कामुको जिम्मेवारी पाएकी नीलम ढुंगानाले के-के काम गर्न पाउँछिन् ?
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर को हुने भन्ने अझै टुंगो लागेको छैन । पाँच वर्षको कार्यकाल सकेर महाप्रसाद अधिकारी गभर्नरबाट पदबाट बिदा भएपनि सरकारले अहिलेसम्म गभर्नर नियुक्त गर्न सकेको छैन । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार अपरान्ह ३ बजे सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ । राष्ट्र बैंकले ऐनमा सामान्यतः पद रिक्त हुनु एक महिनाअघि नै गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था छ । गत फागुनमा अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा गभर्नर छनोट समिति महिना दिनअघि नै बनिसकेको छ तर अहिलेसम्म समितिले गभर्नर छान्न सकेको छैन । राष्ट्र बैंक ऐनअनुसार गभर्नरको काम, कर्तव्य अधिकार भित्र बैंकको सञ्चालन तथा व्यवस्थापन गर्ने, बैंकले गर्नुपर्ने कार्यहरू व्यवस्थित गर्ने, अन्तर्राष्ट्रिय संघ, संस्थामा बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने, गराउने, मौद्रिक तथा विदेशी विनिमय सम्बन्धी नीति कार्यान्वयन गर्ने, गराउने, वाणिज्य बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप तथा कर्जाको ब्याज दर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने जिम्मेवारी दिएको छ । वाणिज्य बैंक तथा वित्तीय संस्थाले कर्जा वा निक्षेपमा लिने वा दिने ब्याजदर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने, वाणिज्य बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने तरलता सम्बन्धी नीति निर्माण गर्ने, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले राख्नुपर्ने अनिवार्य मौज्दातको आधार, रकम, तरिका, शर्त, समयावधि तथा सोको प्रयोगका बारे आवश्यक व्यवस्था गर्ने पनि गभर्नरको काम हो । वाणिज्य बैंक तथा वित्तीय संस्थाको पुँजी कोषको पर्याप्तता सम्बन्धी शर्त निर्धारण गर्ने, सुन तथा अन्य बहुमूल्य धातुको खरिद विक्री गर्दा अपनाउनुपर्ने प्रक्रिया र शर्तको सम्बन्धमा निर्णय गर्ने, बैंकले प्रदान गर्ने सेवामा सेवा शुल्क निर्धारण गर्ने,आवश्यकता अनुरुप बैंकका शाखा कार्यालय तथा अन्य कार्यालय स्थापना र बन्द गर्ने निर्णय गर्ने, बैंकको एजेन्सी स्थापना गर्ने र बन्द गर्ने, बैंकको सूचना प्रणालीको विकास र सञ्चालन सम्बन्धमा आवश्यक व्यवस्था गर्ने, वाणिज्य बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षण सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने काम पनि गभर्नरको हो। लामोसयम गभर्नरको अभाव रह्यो भने यी काममा प्रत्यक्ष असर देखिने खतरा छ । त्यसो त, गभर्नर टुंगो नलाग्दा तत्काललाई काम चलाउन का.