महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन् : मन्त्री यादव

<p>काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने बताएका छन् । सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व &#8216;अवस्था, अवसर र चुनौती&#8217; विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले महिलाहरु कमजोर नभएको बताए । महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम [&hellip;]</p>

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व ‘अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले महिलाहरु कमजोर नभएको बताए । महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्ने जिकिर गरे ।

उनले नेपालमा राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले नेतृत्व गरिसकेको उल्लेख गर्दै महिलाहरु कमजोर नरहेको बताए । उनले नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव बनेर देशको नेतृत्व गरिसक्नुभएको भन्दै महिलालाई अवसर दिनुपर्ने जरुरी रहेको बताए ।

खानेपानी उपभोक्ता महासंघमा पनि ४२ हजार उपभोक्तामध्ये १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्ने निर्णय गरेर देखाउन महासंघ अध्यक्षसँग आग्रह गरे ।

मन्त्री यादवले भने, ‘अवसर दियो भने प्रधानमन्त्री पनि सबैभन्दा राम्रो महिलाले चलाउँछ । तर अवसर नदिने । अघि किन बढाउने, समानुपातिक हालौँ भन्ने छ । महिलाले जित्छ नि । खानेपानी उपभोक्ता महासंघमा अध्यक्षज्युलाई आग्रह गर्दछु, ४२ हजार उपभोक्ता छ, २१ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्छ भनेर निर्णय गर्नुस् । महिला आउँछ की आउँदैन, भनेर हुन्छ, निर्णय गर्नुस् न ।’

मन्त्री यादवले शिक्षामा महिलाहरु धेरै अघि बढिसकेको बताए ।

Share News