बजेटमा घोषणा गरेका संक्रामक राेग अस्पताल अलपत्र, स्पष्ट मोडालिटी नहुँदा अन्योल
काठमाडौं । कुनै ठाउँमा महामारी फैलियो अर्थात कुनै सङ्क्रामक रोग देखा पर्यो भने नागरिकले हतारिँदै काठमाडौंको यात्रा तय गर्नुपर्छ । आजभन्दा १ सय १० वर्ष पहिलेको जस्तै अवस्था अहिले पनि उस्तै छ । सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार केही वर्ष पहिले सर्लाहीमा डेङ्गी महामारी फैलँदा अस्पताल भर्ना हुन त्यहाँका बिरामीले काठमाडौं पुग्नु परेको थियो । अवस्था अहिले पनि उस्तै छ । अहिले पनि कुनै जटिल किसिमको महामारी फैलियो भने बिरामीको भरोसा टेकु अस्पताल नै हो । काठमाडौंको टेकुमा रहेको सरुवा रोग अस्पतालमा पूर्व पश्चिमदेखि उत्तर दक्षिणका नागरिक उपचारको लागि आइपुग्छन् । कुकुरको टोकाइबाट बच्न रेबिजविरुद्धको सुई लगाउन होस् वा कुनै डेङ्गी अथवा अरु कुनै सरुवा रोगको सङ्क्रमण हुनेबित्तिकै टेकु पुग्नुपर्ने बाध्यता छ । यसले उपचारमा समस्यामात्रै होइन नागरिकमाथि आर्थिक भार बढाएको छ । आउनेजाने भाडा, कुरुवासहित काठमाडौं पुग्दा कम्तिमा २०÷२५ हजार रुपैयाँ खर्च लाग्छ । विशेषज्ञसहितको संक्रामक अस्पताल ठाउँ–ठाउँमा नहुँदा स्वास्थ्य समस्या भएका नागरिकलाई मानसिक र आर्थिक समस्या झेल्नु परिरहेको छ । यो समस्या अहिलेको मात्र होइन वर्षौ पहिले देखिको हो । ‘सुखी नेपाली, सम्वृद्ध नेपाल’ को नारा लगाएको सरकारले नागरिकलाई आधारभूत सम्मको स्वास्थ्य सेवासमेत दिन सकेको छैन । नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हक अन्तर्गत राखेको छ । तर, नागरिकले अहिले पनि सहज रुपमा उपचार पाउन नसकेको गुनासो गरेका छन् । जब नेपालमा कोरोना महामारी फैलियो त्यो बेला विश्व नै आक्रान्त बन्यो । अझ नेपालमा त झन सरुवा रोग सम्बन्धी विशेष उपचार गर्ने अस्पताल एकमात्र थियो । कोभिडमा हजारौं मानिसहको ज्यान गइसकेपछि नेपाल सरकारको ध्यान सरुवा अस्पतालतिर गयो । आर्थिक वर्ष २०७७÷०७८ को बजेट भाषणमा सरकारले सातवटै प्रदेशमा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याउने घोषणा गर्यो । तर, अहिलेसम्म न ति अस्पताल सञ्चालनमा आउन सकेका छन् । नत नि अस्पताल कसरी सञ्चालन गर्ने भन्ने ठोस योजना सरकारले बनाउन सकेको छ । अलपत्र भवन सुदूरपश्चिम प्रदेशको डोटी सिलगढीमा एउटा ठूलो भवन ठडिएको छ । न कुनै रङरोगन गरिएको छ, न त्यो भवनको सबै काम सम्पन्न भएको छ । त्यो भवन के को ठडिएको हो भन्ने समेत त्यहाँका स्थानीयलाई थाहा छैन । भवन वरिपरिका फाट्टफुट्ट बाहेक अरुलाई यो भवनको बारेमा थाहा छैन । निर्माण कार्य सम्पन्न भइ नसकिएको तर, भवन ठडिएको त्यो भवन संक्रामक रोग अस्पताल हो । दिपायल सिलगढी नगरपालिका प्रमुख बाजीसिंह खड्का भवन सरुवा रोग अस्पतालको भवन हो भन्ने बाहेक त्यो विषयमा आफूलाई समेत कुनै जानकारी नभएको बताउँछन् । उनी भन्छन्, ‘भवन ठडिएको छ, पुरै निर्माण कार्य सकिए जस्तो लाग्दैन, न रङ–रोगन गरिएको छ, न कुनै कामको लागि प्रयोजनमा आएको छ, यो विषयमा हामीलाई पनि त्यति जानकारी छैन ।’ उनी अस्पताल साँच्चै सञ्चालनमा आउने हो भने यो क्षेत्रका नागरिकलाई ठूलो राहत हुने बताउँछन् । विशेषगरी सुदूरपश्चिमको पहाडी जिल्लाका नागरिक अहिले पनि सामान्य जाँचका लागि भारत र धनगढी जानुपर्ने बाध्यतामा छन् । लुम्बिनी प्रदेशको शिवराज नगरपालीका ५ चन्द्रौटामा पनि अहिले अस्पताल निर्माणको काम भइरहेको छ । कहिले वन, कहिले जग्गा सम्बन्धी विभिन्न बिबादमा अल्झिएको काम पछिल्लो समय भने सुरु भइरहेको वडा अध्यक्ष नेत्रप्रसाद बेल्वासेले बताए । तर, अस्पताल कहिले निर्माण कार्य सकिन्छ भन्ने एकिन भने त्यहाँ पनि छैन । अध्यक्ष बेल्वासे अस्पताल सञ्चालनमा आउँदा सहज हुने बताउँछन् । यसरी निर्माणधीन अवस्थामा रहेका अस्पतालहरूको निर्माण कहिले सकिन्छ भन्ने एकिन जवाफ कसैसँग छैन । निर्माण कार्य सुरु हुनै बाँकी सातवटै प्रदेशमा संक्रामक रोग अस्पताल सञ्चालन गर्ने सरकारले घोषणा गरको पाँच वर्ष भयो । पाँच वर्षमा बागमती प्रदेशको भरतपुर, लुम्बिनीको चन्द्रौटा, कर्णालीको सुर्खेत, र सुदूरपश्चिमको डाटीमा निर्माण कार्य सुरु भएपनि बाँकी प्रदेशको अभै निश्चित भइसकेको छैन । काठमाडौंमा तीन सय शैय्याका केन्द्रिय सरुवा रोग अस्पताल र मधेश प्रदेशमा अस्पताल निर्माण प्रक्रिया अगाडडि बढ्न सकेको छैन । यस्तै, कोशी प्रदेशको पनि अस्पताल निर्माणका लागि जग्गा नै पाउन नसक्दा निर्माण कार्यनै सुरु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी अस्पताल निर्माणका लागि सरकारले हरेक वर्ष बजेट छुट्याउदै आएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले भरतपुरमा निर्माणाधीन अवस्थामा रहेको संक्रामक रोग अस्पतालका लागि सरकारले ७ करोड ६३ लाख दिएको छ । लुम्बिनी प्रदेशको चन्द्रौटामा निर्माणधिन अस्पतालका लागि ५ करोड ४६ लाख ४५ हजार खर्च भएको छ भने सुर्खेतको छिन्चुमा रहेको अस्पतालका लागि ४ करोड ८१ लाख ६० हजार खर्च भएको छ । सुदूरपश्चिमको डोटीमा निर्माणाधीन अस्पतालका लागि १७ करोड ३२ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी अस्पताल बनाउने नीतीगत निर्णय भएपनि केही प्रदेशले अहिलेसम्म जग्गासमेत निक्यौल गर्न नसकेको, कतिले जग्गा पाएर पनि ठेक्का लगाउन नसकेको जस्ता कारणले काम अगाडि बढाउन नसकेको बताउँछन् । उनी प्रदेशमा सहमति भएर काम अगाडि बढ्यो भने बजेटको कमी नभएको बताउँछन् । तीनदिन देखि चार वर्षसम्म निर्माण कार्य सकिसक्ने सम्झौता भए पनी स्थानीय तह, प्रदेश र त्यहाँको जनप्रतिनिधिको फरक मतका कारण केही समस्या भएको उनले बताए । निर्णय भइसकेको नीतिमा गइसकेको कुरामा मन्त्रालयले मापदण्ड बनाउने काम मात्र भएकाले कार्यान्वयन बनाउने काम प्रदेशको भएको उनको भनाइ छ । गण्डकीमा सञ्चालित अस्पताल अन्य प्रदेशमा भवन समेत नबनेको अवस्थामा गण्डकी प्रदेशले भने संक्रामकरोग अस्पताल नै सञ्चालनमा ल्याइसकेको छ । तत्कालीन लायन्स सामुदायिक अस्पताललाई प्रदेश मातहत ल्याएर २०७८ सालमा संक्रामक तथा सरुवा रोग अस्पताल बनाइएको हो । २०६० सालमा महायज्ञ लगाइ जुटाएको आर्थिक सहयोगबाट लायन्स सामुदायिक अस्पताल स्थापना गरिएको थियो । २०६१ सालमा लायन्स क्लब अफ इन्टरनेश्नलको आर्थिक सहयोगमा १५ शैयाको अस्पताल सुरु गरिएको थियो । विश्वव्यापी रुपमा कोरना महामारी फैलिएसँगै यो अस्पताललाई कोरोना डेटीकेटेड अस्पताल सञ्चालनमा ल्याउने तयारी गरिएको थियो । तर पूर्वाधार र उपकरण अभावले बनाउन सकिएन । त्यहीबेला गण्डकी प्रदेश सरकारले यो अस्पताललाई आफ्नो मातहतमा लिएर संक्रामक रोग अस्पताल बनाउने योजना बनाएको थियो । एमाले नेता एवं सूचना सञ्चार तथा प्रविधीमन्त्री पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री