वितरणयोग्य नाफामा सिटिजन्स बैंकको ७५९.५६ प्रतिशत छलाङ, नाफा ९६.१८ करोड रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंकको चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा २०.६० प्रतिशत घटेर ९६ करोड १८ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ११.५८ प्रतिशत बढेर ४ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा २८.३४ प्रतिशत घटेर १ अर्ब ३३ करोड ४१ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १४.८९ प्रतिशत बढेर ५ अर्ब ९७ करोड ६२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७५९.५६ प्रतिशत बढेर १६ करोड २६ लाख २१ हजार रुपैयाँ रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा १ करोड ८९ लाख १९ हजार रुपैयाँ थियो । फागुनसम्म बैंकको चुक्ता पुँजी ४ प्रतिशत बढेर १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ र जगेडा कोष १२.८३ प्रतिशत बढेर ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ रहेको छ । चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन ५.१३ प्रतिशत बढेर १ खर्ब ९८ अर्ब ९४ करोड ६० लाख रुपैयाँ र कर्जा लगानी ९.४० प्रतिशत बढेर १ खर्ब ६७ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २.६९ रुपैयाँ घटेर ८.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२.७५ रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ५.७१ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ३.७६ प्रतिशत थियो ।
अधिकांश सूचकमा माछापुच्छ्रे बैंकको फड्को, नाफा २८.८९ प्रतिशत बढाउँदा ईपीएस १२.६५ रुपैयाँ
काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा २८.८९ प्रतिशत बढेर १ अर्ब १० करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १०.४१ प्रतिशत बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ५२.७६ प्रतिशत बढेर २ अर्ब ५ करोड ७८ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १३.०६ प्रतिशत बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७ करोड ७ लाख रुपैयाँ रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक थियो । फागुनसम्म बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ र जगेडा कोष १०.५१ प्रतिशत बढेर ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ रहेको छ । चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन ६.९४ प्रतिशतश बढेर १ खर्ब ६९ करोड ६५ लाख ९० हजार रुपैयाँ र कर्जा लगानी १०.९४ प्रतिशत बढेर १ खर्ब ४० अर्ब ६१ करोड ५० लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २.८४ रुपैयाँ बढेर १२.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५६.२ रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ४.५९ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ३.६८ प्रतिशत थियो ।
लक्ष्मी सनराइज बैंकको नाफा १.६५ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । लक्ष्मी सनराइज (एलएस) बैंकको चालु आर्थिक वर्ष २०८१÷८२को तेस्रो त्रैमासमा खुद नाफा २.२४ प्रतिशत १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ७.३१ प्रतिशत घटेर ७ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा १३.३४ प्रतिशत बढेर २ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी २.०८ प्रतिशत घटेर १० अर्ब २४ करोड ५० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक थियो । फागुनसम्म बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ र जगेडा कोष १०.५६ प्रतिशत बढेर १७ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ रहेको छ । चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन ४.६४ प्रतिशतश बढेर ३ खर्ब ४४ अर्ब २० करोड ३० लाख रुपैयाँ र कर्जा लगानी ११.५८ प्रतिशत बढेर २ खर्ब ७६ अर्ब ४ करोड ६१ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ९.०५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७६.१६ रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ५.८६ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ५.४९ प्रतिशत थियो ।
एनआईसी एशिया बैंकको खुद नाफा १५.६७ करोड रुपैयाँ
काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा ९१.८१ प्रतिशत घटेर १५ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशत घटेर ७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष ९ महिनामा बैंकले ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी ४०.६६ प्रतिशत घटेर ९६ करोड ८१ लाख रुपैयाँ, सञ्चालन नाफा ६४.४० प्रतिशत घटेर १ अर्ब २९ करोड ५ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशत घटेर ९ अर्ब १९ करोड २२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक थियो । १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष १.४५ प्रतिशत बढेर १४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ रहेको छ । चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन १६.९५ प्रतिशत घटेर २ खर्ब ९४ अर्ब ६ करोड १ लाख रुपैयाँ र कर्जा लगानी १३.९४ प्रतिशत घटेर २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँमा झरेको छ । बैंकको नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १५.८९ रुपैयाँ घटेर १.४० रुपैयाँमा सीमित भएको छ । बैंकको मूल्य आम्दानी अनुपात २६६.६४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२.८५ रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ५.७५ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ३.०८ प्रतिशत थियो ।
एनआईएमबिको नाफा ४ अर्ब ५४ करोड रुपैयाँ, आरओई ९.६७ प्रतिशत
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा ३८.६१ प्रतिशत बढेर ४ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशत घटेर १० अर्ब ३१ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष ९ महिनामा बैंकले ११ अर्ब ३ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी ३३.२४ प्रतिशत १ अर्ब ५२ करोड ११ लाख रुपैयाँ, सञ्चालन नाफा २२.२६ प्रतिशत बढेर ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १.६४ प्रतिशत घटेर १२ अर्ब ७९ करोड ५३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा ५ अर्ब ८ करोड १६ लाख रुपैयाँ ऋणात्मक थियो । फागुनसम्म बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ र जगेडा कोष १८.४५ प्रतिशत बढेर ३० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ रहेको छ । चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन १३ प्रतिशत बढेर ४ खर्ब ५५ अर्ब ८९ करोड ९ लाख रुपैयाँ र कर्जा लगानी ७.३१ प्रतिशत बढेर ३ खर्ब २७ अर्ब ८२ करोड ३४ लाख रुपैयाँ पुगेको छ । बैंकको नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ४.९४ रुपैयाँ बढेर १७.७४ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात ११.९२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ६.०६ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ४.६६ प्रतिशत थियो । फागुनसम्ममा बैंकको रिटर्न इक्विटी (आरओई) ९.६७ प्रतिशत र रिटर्न अन एसेट १.१६ प्रतिशत थियो ।
३७.१२ प्रतिशत बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, वितरणयोग्य साढे ३ अर्ब रुपैयाँ
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ३७.१२ प्रतिशत बढाउँदै ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष ९ महिनामा बैंकले १३ अर्ब २ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी १७.३० प्रतिशत बढेर २ अर्ब ३१ करोड १८ लाख रुपैयाँ, सञ्चालन नाफा ३४.४१ प्रतिशत बढेर ६ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत घटेर १५ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको छ । फागुनसम्म बैंकको चुक्ता पुँजी ५.५० प्रतिशत बढेर ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष १०.७७ प्रतिशत बढेर २८ अर्ब २० लाख रुपैयाँ रहेको छ । चालु आवको ९ महिना सम्ममा बैंकको निक्षेप संकलन ६.२० प्रतिशत बढेर ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ र कर्जा लगानी ११.८७ प्रतिशत बढेर ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ पुगेको छ । बैंकको नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ३.६६ रुपैयाँ बढेर १५.८६ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात १३.७९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७३.४७ रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ४.७४ प्रतिशत थियो ।
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, ७ प्रतिशत ब्याजदर
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज वैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत आरबीबी डिबेञ्चर २०८८’ बिक्री खुला गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकका ऋणपत्रमा बैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय वैशाख २१ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग्स नेपालले बैंकलाई केयर एनपी ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता तुलनात्मक रुपमा पर्याप्त तथा न्यूनतम् कर्जा जोखिम भएको संस्था रहेको संकेत गर्दछ ।
राष्ट्रिय मूर्ति कला सम्मेलनः मूर्ति कारको आत्मसम्मानको कदरसहित १५ बुँदे घोषणापत्र जारी
