विकासन्युज

ओलीपछि प्रकाशमानलाई बालेनको झापड : मलाई हराउने नाममा देशलाई नहराउनू

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लेउपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई आफूलाई हराउने नाममा काठमाडौं र देशलाई नहराउन सुझाव दिएका छन् । उनले अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने लगायतका काम कहिले गर्ने भन्दै प्रश्न गर्दै यस्तो सुझाव दिएका हुन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत सिंहलाई प्रश्न गर्दै भनेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो । कहिले गर्ने हो ?’ मलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,’ मेयर बालेनले भनेका छन्, ‘यत्रो गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।’ यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै आएका बालेनले यस पटक सिंहको आलोचना गरेका हुन् ।

एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण भएको छ । काठमाडौंको महानगरपालिका– २८, कमलादीमा सञ्चालनमा रहेको बैंकको शाखा आइतबारदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो । नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ कारोबार आजका मितिबाट नयाँ ठाउँबाट सञ्चालन हुने बेहोरा बैंकले समस्त ग्राहक तथा सम्बन्धित सबै सरोकारवालामा गराएको छ ।

अमेरिकाबाट दक्षिण अफ्रिकी राजदूत निष्कासित, भन्छन्- कुनै पछुतो छैन

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारसँगको विवादमा संयुक्त राज्य अमेरिकाबाट निष्कासित गरिएका दक्षिण अफ्रिकी राजदूत आइतबार हर्षित स्वागतार्र्थीहरू बीच घर फर्केर यस निर्णयप्रति दृढ भनाइ राखेका छन् । घर फर्कने हाम्रो रोजाइ थिएन, तर हामी कुनै पछुतो बिना घर फर्केका छौं, इब्राहिम रसुलले केप टाउनमा सयौँ समर्थकलाई भने । ट्रम्पलाई घृणा गर्ने ‘जातिवादी उत्तेजना गर्ने राजनीतिज्ञ’ भएको आरोपमा उनलाई वासिङ्टनबाट निष्कासन गरिएको थियो । दक्षिण अफ्रिकाको श्वेत भूमि विरोधी नीति, अन्तर्राष्ट्रिय अदालतमा इजरायल विरुद्धको नरसंहारको मुद्दा र अन्य विदेश नीति द्वन्द्वका कारण ट्रम्पले आर्थिक सहायता कटौती गरेपछि वासिङ्टन र प्रिटोरियाबीचको सम्बन्ध बिग्रिएको छ । ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ आन्दोलनलाई अमेरिकामा विविधताको सर्वोच्चतावादी प्रतिक्रियाका रूपमा वर्णन गरेपछि रसुललाई अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत हप्ता निष्कासन गरिएको बताएका थिए । पूर्व रङ्गभेद विरोधी अभियानकर्ता रसुलले आइतबार आफ्नो टिप्पणीको रक्षा गर्दै दक्षिण अफ्रिकी बुद्धिजीवी, राजनीतिक नेताहरू र अन्यसँग कुरा गर्दै ‘अमेरिकासँग व्यापार गर्ने पुरानो तरिका काम गर्न गइरहेको छैन’ भनेर बताएका थिए । जबसम्म हामी अमेरिकासँग बोल्ने हाम्रो तरिका परिवर्तन गर्दैनौँ र अमेरिका के हो भन्ने बुझ्दैनौँ– यो ओबामाको अमेरिका होइन, यो क्लिन्टनको अमेरिका होइन– यो एक फरक अमेरिका हो र त्यसैले हाम्रो भाषा लेनदेनमा मात्र परिवर्तन हुनु हुँदैन तर दक्षिण अफ्रिकामा एक सीमान्त श्वेत समुदायलाई आफ्नो निर्वाचन क्षेत्रका रूपमा स्पष्ट रूपमा पहिचान गर्ने समूहमा प्रवेश गर्न सक्ने भाषा पनि हुनुपर्छ,’ उनले भने ।   ट्रम्पले फेब्रुअरीमा दक्षिण अफ्रिकालाई दिने अमेरिकी सहायता रोक्का गरेका थिए । उनले देशको एक कानूनलाई उद्धृत गर्दै उक्त कानूनले श्वेत किसानहरूबाट जमिन जफत गर्न अनुमति दिन्छ भनी आरोप लगाएका थिए । दक्षिण अफ्रिकाका किसानहरूलाई संयुक्त राज्य अमेरिकामा बसोबास गर्न स्वागत गरिएको भन्दै सरकारले श्वेत मानिसहरूबाट जग्गा ‘जफत’ गरिरहेको छ भन्ने प्रमाण प्रदान नगरी आफ्नो आरोप दोहो¥या एपछि ट्रम्पले यस महिना तनावलाई अझ बढाएका छन् । एजेन्सी