मु. जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले राष्ट्र बैंक ऐनको दफा २७ अनुसार ढुंगानालाई सो जिम्मेवारी दिएको उनको सचिवालयले बतायो । अब नयाँ गभर्नर नआउँदा सम्म ढुंगानाले कामु गर्भनरको भूमिका निर्वाह गर्नुहुनेछ तर उनले दीर्घकालीन असर गर्ने खालका कुनै निर्णय लिन पाउनेछैनिन् । त्यस्ता निर्णय लिन परे सरकारले अधिकार दिएको छुट्टै निर्णय गर्नुपर्छ । विगतमा पनि गभर्नरको अभावमा लामो समय डेपुटी गभर्नले कार्यभार सम्हालेको इतिहास छ । विजयनाथ भट्टराईको समयमा उनलाई भ्रष्टाचारको अभियोग लाग्दा डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले लामो समय कामु गभर्नरको भूमिका निभाएका थिए । पछि भट्टराईले सफाइ पाएर पुनः पदमा फर्किएका थिए । त्यसबेला मानन्धरले नयाँ नोटमा हस्ताक्षर गर्ने अधिकारसमेत पाएका थिए तर त्यसका लागि सरकारले छुट्टै निर्णय गर्नुपरेको थियो । नयाँ गभर्नर नियुक्त नभएसम्म ढुंगाना कार्यवाहक गभर्नरको हैसियतमा राष्ट्र बैंकको दैनिक प्रशासनिक तथा सामान्य नीतिगत कार्य सञ्चालन गर्न पाउनेछिन् ।
सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि सुरु, विजेतालाई २ लाख ५० हजार दिने
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैठौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबार (चैत २५) देखि काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ । सन् २०२३–२४ को अर्डर अफ मेरिटको आधारमा छनोट भएका १६ जना प्रोफेसनल गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रुपैयाँ रहेको छ । विजेताले ६० हजार, दोस्रो हुनेले ४२ हजार, तेस्रोले ३२ हजार र चौथो स्थान हासिल गर्नेले २४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले जनही ११ हजार, भने पहिलो चरणमा पराजित हुनेले ६ हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गर्नेछन् । प्रतियोगिताको नियमअनुसार शीर्ष वरीयताका खेलाडी नेपाल नम्बर एक भुवन नगरकोटीले १६ औं वरीयताका पशुपति शर्मासँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै, दोस्रो नम्बरका निरज तामाङले सूर्य प्रसाद शर्मासँग, तेस्रो वरीयताका दिनेश प्रजापतिले रमेश अधिकारीसँग, चौथो वरीयताका रवि खड्काले टंक बहादुर कार्कीको सामना गर्नेछन् । प्रतियोगिताको फाइनल ३६ होलको हुनेछ भने अन्य सबै खेल १८ होलको हुनेछन् । पहिलो चरण मंगलबार, क्वाटरफाइनल र सेमिफाइनल बुधबार, र फाइनल तथा तेस्रो स्थानको खेल बिहीबार हुनेछ । प्रोफेसनल गल्फर्स एशोसिएसन नेपालका अध्यक्ष रविन्द्र मान श्रेष्ठले सूर्य नेपालको दीर्घकालीन साथप्रति आभार व्यक्त गर्दै भने, 'नेपालमा व्यावसायिक गल्फको प्रवर्द्धनमा सूर्य नेपालको योगदान अतुलनीय छ ।'
समता घरेलु लघुवित्तको सीईओ बने डा. मदन घिमिरे
काठमाडौं । समता घरेलु लघुवित्त वितिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. मदन घिमिरे नियुक्त भएका छन् । लघुवित्तको २२ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका सचिव विश्वराज श्रेष्ठले सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मार्फत उनको नियुक्तिको जानकारी गराएका हुन् । उनकाअनुसार डा. घिमिरेको कार्यकाल आगामी वैशाख १ गतेदेखि सुरु भई चार वर्षका लागि रहनेछ ।
लुम्बिनीमा ४ सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण, थप २१ हजार ५५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा
