विकासन्युज

मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइयो, सडकमा सेना

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले तीनकुने क्षेत्रमा कर्फ्यु जारी गरेपछि सडकमा सेना निस्किएको छ । बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली सडकमा निस्किएको हो । राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कफ्र्यु लगाएको हो । योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्नेछ ।  

सीएनआई र एमच्याम नेपालद्वारा ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ को आयोजना

काठमाडौं । नेपाल उद्योग परिसंघ र अमेरिकन च्याम्बर अफ कमर्स इन नेपालको सहकार्यमा ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । यो नेपालबाट अमेरिकामा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय रोडशो हो, जसले नेपाललाई सूचना प्रविधि (आईटी) तथा आईटी–सम्बद्ध सेवा ९क्ष्त्भ्क्० आउटसोर्सिङका लागि प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। रोडशो अन्तर्गत ‘सेयर्ड सर्भिसेस् एण्ड आउटसोर्सिङ वीक सम्मेलन २०२५’ मा नेपाल पवेलियन प्रस्तुत गरिएको थियो। यस पवेलियनमार्फत नेपाली प्रविधि कम्पनीहरूलाई विश्वभरका लगानीकर्ता, उद्योग विज्ञ तथा निर्णयकर्तासमक्ष चिनाउन सफल प्रयास गरिएको थियो । नेपाल पवेलियनमा सक्षम, इनोभेट टेक, एफवान सफ्ट, सिमजुङ, सिनिकल टेक्नोलोजी, मोनाल टेक लगायतका प्रमुख प्रविधि कम्पनीहरूले आफ्ना नवीनतम प्रविधि, सेवा तथा आउटसोर्सिङ क्षमताहरू अन्तर्राष्ट्रिय बजारसामु प्रस्तुत गरे। यी कम्पनीहरूले विश्वव्यापी प्रतिष्ठित प्रविधि ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्दै नेपाललाई ठूलो लगानीका लागि तयार गन्तव्यका रूपमा स्थापित गराएका छन् । नेपालको प्रतिनिधित्व गर्दै परिसंघ आईटी काउन्सिलका सभापति तथा एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाह नेतृत्वमा नेपाली टोलीले सम्मेलनमा भाग लिएको थियो । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल का अनुसार “टेक पीक नेपालः ओर्लान्डो २०२५” ले अन्तर्राष्ट्रिय प्लाटफर्ममा नेपालको विशाल सम्भावना प्रस्तुत गर्न सफल भएको छ। एसएसओडब्लू सम्मेलन २०२५ मा एक हजारभन्दा बढी उद्योग विज्ञहरूको सहभागिता रहेको थियो। यसले नेपाली प्रविधि कम्पनीहरूलाई सम्भावित अन्तर्राष्ट्रिय ग्राहक, लगानीकर्ता तथा रणनीतिक साझेदारहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने अभूतपूर्व अवसर प्रदान गर्यो ।

राजावादीले कहाँ-कहाँ गरे आगजनी र तोडफोड ?

काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको द्विपक्षीय झडप उग्र बन्दै हिंसात्मक बनेको हो । प्रदर्शनकारीहरूले आज आन्दोलन गर्दा विभिन्न ठाउँमा तोडफोड, ढुंगामुढा आगजनीजस्ता अप्रीय घटना घट्न पुगेको छ । आन्दोलन क्षेत्रमा गोली लागेर एक जना घाइते भएको खबर प्राप्त भएको छ भने दर्जनौं संख्यामा घाइते भएका छन् । राजावादी समर्थकहरुले तीनकुनेस्थित एक घरमा आगजनी गरेका छन् । त्यस्तै, काठमाडौंको आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । त्यस्तै, तीनकुनेस्थित अन्नपूर्ण पोष्ट र कान्तिपुर टिभीमा पनि प्रर्दशनकारीले आगो लगाउने प्रयास गरेका छन् । तीनकुने क्षेत्रबाट लखेटिएका राजावादी समूहका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित पेरिसडाँडा क्षेत्रका सवारीसाधनमा आगजनी र तोडफोड गरेका छन् । प्रर्दशनकारीले एउटा गाडीमा र बाइकमा तोडफोड आगजानी गरेका हुन् । पूर्वराजाका समर्थकहरूले बालकुमारीमा एउटा जीपमा आगजनी गरेको छ । प्रदर्शनकारीले पुल नजिकै काठमाडौंतर्फको भूभागमा जीपमा आगजनी गरेका हुन्। राजावादीहरूले कोटेश्वरको भाटभटेनीमा तोडफोड गर्नुका साथै लुटपाट पनि मच्चाएका छन् । यसैगरी, राजावादी समर्थक प्रदर्शनकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र आगजानी गरेका छन् । उक्त ठाउँमा आगजानी हुँदा पार्किङमा रहेको विमान र आयल निगमको डिपो जोखिममा परेका छन् । राजावादीको प्रदर्शनले उग्र रूप लिँदै गएपछि काठमाडौंको पाँच क्षेत्रमा कर्फ्यू आदेशसमेत जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले करिब साढे चार बजेदेखि जारी भएको कफ्र्यू राति १० बजेसम्मका लागि जारी गरिएको हो । गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँ बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यू लगाइएको हो । यस क्षेत्रभित्र आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ ।