नेपाल-म्यानमार ट्रेड एण्ड टुरिजम एक्स्पो २०२५ सम्पन्न

काठमाडौं । म्यान्मारस्थित नेपाली राजदूतावासले यागौंनमा शुक्रबार र शनिबार २ दिने ‘नेपाल–म्यान्मार ट्रेड एन्ड टुरिजम एक्स्पो– २०२५’ को आयोजना सम्पन्न भएको छ । कमिङ टुगेदर फर ट्रेड एन्ड टुरिजम प्रोमोसन नारा लिएर आयोजित उक्त एक्स्पोमा नेपाल तथा म्यान्मारबाट व्यापार, पर्यटन, ट्राभल्स एण्ड टुर्स तथा आईटी क्षेत्रसँग सम्बन्धित कम्पनीहरुले ५० भन्दा बढी स्टलमा आफ्नो वस्तु तथा सेवाको प्रदशनी गरेका थिए । शुक्रबार म्यान्मारका वाणिज्यमन्त्री यू टुन ओहन तथा म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले एक्स्पोको उद्घाटन गरेका थिए । रात्रिभोजसहितको उक्त कार्यक्रममा नेपाल तथा म्यान्मारका प्रतिनिधिले विभिन्न प्रस्तुतिकरण दिएका थिए । राजदूत घिमिरेले अथितिहरूलाई एक्स्पोमा स्वागत गर्दै नेपाल र म्यान्मारको ऐतिहासिक धार्मिक सम्बन्धलाई अझ विस्तार गरी व्यापार, पर्यटन, व्यवसाय र जनस्तरको सम्बन्धका सम्भावित क्षेत्रहरूमा साझेदारीलाई सुदृढ गर्न दुतावासले निरन्तर एक्स्पो आयोजना गरेको बताए । म्यान्मारका वाणिज्यमन्त्रीले म्यान्मारका जनताका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण रहेकोले नेपाल उनीहरूका लागि धेरै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै नेपाल र म्यान्मारले पर्यटनका क्षेत्रमा सहकार्यका लागि दुई देशबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्नुपर्नेमा जोड दिए । करिव २५० जनाको सहभागिता रहेको सो कार्यक्रममा यागौंन क्षेत्रका मुख्यमन्त्री, यागौंन क्षेत्रका आर्थिक मामिलामन्त्रीलगायत उच्च सरकारी पदाधिकारीहरू, बैंकिक क्षेत्रका उच्चपदाधिकारीहरू, व्यावसायी तथा नेपाली समुदायको समेत सहभागिता रहेको थियो ।

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको वाकाथन सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंकले ‘वाक फर वाटर, वाक फर लाइफ’ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ । सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा पहिलो पटक यो कार्यक्रम आयोजना गरेको हो । सिद्धार्थ बैंकले दिगो विकासका लक्ष्यलाई आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रियालाई सोहीअनुरूप गर्दै आएको छ । यसै क्रममा बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) मान्यताहरूलाई अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रमहरू समेत लागू गरिसकेको छ । हरित वित्त, आधुनिक डिजिटल बैंकिङ तथा सामाजिक उत्तरदायित्वका पहलहरुमार्फत बैंक वित्तीय पहुँच विस्तार गर्न सदैव तत्पर छ भने पुनर्नवीकरणीय ऊर्जा, वातावरणमैत्री लगानी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै, दिगो आर्थिक वृद्धिमा योगदान पु¥याउन पनि बैंक प्रतिवद्ध रहेको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मानउँदै आएको छ । यस दिवसको उद्देश्य दिगो विकास लक्ष्य (एसडीजी) अन्तर्गत ’सबैका लागि पानी र सरसफई सुनिश्चित गर्न योगदान पु¥याउनु हो । यस अवधिमा पानीको महत्त्वबारे जनचेतना फैलाउने विभिन्न अभियान सञ्चालन गरिन्छ । यस क्रममा बैंकले आफ्नो दिगो बैंकिङ उद्देश्यलाई थप सार्थक बनाउन र जनमानसमा पानीको महत्त्वको बारे जनचेतना फैलाउनका लागि ‘वाक फर वाटर, व ाक फर लाइफ’ वाकाथन कार्यक्रम आयोजना गरेको हो । पानी पृथ्वीमा जीवनको आधार हो । यस वर्षको विश्व पानी दिवसको मुल एजेण्डा हिमनदी संरक्षण रहेको छ । हिमनदी संरक्षण भनेको पृथ्वीको दीर्घकालीन अस्तित्व सुरक्षित गर्नु हो । हिमनदीहरूबाट प्राप्त पानी पिउन, कृषि, उद्योग, ऊर्जा उत्पादन तथा पारिस्थितिक सन्तुलनका लागि अत्यावश्यक छ । कार्यक्रम उद्घाटन गर्ने क्रममा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद कँडेलले नेपालजस्तो हिमाली मुलुकमा हिमनदीहरु पग्लिनु गम्भीर समस्या भएको बताउँदै यसको संरक्षणलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाका रुपमा अघि बढाउनु पर्ने धारणा राखे । बैंकले आयोजना गरेको यस ५ कि.मी. लामो प्रभातफेरी कार्यक्रम नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुनः नक्सालसम्म आइ सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका कर्मचारीलगायत विभिन्न सरोकारवालाहरू गरी ६५६ जना व्यक्तिहरूको सहभागिता रहेको थियो ।

