थुनामुक्त भए रेशम चौधरी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले चौधरीलाई छाड्न डिल्लीबजार कारागारलाई पत्र पठाएसँगै उनी थुनामुक्त भएका हुन् । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर चाैधरीलाई थुनामुक्त गर्न आग्रह गरेका थिए । यसअघि चौधरी पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ । सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखिसकेको छ । सर्वोच्चले शाखा अधिकृत विष्टसँग स्पष्टिकरणसमेत लिई कानुन बमोजिमको कारबाहीको प्रक्रिया सुरु गरिसकेको जनाएको छ । पुर्ख्यौली घर दार्चुला भएका शाखा अधिकृत विष्टको पृष्ठभूमि विवादित रहेको पाइएको छ । कञ्चनपुर जिल्ला अदालतमा काम गर्ने बेलामा उनको वकिलसँग ठूलो विवाद परेको थियो । त्यसपछि सरुवा भएर सर्वाेच्चमा आएपछि पनि उनी बेलाबेलामा विवादमा आएका थिए । उनले आज बिहान आफै पत्र लेखी प्रहरी कार्यालय र डिल्लीबजार कारागारसमेत आफै पुगेका थिए । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका चौधरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उनको पक्राउलाई लिएर सीके राउतलगायतका नेताहरूले भर्त्सना गरेका थिए । साथै प्रज्ञा प्रतिष्ठानमा नेता तथा कार्यकर्ताहरूले सरकारविरुद्ध नारासमेत लगाएका थिए ।
रेशमलाई छोड्न कारागारलाई अदालतको पत्र, गलत पत्र लेख्ने विष्ट पक्राउ
काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई छाड्न कारागारलाई पत्र पठाएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर उनलाई थुनामुक्त गन आग्रह गरेका हुन् । यसअघि पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ । यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेकाे छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका चाैधरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
संकटमा पोर्शेः अमेरिकी कर र चीनको बजार खुम्चिएपछि राजस्व लक्ष्य घटायो
काठमाडौं । विश्वप्रसिद्ध स्पोट्र्स कार निर्माता पोर्शेले आगामी आर्थिक वर्षको राजस्व र नाफा पूर्वानुमान घटाएको छ । कम्पनीले चीनमा घट्दो विक्री, विद्युतीय सवारीमा सुस्त रूपान्तरण र अमेरिकाको उच्च ट्यारिफ (२५ प्रतिशत) का कारण भविष्य संकटमा भएको जनाएको हो । पोर्शेका अनुसार सन् २०२५ का लागि अब राजस्व ३७ देखि ३८ अर्ब युरो हुने प्रक्षेपण गरिएको छ, जुन पहिले ३९-४० अर्ब युरो थियो । त्यस्तै, नाफा मार्जिन १०-१२ प्रतिशतबाट घटेर अब ६.५-८.५ प्रतिशत मात्र रहनेछ । अमेरिकी करको गहिरो असर पोर्शेले अमेरिकाभित्र कुनै उत्पादन नगरेकाले अमेरिकी आयात करले कम्पनीमा कम्तीमा १० करोड युरो (११५ मिलियन डलर) को घाटा पारेको जनाएको छ । कम्पनीका वित्त प्रमुख योहेन ब्रेक्नरका अनुसार यदि करहरू स्थायी भएमा कम्पनीले मूल्यवृद्धि गर्न सक्छ । चीनमा ४२ प्रतिशत गिरावट सन् २०२५ को पहिलो त्रैमासिकमा चीनमा पोर्शको बिक्री ४२ प्रतिशतले घटेको छ । यसले कम्पनीको कुल आम्दानीमा गहिरो असर पारेको हो । साथै विद्युतीय लक्जरी गाडीहरूमा माग कम हुनु, चिनियाँ ब्रान्डहरूको प्रविधि सुधार र कडा प्रतिस्पर्धाले पोर्शेलाई चुनौती दिएको विश्लेषकहरूले बताएका छन् । शाङ्घाईस्थित अटोमोबिलिटी कम्पनीका सीईओ बिल रुसो भन्छन्, 'अब चिनियाँ ग्राहकहरू आफन्तै ब्रान्डप्रति बढी आकर्षित छन् । विदेशी ब्रान्डको प्रभुत्व झन्झन् खुम्चिँदै गएको देखिन्छ ।' व्यवस्थापनमाथि प्रश्न लगातारको प्रदर्शन गिरावटपछि लगानीकर्ताहरू र विश्लेषकहरूले पोर्शेको व्यवस्थापनमा फेरबदलको माग गरेका छन् । यूबीएस र डोएच बैंकका विश्लेषकहरूले पोर्शे र फक्सवागन दुवैको सीईओ रहेका ओलिभर ब्लुमेको दोहोरो भूमिकामाथि प्रश्न उठाएका छन् । ब्याट्री उत्पादन विस्तार पनि रोकियो पोर्शले आफ्नो सेलफोर्स सहायक कम्पनीमार्फत उच्च प्रदर्शन ब्याट्री उत्पादन विस्तार गर्ने योजना पनि तत्काल रोक्ने निर्णय गरेको छ । चीनमा विद्युतीय लक्जरी गाडीको माग घटेकाले कम्पनीले उत्पादन रणनीति पुनर्विचार गरेको जनाएको छ । सेयर मूल्य पनि ओरालो मंगलबार पोर्शेको सेयर मूल्य फ्र्याङ्कफर्ट स्टक एक्सचेन्जमा ६.