कर्फ्यु आदेश उल्लंघन गर्नेलाई एक महिना कैद र नगद जरिवाना, हिँडडुलमा पनि रोक, गोली हान्ने अधिकार

काठमाडौं । राजावादीको प्रदर्शन उग्र भएपछि काठमाडौं जिल्ला प्रशासनले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । कार्यालयले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । साढे चार बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो । कार्यालयले गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँ बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको हो । यस क्षेत्रभित्र आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थिति उत्पन्न भएको भन्दै कर्फ्यु आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारीबाट यो आदेश जारी गरेका हुन् । कुनै ठाउँमा आन्दोलन वा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएमा परिस्थितिको विचार गरी आवश्यक भएमा प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सीमाना तोकी सो ठाउँमा कसैले आवतजावत गर्न, भेला हुन र तोकेको अरू कुनै काम गर्न नपाउने गरी कफ्र्यू लगाउन आदेश जारी गर्न सक्ने व्यवस्था छ । त्यसरी कर्फ्युको आदेश दिँदा प्रमुख जिंल्ला अधिकारीले सो आदेश, कर्फ्यु लाग्ने क्षेत्र र सो वरिपरिका क्षेत्रका सर्वसाधारण जनताको जानकारीको लागि प्रचार गर्नु पर्दछ । कफ्र्य आदेशको पालना नगर्नेलाई एक महिना कैद वा एक हजार जरिवाना तथा दुवै हुन सक्ने व्यवस्था छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र आगजानी

काठमाडौं । राजावादी समर्थक प्रदर्शनकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र आगजानी गरेका छन् । उक्त ठाउँमा आगजानी हुँदा पार्किङमा रहेको विमान र आयल निगमको डिपो जोखिममा परेका छन् । राजावादी समर्थक प्रदर्शनकारीहरूले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शनमा काठमाडौंमा विभिन्न ठाउँमा तोडफोड तथा आगजनीका घटनाहरू घटेका छन्।

राजावादीलाई प्रचण्डले भने – इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्नू

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तीनकुनेमा राजावादी समूहले आयोजना गरेको सभालाई अराजकताहरुको संज्ञा दिएका छन् । शुक्रबार समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा काठमाडौंमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै अध्यक्ष दाहालले तीनकुनेलाई प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतीकजस्तो बनेको टिप्पणी गरे। उनले तीनकुनेमा भएको घटनाप्रति आपत्ति जनाउँदै राजावादी शक्तिहरूले हिंसा मच्चाएर आतंक सिर्जना गर्न खोजेको आरोप लगाए । ‘घरमा आगो लगाउने, प्रहरीमाथि ढुंगा हान्ने, एक-दुई जनाको ज्यान लिएर देशभर आतंक फैलाउने योजनामा उनीहरू छन् । यो नै राजावादीहरूको चरित्र हो,’ अध्यक्ष दाहालले भने । अध्यक्ष दाहालले गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बताउँदै इतिहासलाई उल्ट्याउने कुनै पनि प्रयास सफल नहुने चेतावनी दिए । ‘गणतन्त्र समर्थक लाखौं नागरिक सडकमा छन् । गणतन्त्रवादी र राजावादीहरूको चरित्र नेपाली जनताले आजै देखे,’ उनले भने । उनले तीनकुने घटनालाई ‘मण्डले अराजकताको पराकाष्ठा’ भन्दै यसलाई गणतन्त्रविरोधी शक्तिहरूको नियोजित प्रयासका रूपमा चित्रण गरे ।

तीनकुनेमा राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । राजावादीहरुको तीनकुनेमा प्रदर्शन गरेका छन् ।  राजावादीको प्रदर्शनले तनावग्रस्त बनेको छ ।    

राजावादीको प्रदर्शन उग्र भएपछि तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौं । राजावादीको प्रदर्शन उग्र भएपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश जारी गरेको हो । करिब साढे चार बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो । गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँ बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको हाे । यस क्षेत्रभित्र आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ । राजावादीहरूले कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेका छन् । प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले भाटभटेनीमा तोडफोड गरेको हो । तीनकुनेको प्रदर्शन र सभा बिथोलिएपछि उनीहरू तितरबितर भएका हुन् । यसैगरी, राजावादीहरूले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा तोडफोड गरेका छन् । काठमाडौंको तीनकुनेस्थित शान्तिनगरमा रहेको उक्त पार्टीको केन्द्रीय कार्यालयमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेका हुन् । उनीहरूले पार्टी कार्यालय अगाडि आगजनी र ढुंगा प्रहार गरेका छन् । यसैगरी, राजावादीहरूले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका छन् । यस्तै, उनीहरूले पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् । त्यस्तै, उनीहरूले तीनकुनेको एक घरमा आगलागी गरेका छन् । त्यस्तै, प्रदर्शनकारीले कान्तिपुर टीभी र अन्नपूर्ण मिडिया हाउसमा पनि ढुङ्गामुढा गरेका छन् । अन्नपूर्णमा लगाएको आगो भने अहिले नियन्त्रणमा आएको छ । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससहित हवाई फायरसमेत गरेको थियो ।