एनसेल नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने
काठमाडौं । प्रतीक्षित एनसेल नेपाल सुपर लिग २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेश्रो सिजनको खेलतालिका सार्वजनिक गरेको छ । चैत्र , १६ २०८१ मा सुरु हुने यो सिजन एक महिना लामो कडा प्रतिस्पर्धाको फाइनल खेल भने बैशाख १३ २०८२ मा महा भिडन्तका साथ समापन हुनेछ। एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात उत्कृष्ट टोलीहरू एनसेल एनएसएल उपाधिका लागि प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ । एनसेल एनएसएल २०२५ को पहिलो खेल सिजन १ को बिजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को बिजेता ललितपुर सिटी एफसी बीचको भ्याली डर्बी रहनेछ। यो बहुप्रतीक्षित खेलले फुटबलप्रेमीहरूलाई रोमाञ्चित बनाउनेछ, यो भिडन्तले थप उत्साह र प्रतिस्पर्धात्मक भावना सिर्जना गर्नेछ र सिजन भर नै यो उत्साहलाई कायम राख्नेछ । यो रोमाञ्चक खेलसँगै सिजनको यात्रा सुरु हुनेछ, जहाँ प्रत्येक टोलीले च्याम्पियन बन्ने लक्ष्य राख्नेछ। अप्रिल २६, २०२५ को फाइनल खेलमा यस सिजनको विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । ।
नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सवमा प्रभातफेरी
काठमाडौं । नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ । प्रभातफेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक लगायत सम्पूर्ण कर्मचारीले सहभागिता जनाएका थिए । कोष कार्यालय परिसरबाट ब्यानरसहित सुरु भएको प्रभातफेरी कार्यक्रम तीनकुने, सिनामंगल, पुरानो बानेश्वर हुँदै कोष परिसरमा आएर सम्पन्न भएको हो । वार्षिकोत्सवको अवसरमा कोषले विभिन्न खेलकुद तथा रक्तदानका कार्यक्रम गर्दै आइरहेको छ ।
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८० रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २९ पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ८० पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ३३ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
बरेला प्रतिकिलो ४० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको अधिकतम थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रू २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रू ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रू २२, आलु रातो प्रतिकिलो रू ३५, आलु रातो (भारतीय) प्रतिकिलो रू ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रू ५८, गाजर (लोकल) प्रतिकिलो रू ४०, गाजर (तराई) प्रतिकिलो रू २५, बन्दा (लोकल) प्रतिकिलो रू १२, बन्दा (नरिवल) प्रतिकिलो रू १५, काउली (स्थानीय) प्रतिकिलो रू २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रू २०, मूला रातो प्रतिकिलो रू ४०, मूला सेतो (लोकल) प्रतिकिलो रू २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रू २५, भन्टा लाम्चो प्रतिकिलो रू ५० तथा भन्टा डल्लो प्रतिकिलो रू ६० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रू ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रू ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रू ३०, घिउ सिमी (राजमा) प्रतिकिलो रू ९०, टाटे सिमी प्रतिकिलो रू ७०, तिते करेला प्रतिकिलो रू ११०, लौका प्रतिकिलो रू ४५, परबर (तराई) प्रतिकिलो रू १२०, घिरौला प्रतिकिलो रू ७०, झिगुनी प्रतिकिलो रू ७०, फर्सी पाकेको प्रतिकिलो रू ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रू १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रू १५ तथा भिण्डी प्रतिकिलो रू १२० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रू ४०, पिँडालु प्रतिकिलो रू ९०, स्कूस प्रतिकिलो रू ४०, रायो साग प्रतिकिलो रू ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रू ८०, तोरीको साग प्रतिकिलो रू ४०, मेथीको साग प्रतिकिलो रू ६०, प्याज हरियो प्रतिकिलो रू ३०, बकुला प्रतिकिलो रू ४०, तरूल प्रतिकिलो रू ९०, च्याउ (कन्य) प्रतिकिलो रू १३०, च्याउ (डल्ले) प्रतिकिलो रू २८० निर्धारण गरिएको छ । कुरलिो प्रतिकेजी रु १००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रू ४०, चुकुन्दर प्रतिकिलो रू ६०, सजीवन प्रतिकिलो रू १५०, कोइराला प्रतिकेजी रू २००, रातो बन्दा प्रतिकिलो रू ५०, जिरीको साग प्रतिकिलो रू ५०, सेलरी प्रतिकिलो रू १५०, सौफको साग प्रतिकिलो रू ८०, पार्सले प्रतिकिलो रू ३३०, पुदिना प्रतिकिलो रू ३००, गान्टे मूला प्रतिकिलो रू ६०, इमली प्रतिकिलो रू १६०, तामा प्रतिकिलो रू १००, तोफु प्रतिकिलो रू १२० र गुन्द्रुक प्रतिकिलो रू ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रू २५०, स्याउ (फूजी) प्रतिकिलो रू ३५०, केरा (दर्जन) रू १५०, कागती प्रतिकिलो रू २५०, अनार प्रतिकिलो रू ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रू २००, अङ्गुर (कालो) प्रतिकिलो रू २५०, सुन्तला (भारतीय) प्रतिकिलो रू १२०, मौसम प्रतिकिलो रू २००, जुनार प्रतिकिलो रू १५०, काँक्रो (लोकल) प्रतिकिलो रू ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रू ४०, निबुवा प्रतिकिलो रू ५०, नासपाती (चाइनिज) प्रतिकिलो रू २५०, मेवा (नेपाली) प्रतिकिलो रू ५०, मेवा (भारतीय) प्रतिकिलो रू ११०, लप्सी प्रतिकिलो रू १००, खरबुजा प्रतिकिलो रू ४५, स्ट्रबेरी प्रतिकिलो रू २००, किबी प्रतिकिलो रू ४००, अमला प्रतिकिलो रू १२० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रू १००, खुर्सानी सुकेको प्रतिकिलो रू ३२५, खुर्सानी हरियो प्रतिकिलो रू १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रू ११०, भेडे खुर्सानी प्रतिकिलो रू १००, लसुन हरियो प्रतिकिलो रू ६०, हरियो धनिया प्रतिकिलो रू ८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रू २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रू २३०, छ्यापी सुकेको प्रतिकिलो रू १६०, छ्यापी हरियो प्रतिकिलो रू ७०, ताजा माछा (रहु) प्रतिकिलो रू ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रू २६०, ताजा माछा (छडी) प्रतिकिलो रू २४०, रूख टमाटर प्रतिकिलो रू १८०, राजा च्याउ प्रतिकिलो रू ३०० र सिताके च्याउ प्रतिकिलो रू ८०० तोकेको छ ।
स्यूचाटारमा आगलागी, १५ लाखको क्षति
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ताको टहरा)मा राति ९ः४० बजे लागेको आगो १०ः५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए । उनका अनुसार साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाई भए पनि चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन् । अन्य विभिन्न क्षेत्रका थप चारवटा दमकल आए पनि सडक फराकिलो नहुँदा त्यहाँ जान सकेन । उक्त आगालगीमा १५ लाख बराबरको क्षति अनुमान गरिएको छ । आगो निभाउन कालिमाटी प्रहरी वृत्तका प्रमुख रुपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो । स्वम्भू वृत्तका प्रहरी टोलीसमेत परिचालन भएको थियो । आगलागीबाट अन्न, काठमा फर्निचर, लत्ताकपडा, घरायसी सामान भाँडाकुडा लत्ताकपडा, फलाम जलेको छ । विद्युत् चुहिएर आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
५ कम्पनीको ३२ करोडको सेयर बेच्दै एनआईसी एशिया बैंक
काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक विभिन्न ५ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र जीवन विकास लघुवित्तको सेयर बिक्री गरेर बाहिरिने भएको हो । बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता, निफ्राको १० लाख कित्ता र जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ कित्ता गरी कुल १४ लाख ४६ हजार ९०२ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले नागरिक लगानीको सेयर मूल्य प्रतिकित्ता ६९६ रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको प्रतिकित्ता २६९ रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता १५९ रुपैयाँ, निफ्राको प्रतिकित्ता १०५ रुपैयाँ र जीवन विकास लघुवित्तको ५४० रुपैयाँ मूल्य तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो वा सो मूल्य भन्दा बढी कबोल गरी आवेदन दिनुपर्नेछ । सो मूल्यका आधारमा बैंकले लगानी कोषको ३ करोड ४८ लाख रुपैयाँ, सूर्याेदय वोमीको १ करोड ५८ लाख ८७ हजार १४० रुपैयाँ, सूर्यज्योतिको ७९ लाख ५० हजार रुपैयाँ, निफ्राको १० करोड ५० लाख रुपैयाँ र जीवन विकासको १५ करोड ५४ लाख ३४ हजार ६८० रुपैयाँ गरी कुल ३१ करोड ९० लाख ७१ हजार रुपैयाँको सेयर बिक्री गर्न लागेको हो । सेयर खरिदका लागि आवेदन दिँदा कम्तिमा ५ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ । उक्त सेयर बिक्री प्रबन्धकको कार्य एनआईसी एशिया क्यापिटलले गर्नेछ । सेयर खरिदका लागि बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय थापाथली, विराटनगर मोरङ, आदर्शनगर वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रनगर सुर्खेतबाट आवेदन दिन सकिनेछ । उक्त सेयरमा चैत ३ गतेदेखि चैत १० गतेसम्म बोलपत्र आवेदन दिन सकिनेछ ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने आज चैत ३ गते अन्तिम दिन रहेको छ । फागुन २७ गतेदेखि कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँको १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई बिक्री गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
फरवार्ड माइक्रोफाइनान्सको १९ करोड बढीको सेयर बिक्रीमा, मूल्य ५३१ रुपैयाँ
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १९ करोड बढीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्त संस्थाको संस्थापक समूहको ३ लाख ६३ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । साथै उक्त सेयरको मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ तोकिएको छ । सो आधारमा लघुवित्तले १९ करोड २७ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको संस्थापक सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले पनि आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले चैत ३ गतेदेखि चैत १७ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कम्तिमा एक हजार कित्ता सेयरका लागि बोलपत्र पेश गर्नुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।