५३ लाखबाट १६ अर्बको यात्रा, निरन्तर नाफामा डाबर नेपाल

काठमाडौं । विभिन्न कम्पनीहरुले व्यापार नभएको गुनासो गर्दै नोक्सानमा भएको बताइरहँदा डाबर नेपालले भने आकर्षक आम्दानी गरेको देखिएको छ । डाबर नेपाललले सन् २०२४ मा राम्रो व्यापार गरेर उच्च नाफा गर्न सफल भएको छ । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले सन् २०२४ मा १६अर्ब १६ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन सन् २०२३ को तुलनामा १८.७२ प्रतिशत बढी हो । सन् २०२३ मा यस कम्पनीको कुल सञ्चालन आम्दानी १३ अर्ब ६१ करोड ५० लाख र सन् २०२२ मा १३ अर्ब १ करोड ८० लाख रुपैयाँ थियो । सन् २०२४ मा कम्पनीको व्यवसायमा राम्रो सुधार भएको देखिन्छ । आम्दानीसँगै कम्पनीको नाफा मार्जिनमा पनि राम्रो सुधार देखिएको छ । सन् २०२२ मा १३.५४ प्रतिशत रहेको नाफा मार्जिन, सन् २०२३ मा १३.८८ प्रतिशत र सन् २०२४ मा १६.९७ प्रतिशत रहेको छ । कम्पनीको ऋण अनुपात पनि स्थिर रहेको देखिन्छ । हाल सो अनुपात ०.१४ रहेको छ । ब्याज भुक्तानी गर्न सक्ने क्षमता पनि मजबुद रहेको छ भने ऋण÷नगद आम्दानी अनुपात पनि सकारात्मक देखिन्छ । यस्तै, कम्पनीले ६ अर्ब ६० करोड रुपैयाँ ऋणको रेटिङ पनि गरेको छ । त्यसका लागि ए वान प्लस रेटिङ पाएको छ । बुहराष्ट्रिय कम्पनीहरुमध्ये डाबर नेपाल नेपालमा सबैभन्दा सफल कम्पनीका रुपमा परिचित छ । डाबर सन् १९८९ मा नेपालमा व्यवसाय प्रवेश गरेको यस कम्पनीले सन् १९९२ बाट औपचारिकरुपमा उत्पादन सुरु गरेको थियो । नेपालमा ८ करोड रुपैयाँबाट सुरु भएको यो कम्पनीले पहिलो वर्ष ५३ लाख रुपैयाँको कारोबार गरेको थियो भने अहिले वार्षिक १६ अर्ब आम्दानी गर्ने स्थितिमा पुगेको छ । यो कम्पनी सरकारबाट बढी कर तिर्ने कम्पनीका रुपमा पनि सम्मानित भइसकेको छ भने यसले हजारौंलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पनि दिएको छ । नेपालबाट भारतमा सबैभन्दा बढी निर्यात गर्ने बहुराष्ट्रिय कम्पनीका रुपमा डाबर नेपाल परिचित छ । डाबर नेपालमा डाबर इन्डिया लिमिटेडको ९७.५ प्रतिशत र नेपालमा स्व. रुक्मशमशेर राणा परिवारको २.५ प्रतिशत लगानी छ । उनै स्व रुक्मशमशेर राणाले डाबरलाई नेपालमा भित्र्याएका हुन् । डाबरका उत्पादनहरूमा फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी)मा प्याकेज फुड तथा बेभरेज, पर्सनल केयर, होम केयर, हेल्थ केयर, आयुर्वेदिक फर्मुलेसनलगायत रहेका छन् । डाबरले एक दर्जन बहुराष्ट्रिय ब्रान्डहरू नेपालमा उत्पादन गर्दै आएको छ । डाबर नेपालले फ्रुट जुस, बेभरेज, टेस्ट मेकर्स, फुड प्रडक्ट, हेल्थ केयर प्रडक्ट, पर्सनल केयर प्रडक्ट, हाउस केयर प्रडक्ट, आयुर्वेदिक प्रडक्ट उत्पादन तथा बिक्री-वितरण गर्दै आइरहेको छ । कम्पनीले डाबर च्यावनप्रास, डाबर रियल जुस, डाबर टुथ पेस्ट, डाबर ग्लकोज, डाबर हनी, पाचन चुर्ण, हाजमोला क्यान्डी, हनिटस, हाजमोला ट्याबलेट, टुथ पाउडर, हेयर आयल, क्रिम बेस्ड प्रडक्ट, साबुन, स्याम्पु, रोज वाटर, एयर फ्रेसनरलगायत उत्पादन गर्दै आइरहेको छ ।