हुँदा यो अस्पताललाई संक्रामंक रोग अस्पताल बनाउने योजना बनेको थियो । यसरी सामुदायीक अस्पताललाई सकरकाले आफुमातहत बनाएर संक्रामक रोग अस्पताल बनाएपछी अहिले त्यो क्षेत्रका नागरिकलाई काठमाडौं आउनुपर्ने बाध्यता छैन । अस्पतालका प्रमुख डा. विकास गौचन यो अस्पतालले प्रदेशका नागरिकमात्र नभइ देशभरका नागरिकलाई सहज भएको बताए । उनले अस्पताल सञ्चालनमा आएपनि विशेषज्ञ चिकित्सकको अभाव भने उस्तै रहेको बताए । अलपत्र निर्णय काठमाडौंको टेकुमा रहेको शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई एक सयबाट बढाएर तीन सय शैय्या बनाउने सरकारको योजना अहिलेसम्म अलपत्र छ । सरकारले यसका लागि बजेट बनियोजन गरी अस्पताल निर्माणको घोषणा गरेपनि अहिले सम्म काम अगाडि बढ्न सकेको छैन । गत आर्थिक वर्ष २०८०÷०८१ को बजेट भाषणमा यो अस्पताललाई तीन सय शैय्याको बनाउने घोषणा गरिएको थियो । यसका लागि सरकारले ४६ करोड रुपैयाँ समेत विनीयोजन गर्ने भनेको थियो । तर, अस्पतालको काम भने अहिलेसम्म सुरु भएको छैन । अहिले रहेको अस्पतालमा नयाँ मोडालिटीको अस्पतालको लागी संरचना र उपकरणले नथेग्ने भन्दै अहिले विषय विवादीत बनेको छ । यो विषयमा केही स्वास्थ्यकर्मीले नै असहमती जनाएपछी मुद्धा अदातामा विचाराधीन छ । विज्ञहरू भने केन्द्रमा रहेको एउटामात्र विशेषज्ञ अस्पताल सञ्चालनमा आउँदाधेरै राहत हुने बताउँछन् । काठमाडौंमा टेकु अस्पतालकै परिसरमा बनाउने की बाहिर बनाउने भन्नेमै बिबाद छ । विभिन्न बिकल्पहरूमा छलफल भयो र टेकु अस्पतालको निर्माण कार्य केही प्रक्रियागत कारण अथवा पछी गएर मुद्या परेका कारण अहिले यथास्थितीमा छ अगाडि बढेको छैन । निर्माणाधिन अवस्थामा रहेका र काम नै सुरु नभका अस्पताललाई कसरी सञ्चालनमा ल्याउने भन्ने प्रष्ट योजना भने सरकार सँग नै छैन । सरकारसँग छैन स्पष्ट योजना प्रदेशमा अस्पता बन्छन् या बन्दैनन् एकिन् नभएको बेला यता बनीसकेका अस्पताल कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट योजना नै सरकारसँग छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशमाखा प्रमुख डा. कृष्ण पौडेल प्रदेशमा बनिसकेका अस्पतालहरू प्रदेशले चलाउन सक्ने की नसक्ने संघले के गर्ने भन्ने विषयमा सञ्चालन मोडालिटी सरकारसँग नभएको बताउँछन् । उनी यो विषयमा सञ्चालन मोडालीटी बनाउन आवश्यक रहेको बताउदै यो तय नभएसम्म बनीसकेका अस्पताल सञ्चालनमा आउन पनि समस्या हुने सुनाउँछन् । अहिलेको स्वास्थ्य संरचनामा २ सय शैय्याम्मको अस्पताल प्रदेशले नै सञ्चालन गर्ने भन्ने छ । तर, सरकारले सञ्चालनमा आउने संक्रामक अस्पताल कुन निकायले चलाउने भन्ने समेत प्रष्ट छैन । डा. पौडेल यो विषयमा छलफल नगरी अस्पताल सञ्चालनमा ल्याउन समस्या पर्ने बताउँछन् । उनी भन्छन्, ‘खासमा कुरा त यि अस्पताल सञ्चालनमान ल्याउनु कति आवश्यक थियो भन्ने हो, अब सञ्चालनमा नै ल्याउने भनेर काम सुरु गरिसकेपछि सञ्चालनको लागि पनि स्पष्ट खाका तयार गर्नुपर्छ ।’ ‘अस्पताल केन्द्र, प्रदेश र स्थानीय तह जसले चलाए पनि स्रोतको आवश्यकता छ, उनी भन्छन्,‘ ‘एउटा स्रोत जनशक्ति व्यवस्थापन महत्वपूर्ण हुन्छ, त्यसपछि सेवा सुविधा, एक्सरे, ल्याव लगायत उपकरण चाहिन्छ । यति राज्यले धान्न सक्छ कि सक्दैन भन्ने कुरा अर्को पाटो हो ।’ उनी स्वास्थ्य क्षेत्रमा आउने बजेट घट्नु र माग बढ्नु पनि काम गर्नुको अर्को चुनौती रहेको बताउँछन् । केही कुरा त्यहाँका अस्पतालसँग जोड्नुपर्ला, केही कुरा त्यहाँका ल्याबसँग पनि जोड्नुपर्ला, जनशक्ती व्यवस्थापनका लागि पनि तीनै तहमा मिल्नुपर्ने देखिन्छ,’ पौडेलले भने । उनी छुट्टाछुटै भन्दा पनि प्रदेशका अन्य अस्पतालसँग मिलेर काम गर्दा सहज हुने बताउँछन् । ‘अहिलेलाई भएकै स्वास्थ्यासंस्था सक्षम छन्, कतिपय स्वास्थ्य संस्था फरक चलाउने कि सबैलाई जोडेर चलाउने भन्नेकुराको बहस हुन जरुरी छ,’ उनी भन्छन्, ‘मुटुको एउटा अस्पताल, किड्नीको अर्को अस्पताल, फोक्सोको अर्को अस्पताल, सरुवारोगको अर्को अस्पताल, नसर्नेको अर्को भन्दा पनि एउटै छानाभित्र सबै प्रकारका सेवा दियो भने नागरिकलाई पनि सजिलो ह्ुन्छ ।’ उनी दिर्घरोग भएका बिरामीलाई पनि सुरुवा रोग हुनसक्ने बताउँदै छुट्टाछुट्टै भन्दा पनि एउटाबाट धेरै सेवा दिनुपर्ने बताउँछन् । पोखराको गण्डकीमा रहेको संक्रामक रोग अस्पतालका प्रमुख डा. विकास गौचन हरेक प्रदेशमा यस्ता अस्पताल आवश्यक रहेको बताउँछन् । नेपालमा अहिले पनि झाडाखाला, हैजा, डैंगी जस्ता सरुवा रोगको जोखिम कायमै रहेकाले यस्ता समस्यालाई मध्येनजर गर्दै अस्पताल सञ्चालन गर्न आवश्यक रहेको बताउँछन् । विश्वका अन्य मुलुकमा नसर्नेरोगको अवस्था भयावह बनेपनी सरुवा रोगमा कमी आएको बताउँदै नेपालमा सर्ने र नसर्ने दुवै रोगको अवस्था जोखिम रहेको सुनाउँछन् । भन्छन्,‘अस्पताल आवश्यक हो तर, सँग्सँगै विशेषज्ञ चिकित्सक र उपकरण पनि आवश्यक पर्छ ।’ उनी अस्पताल सञ्चालन गर्ने तर जनशक्तीमा ध्यान नदिनेहो भने भौतीकसंरचनामा मात्र पैसा खर्च गर्न अवश्यक नरहेको सुनाउँछन् । संक्रामक विशेषज्ञ डा. शेर बहादुर पुन यो काम अगाडी बढे अझै नागरिकलाइ सुलभ सेवादिने बताउँछन् । उनी योसँगै हरेक प्रदेशमा यस्ता अस्पताल सञ्चालनमा आउन आवश्यक रहेको बताउँछन् । उनी अहिले पनि कुकुरले टोकेपछी घाउमै लगाउने इम्युनोग्लोबिन सुइ लगाउन नेपाल भरीबाट बिरामी टेकु पुग्नुपरिरहेको बताउँछन् । यही कुरा हरेक प्रदेशमा उपलब्ध हुनसक्यो भने नागरिकको धेरै ठूलो समस्या समाधान हुने संक्रामकरोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् । अहिले पनि कुनै महामारी आयो भने सबै बिरामी टेकुमै आएर भर्ना हुनुभन्दा त्यही अस्पताल हुँदा आ आफुलाई पायक पर्ने ठाउँमा नागरिकलाई जान सजिलो हुन्छ । १ सय १० वर्ष पहिले सर्लाहीमा डेंगीले महामारीको रुप लियो । त्यो बेला जती जना बिरामी परे सबै जना भर्ना हुन टेकु नै पुग्नुपरेको थियो । अवस्था अहिले पनि उस्तै छ । कुनैपनि संक्रामक रोग देखियो अथवा फैलियो भने काठ्माडौँ पुग्नुपर्ने बाध्यता छ । डा पुन उपचार बाहेक अनुसन्धानमा पनि यसले टेवा पुग्ने बताउँछन् । भन्छन्, हरेक प्रदेशमा यस्तो अस्पताल बने भने कुन प्रदेशमा कस्ता विषयमा अध्ययन् भए, भन्ने विषयमा धेरै मान्छेलाई जानकारी हुन्छ ।
महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन् : मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने बताएका छन् । सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व ‘अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले महिलाहरु कमजोर नभएको बताए । महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्ने जिकिर गरे । उनले नेपालमा राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले नेतृत्व गरिसकेको उल्लेख गर्दै महिलाहरु कमजोर नरहेको बताए । उनले नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव बनेर देशको नेतृत्व गरिसक्नुभएको भन्दै महिलालाई अवसर दिनुपर्ने जरुरी रहेको बताए । खानेपानी उपभोक्ता महासंघमा पनि ४२ हजार उपभोक्तामध्ये १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्ने निर्णय गरेर देखाउन महासंघ अध्यक्षसँग आग्रह गरे । मन्त्री यादवले भने, ‘अवसर दियो भने प्रधानमन्त्री पनि सबैभन्दा राम्रो महिलाले चलाउँछ । तर अवसर नदिने । अघि किन बढाउने, समानुपातिक हालौँ भन्ने छ । महिलाले जित्छ नि । खानेपानी उपभोक्ता महासंघमा अध्यक्षज्युलाई आग्रह गर्दछु, ४२ हजार उपभोक्ता छ, २१ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्छ भनेर निर्णय गर्नुस् । महिला आउँछ की आउँदैन, भनेर हुन्छ, निर्णय गर्नुस् न ।’ मन्त्री यादवले शिक्षामा महिलाहरु धेरै अघि बढिसकेको बताए ।
अडानी ग्रुपका कम्पनीहरूलाई यस वर्ष ठूलो घाटा, ४८ प्रतिशतसम्म घटे सेयर
काठमाडौं । अडानी ग्रुपका कम्पनीहरूलाई यस वर्ष ठूलो घाटा भएको छ । सन् २०२५ मा अडानी ग्रुपका कम्पनीहरूको बजार पूँजीकरण २१ प्रतिशत अर्थात् ५.४४ लाख करोड रुपैयाँले घटेको छ । अडानी ग्रीन एनर्जीलाई सबैभन्दा ठूलो घाटा यस वर्ष अडानी ग्रीन एनर्जीका सेयरहरूले सबैभन्दा ठूलो घाटा बेहोरेका छन् । यस कम्पनीको बजार पूँजीकरण लगभग आधा घटेको छ । त्यसपछि अडानी एन्टरप्राइजेजलाई पनि ठूलो नोक्सानी बेहोर्नुपरेको छ । २१ मार्च २०२४ मा अडानी ग्रीन एनर्जीको बजार पूँजीकरण २.२४ लाख करोड रुपैयाँ थियो जबकि अघिल्लो वित्तीय वर्षको अन्तिम दिन अर्थात् २८ मार्च २०२४ मा यो ४.४६ लाख करोड रुपैयाँ थियो । अडानी ग्रीन एनर्जीको नाम एउटा विवादमा समेत जोडिएको छ । आरोप अनुसार गौतम अडानी, उनका भतिजा सागर अडानी र अन्य केही व्यक्तिहरूले मिलेर २६५ मिलियन डलरको घुस दिएको भनिएको छ । बताइन्छ कि यस घुसले कम्पनीलाई फाइदा पुर्याएको छ । अडानी एन्टरप्राइजेजलाई पनि ठूलो घाटा अडानी ग्रुपको सबैभन्दा ठूलो कम्पनी अडानी एन्टरप्राइजेजलाई पनि ठूलो घाटा भएको छ । यस कम्पनीको सेयर मूल्यमा यस वर्ष २७ प्रतिशत गिरावट आएको छ । यसको कारणले कम्पनीको बजार पूँजीकरण १५०,५५३ करोड रुपैयाँले घटेको छ । अडानी पोर्ट्स एण्ड स्पेशल इकोनोमिक जोनलाई पनि घाटा भएको छ । यसको बजार पूँजीकरण ११.४० प्रतिशतले घटेको छ । अडानी टोटल ग्यासको अवस्था कस्तो छ ? अडानी टोटल ग्यासलाई पनि ठूलो घाटा भएको छ । यसको बजार पूँजीकरण ३१.८४ प्रतिशतले घटेको छ, जसका कारण कम्पनीलाई ३२,४११.४० करोड भारुको घाटा भएको छ । अडानी एनर्जी सोल्युसन्सको बजार पूँजीकरण १८.९५ प्रतिशतले घटेको छ, जसले गर्दा कम्पनीलाई १४,५४६.५९ करोड भारुको घाटा भएको छ। सिमेन्ट र एग्री सेक्टरको अवस्था कस्तो छ ? अडानी ग्रुपका सिमेन्ट कम्पनीहरूलाई पनि घाटा भएको छ । एसीसी र अम्बुजा सिमेन्ट्सका सेयरहरूमा क्रमशः २३.१० र १५.९२ प्रतिशतको गिरावट आएको छ । एग्री वा एफएमसीजी सेक्टरको कुरा गर्दा अडानी विल्मरका सेयरहरूमा १७.३५ प्रतिशतको गिरावट आएको छ । कम्पनी अब यस व्यवसायबाट बाहिर निस्कने योजना बनाउँदै छ ताकि आफ्नो मुख्य पूर्वाधार व्यवसायमा ध्यान दिन सकोस् । अम्बुजाले डिसेम्बरमा साँघी इन्डस्ट्रिजको अधिग्रहण सम्पन्न गरिसकेको छ । अडानी पावरलाई थोरै घाटा अडानी पावरलाई तुलनात्मक रूपमा कम घाटा भएको छ । यसको बजार पूँजीकरण केवल २.