बुटबल । लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४०३ वटा सिँचाइ बाँध तथा मुहान निर्माण सम्पन्न भइसकेका छन् । ती सिँचाइ आयोजनामा पक्की नहर तथा कुलो निर्माणतर्फ पनि उल्लेखनीय प्रगति देखिएको छ । हालसम्म ८३२ किलोमिटर पक्की नहर निर्माण सम्पन्न भएका छन् । लिफ्ट सिँचाइ प्रणालीअन्तर्गत १०७ वटा आयोजना सञ्चालनमा छन् । जसमा चालु आर्थिक वर्षमा दुईवटा नयाँ योजना थपिएका छन् । सिँचाइ पहुँच विस्तारका लागि स्यालो र डिप ट्युबवेल जडानमा समेत जोड दिइएको छ । अहिलेसम्म ७५९ वटा स्यालो ट्युबवेल र २३२ वटा डिप ट्युबवेल जडान भइसकेका छन् । पम्प हाउसको सङ्ख्या ३८६ पुगेको छभने सिँचाइ प्रयोजनका लागि ८२ वटा आयोजना विद्युतीकरण गरिएका छन् । पाइपलाइन विस्तार कार्यअन्तर्गत ७४७ किलोमिटर पाइपलाइन बिछ्याइएको मन्त्रालयले जनाएको छ । प्रदेशभर थप २१ हजार ५५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याइएको छ भने ७३ हजार ७६८ हेक्टर क्षेत्रमा सिँचाइ संरचनाको सुदृढीकरण गरिएको छ । नदी नियन्त्रणतर्फ २११ किलोमिटर तटबन्ध निर्माण भइसकेको छ, जसबाट दुई हजार ६३२ हेक्टर जमिन उकासिएको तथा १४ हजार ११९ हेक्टर जमिन र १७ हजार ४९८ घरधुरी सुरक्षित गरिएको छ । ५५ प्रतिशत भू-भागमा सिँचाइ सुविधा विस्तार लुम्बिनी प्रदेशमा ५५ प्रतिशत भू-भागमा सिँचाइ सुविधा विस्तार भएको प्रदेश सरकारले जनाएको छ । कुल सिँचाइयोग्य जमिनमध्ये ३३ प्रतिशत भू-भागमा मात्र बाह्रै महिना सिँचाइ सेवा उपलब्ध रहेको छ । प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कृषिमा उत्पादन वृद्धि गर्दै आर्थिक, सामाजिक र वातावरणीय सन्तुलन कायम गर्ने दीर्घकालीन सोचअनुरूप सिँचाइ पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको जनाएको छ । मन्त्रालयअन्तर्गत सिँचाइ पूर्वाधार निर्माण, जलस्रोतको संरक्षण तथा प्रकोप व्यवस्थापनसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । प्रमुख योजनाहरूअन्तर्गत दाङ जिल्लाका लागि प्रगन्ना सिँचाइ योजना र कपिलवस्तुको बाणगङ्गा सिँचाइ योजना सञ्चालनमा छन् । यिनको व्यवस्थापन र मर्मतका लागि छुट्टाछुट्टै सिँचाइ व्यवस्थापन कार्यालय स्थापना गरिएको छ । प्रदेश सरकारले सिँचाइ पूर्वाधार सुदृढीकरणमार्फत कृषि उत्पादकत्व वृद्धि, खाद्य सुरक्षाको स्थायित्व र वातावरणीय दिगोपनाको लक्ष्य लिएको स्पष्ट पारेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइमा उत्पन्न भएको पानीको सङ्कट समाधानका लागि वैकल्पिक उपायहरू अभ्यासमा ल्याउन सकिने बताएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लुम्बिनी प्रदेशले सिँचाइ दिवस २०८१ को अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पोखरी निर्माण गरी वर्षाको पानी सङ्कलन गरेर सिँचाइ तथा खानेपानी दुवैमा उपयोग गर्न सकिने योजना अघि बढाउँदा पानीको समस्या समाधान गर्न सकिने उल्लेख गरे । मुख्यमन्त्री आचार्यले पानीका स्रोतको संरक्षण र मितव्ययी प्रयोगमा ध्यान दिनुपर्ने उल्लेख गर्दै जमिनमुनि र सतह दुवै तहको पानीको स्रोत क्रमशः घट्दै गएकाले सिँचाइ आयोजनासमेत रुग्ण अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले प्रदेश सरकारले सिँचाइ आयोजनातर्फ पर्याप्त बजेट विनियोजन गरी आयोजना निर्माणका कामलाई अगाडि बढाएको बताइन् ।