४ प्रतिशतले गिरावट आयो । कम्पनीको सेयर मूल्य यस वर्ष मात्र २५ प्रतिशतले घटिसकेको छ । पोर्शेजस्तो विश्वस्तरको लक्जरी कार ब्रान्डसमेत ग्लोबल व्यापार युद्ध, टेक्नोलोजी ट्रेन्डको सुस्त गति र बजार प्रतिस्पर्धाले कसरी प्रभावित हुन्छ भन्ने सजीव उदाहरण यो घटना बनेको छ । लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्यो कमाल भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मुर्खहरुको डफ्फाले व्यवस्थाको विरोध गर्ने र जे मा पनि नकारात्मकता देख्ने गरेको उल्लेख गर्दै उनले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे । 'रातीमा चारवटा स्याल कराउँदा वनै भन्किए जस्तो हुन्छ । तिनले कराएर केही हुन्न । अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ ।' उनले भने, 'त्यस्ता प्रवृत्ति विरुद्ध सशक्त रूपमा सांस्कृतिक ढ्याङग्रो बजाउनुपरेको छ । यो काममा तपाईंहरु लाग्नुहोला ।' राजतन्त्र अब फर्कन्न भन्ने कलाकार सुरक्षा पन्तको फिल्म बहिष्कार गर्छु भन्नेहरुलाई सचेत गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रा फिल्म र नाटक बनाउँदा हेर्ने दर्शकको कुनै कमी नहुने स्पष्ट गरे ।
सेयर बजारमा ९ अर्बको कारोबार, १०७ कम्पनीको मूल्य बढ्यो
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६२३ बिन्दुमा झरेको हो । आज ३१४ कम्पनीको २ करोड ४६ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बजारमा १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको घटेको छ । एक कम्पनीको मूल्य स्थिर रहेको छ । बुधबार सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको सेयरमा मात्रै ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । त्यस्तै, न्यादी ग्रुपको ५२ करोड, सानीमा माइ हाइड्रोको ५० करोड, अरुण भ्याली हाइड्रोको ४२ करोड, र हिमालयन पावरको ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स, र क्रेस्ट माइक्रो लाइफका सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । आज अधिकांश सूचक ओरालो लागेका छन् । बैंकिङ ०.७०, विकास बैंक १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ र अन्य १.१६ प्रतिशतले घटेका छन् । साथै, हाइड्रोपावर ०.६१, माइक्रोफाइनान्स ०.०४, र व्यापार समूह ०.४० प्रतिशतले उकालो लागेका छन् ।
राति सुत्नुअघि केसर-अलैंची चिया पिउनूहोस्, छन् यस्ता फाइदा
काठमाडौं । यदि तपाईं राम्रो निद्रा, उज्यालो छाला र बलियो पाचन प्रणाली चाहनुहुन्छ भने राति सुत्नुअघि केसर र अलैंचीको चिया अवश्य पिउनूहोस् । यो चिया स्वादिष्ट मात्र होइन, शरीरलाई भित्रैदेखि स्वस्थ राख्न सहयोग पुर्याउँछ । जान्नुहोस् कसरी यो चियाले तपाईंको स्वास्थ्यमा लाभ पुर्याउन सक्छ। राति सुत्नुअघि किन पिउने केसर-अलैंची चिया ? रातको समयमा शरीरलाई शान्ति र विश्राम आवश्यक पर्छ । यस्ता समयमा यदि तपाईं यस्तो केही पिउन चाहनुहुन्छ जुन स्वादमा स्वादिलो होस् र स्वास्थ्यका लागि पनि फाइदाजनक होस् भने केसर र अलैंचीको चिया उत्तम विकल्प बन्न सक्छ । टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टअनुसार याे चियामा रहेका प्राकृतिक गुणहरूले धेरै स्वास्थ्य समस्याहरूको समाधान दिन सक्छ । यस चियाका फाइदाहरू निद्रा सुधार्छ यदि तपाईं रातभरि छटपटाइरहनुहुन्छ र राम्रोसँग निद्रा लाग्दैन भने यो चिया उत्कृष्ट विकल्प हुन सक्छ । अलैंचीमा पाइने प्राकृतिक तेल र केसरमा हुने सेरोटोनिन बढाउने तत्वहरूले मानसिक तनाव घटाउँछन् । यी दुवै मिलेर मस्तिष्कलाई शान्त बनाउँछन् र गहिरो निद्रा ल्याउँछन् । छालालाई उज्यालो बनाउँछ केसरमा भएका एण्टीअक्सिडेन्टहरूले छालाबाट फ्री रेडिकल्स हटाउँछन्, जसले छालालाई युवाकाे जस्तै राख्न सहयोग गर्छ । अलैंचीको डिटक्सिङ शक्तिले छालाको गहिरो सफाइ गर्छ, यसले डन्डीफोरबाट पनि राहत दिन्छ। पाचन प्रणालीलाई बलियो बनाउँछ राति भारी खाना खाएपछि हुने ग्यास, अपच र पेट फुल्ने समस्या समाधान गर्न यो चिया उपयोगी हुन्छ । अलैंचीमा हुने एन्जाइमहरूले ग्यास र एसिडिटी घटाउँछन्, केसरले पाचन सहज बनाउँछ । तनाव र मुड स्विङमा राहत दिनभरको थकान र मानसिक तनाव कम गर्न यो चिया प्राकृतिक उपचारजस्तै काम गर्छ । केसरले मुड सन्तुलनमा राख्ने हर्मोन बढाउँछ भने अलैंचीले मस्तिष्कलाई रिल्याक्स गर्छ । शरीरलाई डिटक्स गर्छ केसर- अलैंची चिया नियमित पिएमा शरीरमा जम्मा भएका विषाक्त पदार्थहरू बाहिर निस्कन्छन् । अलैंचीले लिभर सफा गर्छ र केसरले रोगसँग लड्ने क्षमतामा सुधार गर्छ । यो चियाले शरीरलाई प्राकृतिक रूपमा सफा गर्दै मौसमी रोगसँग लड्न तयार बनाउँछ ।