११ प्रतिशतले घटेको छ । अडानी ग्रुपको मिडिया कम्पनी एनडीटीवीलाई भने ठूलो घाटा भएको छ । यसको सेयरहरूमा ४१.५८ प्रतिशतको गिरावट आएको छ । गिरावटका कारणहरू के हुन् ? अडानी ग्रुपका सेयरहरूमा गिरावट आउनुका धेरै कारणहरू छन् । पहिलो कारण त सेयर बजारमा कमजोरी हो । भारतीय सेयर बजारमा विभिन्न प्रकारका समस्याहरू देखिएका छन्, जस्तै अर्थतन्त्रमा सुस्ती, सहरहरूमा मानिसहरूको कम खर्च र विश्वभर चलिरहेका युद्धहरूको खतरा । केही विशेष क्षेत्रहरू जस्तै नवीकरणीय ऊर्जा र ग्यास क्षेत्रमा पनि गिरावट आएको छ । यसको मुख्य कारण सरकारको नीतिमा भइरहेका परिवर्तनहरू र विश्वभर बढिरहेका ब्याजदरहरू हुन् । यसले ती कम्पनीहरूलाई असर गरेको छ जसमा धेरै ठूलो रकम लगानी भएको छ । विदेशी लगानीकर्ताहरूको उदासीनता विदेशी लगानीकर्ताहरूले पनि भारतीय सेयरहरू बिक्री गर्न थालेका छन् । उनीहरूले अडानी ग्रुपका छवटा कम्पनीहरूमा आफ्नो हिस्सेदारी घटाएका छन् । एक रिपोर्टअनुसार एसीसी र अडानी एन्टरप्राइजेज ती छ अडानी ग्रुपका कम्पनीहरूमा पर्छन् जसमा विदेशी लगानीकर्ताले सन् २०२४ मा आफ्नो हिस्सेदारी घटाएका छन् । अडानी ग्रुपमाथि विभिन्न आरोपहरू अडानी ग्रुपमाथि विभिन्न आरोपहरू पनि लागेका छन् । हिन्डनबर्गको एक रिपोर्टमा भनिएको छ कि भारतीय प्रतिभूति तथा विनिमय बोर्डकी पूर्व अध्यक्ष माधबी पुरी बुच र उनका पति धवल बुचको अडानी परिवारसँग सम्बन्ध छ । रिपोर्ट अनुसार बुचका पतिले अडानी परिवारसँग सम्बन्धित केही विदेशी कोषहरूमा लगानी गरेका छन् । हिन्डनबर्गले गौतम अडानीलाई ‘कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो घोटाला’ गरेको आरोप लगाएको छ । अमेरिकी सिक्योरिटीज एण्ड एक्सचेन्ज कमिसनले गौतम अडानी र केही अन्य व्यक्तिहरूमाथि अमेरिकी लगानीकर्ताहरूलाई धोका दिएको र अधिकारीहरूलाई घुस दिएको आरोप लगाएको छ । तर, अडानी ग्रुपले यी सबै आरोपहरू अस्वीकार गर्दै ती गलत भएको बताएको छ ।
क्षयरोगको न्यूनीकरण गर्न प्रभावकारी ढंगबाट काम गर्नुपर्नेछः स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकताहरू बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले यसको न्यूनीकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरू बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताए । मन्त्री पौडेलले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको बताए । खर्च गर्ने थर शतप्रतिशत उपलब्धि हासिल नभइरहेको अवस्था रहेको भन्दै शतप्रतिशत उपलब्धि हासिल गर्नेगरी नीतिगत व्यवस्था गर्न आवश्यक रहेको उनले औंल्याए । उनले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवा उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिवद्धता जनाए । मन्त्री पौडेलले क्षयरोगको बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने भन्दै पालिकाले क्षयरोगको बिरामी खोज्नुपर्ने बताए ।
सिटिजन्स बैंकले ग्लोबल मनि विकको अवसरमा सातवटै प्रदेश गर्यो वित्तीय साक्षरताका कार्यक्रम