ट्रम्पका ट्यारिफले अमेरिकालाई १३ ट्रिलियन डलरको नोक्सानी
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारका ६० भन्दा बढी देशहरू विरुद्ध ट्यारिफ (कर) बढाएका छन् । यसले विश्वभरिका सेयर बजारमा ठूलो गिरावट आएको छ र लगानीकर्ताहरूका खरबौं डलर डुबेका छन् । यसको सबैभन्दा ठूलो असर भने अमेरिकामै परेको छ । अमेरिकी टेक कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको छ । अहिले संसारमा कुनै पनि कम्पनीको मूल्यांकन ३ ट्रिलियन डलर छैन । केही समय अघिसम्म धेरै कम्पनीहरू यो सूचीमा थिए, तर अहिले ती सबै आफ्नो उच्च बिन्दुबाट निकै तल झरिसकेका छन् । १९ फेब्रुअरीदेखि अहिलेसम्म अमेरिकी सेयर बजारको कूल मूल्य १३ ट्रिलियन डलरले घटिसकेको छ । केवल ’म्याग्निफिसेन्ट ७’ भनिने प्रमुख ७ कम्पनीहरूले मात्र ५ ट्रिलियन डलरभन्दा बढी गुमाएका छन् । अमेरिकाको एसएन्डपी ५०० फ्युचर्स सूचकांक २२ प्रतिशतले घटिसकेको छ र बियर मार्केट (सामान्यतया बजारको पछिल्लो उच्च बिन्दुबाट २० प्रतिशतभन्दा बढीले घटेमा वा दुई महिनासम्म लगातार सूचीकृत कम्पनीको मूल्यमा गिरावट आएमा नेप्से परिसूचक लगातार घटेमा यस्तो अवस्थालाई बियर मार्केट भनिन्छ।) को क्षेत्रमा प्रवेश गरिसकेको छ । अमेरिकी बजारमा पछिल्ला ३२ दिनको अवधिमा प्रतिदिन औसत ४०० अर्ब डलर गुमाएको छ । ठीक ३२ दिनअघि एसएन्डपी ५०० ले ६ हजार १४७ अंकको नयाँ ऐतिहासिक उचाइ चुमेको थियो । आईफोन बनाउने कम्पनी एप्पलको सेयर मूल्यमा गत शुक्रबार ७.२९ प्रतिशत गिरावट आयो र यसको बजार मूल्यांकन २.८२९ ट्रिलियन डलरमा झ¥यो । यस्तै, माइक्रोसफ्ट अहिले २.६७५ ट्रिलियन डलरसहित विश्वको दोस्रो ठूलो कम्पनी बनेको छ । एआई चिप बनाउने कम्पनी एनभिडियाको मूल्यांकन घटेर २.३०१ ट्रिलियन डलरमा झरेको छ । यी सबै कम्पनीहरू पहिले ३ ट्रिलियन डलर क्लबको हिस्सा थिए । यस सूचीमा अमेजन अहिले १.८१२ ट्रिलियन डलरसहित चौथो स्थानमा छ । गुगलको मातृ कम्पनी अल्फाबेटको मूल्यांकन १.७८६ ट्रिलियन डलर छ । यसैगरी, साउदी अरामकोको १.७०१ ट्रिलियन डलर, मेटा प्लेटफम्र्सको १.२७८ ट्रिलियन डलर, बर्कशायर हैथवेको १.०६५ ट्रिलियन डलर र टेस्लाको ७७०.१३ अर्ब डलर रहेको छ।
शिक्षकहरू सडकमा बसिरहनु पर्दैन, जायज माग सम्बोधन गर्छाैं: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरीपन हुने बताएका छन् । फोरियन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलड’को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरूले विकास र सुशासनका यात्रालाई अगाडि बढाउने भरमग्दुर प्रयास गरिरहेको बताए । 'पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन । मलाई साथ देऊ भनिराखेका छन्', राजतन्त्र वादीतर्फ लक्षित गर्दै उनले भने, 'संविधानकै व्यवस्था अन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी हो ।' यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको उनको भनाइ थियो । 