नाउपाका संरक्षक चौधरीलाई डिल्लीबजार कारागार लगियो, यस्तो छ पक्राउको कारण
काठमाडौं । पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका निजलाई केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइएको काठमाडौं परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । संरक्षक चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रूपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो । सोही मुद्दामा लामो समय कारागार बसेका चौधरी गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाहा भएर रिहा भएका थिए । उक्त आममाफी दिने निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । कडायत टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन् । सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि रेशम पक्राउ परेका हुन् । कडायतले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन् । रेशमकाे पक्राउलाई लिएर सीके राउत लगायतका नेताहरूले भर्त्सना गरेका छन् । प्रज्ञाप्रतिष्ठानमा एकैछिन नेता तथा कार्यकर्ताहरूले सरकारविरुद्ध नारासमेत लगाएका थिए ।
आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान, प्रतिव्यक्ति आय १५१७ डलर
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार यस आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । यो उपभोक्ता मूल्यमा आधारित भई मापन गरिएको जिडिपीको आकार हो । तथ्याङ्क कार्यालयले अघिल्लो वर्षको वास्तविक र गत वर्षको संशोधित जिडिपीको आकार पनि सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको छ । त्यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को अर्थतन्त्रको आकार ५७ खर्ब नौ अर्ब बराबर रहेको कार्यालयले जनाएको छ । त्यसैगरी, चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर आधारभूत मूल्यमा तीन दशमलव ९९ प्रतिशत र उपभोक्ता मूल्यमा चार दशमलव ६१ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्ष नेपालले तीन दशमलव ९९ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको योगदान तीन दशमलव २८ प्रतिशत र गैरकृषि क्षेत्रको चार दशमलव २८ प्रतिशत रहने तथ्याङ्क कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर तीन दशमलव ३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर तीन दशमलव ३६ प्रतिशत रहेको थियो । त्यस्तै, चालु आवमा प्राथमिक क्षेत्र तीन दशमलव २५, द्वितीय क्षेत्रको चार दशमलव ६५ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर चार दशमलव २१ प्रतिशत रहने अनुमान गरिएको छ । निरन्तर दुई आर्थिक वर्षमा नकारात्मक वृद्धिदर देखिएको उद्योग र निर्माण क्षेत्रमा यसवर्ष भने सकारात्मक वृद्धि देखिने अनुमान गरिएको छ । गत आर्थिक वर्ष उद्योग क्षेत्रमा दुई दशमलव ०२ प्रतिशत र निर्माण क्षेत्रमा दुई दशमलव २० प्रतिशतको ऋणात्मक वृद्धि देखिएको थियो । तर यसवर्ष उद्योग क्षेत्र तीन दशमलव ७८ प्रतिशत र निर्माण क्षेत्र दुई दशमलव २१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वृद्धिदर विद्युत् तथा ग्यास क्षेत्रमा देखिने अनुमान गरिएको छ । विद्युत् क्षेत्रमा १३ दशमलव ८२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय १७ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यस्तै, गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार चार सय ६७ अमेरिकी डलर रहने संशोधित अनुमान रहेको छ । प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले कोभिड–१९ महामारी, जाजरकोट भूकम्प तथा बाढी पहिरोका कारण अघिल्ला वर्षहरुमा कमजोर देखिएको आर्थिक वृद्धिदरमा अहिले निरन्तर सुधारको गति देखिएको बताए ।