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि सुरु भएको ‘राष्ट्रिय मूर्ति कला सम्मेलन’ १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले मूर्ति सिर्जना गर्दा चाहिने आवश्यक कच्चा पदार्थको उपलब्धतालाई सहजीकरण गर्न कच्चा पदार्थको आयातमा भन्सार र अन्य कर छुट हुने कानुनी व्यवस्थासहित १५ बुँदे घोषणापत्र जारी गरेको हो । सरकारी निकायबाट सिर्जना गरिने मूर्तिकलाको सम्बन्धमा विद्यमान सार्वजनिक खरिदसम्बन्धी कानुनबमोजिम बोलपत्र आह्वान गर्दा मूर्ति कारले भन्दा निर्माण व्यवसायीले काम पाउने अवस्था हुने र निर्माण व्यवसायीले निर्माण गरेका मूर्ति सिर्जनाका दृष्टिले गुणस्तरीय र कलाको मर्मअनुरूप नहुने हुँदा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनमा सुधार गरी त्यस्ता मूर्ति वा कला सिर्जना गर्न बोलपत्र आव्हानसम्बन्धी छुट्टै कानुनी प्रावधानको व्यवस्था गर्नुपर्ने माग गरिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए । उनका अनुसार स्थानीय कच्चा पदार्थको सहज उपलब्धता र स्थानीय कच्चा पदार्थ सङ्कलन र ढुवानीमा कुनै कर दस्तुर नलाग्ने कानुनी व्यवस्था हुनुपर्ने माग पनि गरिएको छ । सम्मेलनपछि आज जारी गरिएको घोषणापत्रमा मूर्ति कला सिर्जना गर्दा आधुनिक प्रविधि मैत्री तथा वातावरणमैत्री बनाउन आवश्यक सामग्री आयात गरी व्यवस्थापन गर्न र मूर्तिकलाको सिर्जना गर्न समेत सरकारी स्तरबाट उपयुक्त स्थान उपलब्ध गराउने व्यवस्थाका लागि पहल गर्ने तथा व्यापारी प्रयोजनका लागि शास्त्रीय विधान र कलाको सृजनशीलता, मर्म मर्ने गरी जथाभावी रूपमा मूर्ति सिर्जना गर्ने कार्य भइरहेकाले शास्त्रीय विधान र कलाको मर्म विपरीत नहुने गरी सिर्जना गर्न आवश्यक पहल गर्ने उल्लेख छ । मूर्ति कला निर्माण, प्रदर्शनी र त्यसको प्रवर्द्धन गर्न मूर्ति कला ग्राम यथा शीघ्र बनाउन पहल गर्ने, देशका लागि विदेशी मुद्रा भित्र्याउने स्रोतमध्ये महत्वपूर्ण मानिएको नेपाली ललितकला निर्यात गर्दा लाग्ने भन्सार र कर छुट हुने व्यवस्थाका साथै निर्यात गर्दा हुने प्रशासनिक झन्झट निराकरण गरी सहज व्यवस्थाका लागि आवश्यक पहल गर्ने निर्णय पनि गरिएको हार्तम्छालीले जानकारी दिए । सरकारी स्तरबाट मूर्तिकलाको मूल्याङ्कन गर्दा भौतिक साधनको मात्र मूल्याङ्कन नगरी कला सिर्जनाको मूल्यका आधारमा गर्नुपर्ने, मूर्ति कारको स्वास्थ्य बिमा र मूर्ति कार स्वास्थ्य कोष स्थापनाका लागि आवश्यक पहल गर्ने, मूर्तिकलाको प्रतिलिपि अधिकारको सुनिश्चितता गर्न पहल गर्ने निर्णय भएको प्रतिष्ठानका उपकुलपति लाल काजी लामाले बताए । उनका अनुसार विद्यालय स्तरको पाठ्यक्रममा मूर्ति कला समावेश गर्न, मूर्ति कला विषयलाई विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्न, सबै विश्वविद्यालयमा मूर्ति कला विषयसहितको ललितकला विभाग खोल्न, मूर्ति कला विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्न आवश्यक पहल गर्ने, समूह गत रुपमा मूर्ति बनाउँदा कार्य विभाजनका आधारमा पहिचान उल्लेख गरी मूर्ति कारको आत्मसम्मानको कदर गर्ने लगायत निर्णय सम्मेलनले गरेको छ । मूर्तिकलाको अध्ययन, अनुसन्धान, मूर्ति कला र कलाकारको अभिलेखीकरणका साथै प्रदर्शनी, कार्यशाला, तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कला र कलाकारको पहुँच अभिवृद्धि गर्न पहल गर्ने, हाल बनेका सरकारी भवनमा नेपाली कलाकृति/मूर्ति कला राख्ने व्यवस्थाका लागि सरकारले बजेटको व्यवस्था गर्नुपर्ने, अब बन्ने सरकारी भवनसम्बन्धी बजेट लागत अनुमान गर्दा सोको निश्चित प्रतिशत रकम ललितकलाबाट सजावट गर्नका लागि तोक्ने नीतिगत व्यवस्था गर्नुपर्ने र आगामी दिनमा सर्वसाधरणले बनाउने घरको नक्सा स्वीकृत गर्दा भवनको निश्चित स्थानमा ललितकलाले सजावट गर्नुपर्ने प्रावधान राखी नक्सा पास गर्नुपर्ने कानुनी व्यवस्थाका लागि पहल गर्ने निर्णय भएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले जानकारी दिए । सम्मेलनले ललितकलाका विभिन्न विधामध्ये मूर्ति कला विधा अध्ययन गर्न खर्चिलो हुनुका साथै शारीरिक परिश्रम पनि बढी पर्ने, विविध कारणले कम विद्यार्थीले मात्र अध्ययन गर्ने भएकाले यस विधाको अध्ययनका लागि प्रोत्साहन गर्न छात्रवृत्तिसहित अन्य सुविधाको व्यवस्था गर्न आवश्यक पहल गर्ने तथा नेपाली कलाकृति खरिदमा प्राथमिकता दिन पहल गर्ने सम्मेलनले निष्कर्ष निकालेको छ । उक्त सम्मेलनको प्रतिष्ठानका कुलपति हार्तम्छाली र प्रतिष्ठानका पूर्व उपकुलपति ठाकुर प्रसाद मैनालीले उद्घाटन गर्नुभएको थियो । कुलपति हार्तम्छालीले सम्मेलनका निष्कर्षले अगामी बाटो तय गर्ने र कलाकारका भावनालाई समेटेर आगामी रणनीति तय गरिने बताए । प्रतिष्ठानका पूर्व उपकुलपति एवं अग्रज मूर्तिकार मैनालीले प्रतिष्ठानले अन्तर्राष्ट्रिय क्षेत्ररसंस्थासँग समन्वय गरी विभिन्न अन्तर्राष्ट्रिय कार्यशाला तथा कार्यक्रम गरी कला र कलाकारलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । सम्मेलनमा ८० भन्दा बढी कलाकारहरूको उपस्थिति थियो ।