काठमाडौं । सिटिजन्स बैंकले ग्लोबल मनि विकको अवसरमा सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ७ वाटै प्रदेशमा रहेका अफ्ना ४९ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर ‘थिंक बिफोर यू फलो, वाइज मनि टूमरो’ भन्ने मूल नाराका साथ गत चैत्र ४ देखी १० गते सम्म सञ्चालन भएको ग्लोबल मनि विक हजारौँ सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेर सम्पन्न गरेको छ । ग्लोबल मनि विक अन्तर्गत बैंकले कोशी प्रदेशको भोजपूर, महेन्द्रचोक विराटनगर, विर्तामोड, इटहरी, कर्सिया र शहिदभूमि, मधेश प्रदेशको वीरगन्ज, निजगढ, बोदेबर्साइ र जनकपूर, बाग्मती प्रदेशको भरतपुर, भैँसेपाटी, मनहरी, मंगलपूर, चरिकोट, नारायणगढ, नारायणगोपाल चोक, धुमबाराही, ग्वार्खो, नयाँबजार, हरिहरपूरगढी, ज्यामिरे, टाँडी, कुलेश्वर, टेकु, लामबगर, डिल्लीबजार र सिन्धुली, गण्डकी प्रदेशको अमरापुरी, धारापानी बाग्लुङ्ग, चामे, दमौली, कावासोती र कोल्हुवा, लुम्बिनी प्रदेशको तुलसीपूर, जीतपूर, कालिकानगर, मनिग्राम, ओडारी, कोहलपूर र सूख्खानगर कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, जुफल, सिमीकोट र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको ढकारी र पाटनमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको छ । बैंकले युवावर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा वित्तीय ज्ञान प्रदान गरेको छ । यस सँंगै साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणाली मजबुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा, एक गाग्री पानी भर्न रातभर बस्नुपर्ने बाध्यता हट्यो
ढोरपाटन । बागलुङ नगरपालिका–८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो । बयालीस वर्ष अगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौँ स्थानीयले पानी उपभोग गर्दैआएका थिए । एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो । सहजै पानी भर्ने पालो आउँदैनथ्यो । विसं २०३९ मा निर्माण गरेको धारा जीर्ण बनेका थिए । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामीचौरवासीलाई अब भने खानेपानीको समस्या छैन । यसपाली नगरपालिकाले जमिनमुनिबाट पानी निकालेको छ । लामो समयको मेहनतपछि ड्रिलिङ गरी लामीचौरमा पानी निस्किएपछि स्थानीयमा खुसीयाली छाएको छ । नगरपालिकाले प्राविधिक खटाएर यसबारे सर्वेक्षण गरेको थियो । पानी निकाल्न सकिने सम्भावना देखेपछि ड्रिलिङ मेसिन प्रयोग गरी यहाँ पानी निकाल्ने काम गरिएको हो । यही चैत १ गते मेसिनले करिब एक सय ७० मिटर जमिन खोदेर पानी निकालेको हो । यही चैत ९ गतेदेखि नियमित रुपमा पानी निकाल्न थालिएको लामीचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए । ‘गाउँमा खानेपानीको निकै समस्या थियो, बल्ल माग पूरा भएको छ’, अध्यक्ष थापाले भने । नगरपालिकाको २६ लाख र स्थानीय जनसहभागिताबाट जुटेको तीन लाखको लागतमा पानी निकालिएको हो । ‘सिङ्गो गाउँमा पानीको समस्या थियो, दुई सय घरका लागि तीनवटा मात्र धारा थिए, धारामा थोरै पानी आउँथ्यो, स्थानीयले कुवा र खोलाको फोहर पानी उपभोग गर्दैआएका थिए’, उनले बिगतको समस्या बताए । स्थानीय बिना परियारले एक गाग्री पानी भर्नका लागि आठ घण्टासम्म लाइन बस्नुपरेको सुनाए । खानेपानी अभावले धेरैले गाउँ छोड्न बाध्य भएको उनले बताए। स्थानीय ७१ वर्षीय चन्द्रमणि गौतमले २०३९ सालदेखि नै लामीचौरमा खानेपानी समस्या रहेको बताए । जनसङ्ख्या बढ्दै गएपछि खानेपानीको अभाव भएको उनले बताए । रासस
