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै ३० लाख बढी ग्राहकलाई सेवा दिइरहेको छ । बैंकले आफ्नो विरासतलाई निरन्तर निर्माण गर्दै, नवप्रवर्तन, उत्कृष्ट ग्राहक सेवा, र वित्तीय समावेशीकरण र दिगो विकासलाई प्रवर्द्धन गरेर समाजमा सकारात्मक योगदान पुर्याउन प्रतिबद्ध एक अग्रणी वित्तीय संस्था बन्ने लक्ष्य राखेको छ।
रास्वपा सभापति लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालत कास्कीको आदेश
काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ । लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो । धराैटीमा रिहा गर्न आदेश दिएसँगै अब लामिछानेले धरौटी बुझाएर रिहा भई तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत, कास्कीमा न्यायाधीश राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस सुरु भएको थियो । उक्त मुद्दाका आरोपी एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायत जोडिएका छन् । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा रहेको न्यायाधीवक्ता काफ्लेले बताए ।
वायु सेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरी एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ । सांसद शिशिर खनालको संयोजकत्वमा गठित उपसमितिमा समितिका सदस्यत्रय छिरिङ ल्हामु लामा (तामाङ), योगेश गौचन थकाली र सुनिता बराल छन् । बैठकले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको बृहत्तर विकासको कार्ययोजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ । पर्यटन प्रवद्र्धनका निम्ति विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाकाको संरक्षण तथा जातीय र धार्मिक सङ्ग्रहालय स्थापना गर्नुपर्नेमा बैठकले जोड दिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए । पुरातात्विक सम्पदा उत्खननका साथै मन्त्रालयअन्तर्गत सार्वजनिक–निजी साझेदारीमा सञ्चालित आयोजनाको प्रभावकारिता अध्ययन गरी त्यसको जानकारी समितिलाई उपलब्ध गराउन पनि उक्त मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन गर्न सम्बद्ध निकायहरुबीच सम्झौता गर्ने, नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई कार्यान्वयन गर्ने, राष्ट्रिय महत्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई शीघ्र अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि बजारीकरण योजनासहितको रणनीतिक कार्ययोजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ । देशका विभिन्न जिल्लामा रहेका वायु सेवा निगमको स्वामित्वका जग्गा तथा भौतिक सम्पत्तिको उपयोग योजना तयार गरी चाँडोभन्दा चाँडो कार्यान्वयन गरेर समितिलाई जानकारी दिन निर्देश गरेको छ । त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले निगममा समस्या समाधान गर्न आफू क्रियाशील रहेको बताएका थिए । मन्त्री पाण्डेले निगमका विमान निर्धारित समयमा नै विमान उड्छन् भन्ने सन्देश प्रवाह गर्न जरुरी भएको बताए । नेपाल वायु सेवा निगमलाई सुधार गर्न आफ्नो र मन्त्रालयका तर्फबाट हरसम्भव प्रयत्न भइरहेको उनले दोहोर्यएका थिए । समितिका सदस्य माधवकुमार नेपालले नेपाल वायु सेवा निगमका कामलाई गुणस्तरीय बनाउन सुझाव दिदै निजीकरणले मात्र समस्या समाधान नहुने तर्क गरे । निजी विमान कम्पनी नाफामा जाने तर नेपाल वायुसेवा निगम घाटामा जानुको कारणको अध्ययन गरी सुधारका कदम अविलम्ब चाल्नुपर्नेमा जोड दिएका थिए । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमबीचको सम्बन्ध सुमधुर नहुँदा पनि समस्या बढेको उनले बताएका थिए ।
तीनै सरकारको एकीकृत वित्तीय विवरण : आम्दानीभन्दा साढे ५ खर्ब बढी खर्च