'जता हावा ढल्केको छ, त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ । जायज माग लिएर आउँदा हामी सुन्छौँ । सडकमा कसैले दुःख पाइरहनु पर्दैन । शिक्षकहरूले सडकमा बसिरहनु पर्दैन । हामी संवादबाट उहाँहरूका मागलाई यथोचित सम्बोधन गर्नेछौँ', उनले थपे । प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तराष्ट्रिय सम्बन्धमा त्यसका केही दायित्वहरू निर्वाह गर्न लागेको बताए । उनले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको उल्लेख गरे । 'हाम्रो मुलुक भौगोलिक, प्राकृतिक र संस्कृतिक रुपमा विविधतायुक्त छ । विविधताका बीचमा एकता आवश्यक छ । बिना एकता हामीले चाहेका उपलब्धि हासिल हुन सक्दैनन्,' प्रधानमन्त्री ओलीले भने, 'विविधता अभिशाप होइन, सम्पत्ति हुनुपर्छ । राष्ट्रिय र अन्तरराष्ट्रिय समस्या आउँदा नेपाल एकजुट भएर समाधान गर्न लाग्नुपर्छ ।' उनले आदर्श कमजोर र स्वार्थ हाबी हुँदै गएको विश्वमा राष्ट्रिय हितलाई ध्यान दिँदै विश्वकै सुरक्षा र मानवीय हितमा हामीले आफ्नो तर्फबाट योगदान दिन सक्नुपर्नेमा जोड दिए । भूराजनीतिका नाममा आफ्नो कमजोरी ढाक्ने काम गर्न नहुने उल्लेख गर्दै उनले भूराजनीतिक सचेतनाका साथ राष्ट्रिय हितलाई अगाडि बढाउन आवश्यक रहेको बताए । 'अन्तर्राष्ट्रिय जवाफदेहीतासहितको न्यायोचित राष्ट्रिय हित र विचारलाई छोड्नु भन्ने होइन । कुनै छिमेकीसँग बढी मित्रता भन्ने खालको कोल्टिने राजनीति गर्नु हुँदैन । हामी कसैको सामरिक गठबन्धनमा लाग्दैनौँ । हामी शान्तिका पक्षमा छौँ', उनले भने । हिमालयन संवादको पहिलो शृङ्खलामा विभिन्न राजनीतिक दलका नेता र कूटनीतिक क्षेत्रका विज्ञहरूले नेपालको परराष्ट्र नीतिका विषयमा दुई सत्रमा छलफल गर्नुहुने फोरियन अफेयर्स मिडियाका अध्यक्ष गोपाल खनालले जानकारी दिए ।
रवि लामिछानेले भने : यो परीक्षाको पहिलो विद्यार्थी म भएँ, पालो सबैको आउँछ
काठमाडौं । अदालतको आदेशपछि कारागार जानुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले चारवटा सन्देश दिएका छन् । उनले अदालतको निर्णयको सम्मान गर्दै कानूनी प्रक्रियालाई अघि बढाउने बताउँदै भावुक अभिव्यक्ति दिएका हुन् । रविको पहिलो सन्देशमा कानुनी प्रक्रिया अगाडि बढाउने उल्लेख छ । 'अदालतको आदेशको सम्मान छ । कानूनले दिएको अधिकार प्रयोग गर्छु । तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने प्रक्रिया अवलम्बन गर्छु,' उनले भने । दोस्रो सन्देशमा उनले न्यायकै मन्दिरबाट अन्याय नहुने विश्वास व्यक्त गर्दै भने, 'विभिन्न आशंका उठेका र उठाइएका छन्, ती गलत सावित हुन् ।' तेस्रो सन्देश पार्टी र समर्थकलाई समर्पित थियो । उनले भने, 'पार्टीलाई एकढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला । सक्नुहुन्छ भने बढाउनुहोस्, नसके पनि घटाउनुहोस् । अभियानलाई जनताको बीचमा पुर्याउनुहोस् ।' र अन्तिम सन्देशमा उनले आफ्नो मुद्दालाई राजनीतिक प्रतिशोधको रुपमा व्याख्या गरे। 'अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ, मैले जसरी नै जाँच अरूले पनि दिनुपर्नेछ,' उनले भने ।
तीनकुने घटनामा सहभागी भएकी अभिनेत्री एनी कुँवर पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहेकी एनी कुँवरलाई पक्राउ गरेको छ । यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनले भने, 'पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो ।'