अधिकांश सूचकमा माछापुच्छ्रे बैंकको फड्को, नाफा २८.८९ प्रतिशत बढाउँदा ईपीएस १२.६५ रुपैयाँ

काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा २८.८९ प्रतिशत बढेर १ अर्ब १० करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १०.४१ प्रतिशत बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ५२.७६ प्रतिशत बढेर २ अर्ब ५ करोड ७८ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १३.०६ प्रतिशत बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७ करोड ७ लाख रुपैयाँ रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक थियो । 

फागुनसम्म बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ र जगेडा कोष १०.५१ प्रतिशत बढेर ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ रहेको छ । 

चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन ६.९४ प्रतिशतश बढेर १ खर्ब ६९ करोड ६५ लाख ९० हजार रुपैयाँ र कर्जा लगानी १०.९४ प्रतिशत बढेर १ खर्ब ४० अर्ब ६१ करोड ५० लाख रुपैयाँ पुगेको छ । 

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २.८४ रुपैयाँ बढेर १२.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५६.२ रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ४.५९ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ३.६८ प्रतिशत थियो । 
 

Share News