गत आर्थिक वर्ष २०८१/८२ को बजेट तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेका थिए । काठमाडौं । तीनै तहका सरकारको आम्दानीभन्दा बढी खर्च भएको देखिएको छ । अर्थ मन्त्रालयको तथ्याङ्कले यस्तो देखाएको हो ।गत आर्थिक वर्षमा तीनै तहका सरकारले राजस्वभन्दा साढे ५ खर्ब रुपैयाँ बढी खर्च गरेका छन् । संघ, प्रदेश र स्थानीय तहको एकीकृत वित्तीय विवरणअनुसार आव २०८१/०८२ मा तीनै तहका सरकारको कुल खर्च राजस्वभन्दा बढी देखिएको हो । उक्त आवमा तीनै तहका सरकारको कुल खर्च १६ खर्ब ८२ अर्ब ८ करोड ६६ लाख देखिएको छ । जसमध्ये चालुतर्फ ९० खर्ब ४३ अर्ब १० करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । यस्तै, पुँजीगततर्फ ४ खर्ब ६६ अर्ब ३७ करोड ८२ लाख तथा वित्तीय व्यवस्थातर्फ २ खर्ब ७२ अर्ब ५० लाख खर्च भएको छ । जसमा स्थानीय सरकारको जम्मा खर्च ४ खर्ब २३ अर्ब ६९ करोड २ लाख खर्च भएको छ । चालुतर्फ २ खर्ब ७९ अर्ब ६८ करोड ३७ लाख खर्च भएको छ भने पुँजीगततर्फ १ खर्ब ४३ अर्ब ७५ करोड ६३ लाख खर्च भएको छ । यस्तै, वित्तीयतर्फ भने जम्मा ३५ करोड २ लाख खर्च रहेको छ । यस्तै, प्रदेश सरकारको चालुतर्फ ७२ अर्ब २ करोड ७० लाख भएको छ भने पुँजीगततर्फ १ खर्ब १२ अर्ब ८ करोड ३२ लाख भएको छ । यस्तै, वित्तीयतर्फ भने कुनै खर्च नहुँदा कुल प्रदेश सरकारको जम्मा खर्च १ खर्ब ८४ अर्ब ११ करोड २ लाख रहेको छ । यसैगरी, संघीय सरकारको चालुतर्फ यकिन खर्च ९ अर्ब २९ करोड १२ करोड ६४ लाख खर्च भएको छ। यस्तै, पुँजीगततर्फ १ खर्ब ९२ अर्ब २ करोड ७२ लाख खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ भने जम्मा २ करोड ७२ अर्ब २४ करोड ७७ लाख समेत गरी जम्मा खर्च १३ खर्ब ९३ अर्ब ४० करोड १५ लाख गरेको प्रतिवेदनमा उल्लेख छ । जसमा उक्त आवमा तीनै तहले गरेको जम्मा राजस्वमा ११ खर्ब ४३ अर्ब १९ करोड ७९ लाख रुपैयाँ रहेको छ । यसअनुसार सरकारको खर्च र राजस्वमा साढे ५अर्ब अपुग देखिन्छ । तीनै तहका सरकारको सञ्चित कोषको अवस्था आव २०८०/०८१ मा कुल प्राप्ति १२ खर्ब ८४ अर्ब ६७ करोड ६३ लाख रहेको छ भने कुल भुक्तानी १३ खर्ब ४६ अर्ब २१ करोड १२ लाख तथा विनयदर वा अन्य समायोजन १४ अर्ब ४४ करोड ५६ लाख भएबाट यस आवको सुरुको मौज्दात समेतको समायोजनबाट आवको अन्त्यमा संघीय सञ्चित कोष २ खर्ब २८ अर्ब ३५ करोड ७६ लाखले ऋणात्मक छ । यस्तै, प्रदेशको सञ्चित कोष ५० अर्ब ९० लाख ९८ लाख धनात्मक तथा स्थानीय ६० अर्ब ५० करोड ८० लाखले धनात्मक हुँदा समग्रमा तीनै सरकारको सञ्चित कोषमा १ खर्ब १६ अर्ब ९३ करोड ९७ लाख धनात्मक रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि अन्य मौज्दात समायोजन गर्दा आवको अन्तिममा एक खर्ब ३४ अर्ब १२ करोड ५१ लाख रुपैयाँ नगद तथा बैंक मौज्दात रहेको देखिएको छ । खासगरी स्थानीय तहका सञ्चित कोष र अन्य सरकारी कोषका रकम मौज्दात रहेका कारण तीनै तहको एकीकृत बाँकी नगद तथा मौज्दात धनात्मक देखिएको हो ।
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौं । देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तीयाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई पनि पक्राउ गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरवाबाट कोहलपुर नगरपालिका–२ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र सोही नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षीय किरण राना मगरलाई पनि खेरो हेरोइनसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
झिंगाले सरापेर डिंगा मर्दैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागेपनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताएका छन् । बिहीबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरुलाई पन्छाएर एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको बताए । आफू एउटा इमान्दारिताका साथ काम गर्ने व्यक्ति भएको बताए । झिंगाले सरापेर डिंगा नमर्ने भन्दै अरुले सरापेर एमाले नसकिने टिप्पणी गरे । ‘एमालेलाई मार्छौं, सिध्याउँछौँ भने, उधुम कराए, कोही भाला लिएका छन्, कोही के बोकेका छन् । त्यस्तो गरेर कराए । यो चुनावपछि एमाले टर्च लाइट बालेर खोज्दा एमाले भेटिँदैन भने’, उनले भने । प्रधानमन्त्री ओलीले युवा शक्ति एमालेसँग छ की छैन भन्नेकुरा फागुन १५ को अनेरास्ववियुको निर्वाचनबाट देखाउनुपर्ने बताए । उनले प्रचारबाजी र भ्रम लामो समयसम्म टिक्न नसक्ने जानकारी दिए ।