लिखित तथा मौखिक जानकारीबिनै प्राधिकरणका हाकिमले लोडसेडिङ गराउनुभयो : मारु

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले नेपाल विद्युत प्राधिकरणले जानकारी नदिइकन लोडसेडिङ गरिरहेको दाबी गरेका छन् । आइतबार नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल्स उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मारुले यस्तो बताएका हुन् । उनले लोडसेडिङ कारण उद्योगहरू मारमा परिरहेको गुनासो गरे । अध्यक्ष मारूले ११–१२ घण्टा लोडसेडिङ हुँदा पनि प्राधिकरणका हाकिमले लोडसेडिङ नभएको भन्दै झुटमाथि झुट फैलाइरहेको बताए । उनले भने, ‘हामीलाई केही जानकारी दिएको छन् । न लिखित न त मौखिक रूपमै । एक्कासि लोडसेडिङ गरियो । अझ आफै लोडसेडिङ गरिएको छैन भन्नुहुन्छ । यो झुट हो । १२-१३ घण्टामात्रै बत्ती बल्छ, त्यो पनि व्यवस्थित छैन ।’ अध्यक्ष मारुले २०७५ सालदेखि उद्योगहरूमा लाइन काट्ने विवाद हुँदै आएको पनि बताए ।

नीर्जीवन बीमा कम्पनीहरूको फागुनसम्मको व्यवसाय २८ अर्ब २ करोड

काठमाडौं । नीर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म कुल २८ अर्बभन्दा बढी लाख बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ नीर्जीवन बीमा कम्पनीले १८ लाख ४३ हजार बीमा लेख जारी गरी कुल २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेका हुन् । कम्पनीहरूले फागुन महिनामा मात्रै २ लाख २१ हजार बीमा लेख जारी गरी ३ अर्ब ७५ करोड कुल बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले फागुन मसान्तसम्ममा एक लाख ९७ हजार ५२८ बीमालेख जारी गर्दा कुल ४ अर्ब १ करोड ३९ लाख व्यवसाय गरेको छ । कम्पनीले फागुनमा मात्रै २३ हजार ४१२ बीमालेख जारी गरी ८८ करोड १८ लाख बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले एक लाख ८५ हजार ८७ बीमा लेख जारी गरी सो रकम बराबरको बीमा शुल्क संकलन गरेको हो । सलिकोले फागुनमा मात्रै ३८ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी, आईजीआई प्रुडेन्यिसल इन्स्योरेन्सले फागुनसम्ममा २ अर्ब ३२ करोड ४४ लाख बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले फागुनमा मात्रै ३४ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । फागुन मसान्तसम्ममा हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब २१ करोड, फागुनमा मात्रै २८ करोड ८७ लाख, नेको इन्स्योरेन्सले फागुन मसान्तसम्ममा २ अर्ब १९ करोड, एनएलजी इन्स्योरेन्स एक अर्ब ८५ करोड ९१ लाख, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५९ करोड ८६ लाख र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ५७ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।