जेडटीई स्मार्टफोनको नयाँ सिरिज सार्वजनिक, १० हजार ५ सय बाट सुरु
काठमाडौं । जेडटीई स्मार्टफोनको नयाँ सिरिज नेपाली बजारमा सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा जेडटीईले नयाँ सिरिज सार्वजनिक गरेको हो । नेपालका लागि जेडटीईको आधिकारिक वितरक शंकर ग्रुपले विभिन्न पाँच मोडेलका नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । कम्पनीले सस्तो मूल्यमा नेपाली प्रयोगकर्तालाई स्तरीय फिचर र पर्फमेन्स भएका फोन अनुभव गराउने उद्देश्यले यी फोन ल्याएको जनाएको छ । कम्पनीले ब्लेड र नुबिया सिरिज बजारमा ल्याएको हो । कम्पनीले ब्लेड ए ७५, ब्लेड ए ३५ ई, ब्लेड ए ५५, नुबिया भी ७० म्याक्स र नुबिया भी ७० डिजाइन गरी पाँच नयाँ स्मार्टफोन सार्वजनिक गरको हो । ’हामी जेडटीईलाई नेपालमा पुनः ल्याउन पाउँदा उत्साहित छौं । हामी नेपाली ग्राहकलाई उत्कृष्ट स्मार्टफोनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं,’ शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जाखेरले भने । यी नयाँ स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ र एआइ फिचरहरू समावेश छन् । उत्कृष्ट फोटोग्राफी, मल्टिटास्किङ र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताहरूका लागि जेडटीईका यी नयाँ स्मार्टफोनहरू उपयुक्त विकल्प बनेको छ । जेडटीईका नयाँ स्मार्टफोनको मूल्य र स्टोरेज क्षमता जेडटीई ब्लेड ए ७५ को मूल्य १३ हजार ९९९ रुपैयाँ रहेको छ । यसमा ४ जीबी र्याम २५६ जीबी स्टोरेज उपलब्ध छ । फोन डायमन्ड ब्ल्याक र मिन्ट ग्रीन कलरमा छ । जेडटीई ब्लेड ए ५३ ई को मूल्य १० हजार ४९९ रुपैयाँ रहेको छ । यसमा २ जीबी र्याम र ६४ जीबी स्टोरेज रहेको छ । यो सिल्भरी ग्रे र आइस ग्रीन कलरमा उपलब्ध छ । जेडटीई ब्लेड ए ५५ २ जीबी र्याम, ६४ जीबी स्टोरेज– ११ हजार ९९९ रुपैयाँ ४ जीबी र्याम, १२८ जीबी स्टोरेज – १२ हजार ९९९ रुपैयाँ कलर– स्टारी ब्ल्याक एन्ड वाटर ब्लु जेडटीई नुबिया भी ७० म्याक्स मूल्य– १५ हजार ९९० स्टोरेज ६ जीबी र्याम, १२८ जीबी स्टोरेज कलर– लेक ग्रिन र ग्लाटिक ग्रे जेडटीई नुबिया भी ७० डिजाइन ८ जीबी र्याम, १२८ जीबी स्टोरेज– १६ हजार ९९९ रुपैयाँ ८ जीबी र्याम. २५६ जीबी स्टोरेज– १८ हजार ९९९ रुपैयाँ कलर- स्टोन ग्रे र जेड ग्रिन
प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन, ३ करोडमा निर्माण सम्पन्न
खोटाङ । स्थापनाको १२ वर्षपछि रावाबेँसी गाउँपालिका–२ खार्पास्थित प्रहरी चौकी खार्पाले आफ्नै भवन निर्माण गरिएको छ । दुई करोड ९५ लाख ३२ हजार रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो । विसं २०६९ मा स्थापना भएको खार्पा प्रहरी चौकीले अघि साविक खार्पा गाउँ विकास समिति (गाविस) कै पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो । स्थापना भएको १२ वर्षसम्म साँघुरो तथा कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । नवनिर्मित भवनमा साना ठूलो गरी ११ कोठा छन् । साढे दुईतले सो भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, महिला र पुरुष ब्यारेक, प्रमुख आवाश तथा मरोजञ्जन हल निर्माण गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले आइतबार सो भवनको उद्घाटन गरेका हुन् । सुविधासम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा प्रवाह गर्न मनोबल बढ्ने उनको भनाइ थियो ।